एनपिएल : फाइनलमा पुग्न सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

द एभरेष्ट पोष्ट
३ पुष २०८१ ९:००
एनपिएल : फाइनलमा पुग्न सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।

यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित भएको टोलीले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस