शेयर बजारमा बिहीबार सामान्य वृद्धि

काठमाडौं । लगातार २ दिन घटेको शेयर बजारमा बिहीबार भने वृद्धि सामान्य वृद्धि भएको छ । शेयर बजारमा बिहीबार आज नेप्से १३.९५ अंक बढेको हो । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ ।
यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार १५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७९ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने यथावत् रह्यो ।
३ वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्दा रावा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी गुमाएका छन् ।
आज ग्रीनलाइफ हाइड्रोपावरको सबैभन्दा बढी कित्ता शेयर कारोबार भयो ।