सुदूर पश्चिम रोयल्सद्धारा धनगढीमा बिशाल ¥याली आयोजना

द एभरेष्ट पोष्ट
३ मंसिर २०८१ १७:१४
सुदूर पश्चिम रोयल्सद्धारा धनगढीमा बिशाल ¥याली आयोजना

धनगढी, ३ मंसिर ।

‘सुदूर पश्चिमको शान, मैदानमा तुफान’ नारा सहित नेपाल प्रिमियर लिगमा भिडिरहेको सुदूर पश्चिम रोयल्सले सोमवार गृह क्षेत्र सुदूरपश्चिममा व्यापक जन समर्थन प्राप्त गरेको छ ।
धनगढीमा ट्यालेण्ट हण्टपछि सुदूर पश्चिम रोयल्सले सोमवार निकालेको ¥यालीमा खेलकुदप्रेमी तथा सर्वसाधारणको बिशाल उपस्थिति रह्यो ।

धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍यालीमा स्थानीय बासिन्दाको उल्लेख सहभागिता रहेको थियो ।

र्‍यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरु, विभिन्न खेलका प्रदेश तथा जिल्ला संघका पदाधिकारी, खेलाडीहरु लगायत ठूलो संख्यामा स्थानीय सहभागिता रहेको थियो ।

र्‍यालीमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकीको पनि सहभागिता रहेको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले र्‍यालीमा स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको जानकारी दिए ।

र्‍यालीको अन्त्य रंगशालास्थित कभर्ड हलमा एक कार्यक्रमबीच समापन भएको थियो । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस