एनपीएलमा अत्यधिक भीड बढेपछि प्रवेश बन्द, भित्र जान नपाएकाहरूको टिकट खल्तीले रिफन्ड गरिदिने

द एभरेष्ट पोष्ट
१५ मंसिर २०८१ ८:४९
एनपीएलमा अत्यधिक भीड बढेपछि प्रवेश बन्द, भित्र जान नपाएकाहरूको टिकट खल्तीले रिफन्ड गरिदिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अहिले विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

यसैबीच, आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै मैदानमा बढी भीड भएका कारण अब थप दर्शकको प्रवेश सम्भव नभएको जानकारी दिएको छ ।

क्यानका अनुसार खल्ती वालेटबाट टिकट किनिसकेका दर्शकहरूले events@khalti.com मा ईमेल पठाई आफ्नो टिकटको विवरण प्रदान गरेर टिकटको रकम फिर्ता गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस