एनपिएलको पहिलो खेलमा शिखर धवन १४ रनमै आउट, जनकपुरले लियो आठ ओभरमै चार विकेट

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ८:०६
एनपिएलको पहिलो खेलमा शिखर धवन १४ रनमै आउट, जनकपुरले लियो आठ ओभरमै चार विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सका ओपनर शिखर धवन १४ रन बनाएर आउट भएका छन्।

एनपिएलको पहिलो खेलमा भारतीय ओपनिङ ब्याटर धवनले १४ बलमा ३ चौका प्रहार गर्न सके।

उनलाई जनकपुर बोल्ट्सका क्यानेडियन बलर हर्ष थाकेरले पाँचौ ओभरको दोस्रो बलमा बोल्ड गरे।

यससँगै कर्णालीले दुवै ओपनर गुमायो। त्यसअघि ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा ओपनर देव खनाललाई एक रनमा बोल्ड गरेका थिए।

कर्णालीले चाडविक वाल्टनलाई तेस्रो विकेटको रुपमा आठ रनमा सातौं ओभरमा गुमायो।

अर्को ओभरमा जीशन मक्सुद शून्यमा आउट भए। उनलाई जिमी निशमले एलबिडब्लूको धरापमा पारे। त्यतिबेला कर्णालीले चार विकेटको क्षतिमा ३५ रन मात्र जोडेको थियो।

खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस