सुदूरपश्चिम रोयल्सले गुमायो छैटौं विकेट

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८१ ४:५५
सुदूरपश्चिम रोयल्सले गुमायो छैटौं विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले छैटौं विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका इशान पाण्डे २१ रनमा आउट भएका हुन् ।

इशान रन आउट भएका हुन् ।

यसअघि ब्राण्डन म्याकमुलन ३६, सैफ जैब १४, आरिफ शेख ९, विनोद भण्डारी २३ र अमित श्रेष्ठ १ रनमा आउट भए ।

टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस