कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका डंगोलको अग्रता कायमै

काठमाडौँ, १७ मंसिर ।
आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायम राखेका छन् ।
काँग्रेसका डंगोलले १८९१ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धर १३७८ मतसहित पछ्याइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ११८८, स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले ७३६, दिनेशकुमार अधिकारीले २३६, कविकुमार महर्जनले ५८, राप्रपाका ध्रुब महर्जनले ११९, नेकपा एकीकृत समाजवादीका भानु रिजालले २२ मत पाएका छन् ।
२०७९ मा भएको निर्बाचनमा नेपाली कांग्रेस उम्मेदवार राजकुमार नकर्मी ९,०४३ मत ल्याई कीर्तिपुर नगरपालिका प्रमुखमा विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार केशरत्न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए । पराजित केशरत्न बज्राचार्यले ५,५०७ मत ल्याएका थिए। मेयर नकर्मीको मृत्यु भएपछि कीर्तिपुर नगरपालिकामा उपनिर्बाचन भएको हो ।