जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ७:४५
जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

टियू मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा यो तेस्रो खेल हो। यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्ले आफ्नो पहिलो खेल खेलिसकको छ भने यो उसको दोस्रो खेल हो।

कर्णाली याक्सको भने यो पहिलो खेल हो। कर्णाली र जनकपुर दुवै आफ्ना विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा छन्। दुवै टिममा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन्।

जकपुरमा आशीफ शेख, अनिल साहा र ललित राजवंशी जस्ता नेपाली खेलाडी रहँदा जेम्मी निशम लाहिरु मिलन्था, हर्ष थोकर लगाय विदेशी खेलाडीपनि उसका लागि निर्णायक बन्न सक्छन्।

त्यस्तै कर्णाली पनि सोमपाल कामी, गुल्सन झा, मौसम ढकाल तथा विदेशी खेलाडीहरु शिखर धवन जिशान मकसुद तथा चाविक वाल्टन बाबर हायात लगाए खेलाडीको विश्वासमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस