एनपीएल : चितवनसँग काठमाडौं ५ विकेटले पराजित

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ ६:५४
एनपीएल : चितवनसँग काठमाडौं ५ विकेटले पराजित

काठमाडौं, १६ मंसिर।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । पहिलो जितसंगै चितवन राइनोजले २ अंक जोडेको छ।

काठमान्डु गुर्खाजले दिएको ११२ रनको लक्ष्य चितवन राइनोजले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।चितवन राइनोजका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार  गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस