क्रोएसियामा नेपाली भलिबल प्रतियोगिता : प्रथम र दृतिय स्थान सुदूरपश्चिमकै पोल्टोमा

क्रोएसिया । युरोपेली देश क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत वर्ष देखि सञ्चालन गरिएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहित हिजो डिसेम्बर २६ मा सम्पन्न भएको हो ।
प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल छ । जसका लागि क्रोऐसियाली रुपैयाँ तीन हजार सय ३१ ९नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५० नगदसहित ट्रफि र मेडल हात पारेको छ । यस्तै दृतिय स्थान पनि सुदूरपश्चिमकै टिम ‘बी’ ले हासिल गरेको छ । जसको पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ ९नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५० नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
प्रतियोगिता क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको थियो । नेपाली नयाँ वर्ष र म्यारी क्रिसमसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष चेतन बि।सीले जानकारी दिए ।