एनपिएल : काठमाडौँसँग लुम्बिनी लायन्स पराजित,प्लेअफ होडबाट बाहिर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा फितलो बलिङ गरेको लुम्बिनी लायन्समाथि काठमाडौं गुर्खाजले १८ रनको जित निकालेको छ ।
१०४ रनको लक्ष्य पछयाउँदै टस हारेर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित १० दशमलव २ ओरभमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोड्यो ।
दीपेशले ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन साउदलाई आउट गराएका हुन् । आशुतोषले १२ बल खर्चेर ४ रन जोडे भने अर्जुनले १० बल खर्चेर ३ रनमात्रै जोडे ।
लुम्बिनीका टम मूर्स र विवेक यादवले पनि दोहोरो रन जोड्न सकेनन् । साद बिन जफर, रामोन सिमन्ड्स र अभिनाश गौतमले रनको खातासमेत खोल्न सकेनन् ।