रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादीका यादव निर्वाचित

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८१ १:५५
रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादीका यादव निर्वाचित

रौतहट — गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादवले ६५५ मत पाए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउती देवी यादवले ६३१ मत ल्याइन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा जसपा नेपालका रामाज्ञा राय यादवले जितेका थिए । उनकी पत्नी जिउती एमाले प्रवेश गरेर चुनाव लडेकी हुन् । तर पराजित भइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका सुबोधकुमार यादबले ६१७ मत प्राप्त गरेका छन् । यहाँ २ हजार ७५१ मतदाता रहेकोमा २ हजार २३७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस