ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ को अध्यक्षमा एमालेकी सावादेन बिजयी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ २:४७
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ को अध्यक्षमा एमालेकी सावादेन बिजयी

ताप्लेजुङ,१७ मंसिर । ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् ।

१०२ मत अन्तरले एमालेकी सावादेन ३ सय ५३ मत प्राप्त गरी बिजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्धन्दी माअ‍ोवादी केन्द्रका अम्बी साउदेन ले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् ।

नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो ।

कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् । उनलाई पराजित गरेका बोखिम रोजगारीका लागि हङकङ गएपछि उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस