नामिबियामा पहिलो महिला राष्ट्रपति

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८१ ६:४८
नामिबियामा पहिलो महिला राष्ट्रपति

काठमाडौँ । अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला भएको बीबीसीले जनाएको छ ।

यसअघि उनले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुन् ।

राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत प्राप्त गरिन् भने प्रतिस्पर्धी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसैबीच, पाण्डुलेनी इतुलाले चुनाव प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै परिणाम स्वीकार गर्न अस्वीकार गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस