सिरियाको क्विनेट्रास्थित अन्डोफको मुख्यालय बाहिर गोलाबारी जारी, नेपालीहरु सुरक्षित

द एभरेष्ट पोष्ट
२४ मंसिर २०८१ ७:५२
सिरियाको क्विनेट्रास्थित अन्डोफको मुख्यालय बाहिर गोलाबारी जारी, नेपालीहरु सुरक्षित

काठमाण्डौं, २४ मंसिर ।
बिद्रोहीले सिरियाको राजधानी दमस्कसमाथि कब्जा जमाएपछि शुरु भएको लुटपाट र गोलाबारीका बीच सुरक्षित स्थानको खोजीमा क्विनेट्रास्थित युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स (अन्डोफ) को मुख्यालयमा पुगेका एक नेपाली कर्मचारीसंग नेपाली समय अनुसार सोमवार बिहानको ९ः३० बजे कुरा भईरहेको थियो । बाहिर गोलीबारी शुरु भएपछि उनले सुरक्षाका लागि आफू बंकरभित्र पस्न लागेको बताउदै कुरा टुंग्याए ।

यसअघि आईतवार राति ११ बजे सिरियाको पछिल्लो अवस्थाका बारेमा उनीसंग कुरा हुदै थियो । उनीसंग कुरा गरिरहेकै बेला बाहिर गोलाबारी शुरु भयो । उनी त्यसपछि बंकर भित्र पसे ।

अन्डोफ मुख्यालय बाहिर निरन्तर रुपमा गोलीबारी भईरहेको छ । गोली चल्नछोडेपछि बाहिर निस्किने उनीहरुले गोलीचल्न थालेपछि बंकरभित्र पस्छन । यो क्रम दुई दिन बाहिर छ । बाहिर गोलीबारी भईरहेका कारण अन्डोफ मुख्यालयबाट गैर सैनिकहरु निस्किन सकेका छैनन ।

बाहिर गोलीबारी भईरहेको छ, हामी सुरक्षाका लागि बंकरभित्र पसिरहेका छौ, उनले भने, शहरमा लुटपाट भईरहेको छ । एचटीएएस ससाना राष्ट्रपति बसर अल असदलाई सत्ताच्यूत गरेर राजधानी कब्जामा लिएपनि अन्य भूभागमा भने ससाना बिद्रोही समूहले बिभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।

हयात तहरिर अल–शाम (एचटीएएस)का बिद्रोहीहरु दमस्कस प्रवेश गर्न थालेपछि राजधानी नजिकैको होटलमा बस्दै आएका ईन्डोफका कर्मचारीहरु त्यहाँबाट अन्डोफको मुख्यालय पुगेका हुन् ।

लामो लडाईपछि सन १९७४ मा ईजरायल र सिरियाका बीचमा एउटा सम्झौता भएको थियो । जसलाई ‘डिसईन्गेजमेण्ट’ सम्झौताका रुपमा चिनिन्छ । दुबै देशबीच गोलान हाईटलाई लिएर लडाई नगर्ने सहमती भएयता सो भाग ईजरायलको अधिनमा छ ।

सो भागमा शान्ति कायम राखिरहन स्थापना गरिएको युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स९अन्डोफ० को मुख्यालय अन्तर्गत बिभिन्न देशका एक हजार दुई सय सैनिक कार्यरत छन् । जसमध्ये ४०० को हाराहारीमा नेपाली सेना छन् ।

अन्डोफमा झण्डै डेढ सय गैर सैनिक कर्मचारी कार्यरत छन् । जसमध्ये ५० अन्तर्राष्ट्रिय र सय जना सिरियन र ईजरायली नागरिक छन् । ईन्डोफमा तीन जना नेपाली कार्यरत छन् । ईन्डोफ ईजरायल र सिरियामा कार्यरत मिसन हो ।

बिद्रोहीले दमस्कस कब्जामा लिएपछि सिरियामा कार्यरत नेपालीहरुको अवस्था जानकारी लिन द एभरेष्ट पोष्टले अन्डोफमा कार्यरत नेपाली कर्मचारीसंग सम्पर्क गरेको थियो । यतिबेला गोलानको क्विनेट्रास्थित अन्डोफको मुख्यालयमा रहेका नेपाली कर्मचारीले सिरियाको अवस्था तनावग्रस्त भएपछि विदेशी नागरिकहरु त्रसित रहेको सुनाए ।

दमस्कस बिमानस्थलमा सिरिया छोड्नेहरुको लर्को छ । र, कतिपय सडक मार्ग भएर पनि अन्यत्र जान खोजिरहेका छन् ।
अन्डोफले दमस्कसमा रहेका आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएपछि उनीहरुले शनिवार साँझ होटल छोडेका थिए । त्यसको आधा घण्टापछि होटलमा लुटपाट र आक्रमण भएको उनले सुनाए ।

हामी मुस्किलले जोगिएर दमस्कसबाट ६० किमी टाढा रहेको क्विनेट्रास्थित अन्डोफको मुख्यालयमा आईपुग्यौ, उनले भने, यहाँबाट हामी ईजरायल प्रवेश गर्न खोजिरहेका छौ । तर गोलान हाईटको तनावपूर्ण अवस्थाका कारण आइडिएफले ईजरायल प्रवेशमा रोक लगाएको छ ।

अन्डोफको मुख्यालय सिरियाको मातहतमा रहेको क्विनेट्रामा अवस्थित पर्छ । त्यहाँबाट १० किमीको दूरीमा रहेको गोलान हाईट ईजरायलको नियन्त्रणमा छ ।

गोलान भित्र गोलान हाईट सहित अन्य भूभागहरु पनि पर्छन । ईजरायलसंग जोडिएको गोलान हाईट भने सन १९६७ देखि ईजरायलको अधीनमा छ । जहाँ ईजरायली सैन्य बल आईडिएफए तैनाथ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस