एनपीएल उद्घाटन खेल : जनकपुर टस जित्यो

द एभरेष्ट पोष्ट
१५ मंसिर २०८१ ६:३१
एनपीएल उद्घाटन खेल : जनकपुर टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

जारी खेलमा जनकपुरले टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदै छ भने जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा उत्रँदै छ ।

विराटनगरमा विश्वचर्चित खेलाडी मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टनजस्ता खेलाडीहरू छन् ।

त्यसैगरी जनकपुरमा अमेरिकाका मोहमद मोहसिन, लाहिरु मिलान्थाजस्ता खेलाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस