नेपाली युवाहरुद्धारा लिस्वनमा पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ १५:५५
नेपाली युवाहरुद्धारा लिस्वनमा पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड

लिस्वन(पोर्चुगल), ४ मंसिर ।
पोर्चुगलको राजधानी लिस्वनमा चार जना नेपाली युवकले पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड गरेका छन् ।

नेपाली युवाहरुले आईतवार बिहान पाँच बजे लिस्वनको व्यस्त पर्यटकीय क्षेत्र ग्रासामा पार्किङमा राखिएका ४७ वटा गाडी तोडफोड गरेका हुन् ।

ग्रासामा पार्किङ क्षेत्रमा राखिएका गाडीहरुमा नेपाली युवाहरुले अन्धाधुन्ध आक्रमण गरेर क्षति पुर्याईरहेका बेला प्रहरी पुगेपछि थप क्षति हुनबाट जोगिएको पोर्चुगलका अखवारहरुले जनाएका छन् । यो घट्नालाई पोर्चुगलका अखवार र टेलिभिजनले महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

तोडफोडमा संलग्न नेपाली युवाहरुको परिचय नखुलाएको प्रहरीले राष्ट्रियता भने खुलाएको छ । प्रहरीले तोडफोड गर्नेहरु युवाहरु नेपाली रहेको जनाएको छ ।

युरोपियन कानून अनुसार अदालतले निर्णय नगरुञ्जेल उनीहरुको नाम र ठेगाना भने खुलाउन मिल्दैन । यो कानूनले व्यक्तिको गोपनियताको हकलाई सुरक्षित छ ।

गाडीधनीले उजुरी दिएपछि उनीहरुका बिरुद्ध कारबाही प्रकृया अघि बढ्ने छ । प्रहरीले उनीहरुको बिबरण लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस