धनगढीस्थित शेरबहादुर देउवाको घर अगाडी बम राख्ने व्यक्ति

द एभरेष्ट पोष्ट
१५ मंसिर २०८१ ६:१५
धनगढीस्थित शेरबहादुर देउवाको घर अगाडी बम राख्ने व्यक्ति

कैलाली :  नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भदौ ९ गते बम राखेको आरोपमा झन्डै तीन महिना पछि धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो ’ प्रहरी उपरीक्षक बिष्टले भने, ‘पक्राउ पछि म्याद थप समेत भइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस