प्रेरणा स्रोत द्वारिकादेवी ठकुरानी

–भक्तबहादुर बलायर
१) यसपाली बैतडी गएँ द्वारिकाको जिल्ला ।
दशरथ जन्मेको थलो लोकतान्त्रिक किल्ला ।।
२) मेलौली देवीको भूमि द्वारिकाको गाउँ ।
सबैले गौरवले लिन्छन् द्वारिकाको नाउँ ।।
३) राणा फाल्न बन्दूक वोक्ने, यही ठाउँकी महिला ।
द्वारिका महिला मन्त्री नेपालकै पहिला ।।
४) उन्नाइस सय बहत्तर कार्तिक बाह्रतिर ।
दान्कोट गर्खामा जन्मिन् राखिन् ठाडो शिर ।।
५) डोटी दान्कोट जैैनोलीमा जन्मेर बढेकी ।
शिक्षा ज्ञान गुरु राखी घरैमा पढेकी ।।
६) राधादेवी पन्त माता बामदेव पिता ।
घरैमा अध्ययन गरिन् महाभारत गीता ।।
७) शिवराज पन्तकी दिदी ब्राहमणको कुल ।
डोटीको गौरव बन्यो सुगन्धित पूmल ।।
८) डोटी गांैडा सिलगढी पाल्पापछि अर्को ।
राणाका जर्नेल बस्थे धाक रवाफ चर्को ।।
९) नौ जिल्लाको केन्द्र डोटी प्रशासनिक किल्ला ।
अदालत प्रशासनिक कार्य डोटी जिल्ला ।।
१०) उद्धव चन्द प्रशासनिक कामले डोटी आउँथे ।
वामदेव पन्तका घर बस्ने बास पाउँथ्ये ।।
११) उद्धव द्वारिकाबीच चिनाजानी बढ्यो ।
भावना दुवैको मिल्यो मायाप्रीति गड्यो ।।
१२) प्रणयसूत्रमा बाँधिन् बयानब्बे सालमा ।
शिक्षाको दीपक बाले राणा शासनकालमा ।।
१३) उद्धव चन्द शिक्षाप्रेमी समाजसेवी थिए ।
द्वारिकालाई अघि बढ्न पूर्ण साथ दिए ।।
१४) दुवै मिली तल्ली स्वराड शिक्षादीप बाले ।
मणिलेक मा.वि. खोली पढाइ पनि थाले ।।
१५) तल्ली स्वराड मेलौलीमा शिक्षा ज्योति बाल्यो ।
दुई हजार चार सालमा हाईस्कूल खोल्यो ।।
१६) भारत छोडो आन्दोलन भारतमा चक्र्यो ।
नेपालमा राणाशाहीको निकै मुटु धड्क्यो ।।
१७) भारतमा नेपालीले पार्टी खोल्न थाले ।
नेपाली मन मस्तिष्कमा क्रान्तिज्वाला बाले ।।
१८) नेपाली कांग्रेसको जन्म भारतमा भयो ।
नेपालका राणाशाहीमा त्यस्को खवर गयो ।।
१९) बी पी आए तीन सालमा मुजफ्फरपुर ।
हतियार जम्मा गर्ने संगठनको सुर ।।
२०) एन डी प्रकाश साथ लगी बी पी भेट्न गइन् ।
बी पी को व्यक्तित्वदेखि निकै खुशी भइन् ।।
२१) काँग्रेसको सदस्यता बी पीबाट लिइन् ।
क्रान्तिलाई सफल पार्ने पूरा वचन दिइन् ।।
२२) आवतजावत हुन थाल्यो बी पीको साथमा ।
राणा फाल्ने कसम खाए माटो लिई हातमा ।।
२३) नेपालमा चर्कियो क्रान्ति ठाउँ ठाउँ क्रान्ति भयो ।
डोटी गौडा कब्जा गर्न मुक्ति सेना गयो ।।
२४) सुदूरपश्चिम क्रान्तिलाई द्वारिका सघाउथिन् ।
बन्दुक र बन्दोवस्ती रासन पठाउँथिन् ।।
२५) कमान्डर रुप सिंह बजिर सिंह जोशी र्।
क्रान्तिकारीलाई दिन्थिन् आफै बन्दुक खोसी ।।
२६) सात सालमा उद्वव चन्द बत्तिस दिन जेल ।
राणाको विरोध गर्दा हात खुट्टामा नेल ।।
२७) क्रान्तिकारी भीमदत्त रूप सिंह अरू ।
द्वारिका सघाउने गर्थिन् मुक्तिसेनाहरू ।।
२८) कांग्रेसको आहृावानमा क्रान्ति सफल भयो ।
सात साल फाल्गुन सात राणा शासन गयो ।।
२९) राजाले घोषणा गरे फाल्गुन सातमा ।
संविधान छिट्टै आउँछ जनताको हातमा ।।
३०) द्वारिका उद्ववको साथ माछापानी थियो ।
दश सालमा उद्वव चन्द कालले टिपी लियो ।।
३१) लोग्नेको देहान्त हुँदा ठूलो आघात भयो ।
गर्भिणी अवस्था थियो बच्चा खेर गयो ।।
३२) द्वारिका एकली परिन् जिम्मेवारी आयो ।
चढ्दो जवानी थियो पति कालले खायो ।।
३३) समाजसेवा राजनीति एक्लैको काँधमा ।
सम्पूर्ण जीवन सुम्पिन् ईश्वरको हातमा ।।
३४) देशको कसम खाइन् देश सेवा गर्ने ।
डटेर सामना गर्ने विध्न वाधा पर्ने ।।
३५) द्वारिका एकली परिन् हिम्मत हारिनन् ।
प्रजातन्त्र राष्ट्रसेवा कदापि छाडिनन् ।।
३६) परिवारले साथ दियो हिम्मत बढायो ।
परिवारको साथ पाई केही आशा पलायो ।।
३७) मीनबहादुर चन्द सधंै उनका साथ थिए ।
प्रत्येक पाइला उन्ले सधंै साथ दिए ।।
३८) द्वारिका सक्रिय भइन् बी पी भेट्दै गइन् ।
लोग्नेको शिक्षाको धोको उनी मेट्दै गइन् ।।
३९) राजनीतिमा उनको नाम चर्चा पाउन थाल्यो ।
द्वारिकाले महिलामा नयाँ जोश हाल्यो ।।
४०) चर्चाको शिखरमा पुगिन् बहादुर नारी ।
संघर्षमा डटिरहिन् विपत्तिलाई फारी ।।
४१) संविधानसभा चुनाव टार्दा टार्दै गए ।
महेन्द्रको चालदेखि कांग्रेस चिन्तित भए ।।
४२) संविधानसभाको मिति जति पर सा¥यो ।
बहुदलको जनतामाथि उल्टा प्रभाव प¥यो ।।
४३) कांग्रेसी विवश भए सत्याग्रह गर्न ।
या त चुनाव गराई छोड्न या त आफू मर्न ।।
४४) देशव्यापी सत्याग्रह शुरु हुने भयो ।
षड्यन्त्रकारीको अब सातोपुत्लो गयो ।।
४५) चौध साल बाइस मार्ग सत्याग्रह शुरु ।
लागे भद्र अवज्ञामा सब काँग्रेसीहरु ।।
४६) अड्डा खाना धर्ना दिने काम ठप्प पारे ।
महेन्द्रको सातो गयो पूरा शेखी झारे ।।
४७) डडेल्धुरा, डोटी, अछाम बैतडी र अरु ।
जिल्ला जिल्ला भेला भए सत्याग्रहीहरु ।।
४८) देशका सम्पूर्ण जिल्ला सत्याग्रह गरे ।
गाउँ गाउँबाट जनता उठी सदरमुकाम घेरे ।।
४९) अवज्ञा आन्दोलनवाट राजामा दबाव ।
निर्वाचन छिटो गर्न परिग्यो प्रभाव ।।
५०) अड्डाखाना कार्यकर्ता धर्ना दिई बसे ।
निर्वाचन गराउन पूरा कम्मर कसे ।।
५१) बाध्य ग¥यो राजालाई घोषणा गरायो ।
छिट्टै नै चुनाव गर्न राजालाई अह्रायो ।।
५२) पन्ध्र साल फागुन सात चुनावको तिथि ।
राजाको धोषणावाट तोकिदिए मिति ।।
५३) संसदको चुनाव गर्ने संविधानसभा छोडी ।
सात सालको धोषणाको मूल मर्म तोडी ।।
५४) राजाले धोषणा ग¥यो उन्नाइस गते माघ ।
चुनाव संसदको लागि सवै लिन भाग ।।
५५) चुनाव संसदको लागि धोषणा जो ग¥यो ।
भाग लिने कि वहिस्कार पार्टी संकट प¥यो ।।
५६) भाग लिऊँ त अडान छोड्नु नलिऊँ त दोष ।
लिने कि वहिष्कार गर्ने पार्टीलाई सोच ।।
५७) बहिस्कृत हुने आपैmँ बहिष्कार गरेमा ।
अडान छोड्नु पर्ने लड्नु नै परेमा ।।
५८) अन्य पार्टी चुनावको तयारीमा थिए ।
अन्त्यमा बी पी ले आफ्नो स्वीकृति नै दिए ।।
५९) पन्ध्र साल फागुन सात चुनाव हुने भयो ।
प्रतिनिधि छान्ने हक जनतामाथि गयो ।।
६०) चुनाव प्रचार भयो घुमघाम गरी ।
कार्यकर्ता घुम्न लागे पूरा देशभरि ।।
६१) तल्ली स्वराड गाभिनमा डडेल्धुरा आयो ।
काँग्रेसको संसदको टिकट द्वारिकाले पायो ।।
६२) एक सय नौ क्षेत्र थिए पूरा नेपाल भरि ।
तल्ली स्वराड छयासट्टि नम्बरमा परि ।।
६३) कार्यकर्ता सबै खटे रुखमा भोट माग्न ।
जनताका माझमा जान्थे आफ्ना कुरा राख्न ।।
६४) जनतामा लहर आयो महिला उम्मेदवार ।
भोट हाल्न सिकाए सवले वनि जिम्मेवार ।।
६५) निर्वाचनको दिन जति नजिकमा आउँथे ।
गाउँघर द्वारिकाको पक्ष नारा लाउँथे ।।
६६) हातमा रुख चिन्ह खोपी द्वारिकाले सिकाइन् ।
रुख चिन्ह यस्तो हो भनि आफ्नो हातमा देखाइन् ।।
६७) जनतामा लहर उल्र्यो नारा घन्कि रन्थ्ये ।
द्वारिका मत दिन्छौ भनि सवै जनता भन्थ्ये ।।
६८) पन्ध्र साल फागुन सात निर्वाचन आयो ।
मतदाताले मत हाल्न वुथमा लाम लाग्यो ।।
६९) मतदान शुरु भयो लामवद्ध गरि ।
द्वारिकालाई मत भन्थ्ये सबै वुथ भरि ।।
७०) उर्लिदो लहर देखि विरोधी डराए ।
धाँधलि भयो लौ भनि विरोधी कराए ।।
७१) मेलौलीका वुथमा जनता विहानै लाममा ।
सवजना तल्लिन थिए मत हाल्ने काममा ।।
७२) मेलौलीमा अधिकृत देव चन्द थिए ।
मतदातामा शंका भयो पक्षपात लिए ।।
७३) निवार्चन अधिकृत देव वहादुर चन्द ।
सोझा मान्छे देखे भने मत भन्ने अन्त ।।
७४) मतदान अधिकृत पक्षपाति थिए ।
खुलम खुला मेलौलीमा अर्को पक्ष लिए ।।
७५) देव वहादुर चन्द खिन्न उर्लिदो भेल देखि ।
चुनाव स्थगित गरे उजिर दिए लेखि ।।
७६) मिन वहादुर चन्द सहित वत्तिस जना थुन्यो ।
डडेल्धुरा पक्रि लगे धाँधली भो भन्यो ।।
७७) दोस्रो दिन चुनाव भयो अधिकृत फेरि ।
जनतामा झन जाँगर चल्यो पैलो दिन हेरी ।।
७८) शान्तसँग चुनाव भयो लाम वद्ध गरि ।
पर्वजस्तै उल्लास छायो पूरा स्वराड भरि ।।
७९) मत पेटिका डडेल्धुरा जिल्ला सदरमुकाम ।
मतदाता खुशी थिए सकि आफ्नो काम ।।
८०) पन्ध्र साल फागुन सात देखि चुनाव भयो ।
सोह्र साल बैशाख एक्काईस सम्म चुनाव रहयो ।।
८१) चुनाव भयो बैशाखको एक्काईस गते सम्म ।
काँग्रेसको चौहत्तर सिट मत पायो टन्न ।।
८२) द्वारिका विजयी भइन् परिणाम आयो ।
जनताको वहुमत भोट द्वारिकाले पायो ।।
८३) निवार्चन सकिएर पार्टी नेता चुनी ।
तीन मैना विति गयो सरकार वन्ला भनि ।
८४) सरकार गठन गर्न निम्तो नै आएन ।
तीन मैना विति सक्दा संकेत पाएन ।।
८५) राजाले षड्यन्यन्त्र ग¥यो भन्ने शंका प¥यो ।
वाध्य भई महेन्द्रले निमन्त्रणा ग¥यो ।।
८६) दुई हजार सोह्र साल आठ गते जेठ ।
बी.पीले मुस्किलले पाए राजा सँग भेट ।।
८७) सरकार गठन गर्न राजाले वोलाए ।
षड्यन्त्रको जाल वुन्ने दरवारी टोलाय ।।
८८) पार्टी नेता विशेश्वर प्रधानमन्त्री वने ।
उप.प्र.म पद राखि सुवर्णलाई चुने ।।
८९) मन्त्री परिषद पुरा भयो योग्य मन्त्री वने ।
संसदमा सभामुख के.पी.भट्टराई चुने ।।
९०) स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन ।
द्वारिका देवीले पाइन उपमन्त्री आसन ।।
९१) पहिलो महिला मन्त्री नेपालकै वनिन ।
जनताका सुदिन आए द्वारिकाले भनिन ।।
९२) शिवराज पन्त वनमन्त्री द्वारिकाका भाई ।
दिदीभाइ मन्त्री भए संसदमा आई ।।
९३) जनताले चुनेको सरकार पहिलो पटक बन्यो ।
जनता सुखी देश विकास सरकारले भन्यो ।।
९४) काँग्रेसको सरकारले कार्य गर्न थाल्यो ।
गाउँघर डाँडाकाँडा शिक्षा ज्योति बाल्यो ।।
९५ पाठशाला कलेज खोले सबले पढन पाउने ।
पर्यटकको संख्या वृद्धि नेपालमा आउने ।।
९६) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई ।
गरिवले पढ्न पाउने ठालु गए डराई ।।
९७) विर्ताको उन्मूलन भयो राजा रजौटाको ।
जनताको शोषण हुने वडो अनौठोको ।।
९८) सरकारी संस्था खोल्यो गाउँ विकास योजना ।
जिल्ला विकास वोर्ड खोली काम थाल्यो रोजना ।।
९९) राष्ट्रियकरण गरी आर.एन.एसी वन्यो ।
सदुपयोग बजेटको नेपाल बन्छ भन्यो ।।
१००) आर.टि.ओ. अन्तर्गत रोडहरु वने ।
जनतामा हौसला वढी रोडहरु खने ।।
१०१ पूर्व पश्चिम राजमार्गको सर्भेक्षण भयो ।
कृषकका खेतवारी कूलो नहर गयो ।।
१०२) कृषि शिक्षा उधोग र यातयात सेवा ।
विकासको शुरुवात देश दिने टेवा ।।
१०३) जनताले उछिन्दै गए ठालु ढल्दै गए ।
आफ्नो नै भविष्यदेखि अरु डर्दै गए ।।
१०४) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई ।
गरिव बढ्न पाउने ठालु गए डराई ।।
१०५ प्रतिगामी तत्वलाई छटपटी भयो ।
सरकारको काम देखि सातो पुत्लो गयो ।।
१०६) चाहेन राजाले बस्न संविधान भित्र ।
राणाका पालाका ठालु हुन गए मित्र ।।
१०७) संवैधानिक राजतन्त्रको सिमाभित्र नरही ।
राजाले काम गर्न खोज्यो सीमा वाहिर गही ।।
१०८) सत्र साल पौष एक अन्धकार छायो ।
नेपालका धर्तीमाथि कालो रात्री आयो ।।
१०९) सैनिक बलका भर सरकार भंग भयो ।
प्रजातन्त्रको हत्या ग¥यो विश्व दंग रहयो ।।
११०) अधिवेशन तरुण दलको पौष एकमा थियो ।
महेन्द्रले दुवै सदन भङ्ग गरि दियो ।।
१११) थापाथली अधिवेशन तरुण दलको थियो ।
जर्नेल आई बी पी लाई एउटा खवर दियो ।।
११२) राजाले बोलायो सबै सिंहदरवार भनी ।
साथमा ल्याउनु भन्यो अन्य मन्त्री पनि ।।
११३) सिंहदरवार पुगी लग्यो सुन्दरीजलमा ।
बी पी सहित अन्य नेता थुनिए जेलमा ।।
११४) बी.पी१, जी.एम.२,के.पी३, सूर्य४अन्य नेताहरु ।
सबैलाई जेलमा हाल्यो नेता मन्त्री अरु ।।
११५) दुवै सदन विधटन मन्त्री मण्डल भङ्ग ।
राजाको कदमदेखि दरवारिया दङ्ग ।।
११६) द्वारिकादेवीलाई पनि सिंहदरवार भन्यो ।
सिंहदरवारबाट लगी सैनिक क्लवमा थुन्यो ।।
११७) महिला भनेर केही दिनमा रिहा भइन् ।
सुवर्णको हेडक्वार्टर कलकत्तामा गइन् ।।
११८) सशस्त्र क्रान्तिका लागि सुवर्ण जुटेका ।
कलकत्तामा नेता पुगे जेलवाट छुटेका ।।
११९) सुवर्ण शम्शेरले वैठक कलकत्तामा डाके ।
सशस्त्र क्रान्तिको प्रस्ताव बैठकमा राखे ।।
१. विश्वेश्वरप्रसाद कोइराला २. गणेशमान सिंह ३. कृष्णप्रसाद भट्टराई ४. सुवर्ण शमशेर
१२०) द्वारिकाले आफ्ना कुरा प्रस्टसँग राखिन ।
क्रान्तिमा बन्दुक बोक्ने आफ्नो माग मागिन ।।
१२१) सशस्त्र क्रान्तिको कुरा सवले पारित गरे ।
द्वारिकाका कुरा सुनि अचम्मित परे ।।
१२२) द्वारिकाको साहसको प्रशंसा गरियो ।
उनको नाम क्रान्तिकारी टिममा परियो ।।
१२३) मर्दानी देखाइन् खुवै द्वारिकादेवीले ।
प्रशंसा खुलेर गरे कलकत्ता जे.पी.ले ।।
१२४) जय प्रकाश नारायणले ठूलो सम्मान गरे ।
द्वारिकाको साहसदेखि अचम्मित परे ।।
१२५) उन्नाइस साल सुवर्णले निर्णय गराए ।
ठाउँ ठाउँमा नेतृत्व तोकी आन्दोलन अह्राए ।।
१२६) आठ ठाउँका सिमानामा संयोजक खटाए ।
पन्ध्र सालका एम.पी.लाई सीमामा पठाए ।।
१२७) नेपाल भारत सीमा आठ ठाउँमा किल्ला ।
संयोजक तैनाथ ग¥यो सिमानाका जिल्ला ।।
१२८) सु.प.का तीन किल्ला तोक्यो दुर्गादत्त जोशी ।
टनकपुर, झुलाधाट, पिथौरागढ सोची ।।
१२९) द्वारिकादेवीलाई तोक्यो सहायकको रुपमा ।
मन लगाई कार्य गरिन् चिसो वर्षा धुपमा ।।
१३०) झुलाधाट जिम्मा पाइन् द्वारिकादेवीले ।
मनमा क्रान्तिको ज्वाला राजाको शेखीले ।।
१३१) मीनबहादुर चन्द पनि द्वारिकाको साथमा ।
रामदत्त, राम पाध्या हतियार हातमा ।।
१३२) मनोरथ धर्मदेव कौशल खाती पनि ।
द्वारिकाका साथ थिए क्रान्ति गर्छौ भनी ।।
१३३) भारत पिथौडागढ लुहाघाट अनि ।
द्वारिकाको जिम्मा थियो धर्माघाट पनि ।।
१३४) रामचन्द्र हमाल र रमेशचन्द्र जोशी ।
द्वारिकाका साथै थिए खेमराज जोशी ।।
१३५) रामदत्त जोशी अनि पद्मबहादुर शाही ।
तुम्बाका भरले पारी महाकाली आई ।।
१३६) द्वारिका तुम्बाका भर महाकाली तर्थिन् ।
नेपालका सिमानामा क्रान्ति भाषण गर्थिन् ।।
१३७) पिथौडागढलाई छोडी लोहाघाट सरिन् ।
भारतको गुमदेशमा आफ्नो डेरा गरिन ।।
१३८) लोहाघाट डडेल्धुरा सीमामा पर्दथ्यो ।
भन्सारमा जो आउँथ्यो मनपरी गर्दथ्यो ।।
१३९) धनी चन्द, वीर चन्द , कृष्ण चन्द अनि ।
हजारी साउँदको मद्दत वीर नारी भनी ।।
१४०) छोटी भन्सार धर्माघाट अर्को हल्दुघाट ।
निसानामा कुस्मौतघाट साथै झुलाघाट ।।
१४१) द्वारिकाको निर्देशन चारै भन्सार घे¥यो ।
कर्मचारी कागजपत्र आफ्नो कव्जा ग¥यो ।।
१४२) मीन चन्द रमेश जोशी अन्य साथी आई ।
नियन्त्रण गरी राख्यो सिमानामा ल्यााई ।।
१४३) मीन चन्द मृत्यृदण्ड सर्वस्वहरण ।
प्रजातन्त्र प्राप्त गर्न कालको बरण ।।
१४४) सर्वस्वहरण तोक्यो द्वारिकादेवीलाई ।
द्वारिका भाषण गर्थिन् सिमानामा आई ।।
१४५) झुलाघाट, पंचेश्वर हल्दुघाट धर्मा ।
द्वारिका वसेर जान्थिन् किसानका घरमा ।।
१४६) फुत्ते पार्की केशर चन्द नौ महिना जेलमा ।
तुम्बाका भरमा तथ्र्ये उलिदो भेलमा ।।
१४७) पच्चीस सालमा बी.पी. अन्य नेता पनि ।
सुनायो प्रवासी नेता आउन पाउने भनी ।।
१४८) मीन चन्दको सत्ताइस सालमा मुद्दा फिर्ता ग¥यो ।
द्वारिकादेवीको सवमा ठूलो प्रभाव प¥यो ।।
१४९) अठतिस साल बाइस असोज सात बजे साँझ ।
मीन वहादुर पक्राउ परे साथीभाइका माझ ।।
१५०) दशैँताका घरमा साथी बसी रमाउँदैथे ।
प्रवासमा भएका कार्य सबै सुनाउँदैथे ।।
१५१) अन्य साथी भगाइदियो लाठी चार्ज गरी ।
पुलिसले छापा मा¥यो पुरा घरभरि ।।
१५२) लाठी चलाई साथी भगाई मीन चन्दलाई लगे ।
मीन चन्दलाई गोली हान्दा छिमेकीले ध्येके ।।
१५३) एक गोली द्वारिकाजीको कानैबाट गयो ।
त्यहीँदेखि एउटा कान नसुनिने भयो ।।
१५४) द्वारिका एकली परिन् मीन चन्दलाई मा¥यो ।
सहयोगी मारिदियो निकै गाह्रो पा¥यो ।।
१५५) प्रजातन्त्रप्रेमी मा¥यो राष्ट्रवादी वीर ।
द्वारिकादेवीलाई अब झन प¥यो पीर ।।
१५६) द्वारिकादेवीको क्रान्ति निरन्तर रह्यो ।
छत्तीस साल जनमतमा दौडधुप भयो ।।
१५७) बहुदलमा माग्न भोट घरदैलो गइन् ।
रातदिन दौडधुप निकै थकित भइन् ।।
१५८) छयालीस सालमा पनि आन्दोलनमा लागिन् ।
आन्दोलनमा लाग्न सबलाई आफ्ना कुरा राखिन् ।।
१५९) आन्दोलनमा सरिक भई हौसला वढाउँथिन् ।
पञ्चायती व्यवस्था फाल्न एकजुट गराउँथिन् ।।
१६०) पञ्चायती व्यवस्था गयो वहुदल आयो ।
सार्वभौम जनता बने मौलिक हक पायो ।।
१६१) चूनाव नजिक आयो टिकट बाँड्ने भए ।
द्वारिका टिकट पाउने सवै ढुक्क रहे ।।
१६२) एक्लीनारी सिमानामा तम्वु तरी आउँथिन् ।
पञ्चायतका क्रियाकलाप बेलिबिस्तार लाउँथिन् ।।
१६३) हत्केलामा ज्यान राखी वारिपारि गर्थिन् ।
जनताका मनमा आपैmँ क्रान्तिज्वाला भर्थिन् ।।
१६४) द्वारिकाले टिकट पाउने सबै ढुक्क थिए ।
द्वारिकाले टिकट पाउने आफ्नो विचार दिए ।।
१६५) द्वारिकाले पाइनन् टिकट जनता दुःखी भए ।
अन्याय के भयो भनी नेतासामु गए ।।
१६६) राजाको प्रलोभन त्यागी उप. प्र.म पाउने ।
द्वारिकाको मन मोड्न कति पञ्च आउने ।।
१६७) नमानी क्रान्तिमा लागिन् कलकत्तामा पुगिन् ।
सिमानामा प्रचार गर्दा कति घर लुकिन् ।।
१६८) द्वारिकाको परिश्रम प्रवासको काम ।
सबैले गौरवले लिन्छन् द्वारिकाको नाम ।।
१६९) नेपालकी पहिलो नारी मन्त्री पद पाएकी ।
दिएनन् टिकट किन क्रान्तिमा आएकी ।।
१७०) मूल्याङकन गर्ने काममा किन त्रुटि भयो ?
जनताका माझमा अझै प्रश्न वाँकी रहयो ।।
१७१) उनसट्ठी मङ्सिर चौबीस तीन बजे राति ।
शौचालय जाँदा ढलिन् दुःख्यौ निकै छाती ।।
१७२) धनगढी अस्पताल लगे तर होस फर्केन ।
क्रान्तिदीप झ्वाप्प निभ्यो कालले पर्खेन ।।
१७३) नेपालीको प्रेरणाको ठूलो स्रोत गुम्यो ।
सुदूरको उज्ज्वल तारा क्रान्तिदीप निभ्यो ।।
१७४) श्रद्धाञ्जलि तीनै चन्द कोटी नमन गरी ।
द्वारिका उद्धव मीनलाई सम्झौँ सधैँभरी ।।