यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल

द एभरेष्ट पोष्ट
१६ मंसिर २०८१ ४:३९
यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल

काठमाण्डौ, १६ मंसिर ।
एसिसी यू-१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०: ४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।

शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ। समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ। कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्।

समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।

शनिबार भएको समूह बी को खेलमा भारतविरूद्ध पाकिस्तान र जापानविरूद्ध युएई विजयी भएको थियो। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस