एनपीएलमा अवैध बेटिङ साइट उल्फ७७७ को प्रचार हुँदै, आयोजक क्यान मौन

द एभरेष्ट पोष्ट
१५ मंसिर २०८१ ८:१५
एनपीएलमा अवैध बेटिङ साइट उल्फ७७७ को प्रचार हुँदै, आयोजक क्यान मौन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार भइरहेको पाइएको छ । आजदेखि सुरु भएको एनपीएलमा नेपालमा प्रतिबन्धित उल्फ७७७ को विज्ञापन भइरहेको हो ।

यसअघि आयोजक क्यानले सबै प्रायोजकको नाम कार्यक्रम आयोजना गरी वा प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो । तर उल्फ७७७ भने अपारदर्शी रूपमा एक्कासि मैदानमा देखिएको छ ।

यसो त क्यानले उल्फ७७७ लाई अनलाइन स्पोर्टको समाचार पोर्टलको रूपमा प्रस्तुत गरेको छ । तर, उल्फ७७७ को मुख्य धन्धा नै अनलाइन क्यासिनो तथा जुवा नै हो ।

यसअघि नेपाल प्रहरीले उल्फ७७७ मार्फत अनलाइन जुवा खेलाउने केही व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गोप्य रूपमा यो प्लेटर्फम भित्रभित्रै मौलाइरहेको थियो । तर अहिले भने प्रायोजक बनेर मैदानमा छर्लङ्ग देखिएको छ । अर्थात् उल्फ७७७ ले सरोगेट एड्भर्टाइजिङ मार्फत खुलेआम प्रचार गरेको देखिएको छ ।

अरु सबै प्रायोजक पारदर्शी रूपमा सार्वजनिक गरेको क्यानले उल्फ७७७ को प्रचार भने कतै गरेन । यस विषयमा क्यानका सचिव पारस खड्कासँग बुझ्न खोज्दा उनको फोन उठेन ।

यसअघि पनि नेपालमा हुने थुप्रै घरेलु क्रिकेट म्याचमा यस्ता अवैध सट्टेबाजी प्लेटफर्मले आफ्नो प्रचार गरेका थिए । वनएक्स बेटले वनए्कस ब्याट स्पोर्टिङ्ग, स्काई एक्सचेन्जले स्काई एक्सचेन्ज न्युज, डाफा बेटले डाफा न्युज राखेर प्रचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस