जनकपुरलाई आठ विकेटले हराउँदै एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

द एभरेष्ट पोष्ट
३ पुष २०८१ १०:३७
जनकपुरलाई आठ विकेटले हराउँदै एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस