चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८१ १०:५०
चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लीग (एनपीएल) मा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले आईतवार पहिलो हार व्यहोरेको छ । तीन खेलमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले आईतवार भएको चौथो खेलमा पहिलो पटक पराजित हुदा चितवन राइनोजले तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा १३१ रन बनाउँदा सवै विकेट गुमाएको हो । सुदूरपश्चिमका आज शिर्ष ब्याटर नै चलेनन् । इसान पाण्डेले ३५ रन, सेफ जैवले १८ रन, ब्राण्डनले १३ रन तथा दिलप्रीत बाजवाले १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस