दोस्रोपटक पनि महिला उम्मेदवार हराएर ट्रम्प राष्ट्रपति

द एभरेष्ट पोष्ट
२१ कार्तिक २०८१ १३:०२
दोस्रोपटक पनि महिला उम्मेदवार हराएर ट्रम्प राष्ट्रपति

कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले अर्को स्विङ स्टेट विस्कन्सिन ट्रम्पले नै जित्ने प्रक्षेपण गरेका छन्। यससँगै उनले बहुमत २७० इलेक्टोरल मत कटाएका छन्।

विस्कन्सिनमा पनि विजयी भएपछि उनी अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने पक्का भएको छ।

संयोग कस्तो परेको छ भने ट्रम्प आठ वर्षअघि पनि महिला उम्मेदवार नै हराएर पहिलोपटक अमेरिकाको राष्ट्रपति बनेका थिए।

सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प पहिलोपटक अमेरिकाको सर्वाेच्च पदमा पुगेका थिए। अहिले पनि फेरि महिला उम्मेदवार कमला ह्यारिसलाई हराएर उनी राष्ट्रपति बनेका हुन्।

तर सन् २०२० मा भने ट्रम्पले चुनाव हारे, जतिबेला जो बाइडेन विजयी भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

काबुल डायरी

३० फागुन २०८१ ९:२७

खोज्नुहोस