सबैलाई चकित पार्ने तोरीबारीमाथिको झोलुंगे पुल

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८१ ६:०३
सबैलाई चकित पार्ने तोरीबारीमाथिको झोलुंगे पुल

कञ्चनपुर, २१ मंसिर ।
नेपालीमा उखान छ, ‘१२ वर्षपछि खोलो त फर्किन्छ ।’ तर कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ख गाउँमा झोलुंगे पुल बनाएकै वर्ष खोला फर्कियो । अनि त्यहाँ रह्यो झोलुंगे पुलमात्र ।

दृष्यमा देखिएको यो त्यही झोलुंगे पुल हो । जहाँ खोला त छैन । खोलाको पानी बग्ने भागमा तोरीबारी छ । र, झोलुंगे पुल त्यही बारीको मुन्तिर छ । त्यही तोरीबारी छेउमा छ, बाटो । जहाँ पहिले नदी थियो ।

पहिलो पटक यो झोलुंगे देख्नेहरु चकित पर्छन । तोरी बारीमा झोलुंगे पुल देखिएपछि चकित पनि किन नहुन ?
झोलुंगे पुल निर्माण सम्पन्न भएकै वर्ष दोदा नदीमा ठूलो बाढी आयो । नदी भएको क्षेत्रमा बाढीले माटो थुपारिदियो । र, नदी अन्यत्र बग्न थाल्यो ।

यो झोलुंगे पुल निर्माण भएको २४ वर्षभन्दा बढि भयो । त्यसयता भने खोला यहाँ फर्केन । र, त्यही झोलुंगे पुलमाथि स्थानीय बासिन्दाले खेती शुरु गरे ।

यतिबेला त्यहाँ खोलाको अस्तित्व नै छैन । कुनै बेला दोदा नदी त्यहाँ बग्थ्यो भन्ने अनुमान पनि गर्न सकिने अवस्था छैन ।

स्थानीय अगुवा पदम देउवाले नेपाली काँग्रेसका नेता एनपी साउँदको पहलमा नदीमाथि झोलुंगे पुल निर्माण भएकै वर्ष २०५४ सालमा दोदा नदीमा आएको ठूलो बाढीले थुपारेको हिलोले झोलुंगे पुल पुरिएको पछि नदी अन्यत्र बग्न थालेको बताए । देउवाले भने, त्यसयता यो पुल प्रयोग बिहीन भयो । र, स्थानीयले खेती गर्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस