प्रधानमन्त्री ओलीका बिरुद्ध भ्रम फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ १५:०६
प्रधानमन्त्री ओलीका बिरुद्ध भ्रम फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

काठमाडौं,४ मंसिर ।
प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि मंगलवार पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ ।

मंगलवार दिउँसो भक्तपुरस्थित घरबाट पक्राउ परेका व्यवसायी प्रसाईको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ल्यापयटप र मोवाईल बरामद गरेको हो ।

सीआईबीका एसपी होविन्द्र बोगटीले प्रसाईको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको बताएका छन् ।

प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए । सोही अभिव्यक्तिपछि प्रसाई पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।

प्रहरीले विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको जनाएको छ । प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।

सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ । पक्राउपछि व्यवसायी प्रसाईंलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस