एनपीएलमा आज : सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं,२६ मंसिर ।
कीर्तिपुरमा मंसिर १५ गते शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) शुरुवाती चरणका खेलहरुको नतिजापछि क्रिकेटका दर्शकहरुमा दुई वटा टीमले गहिरो छाप छोडे । ती दुई टीम थिए, सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्स । धेरैको अनुमान गरे, फाईनलमा यी दुईटै टीमबीच प्रतिस्पर्धा हुनेछ । हुन पनि दुईटै टीमले लगातार तीन वटा खेलमा सहज जित हात पारे ।
आफ्नो चौथो खेलमा सुदूर पश्चिम रोयल्सले हार बेहोर्दा जनकपुर बोल्ट्स पनि चौथो खेलमा पनि अपराजित रह्यो ।
तीन खेलसम्म अंक तालिकामा छ अंक सहित शीर्षस्थानमा रहेको सुदूर पश्चिम रोयल्स चौथो खेलमा पराजित भएपछि दोस्रो स्थानमा झर्दा जनकपुर बोल्ट्स भने चौथौ खेलमा अबिजित हुदै ८ अंक जोडेर पहिलो स्थानमा उक्लियो ।
एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । जसमध्ये एनपीएलको उपाधीको दावेदार मानिएका सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच बिहान सवा नौ बजे पहिलो खेल हुदैछ ।
आजको खेल एनपीएलका अहिलेसम्मका सबैखेलमध्ये रोमाञ्चक हुने अनुमान गरिएको छ ।
त्यस्तै दोस्रो खेल गुर्खाज र लुम्बिनी लायन्सबीच दिउँसो सवा १ बजे शुरु हुनेछ ।