डोटीमा वर्षासँगै हिमपात

द एभरेष्ट पोष्ट
२४ मंसिर २०८१ ४:१७
डोटीमा वर्षासँगै हिमपात

डोटी । डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ। डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै हिमपात भएको जानकारी दिए।

‘१ फिटभन्दा बढि हिउँ जमेको छ। अहिले पनि हिमपात भइरहेको छ,’ उनले भने।

CM_DIPAYAL_IMG-20241209-WA0016-1733716438.jpg
तस्बिर: चक्र मल्ल/रासस

वर्षा र हिमपात भएपछि बालीनालीमा सिँचाई पाएको र अब लगाउने बेला भएको बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको अध्यक्ष  साउदले बताए।

जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ।

वर्षा र हिमपातसँगै तापक्रम घट्दा भने जनजीवन केही प्रभावित भएको छ। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस