एनपीएल : आज सुदूरपश्चिम र जनकपुर भिड्दै, जित्ने टीम फाईनलमा प्रबेश गर्ने

काठमाण्डौं, ३ पुस ।
नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवाती चरणबाट उपाधीका प्रबल दावेदार मानिएका सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आज क्वालिफायर खेल हुदैछ ।
एनपीएलको पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुरबीच शुरु हुने छ ।
सुदूरपश्चिम रोयल्स लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा ५ जित र दुई हार बेहोरेको जनकपुर बोल्टस् १० अंक सहित दोस्रो स्थानमा छ ।
शुरुवाती तीन वटा खेलमा लगातार जित हात पारेको सुदूर पश्चिमले चौथो खेलमा हाल बेहोरेको थियो । ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा सुदूर पश्चिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चौथो खेलमा चितवन राईनोजसँगको खेलमा पराजित भएको सुदूरले त्यसयता हारको सामना गर्नुपरेको छैन ।
चार वटा खेलमा लगातार जित हात पारेको जनकपुर बोल्ट्सले भने त्यसयता दुई खेलमा पराजय भोगेको छ ।
जनकपुर यसअघि सुदूर पश्चिमसंग पराजित भईसकेको छ । जनकपुरसंग भएको लिग चरणको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेको थियो ।
आजको प्लेअफ खेलमा जित हात पार्ने टीम फाईनल प्रवेश गर्नेछ । आजको खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने उसंग अर्को विकल्प रहेको छ।