ओखलढुंगाको मोलुङ्ग गाउँपालिका –५ को वडाअध्यक्ष एमालेका तामाङ विजयी

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ २:४२
ओखलढुंगाको मोलुङ्ग गाउँपालिका –५ को वडाअध्यक्ष  एमालेका  तामाङ  विजयी

ओखलढुंगा, १७ मंसिर ।
ओखलढुंगाको मोलुङ्ग गाउँपालिका –५ मा वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार गंगा तामाङ ३ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन आयोगले उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु प्रसाद पोखरेल ले १ सय ५१ मत प्राप्त गरे ।

त्यसै गरी माओबादी केन्द्रका मान बहादुर सुनुवारले २३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३ मत र जनता समाजबादी पार्टी नेपालका इन्द्र बहादुर दर्जीले ३ मत प्राप्त गरेका छन् । जम्मा ७ सय ६८ मत खसेकोमा १२ मत बदर भएको   छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस