राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८१ १६:५७
राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौँ, १८ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका   छन् ।
राष्ट्रपति पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाबाट राष्ट्रपति भवनमा शुभसाईतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन् ।

राष्ट्रपतिको स्वकीय सचिवालयले बहिनीहरुले स्नेहपूर्वक टीका लगाएर ओखर,बदामसहितका सौगात प्रदान गरेको र राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएको जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस