एनपिएल : सुदूरपश्चिमले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४२ र दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।
ब्राण्डन म्याकमुलनले २३ रन बनाए । विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रन बनाए ।
पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेलले २ तथा रेमन रेफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।