युक्रेनको जापोरिझियामा क्षेत्रमा रुसी आक्रमणबाट १० जनाको मृत्यु

द एभरेष्ट पोष्ट
२७ मंसिर २०८१ ९:१६
युक्रेनको जापोरिझियामा क्षेत्रमा रुसी आक्रमणबाट १० जनाको मृत्यु

किभ । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा रुसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । गएको मंगलबार गरिएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए । आक्रमणबाट मध्य जापोरिझियास्थित एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै आफ्नो देशलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन् ।

गएको शुक्रबार पनि जापोरिझियामा रसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

एक अमेरिकी अधिकारीले रुसले चाँडै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निसाना बनाउन सक्ने बताएका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस