काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अहिले विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
यसैबीच, आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै मैदानमा बढी भीड भएका कारण अब थप दर्शकको प्रवेश सम्भव नभएको जानकारी दिएको छ ।
क्यानका अनुसार खल्ती वालेटबाट टिकट किनिसकेका दर्शकहरूले events@khalti.com मा ईमेल पठाई आफ्नो टिकटको विवरण प्रदान गरेर टिकटको रकम फिर्ता गर्न सक्नेछन् ।
सन २०१९ को नोभेम्बर अन्तिम साता हंगेरीको बुडापेष्टबाट शुरु भएको युरोप भ्रमणको अन्तिम गन्तव्य थियो, ईटली । ईटली जादै गरेको थाह पाएपछि नेपालबाट मित्र रामदास चौधरीको मेसेज आयो–भेनिस नछुटाउनुहोला ।
स्वीजरल्याण्डको जुरिकबाट रेलको यात्रा आफैमा निकै रोमाञ्चकारी । पहाड छेडेर बनाईएका लिकमा तिब्र गतिमा गुड्ने रेलबाट देखिने हिमाल, पहाड र तालका किनारमा बसेका बिशाल शहरहरुको दृष्य कम्ति लोभलाग्दो छैन ।
ईटली पुगेपछि संसारको सबैभन्दा सानो देश भ्याटिकन सीटी हेर्न छुटाए, ईटलीको यात्रा अधुरो हुन्छ । तर यस पटक भने समुन्द्रमाथिको शहर भेनिसका बारेमा चर्चा गर्दैछु । ईटलीको रोमको दुई दिने बसाईपछि तेस्रो दिन हामी भेनिसको यात्रामा निस्कियौ । साथमा थिए, युएनसीआरडी नोगाया जापानका प्रमुख रुद्र महन्ती चौधरी । दक्षिण भारतका चौधरीसंग रोमको एउटा कार्यक्रममा भेट भएको थियो । फरक भूगोल र देशका भएपनि भेनिस यात्रा गर्नै पर्ने हुटहुटी भने हामी दुईमा उस्तै थियो । त्यही हुटहुटीले हामी भेनिसको यात्रामा निस्किएका थियौ ।
भेनिसका लागि रोमबाट रेलमा चढेपछि सन १९७९ भेनिसमा सुटिङ भएको अमिताभ र जिनत अमानद्धारा अभिनित द ग्रेट ग्याम्बलर फिल्मको ‘दो लफ्जों की है दिल की कहानी, या है मोहब्बत ? या है जवानी ?’ बोलको गीतको दृष्य दिमागमा रिल झै घुमिरहेको थियो । त्यसयता भेनिसमा पाँच वटा हिन्दी फिल्मको सुटिङ भयो । यद्दपि चर्चा भने ४५ वर्ष पुरानो त्यही गीतको हुन्छ ।
समुन्द्रमाथि यति सुन्दर शहर कसरी बन्यो होला ? समुन्द्रमा कसरी ठडिए होलान यति भव्य र कलात्मक महलहरु ? मनमा रेलको गति झै एकतमासले तमाम कौतुहलता पनि कुदिरहेका थिए । हिन्दी फिल्म द फकिर अफ भेनिसमा एउटा संवाद छ–तिमी भेनिस गएका छौ भने चैनसंग मर्न सक्छौ ।जसको आशय हो– भेनिस घुमे अरु ठाउँ घुम्नै पर्दैन । हाम्रो गन्तव्य त्यही भेनिस थियो ।
ईटली पुगेर भेनिस छुटाउने कुरै भएन । भेनिसका बारेमा सुनेका यस्ता तमाम किस्सा र बर्णनले चुम्बकको काम गरेको थियो । र त, हामी हानिएका थियौ, भेनिस ।भेनिसमा रेल रोकियो । अनि शुरु भयो हाम्रो सामुन्द्रिक यात्रा । तपाई के मा चढ्ने ? डुंगा, स्टिमर वा क्रुजमा ? कति टाढासम्म जाने ? एक घण्टाको प्याकेज लिने कि दिनभरीको ? त्यही अनुसार शुल्क तिर्नुपर्छ । हामी भने आधा दिनको प्याकेजमा क्रुजमा निस्कियौ ।
स्टिमर र क्रुजमा समुन्द्रमा शयर गर्नुको मजा नै बेग्लै । समुन्द्रको बीचमा भवनहरु छन् । समुन्द्रको किनारमा लहरै बसेको वस्ती छ । वस्तीको बीच भएर बग्ने नहर र ती नहरमा तैरिरहने डुंगा, स्टिमर र क्रुजमा फोटो सेशन गर्दै गरेका पर्यटकहरु । आँखा नझिम्क्याई हेरिरहु लाग्ने सामुन्द्रिक सौन्दर्य । नहरको ठाउँ ठाउँमा बनाईएका आकाशे पुल । त्यो आकाश पुलमा उभिएर सेल्फि खिच्दै गरेका पर्यटकहरु । कसैलाई कसैको वास्ता छैन । मान्छे हरेक पल सामुन्द्रिक सौन्दर्यको मजा उठाईरहेका छन् । त्यही नहरसंगै जोडिएका रेष्टुरेण्टहरु । जव साँझ छिप्पिदै जान्छ, रेष्टुरेण्टको उज्यालो पानीमा तैरिन्छ । पानीसंगै टल्किने रेष्टुरेण्टको त्यो दृष्य कही भेटिदैन भेनिस बाहेक अन्यत्र । भेनिस सुत्दैन । किनकी भेनिसले देख्नु पर्ने सपना नै छैन । बरु भेनिस धेरैको सपना हो ।
पानी माथि शहर कसरी बसाईयो ? सातौ शताब्दिमा बसाईएको भेनिसको ‘वाटर ईञ्जिनियरिङ’ अदभूत र अपत्यारिलो लाग्छ । बास झै एक प्रकारको काठ समुन्द्रमा गाडेर त्यसमाथि त्यही काठ बिछ्याएर त्यही माथि भवनहरु बनाईएको बताईन्छ । काठको जगमा सुन्दर भेनिस शहर बसेको आफैमा अनौठो लाग्छ ।
भेनिसमा साना ठूला १२४ टापु छन् । र ती टापुलाई ४१७ पुलले जोडेको छ । जसमध्ये ७२ पुल निजी हुन् । भेनिसभित्र १७० नहर छन् । यी नहर मात्र होईनन, सडक पनि हुन । भेनिस संसारकै सुन्दर शहर हो । समुन्द्रमाथि निर्मित भेनिसका लागि पानी नै सबैथोक हो । जता हे¥यो । त्यतै पानी । आँखाले देखिने ठाउँसम्म पानी । अर्थात भेनिसको जीवन पानीमै शुरु हुन्छ । पानी मै सकिन्छ ।
भेनिसमा सडक छैन । र गाडीहरु पनि छैनन । नहर नै यहाँको सडक हो । अनि डुंगा र स्टिमरहरु नै यहाँका गाडी हुन । प्रहरीले गस्ती पनि स्टिमरबाटै गर्छन । यहाँका लागि स्टिमर नै एम्बुलेन्स हो । पर्यटकलाई भेनिसको दृष्यावलोकन गराउने साधन पनि ।जसरी हरेक घरको आगनमा कारहरु राखिन्छन । समुन्द्रको जगमा बनेका हरेक घरहरुमा डुंगा वा स्टिमरहरु त्यसैगरी बाँधेर राखिएका हुन्छन । तिनै डुंगा र स्टिमरले जीवन र जीविका धानेको छ । भेनिसको ईतिहास
रोमन साम्राज्यको पतन पछि जर्मनीहरुको आक्रमणबाट जोगिन भागेका मानिसहरु सुरक्षित स्थानको खोजीमा भेनिस पुगे । जहाँ पुग्न अत्यन्त कठिन थियो । तर सुरक्षित थियो । उनीहरुले समुन्द्रमा वस्ती मात्र बसाएनन, त्यही समुन्द्रमा रहेका १२४ वटा निर्जन टापुमा मानव सभ्यताको शुरुवात समेत गरे । यसरी सन ६९७ मा भेनिस गणतन्त्रको स्थापना भयो ।
सुरुमा भेनिस बीजान्टिन साम्राज्यको प्रभावमा थियो । तर यो बिस्तारै स्वतन्त्र भयो । उसले भूमध्य सागरलाई व्यापारिक प्रयोजनमा भरपुर सदुपयोग ग¥यो । समुन्द्री मार्ग मार्फत उसले युरोपमा त प्रभुत्व कायम ग¥यो नै । आफ्नो व्यापार व्यवसायलाई एशियादेखि अफ्रिकासम्म फैलायो । यसरी भेनिस धनी गणतन्त्र बन्यो । र धनी व्यापारी बर्गको घर पनि ।
कुनै बेला जर्मनीहरुको आक्रमणबाट जोगिन भागेर भेनिस आईपुगेकाहरुको शक्ति त्यसको केही दशकमा यति बलियो भयो कि उसको प्रभाव उत्तरी ईटलीदेखि ग्रिससम्म फैलियो । व्यवसायीक सफलतासंगै भेनिस अग्रणी सैन्य शक्ति भयो । उसले केही समय इटाली, स्लोभेनिया, क्रोएशिया, मोन्टेनेग्रो, अल्बेनिया, ग्रीस र साइप्रसलाई नै आफ्नो अधिनमा राख्यो ।ईच्छाशक्ति भन्दा बलियो केही हुदैन । लाखौको संख्यामा सेना भएपनि तीनमा ईच्छाशक्ति भएन भने त्यो संख्याले अर्थ रहदैन । तर ईच्छाशक्ति भए ठूला ठूला युद्ध पनि केही हजारको संख्यामा रहेका सेनाले जित्न सक्छ ।
हो, यो भनाई भेनिससंग मेल खान्छ । भेनिस केही हजार मान्छेले बनाएका हुन् । जतिबेला मान्छे बाँच्ने उपायको खोजिमा थिए, त्यतिबेला नै भेनिसियनहरुले उद्योग, व्यापार र जहाजहरुको निर्माणबाट मनग्गे आम्दानी मात्र गरिसकेका थिएनन, छुट्टै पहिचान पनि बनाईसकेका थिए ।अटलांटिक सागरमा नयाँ वाणिज्यिक मार्गहरु सञ्चालनमा आएपछि भने एक शक्तिशाली समुन्द्री गणतन्त्रको पहिचान बनाएको भेनिसको व्यापार र अर्थतन्त्रमा क्रमशः गिरावट आयो । १४ औं र १५ औं भेनिसमा ठूला र भव्य महलहरु बने । जतिबेला भेनिसको अर्थतन्त्र निकै उकासिएको थियो । तिनै कलात्मक भवनहरु आज भेनिसमा पर्यटकीय आकर्षणका आधारहरु बनेका छन् । भेनिसको सेन्ट मार्क स्क्वायर तिनै मध्येको एक हो ।
ईटालियन नौ सेनाले अहिले प्रयोग गर्ने शस्त्रागार जहाज निर्माण कारखाना भेनिसमै छ । यो त्यही कारखाना र वाणिज्यिक केन्द्र थियो, जहाँ भेनिसले वाणिज्यिक र सैन्य जहाजहरु बनाउने गथ्र्यो । जसको बलले उसले यो क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको थियो । ईटलीको उत्तरी क्षेत्र भेनेटोको राजधानी भेनिस ४१६ बर्ग किमीमा फैलिएको छ । भेनिसको जनसंख्या सन २०१७ मा २६१९०५ थियो । भेनिसमा कोभिड १९ को महामारी पूर्व वर्षेनी साढे चार करोड पर्यटक पुग्थे । तर कोभिडको महामारीपछि भने भेनिसको पर्यटन र यहाँको अर्थतन्त्र थला परेको छ ।
युरोपका हरेक देशहरुको आआफ्नै विशेषता र ऐतिहासिक महत्व छ । ठूला नदी र शहरसंग युरोपका अधिकांश देशहरुको सभ्यता र विकास जोडिएको छ । यद्दपि स्वीट्जरल्याण्ड जस्ता देशहरु पनि नभएका होईनन, जहाँका हिमाल र प्राकृतिक तालहरु पर्यटन र अर्थतन्त्रका आधारशिला हुन् ।भेनिसको सभ्यता पनि समुन्द्रसंग जोडिएको छ ।
भेनिसलाई चिनाउने थुप्रै कुराहरु छन् । र यसका थुप्रै बिशेषता र पहिचान छन् । भेनिस संसारकै महंगो शहर पनि हो । भेनिसलाई एड्रियाटिक रानी, पुलको शहर, पानीको शहर र मास्कको शहरका रुपमा पनि चिनिन्छ । संसारको पहिलो क्यासिनो सन १६३८ मा भेनिसमा स्थापना भएको हो । संसारको पहिलो ग्रयाजुयट गर्ने महिला पनि भेनिसकै हुन । उनले सन १६४८ ग्रयाजुयट पुरा गरेकी थिईन ।
नकावका लागि पनि भेनिस प्रख्यात छ । संसारको सबैभन्दा महंगो नकाव पनि भेनिसमै बनेको बताईन्छ । नकाव किन्न त पाईन्छ । तर सधै लगाउन पाईदैन । सन १६०८ को कानुन अनुसार १० प्रकारका नकाव मात्र लगाउन पाईन्छ । त्यो पनि कार्निवल फेष्टिवलको समयमा मात्र । अन्य समयमा नकाव लगाए २ वर्ष कैद र जरिवाना गरिन्छ । अझ नकाव लगाउने व्यक्तिलाई पोलमा बाँधेर सर्वसाधारणले कुटपीट गर्न पनि छुट छ ।
भेनिस जलवायु परिवर्तनको चपेटामा परेको छ । केही वर्षयता भेनिस समुन्द्रमा क्रमशः डुबिरहेको छ । यो भने भेनिसका लागि चिन्ताको विषय हो । कतिपय बीज्ञहरुले सन २०३० सम्म भेनिस समुन्द्रमा डुब्ने आकलन समेत गरेका छन् ।
भेनिस भोलिको चिन्ता गर्दैन । आज जे छ, त्यसैमा रमाउछ । भेनिसियनहरु भन्छन्, भोलि कसले देखेको छ ? जिउने त बर्तमानमा हो । भेनिस घुम्दै गर्दा २१ औं शताब्दिमा आएर पानी पानी जहाज र चुच्चे रेलका सपना देखाउने आफ्नो देशका नेताहरुलाई सम्झे । र, १५०० वर्षअघि समुन्द्रमाथि यति सुन्दर शहर बसाउनेहरुलाई नमन गरे ।भेनिससंग आफ्नो देशलाई तुलना गरेर मन किन अमिलो बनाउनु ? अमिताभ र जिनत अमानको त्यही मिठो गीत ‘दो लफ्जों की है दिल की कहानी, या है मोहब्बत ? या है जवानी ?’ सम्झिदै रुमानी मन लिएर रोम फर्किए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेकालाई यसलाई अघि बढाउनु पर्ने बताएका छन् ।
चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आज (शनिबार) त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले बीआरआई अधिकांश देशमा सफल भइसकेकाले यसमा विवाद नगरि स्वीकार गर्नुपर्ने धारणा राखेका हुन् ।
उनले बीआरआई कारण मुलुक ऋण पासोमा फस्न सक्ने भन्दै केहीले गलत तर्क गरिरहेको समेत बताए । नेपालमा निर्माण भएको उद्योगधन्दाहरु कौडीको मोलमा बेच्नेहरुले नै बीआरआईको विरोध गरिरहेको उनको आरोप छ ।खनालले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईसम्बन्धी सम्झौता गर्नुपर्ने सुझाव दिए। उनले आफू चीनमा हुने परराष्ट्र मामिलासम्बन्धी विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको जानकारी दिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार भइरहेको पाइएको छ । आजदेखि सुरु भएको एनपीएलमा नेपालमा प्रतिबन्धित उल्फ७७७ को विज्ञापन भइरहेको हो ।
यसअघि आयोजक क्यानले सबै प्रायोजकको नाम कार्यक्रम आयोजना गरी वा प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको थियो । तर उल्फ७७७ भने अपारदर्शी रूपमा एक्कासि मैदानमा देखिएको छ ।
यसो त क्यानले उल्फ७७७ लाई अनलाइन स्पोर्टको समाचार पोर्टलको रूपमा प्रस्तुत गरेको छ । तर, उल्फ७७७ को मुख्य धन्धा नै अनलाइन क्यासिनो तथा जुवा नै हो ।
यसअघि नेपाल प्रहरीले उल्फ७७७ मार्फत अनलाइन जुवा खेलाउने केही व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । गोप्य रूपमा यो प्लेटर्फम भित्रभित्रै मौलाइरहेको थियो । तर अहिले भने प्रायोजक बनेर मैदानमा छर्लङ्ग देखिएको छ । अर्थात् उल्फ७७७ ले सरोगेट एड्भर्टाइजिङ मार्फत खुलेआम प्रचार गरेको देखिएको छ ।
अरु सबै प्रायोजक पारदर्शी रूपमा सार्वजनिक गरेको क्यानले उल्फ७७७ को प्रचार भने कतै गरेन । यस विषयमा क्यानका सचिव पारस खड्कासँग बुझ्न खोज्दा उनको फोन उठेन ।
यसअघि पनि नेपालमा हुने थुप्रै घरेलु क्रिकेट म्याचमा यस्ता अवैध सट्टेबाजी प्लेटफर्मले आफ्नो प्रचार गरेका थिए । वनएक्स बेटले वनए्कस ब्याट स्पोर्टिङ्ग, स्काई एक्सचेन्जले स्काई एक्सचेन्ज न्युज, डाफा बेटले डाफा न्युज राखेर प्रचार गरेका थिए ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ ।
शनिबार बिहान काठमाडौंमा ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
मालिक शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्न साथ जोडिएकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद व्यक्त गरे । ‘ग्लोबल आईएमई बैंकलाई धेरै धन्यवाद दिन चाहन्छौँ । हाम्रो उपाधि जित्ने लक्ष्यमा यहाँहरूको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौँ,’ शाहले भने ।
डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘हामीले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएका हौँ । हामीले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर अघि सरेका हौँ । हामी सबै यो सहकार्यका लागि उत्साहित छौँ,’ पोखरेलले भने ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले १८ मंसिरमा पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
कैलाली : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भदौ ९ गते बम राखेको आरोपमा झन्डै तीन महिना पछि धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।
‘जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो ’ प्रहरी उपरीक्षक बिष्टले भने, ‘पक्राउ पछि म्याद थप समेत भइसकेको छ ।’
रामेछाप, १४ मंसिर ।
रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार दुर्घटनामा परेर गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, बस चालक हीरा बहादुर कार्की सहित ५ जनाको मृत्यु भएको हो।
दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्। जसमध्ये एक जनाको अवस्था चिन्ताजनक छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।
काठमाडौँबाट गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रवार दिउँसो दुर्घटना भएको हो।
काठमाडौँ, १४ मङ्सिर ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शुक्रबार भेटवार्ता भएको छ। चीनको छन्दु सहरमा शुक्रबार राणा र वाङ यीबिच वार्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार चीन पुगेकी हुन्।
राणा र वाङ यीबिच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबिचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. राणाको निजी सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएकी छन् ।
वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरेकी थिईन ।
मन्त्री डा. राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धि हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताईन ।
चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिईन ।
काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौं आइ पनि सकेका छन् ।
टिमले अन्तिम तयारी गरिरहँदा टिममा अनुबन्ध भएका विदेशी खेलाडीहरू धमाधम नेपाल आउने क्रम जारी छ । एक टिमले चारजना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ भने उपलब्धता हेरेर ६ जनासम्म विदेशी राख्न पाउँछन् ।
एनपीएलका लागि पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले ६(६ जना खेलाडी अनुबन्ध गरेका छन् भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले ४(४ खेलाडी अनुबन्ध गरेका छन् । अन्य चार टोलीले ५-५ जना विदेशी खेलाडी राखेका छन् ।
यसरी हालसम्म १५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । तीमध्ये यो समाचार तयार पार्दासम्म ११ देशका २७ जना विदेशी खेलाडी नेपाल आइसकेका छन् ।
हालसम्म विराटनगर किंग्सबाट खेल्न चार विदेशी खेलाडी नेपाल आइपुगेका छन् । न्युजिल्याण्डका मार्टिन गप्टिल, स्कटल्याण्डका क्रिस सोल, ओमानका आकिब इलियास र क्यानडाका निकोलस किर्टन आइपुगेका हुन् ।
त्यसैगरी जनकपुरबाट खेल्न हालसम्म तीन विदेशी खेलाडी आइपुगेका छन् । पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरु मिलान्था र इंग्ल्याण्डका बेन माइक नेपाल आइपुगिसकेका छन् । जिमी नीशम र हर्श थाकर आउन बाँकी छ ।
चितवनबाट खेल्नका लागि तीनजना विदेशी खेलाडी आइपुगेका छन् । नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेनस्टाइन र अफगानिस्तानका हसन एइसाखिल नेपाल आएका छन् । पाकिस्तानका सोहेल तनभिर आउन बाँकी छ ।
त्यसैगरी काठमाडौं गुर्खाजबाट खेल्न चारजना विदेशी खेलाडी नेपाल आइसकेका छन् । इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट, नाथन सोटर तथा नेदरल्याण्डसका माइकल लेभिट काठमाडौंमा छन् । नामिबियाका जेरार्ड एरासमस आउन बाँकी छ ।
पोखरा एभेन्जर्सका पाँचजना विदेशी खेलाडी नेपाल आइसकेका छन् । हालसम्म नेदरल्याण्डसका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमोन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले र जेन मलिक काठमाडौं आइपुगिसकेका छन् । अमेरिकाका आन्द्रेस गौस आउन बाँकी छ ।
लुम्बिनी लायन्सका एकजना मात्र विदेशी खेलाडी आइपुगेका छन् । इंग्ल्याण्डका टम मूर्स काठमाडौं आएर टिमसँग जोडिइसकेका छन् । अस्ट्रेलियाका बेन कटिङ, क्यानडाका साद बिन जफर, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिमोन्ड्स आउन बाँकी छ ।
कर्णाली याक्सका तीनजना विदेशी खेलाडी नेपाल आइपुगिसकेका छन् । हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद आइपुगेका हुन् । भारतका शिखर धवन आज साँझ आउँदै छन् ।
त्यस्तै सुदूरपश्चिमका तीनजना विदेशी खेलाडीहरू आइपुगेका छन् । न्युजिल्याण्डका स्कट कुग्लेइन, इंग्ल्याण्डका सेफ अली जैब र स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन नेपाल आइसकेका छन् । यूएईका रोहन मुस्तफा आउन बाँकी छ ।
कुन देशबाट कतिजना आए ?
इंग्ल्याण्ड : ९ जना (बेन माइक, लुक बेनकेनस्टाइन, स्टेफेन इस्किनाजी, डान डौथवेट, नाथन सोटर, म्याट क्रिट्ले, जेन मलिक, टम मूर्स, सेफ अली जैब)
स्कटल्याण्ड : ३ जना (क्रिस सोल, माइकल लिस्क, ब्रान्डन म्याकमुलेन)
वेस्ट इन्डिज : २ जना (रेमोन रेइफर, चाडविक वाल्टन)
नेदरल्याण्ड्स : २ जना (माइकल लेभिट, बास डे लिड)
न्युजिल्याण्ड : २ जना (मार्टिन गप्टिल, स्कट कुग्लेइन)
ओमान : २ जना (आकिब इलियास, जीशान मकसुद)
अमेरिका : २ जना (मोहमद मोहसिन, लाहिरु मिलान्था)
हङकङ : १ जना (बाबर हायात)
नामिबिया : १ जना (जान निकोल लफ्टी इटन)
क्यानडा : १ जना (निकोलस किर्टन)
अफगानिस्तान : १ जना (हसन एइसाखिल)
शिखर धवन आज आउँदै
एनपीएलकै सबैभन्दा ठुलो नाम शिखर धवन आज साँझ नेपाल आउँदै छन् । आज साँझ साढे ६ बजे त्रिभुवन विमानस्थलमा धवन आइपुग्ने कर्णालीले जनाएको छ ।
आइसीसी च्याम्पियन्स ट्रफी, एसिया कप तथा आइपीएल विजेता शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने छन् । –अनलाइन खबरबाट
काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि सुरु हुँदैछ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि एनपीएलको भव्य शुभारम्भ हुँदैछ ।
उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा ८ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दैछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीले एनपीएलको व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउने सपना देखाएर नेताहरुले राजनीति गर्न थालेको वर्षौ भयो । नेताहरुले बाडेको सपनाको देश कस्तो होला ? मनमा कौतुहलता थियो । संयोगले सन २०१९ डिसेम्बरमा त्यो देशको भ्रमण गर्ने अवसर जु¥यो । बेल्जियमबाट जुरिकका लागि उड्दै गर्दा स्वीट्जरल्याण्डलाई लिएर मस्तिष्कमा थुप्रै तस्वीर र कल्पनाहरु थिए । जहाजसंगै तिनले पनि उडान भरेका थिए ।
देश विकास नहुनुलाई हामीले कहिल्यै राजतन्त्रलाई गाली ग¥यौ । कहिल्यै भू–बनोटलाई दोष दियौ । हामी त भूपरिबेष्ठित हुनुको हीनताबोध लिएर हुर्कियौ । नेताहरुले भन्थे, हामीसंग समुन्द्र भएन । भूपरबेष्ठित भएका कारण बाह्य संसारसंग सोझो व्यापारिक सम्बन्ध हुन सकेन । र, हामी पछाडि प¥यौ । जसै, जुरिक झरे । तव ती सबै कुराहरु झुट र भ्रमको पुलिन्दा लाग्यो । स्वीट्जरल्याण्डको सुन्दरता मात्र होईन, विकास र समृद्धि लोभलाग्दो रहेछ । भूपरिबेष्ठित हुदैमा विकास र समृद्धि रोकिदो रहेनछ ।
अग्ला डाडा र अजंगका हिमालहरु, जसलाई हामीले सधैभरी विकासको बाधक मानिरह्यौ, स्वीट्जरल्याण्डले त त्यसैलाई समृद्धिको मानक बनाईदियो । स्वीट्जरल्याण्ड गफले बनेको होईन । यो त स्वीसहरुको कडा मिहिनेतबाट बनेको हो । यो कुरा भने नेपालका नेताहरुले कहिल्यै सम्झिएनन । तर गफ भने दिईरहे । जुरिकमा ओर्लिएपछि लाग्यो, स्वीट्जरल्याण्ड त साँच्चिकै स्वीट्जरल्याण्ड रहेछ । सोचे र सुनेभन्दा पनि सुन्दर । मनमनै सोचे, नेपाल र स्वीट्जरल्याण्डको सबैचिज त उस्तै छ । स्वीट्जरल्याण्ड र नेपालको जल उही । जंगल उही । पहाड उही । हिमाल उही । ताल तलैया उस्तै । यस्ता धेरै कुरामा समानता छ, स्वीट्जरल्याण्ड र नेपालबीच ।
हो, एउटा कुरा भने फरक छ । हाम्रा नेताहरुले गफ मात्र दिए । उनीहरुका नेताले काम गरे । देश बनाए ।अव चर्चा गर्दैछु, स्वीट्जरल्याण्डको ऐतिहासिक पक्ष र बिशेषताका बारेमा । रोमन साम्राज्यको पतनपछि जर्मनीहरुको आक्रमणबाट जोगिन भागेकाहरु सुरक्षित स्थानको खोजीमा यहाँ आईपुगेका थिए । यसको भूबनोट र यहाँको हावापानीले उनीहरुलाई साथ दियो । उनीहरु बिभिन्न राज्य र संघमा छरिएर बसे । बाह्य आक्रमणका कारण ती संघ र राज्यहरुको भूगोल कहिल्यै खुम्चियो । कहिले फैलियो । तिनै संघ र राज्यहरु मिलेर १३ औ शताब्दि (१२९१) मा स्वीट्जरल्याण्ड संघ बन्यो । १८४८ मा संघीय स्वीट्जरल्याण्डको संबिधान जारी भयो । त्यही संबिधान नै राज्य व्यवस्था सञ्चालनको आधार बन्यो ।४१२८५ बर्ग किमीमा फैलिएको स्विट्जरल्याण्डको जनसंख्या ८५ लाख छ । स्वीट्जरल्याण्ड भन्दा नेपाल भूगोल र जनसंख्यामा तीन गुणा ठूलो छ । तर विकासमा स्वीट्जरल्याण्डसंग नेपालको तुलना नै हुदैन । ३००० कम्युन तथा नगर र २६ क्यान्टन मिलेर बनेको बिबिधतामा हुर्किएको देश हो ।
साना ठूला गरी १५०० सय प्राकृतिक ताल भएको स्वीट्जरल्याण्ड नदी नालापनि उत्तिकै छन् । रोन र राईन यहाँ दुई ठूला नदी हुन् । युरोपका हरेक देशहरुको आ–आफ्नै विशेषता र ऐतिहासिक महत्व छ । ठूला नदी र शहरसंग युरोपका अधिकांश देशहरुको सभ्यता र विकास जोडिएको छ । यद्दपि स्वीट्जरल्याण्ड भने अपवाद हो । हिमाल र प्राकृतिक तालहरु स्वीट्जरल्याण्डका सभ्यता र पहिचानका आधारहरु हुन नै पर्यटन र अर्थतन्त्रका आधारशिला पनि हुन् । स्वीट्जरल्याण्डको बिशेषता
संयुक्त राष्ट्र संघको दोस्रो ठूलो कार्यालय स्वीट्जरल्याण्डको जेनेभा छ । यही छ, विश्व व्यापार संगठन (डब्लुटिआ), विश्व स्वास्थ्य संघ(डब्लुएचओ) विश्व श्रम संगठन(आईएलओ) को मुख्य कार्यालय छ । विश्व फुटवल महासंघ (फिफा) को मुख्य कार्यालयमा जेनेभामै छ ।
स्वीट्जरल्याण्ड सन १८१५ देखि कुनै अन्तर्राष्ट्रिय युद्धमा सहभागी भएन । त्यही कारण यो शान्तिको प्रतिक बन्यो । उसले आफूलाई युद्धबाट टाढा राख्यो, यद्दपि मानवीय सहयोगका लागि उ सधै अग्रभागमा रह्यो । युद्ध र विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने संसारकै प्रतिष्ठित संस्था रेडक्रस सोसाईटीको मुख्य कार्यालय पनि यही छ ।
विश्वमा सबैभन्दा बढि चकलेट निर्यात गर्ने स्वीट्जरल्याण्ड हो । उसको आम्दानीको एउटा आधार चकलेट हो । भनिन्छ, स्वीसहरु वर्षदिनमा ११ किलोभन्दा बढि चकलेट खान्छन ।स्वीसहरुको आम्दानीको अर्को स्रोत हो, घडी । स्वीस घडी संसारमा प्रख्यात मानिन्छ । र, महंगो पनि । स्वीट्जरल्याण्ड गाई पालन र दुग्ध जन्य उत्पादन (छुर्पी, चिज, मिठाई) निर्यात गर्ने देशका रुपमा पनि चिनिन्छ । यो उसको आम्दानीको तेस्रो आधार पनि हो । संसारमा प्रतिव्यक्ति आय उच्च भएको दोस्रो देश हो, स्वीट्जरल्याण्ड । यहाँको प्रतिव्यक्ति आय ८१,००० डलर छ । सेवा क्षेत्र यसको आम्दानीको मुख्य आधार हो, जसले ७४ प्रतिशत भाग ओगटेको छ ।
संसारभरीको कालोधन राख्ने स्वीस बैंक पनि यही छ । हरेक देशमा प्राईभेट बैंकहरु केन्द्रीय बैंकको मातहतमा हुन्छन । जसलाई नियमन, अनुगमन र आवश्यक पर्दा कारबाही गर्ने अधिकार पनि केन्द्रीय बैंकमा हुन्छ । र, बैंकमा जम्ममा हुने ठूलो धनराशीका बारेमा केन्द्रीय बैंकलाई अवगत हुन्छ । तर स्वीट्जरल्याण्डमा भने बैंकमा कसको पैसा कति जम्मा छ, सरकार वा केन्द्रीय बैंकलाई जानकारी दिईरहन पर्दैन । र केन्द्रीय बैंक र सरकारले पनि बैंकमाथि हस्तक्षेप गर्न नपाउने नीति छ । त्यही कारण पनि कर छलेर वा अबैध तरिकाले पैसा कमाउनेहरुले गोपनीयता र त्यसको सुरक्षाका निम्ति स्वीस बैंकमा जम्मा गर्ने गर्छन ।
स्वीसहरुको आफ्नो छुट्टै भाषा छैन । यहाँ मुख्यतयाः जर्मन, फ्रेन्च, ईटालियन,रोमन भाषा बोलिन्छ । यहाँ सरकारी कार्यालय, विद्यालय र पाठ्यक्रममा अंग्रेजी भाषा अनिवार्य छैन । सरकारी विद्यालयहरुले अंग्रेजी भाषालाई महत्व नदिने भएकोले अभिभावकहरु आफ्ना सन्तानहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम बनाउन चाहन्छन । र महंगो शुल्क तिरेर नीजि विद्यालयमा पढाउछन् । युरोपका अन्य मुलुकहरुभन्दा यहाँ शिक्षकहरुको मान,सम्मान र पारिश्रमिक बढि छ ।
स्वीट्जरल्याण्डमा बाह्य देशका नागरिकलाई पीआर पाउन त्यति सजिलो छैन । पहिलो प्राथमिकतामा उनीहरु युरोपियनहरुलाई दिन्छन । यहाँ जस्तो सुकै ओहोदामा भएपनि नेपालजस्तो विकासोन्मुख देशका नागरिकहरुले पीआर पाउन कम्तिमा १० वर्ष बढि कुर्नु पर्छ । ज्येष्ठ नागरिकहरुका लागि भने स्वीट्जरल्याण्ड स्वर्ग मानिन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारको हो ।
सुन्दर स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्ड छ पनि गजवको । यसका हरेक शहरहरुको आआफ्नै विशेषता छ । सबै शहरहरु उत्तिकै सुन्दर र समृद्ध छन् । जुरिक, जेनेभा, ईन्टरलेकन, लुसान, जरम्याट, लुगानो, लुजेन र बर्न नाम चलेका शहरहरु हुन् । जहाँ वर्षेनी लाखौ पर्यटकहरु पुग्छन । अरु थुप्रै पर्यटकीय गन्तव्यहरु पनि छन् । स्वीट्जरल्याण्डमा वर्षेनी संसारभरीबाट सवा करोड भन्दा बढि पर्यटक घुम्न आउछन् । एक पटक घुमेर धीत मर्दैन । र त, पटक पटक यहाँ पर्यटकहरु आउछन् । प्राकृतिक सुन्दरता र त्यो सुन्दरताका बीच बसाइएका लोभलाग्दा घरहरु । र, ती घरहरुको छेउ भएर कुद्ने रेलको दृष्य हेरीरहु लाग्छ ।
स्वीट्जरल्याण्डका शहरहरु जति सुन्दर छन् । ग्रामिण वस्तीहरु पनि उत्तिकै मनमोहक र सुन्दर छन् ।हिमाल छिचोल्दै कुद्ने रेलबाट देखिने हिमालका सुन्दर दृष्यहरु आँखा नझिम्क्याई हेरिरहन मन लाग्छ । ओहो ! यस्तो अजंगको पहाड छेडेर कसरी बिछ्याए होलान, रेलको लिक । एउटा पहाड र अर्को पहाडका बीचमा बनाईएका गगनचुम्बी पुल र त्यो पुल हुदै पारी पुगेको रेल एक छिनमै सुरुङ भित्र पसेर हराउछ । र, फुत्त एकछिनमा बाहिर निस्किन्छ । बाहिर निस्किदा उज्यालोसंगै देखिन्छन, आँखा अघिल्तिर हिमालहरु।
कठ्यांग्रिने हिमालमा स्वीसहरुले पैसा फलाएका छन् । हिमाल चढे रोयल्टी । स्कि खेले शुल्क । केवल कार चढे शुल्क । त्यही हिमाल र हिउ बेचेको बेच्यै छन्, स्वीसहरु । हिमालमै टेकेर बनाईएका आलिशान सुबिधा सम्पन्न होटलहरु । जहाँ बाह््रैमास पर्यटकहरु खचाखच भरिएका हुन्छन । अचाक्ली महंगो छ, स्वीट्जरल्याण्डको बसाई र भ्रमण ।
हामी होटलबाट निस्किदै गर्दा म्यानजेर सम्झाउथे, बाहिर सामानको मूल्य छोई नसक्नु छ, जे जे चाहिने हो, यहीबाट लैजानु । तालै ताल । पहाडै पहाड । हिमालै हिमाल । तिनै ताल, हिमाल र पहाडमा छन्, सुन्दर शहर र वस्तीहरु । ताल किनारमा फुल झै सुन्दर लाग्छन, घरहरु । हिउँ छेक्न बनाईएका सुन्दर र कलात्मक घरहरु कम्ति सुन्दर लाग्दैनन । स्वीट्जरल्याण्डका हिमालमै रेल पु¥याएको देखेपछि खप्तडमा बाटो पु¥याए वातावरणमा असर पर्ने दावी गर्ने नेपालमा विकासमा अवरोध गर्नेहरुलाई सम्झे ।तालको वरीपरी सुन्दर बाटो । छेउमै आराम गर्न सजाईएका बेञ्चहरु । जहाँ सबै दुःख कष्ट बिर्सेर निर्धक्कसंग सुस्ताउछन्, पर्यटकहरु ।
स्वीट्जरल्याण्डमा रेलको यात्रा जति रोमाञ्चकारी लाग्छ, त्यत्तिकै रोमाञ्चकारी लाग्छ, तालमाथि क्रुजको यात्रा । समुन्द्र झै बिशाल लाग्ने तालहरु । तालमा शयर गर्नुको मजा नै बेग्लै छ । वरीपरी हिउले ढाँकिएका डाडाहरु छन् । स्वीट्जरल्याण्डमा त्यस्तो कुनै चिज छैन, जसलाई पर्यटकीय आकर्षण र आम्दानीको स्रोत नबनाएको होस । ताल हुन् वा हिमाल ? नदी हुन् वा पहाडमा बसाईएका वस्तीहरु ।
रारा, तिलिचो र शेफोक्सुण्डो तालहरु सम्झिए । जहाँ अहिले पनि वर्षेनी औलामा गन्न सकिने पर्यटकहरु पुग्छन् । ओहो, लुजेनको तालमा पर्यटकहरुको त्यो भीड । तालमा तैरिने क्रुज । र, ती क्रुजमा प्राकृतिक सौन्दर्यमा हराईरहेका जोडीहरु ।
रारामा यस्तो भीड कहिले लाग्ला ?
नेपाल र स्वीट्जरल्याण्डबीच समानता
स्वीट्जरल्याण्डबाट रेलको लिक सडकलाई हटाई दिने हो यो त नेपालभन्दा निकै बिकट छ, जेनेभामा पाँच वर्ष बिताएका ईञ्जिनियर बिरेन्द्र खड्का भन्छन्, उसको समृद्धिको आधार यही रेलको लिक र सडक हो ।
स्वीट्जरल्याण्डमा सन १८४७ मा रेल मार्ग निर्माण शुरु भएको हो । जुरिक र बाडेन जोड्ने १६ किमी रेल मार्गको निर्माण पुरा हुन झण्डै १० वर्ष लागेको थियो । ७३ हजार किमी लामो सडक सञ्जाल भएको स्वीट्जरल्याण्डमा यतिबेला ५३२३ किमी लामो रेल मार्ग छ ।
नेपाल दुई देश भारत र चीनबाट घेरिएको छ । स्वीट्जरल्याण्ड वरीपरी भने पाँच वटा देश छन् । यसको दक्षिणमा ईटली, पश्चिममा फ्रान्स, उत्तरमा जर्मनी र पूर्वमा अष्ट्रिया र लिच्चेस्टाईन छ । स्वीट्जरल्याण्डमा ६३ प्रतिशतले जर्मन भाषा बोल्छन् । सबैभन्दा कम ६ प्रतिशतले अंग्रेजी भाषा बोल्छन् । सन १९५६ मा स्वीट्जरल्याण्ड र नेपालबीच कुटनैतिक सम्बन्ध स्थापित भएको हो । त्यसको तीन वर्षपछि सन १९५९ मा नेपाल र स्वीट्जरल्याण्डबीच शुरु भएको सहकार्य र सहयोग अहिले पनि जारी छ ।
नेपाल र स्वीट्जरल्याण्डबीच धेरै कुरामा समानता छ । दुबै देशको भूबनोट उस्तै छ । हिमाल । पहाड र तालहरु उस्तै छन् । नदी नाला उस्तै छन् । तर यही चिजले उ अति बिकसित र समृद्ध भएको छ । तर हाम्रा लागि यही चिजलाई बिकासको अवरोधक मानिएको छ ।उसले नेपाल सहित संसारका विकासोन्मुख र कम बिकसित मुलुकहरुलाई दिने अनुदान र सहयोग यही चिजबाट कमाएको हो ।
ईच्छाशक्ति भए असंभव केही छैन, त्यसको उदाहरण स्वीट्जरल्याण्ड हो, गणेश जोशी भन्छन्, हाम्रा नेताहरु हिमाल र पहाडलाई देश विकासको बाधक ठान्छन । स्वीट्जरल्याण्डका नेताहरुले त्यही हिमाल र पहाडलाई विकास र समृद्धिको आधार बनाई दिए ।
हिन्दी फिल्मसंगको साईनो
भनिन्छ, संसारभरीका नव बिबाहित जोडीहरुले हनिमुनका लागि रोज्ने पहिलो ठाउँ हो, स्वीट्जरल्याण्ड ।
हिन्दी चलचित्रका निर्माता/निर्देशक यश चोपडा सन १९७० मा हनिमुन मनाउन स्वीट्जरल्याण्ड पुगेका थिए । पत्नी पामेलासंग हनिमुन गएका चोपडा स्वीट्जरल्याण्डको प्रेममा परे । उनी स्वीट्जरल्याण्डको सुन्दरताबाट यति प्रभावित भए की फिल्म छायांकनका लागि स्वीट्जरल्याण्ड जहिल्यै उनको पहिलो रोजाईमा प¥यो । उनले मृत्युअघि भनेका थिए, स्वीट्जरल्याण्ड जति सुन्दर, शान्त र रोमाण्टिक ठाउँ संसारमा अर्को छैन ।
स्वीट्जरल्याण्डको सुन्दरताबाट प्रभावित भएर हिन्दी फिल्म निर्माताहरुले फिल्म सुटिङ गर्ने क्रम ६० को दशकदेखि जारी छ । सन १९६४ मा राज कपुरले संगमको छायांकन गरेयता हालसम्म दुई सयभन्दा बढि हिन्दी फिल्म यहाँ छायांकन भइसकेका छन् ।
तर हिन्दी फिल्मका दर्शकहरुमाझ भने स्वीट्जरल्याण्डलाई चिनाउने श्रेय यश चोपडालाई जान्छ । यश चोपडाले सन १९८५ मा फासला फिल्मको छायांकन गरे । सन १९८९ मा स्वीट्जरल्याण्डमा छायांकन भएको चाँदनी उनको दोस्रो फिल्म थियो । १९९५ मा दिलवाले दुल्हनिया ले जायंगे छायांकन गरे ।
‘दिल वाले दुल्हनिया ले जायंगे’ फिल्मबाट स्वीट्जरल्याण्डको सुन्दरताको चर्चा यति व्यापक भयो कि हिन्दी फिल्म निर्माताहरुसंगै पर्यटकहरु पनि ओईरिन थाले । यो क्रम अझै जारी छ । यही फिल्मको गीत ‘तुझे देखा तो ए जाना सनम, प्यार होता है दिवाना सनम’ अहिले पनि उत्तिकै चर्चामा छ । त्यसपछि पनि चोपडाले स्वीट्जरल्याण्डलाई पछ्याईरहे । माया गरिरहे । स्वीट्जरल्याण्डमा छायांकन भएको जव तक हे जान उनको अन्तिम फिल्म थियो । जुन प्रदर्शन नहुदै उनको निधन भयो ।
चोपडाको यो गुन स्वीट्जरल्याण्डले कसरी बिर्सन सक्थ्यो ? ईन्टरलेकन सिटीले उनलाई ब्राण्ड एम्बसेडर बनायो । उनको नाममा रेल चलायो । उनको सम्मानमा ईन्टरलेकनमा पूर्ण कदको प्रतिमा समेत बनाएको छ । मृत्यपर्यन्त पनि यशलाई स्वीट्जरल्याण्डले सम्झिरहेको छ । जुरिकबाट शुरु भएको स्वीट्जरल्याण्डको चार दिने भ्रमण कति छोटो भएछ । कति छिटो सकियो पत्तै भएन । स्वीट्जरल्याण्ड छ पनि त्यस्तै । समय बितेको पत्तै नहुने । अधुरो प्रेम जस्तो, घुमाई । छोडन कठिन । ओहो ! कति चाँडो माया बस्यो । केही पलमै कति गाढा भयो ?
यस्तो लाग्यो, मानौ, यो प्रेम युगौदेखिको हो । प्रेमिकासंग बिताएका मिठा पलहरु झै हरपल बिशेष र प्रिय । पत्नीसंग हनिमुन मनाउन गएका यश चोपडा फर्किदा स्वीट्जरल्याण्डको प्रेममा चुर्लुम्म डुबिसकेका थिए । यही हो, स्वीट्जरल्याण्डको बिशेषता ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उहाँहरूको सम्बन्धमा एक किसिमले सुधार आएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति चुनाव अघिदेखि ट्रम्पको प्राविधिक क्षेत्रका अर्का प्रमुख व्यक्तित्व ‘एक्स’ का मालिक एलोन मस्कसँग उच्चस्तरको सबन्ध रहेको छ । ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसक्नुभएको छ । तर ट्रम्प र जुकरबर्गबीच भने ऐतिहासिक रूपमा त्यस्तो कुनै निकटता छैन ।
ट्रम्पले मेटा मालिकलाई यसअघिको राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेल सजायको धम्कीसमेत दिनुभएको खबरमा उल्लेख छ । यद्यपि पछिल्लो समय उहाँहरूबीचको तनावपूर्ण सम्बन्ध सुधार भइरहेका बुझ्न सकिन्छ । यो अमेरिकी भविष्यका लागि महत्त्वपूर्ण समय रहेको खबरमा उल्लेख छ ।
काठमाण्डौ – राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले हिजो बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो ।
विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ । दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ ।
विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो । सन् २०२५ जनवरी १२ सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् । विभागसँग अहिले झन्डै १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दात छ । विभागले मासिक औसत १ लाखको पासपोर्ट वितरण गर्दै आएको छ ।
यस्तो अवस्थामा अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्था छ । विभागका महानिर्देशक तीर्थराज अर्यालले ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पुर्याएर छिट्टै सम्झौता हुने बताएका छन ।
काठमाडौँ – ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगी तथा गायिका शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘मनै फरर’ सार्वजनिक भएको छ।
१० दिन अघि गायक योगीको आफ्नै अफिसियल यूट्युब च्यानलबाट उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा गायक योगीकै शब्द-संगीत र सङ्गीत संयोजन साहस शाक्यको छ भने मिक्सिङ/माष्टरिङ चन्द्र चौधरीले गरेका छन् ।
गायक योगीले लामो समयपछि सरल शव्द र रोमान्टिक भावको गीत ‘मनै फरर’ सार्वजनिक गरेका हुन् ।
लोक-आधुनिक शैलीमा रहेको उक्त गीतको भिडियो निकै मनोरन्जक छ । उक्त भिडियो कुलेखानी मार्कु, चित्लाङ सेरोफेरो, भेँडेचौरमा छायांकन गरिएको छ ।
काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध कायम रहेको र यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताए।
मन्त्री शाहीले नेपालले हालै सप्पन्न कोप–२९ मा कार्बन व्यापारको विषय उठाएको र उक्त मुद्दा सफल भएको उल्लेख गरे। दक्षिण कोरियाले नेपालको विकास निर्माणमा सहयोग गरिरहेको र भावी दिनमा पनि कोरियाले नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको मन्त्री शाहीको भनाइ थियो।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्ष छुट्याउने जनमत संग्रह भएको बताएका छन्। कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले हेर्दा उपचुनाव भएपनि यसले ठूलो महत्व बोकेको बताए।
उनले उपनिर्वाचन नेपाली जनता भ्रष्टाचारको पक्षमा छन् या विरुद्धमा भन्ने कुराको फैसला गर्ने सर्वोच्च अदालत भएको जिकिर गरे। ‘यो उपनिर्वाचनलाई नेपाली जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्धमा छन् भन्ने कुराको फैसला गर्ने सर्वोच्च अदालत हो,’उनले भने,’ मैले विश्वास लिएको छु , नेपाली जनता भ्रष्टाचारका पक्षमा छैनन् । भ्रष्टाचारका विरुद्धमा छन्। नेपाली जनता सुशासनका पक्षमा छन् । नेपाली जनता सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा छन्। हेर्दा उपचुनाव भए पनि यो भ्रष्टाचारको पक्ष र विपक्ष छुट्याउने जनमत संग्रहजस्तै हो।
अध्यक्ष प्रचण्डले कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार प्राडा.शिवशरण महर्जनलाई समर्थन गर्न समेत आग्रह गरे। महर्जन एउटा बुद्धिजिवी,समाजसेवी, शिक्षाको क्षेत्रमा ठूलो योगदान गरेको व्यक्तित्व रहेको बताउँदै महर्जन मेयरमा निर्वाचित भए कीर्तिपुरको मुहार फेरिने दावी गरे।
अध्यक्ष प्रचण्डले कीर्तिपुरलाई नमूना कीर्तिपुर बनाउन सबैखाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने महर्जनको प्रतिवद्धतामा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए।
प्रचण्डले एमाले-कांग्रेस मिलेर बनेको गठबन्धन सरकार संविधान मिचेर बनेको आरोप लगाए। उनले यो सरकार अप्राकृति भएको बताउँदै भ्रष्टाचार र बिचौलियालाई बचाउन लागिपरेको बताए।
‘संविधान मिचेर बनेको सरकार हो यो । यो सरकार संविधान विरोधी छ। अप्राकृतिक छ। लोकतान्त्रिक देशहरूमा दोस्रो पहिलो पार्टी मिलेर सरकार बनाउने चलन छैन,’उनले भने,’ हिन्दुस्थानलाई हेरे हुन्छ। भ्रष्टाचारहरूको रक्षा गर्न,विचौलियाहरूको रक्षा गर्न रातको अँध्यारोमा सरकार बन्यो ।’
काठमाडौँ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको थियो ।
मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन गएकी हुन् ।
पढाइ आ-आफ्नो रुचिको विषय हो । कोही पढेर डाक्टर बन्छ कोही इन्जिनियर त कोही वकिल । तर मलाई पत्रकार बन्नु थियो । एसईईपछि मलाई मेरो बाबाको इच्छा डाक्टर पढाउने थियो । तर मेरो मन भने डाक्टर बन्ने थिएन । मैले त्योभन्दा बरु इन्जिनियरिङ पढ्न जोड गरें र डोटीबाट कैलाली झरें । विभिन्न कारणले त्यतिबेला इन्जिनियरिङ पढ्न नसकेपछि मैले पत्रकारिता पढ्ने सोच बनाएँ । र, पत्रकारिता पढें ।
१२ कक्षामा पढ्दा-पढ्दै कैलालीको चर्चित मिडिया पश्चिम टुडेमा काम गर्ने मौका पाएँ । त्यतिबेला मेरा लागि सिक्ने मौका पाउनु ठूलो खुसीको कुरा थियो । अहिले काम गर्न थालेको झन्डै दुई वर्ष बितिसकेको छ । काम गरेको छोटो समय मात्र भएकाले म आफूलाई पत्रकार भन्न त्यति रुचाउँदिनँ । कसैले के गर्नुहुन्छ भनेर सोधे, ‘पढाइ छ, सँगसँगै पत्रकारिता सिक्दैछु, म सिकारु पत्रकार’ भनेर जवाफ दिन्छु ।
मैले पढेको भन्दा पत्रकारिता सुरु गरेपछि मभित्र धेरै परिवर्तन भएको पाएँ । सबैभन्दा ठूलो कुरा त मैले बोल्न सिकें । रेडियोमा समाचार पढ्न र अन्तर्वार्ता लिन थालेपछि मात्रै मैले थाहा पाएँ, बोल्नु कति जटिल कुरा रहेछ । दैनिक पढिरहेका, बोलिरहेका र सुनिरहेका कुरा रेडियोमा बोल्न जान्न मलाई दुई महिना भन्दा बढी लाग्यो ।
यति भन्दा धेरैले पहिला बोल्नै नजान्ने हो र भन्ने सोच्नुहुन्छ । तर त्यस्तो होइन । पहिला बोल्न मात्रै जानियो । अब चाहिं के बोल्ने, के नबोल्ने र कसरी बोल्ने भन्ने कुरा सिकियो, फरक यत्ति हो ।
पत्रकारिताको एउटा गज्जबको फाइदा जनसम्पर्क विस्तार हो । पत्रकार बनेपछि दैनिक जसो रिपोर्टिङ र विभिन्न कार्यक्रममा गइरहनुपर्ने । नयाँ-नयाँ मानिसहरूसँग भेटघाट र चिनजान भइरहने । यही क्रममा केही दिन अगाडि एउटा अन्तरक्रिया कार्यक्रममा एक जना नयाँ मान्छेसँग मेरो भेट भयो ।
संयोगवश हामी एउटै टेबल आसपास बसेछौं । बसेको केही समयपछि उहाँले मलाई ‘तपाईं टिचिङ गर्नुहुन्छ रु टिचर जस्तै देखिनुहुन्छ’ भनेर प्रश्न गर्नुभयो । त्यतिबेला ममा टिचरको जस्तो व्यक्तित्व झल्कने न त पहिरन थियो न त प्रसङ्ग नै । उहाँको प्रश्न सुनेर म एकछिन हाँसें । त्यसपछि होइन भनेर जवाफ दिएँ ।
पत्रकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्ने पत्रकार औंलामा गनिने मात्रामा छन् । पूर्वाग्रही बनेर पीत पत्रकारिता गर्ने जमात ठूलो भयो । वर्तमान समयमा नेपाली पत्रकारिताको सबैभन्दा ठूलो समस्या यही हो
उहाँले फेरि ‘त्यसो भए कार्यक्रममा कहाँबाट आउनुभएको रु’ भनेर प्रश्न गर्नुभयो । मैले म मिडियाबाट हो, पश्चिम टुडेमा काम गर्छु भनेर जवाफ दिएँ । मेरो कुरा सुनेर उहाँ पहिला हाँस्नुभयो त्यसपछि ‘ए(ए पत्रकार पो’ भनेर जवाफ दिनुभयो । उहाँ हाँसेको देखेर मनमनै किन हाँसेको होला भनेर सोचें तर सोधिनँ ।
उहाँको बारेमा बुझ्दा दुई वर्षदेखि नगरपालिकामा काम गर्नुहुँदोरहेछ । कुरा गर्दै जाँदा उहाँले मेरो पढाइ बारे चासो राख्दै ‘पढाइ कहाँ पुग्यो, कुन विषय पढ्नुहुन्छ’ भनेर सोध्नुभयो ।
मैले स्नातक तहमा पत्रकारिता पढिरहेको जवाफ दिएँ । मेरो जवाफ सुनेर उहाँ यति आश्चर्यचकित पर्नुभयो मानौं उहाँले कहिल्यै नसुनेको कुरा मैले सुनाएँ । फेरि आश्चर्यभावमा ‘पत्रकार बन्न पनि पढ्नुपर्छ र’ भनेर प्रश्न गर्नुभयो ।
मलाई अचम्म लाग्यो । हेर्दा राम्रै पढेलेखेको जस्तो देखिने मान्छे तर पत्रकारिता पढाइ हुन्छ भन्ने समेत थाहा रहेनछ । मैले पत्रकारिता ११ कक्षादेखि नै पढ्न पाइने भनेर पत्रकारिता शिक्षा सम्बन्धी केही कुरा सम्झाएँ । त्यो दिन म मेरो पढाइप्रति सोच्न बाध्य भएँ । के मैले पत्रकारिता पढेर ठिक गरें रु के यसमा मेरो भविष्य छैन रु यस्ता थुप्रै प्रश्न मेरो मनमा खेल्न थाले ।
हुनत मैले यो कुराको सामना त्यही दिन मात्रै गर्नु परेको होइन । घरमा, विद्यालयमा, साथीहरू सबैले पत्रकारिता किन पढेको रु पढाइमा राम्रो मान्छे कानुन पढ्नुपर्थ्यो, इन्जिनियर पढ्नुपर्थ्यो, डाक्टर पढ्नुपर्थ्यो वा अरू-अरू भन्ने कुरा सबैतिरबाट सुनिन्थे ।
यतिसम्म कि दुई-चार जना पत्रकारिता गरिरहेकै पत्रकारहरूले पनि पत्रकारिता छोडेर लोकसेवाको तयारी गर्न सुझाव दिए । तर पत्रकारिता मेरो रुचिको विषय भएकाले मलाई भने यी सबै कुरा फरक पारेन र पार्दैन पनि । अध्ययनसँगै पत्रकारितालाई नै निरन्तरता दिने सोच छ । म आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छु ।
पछिल्लो समय पत्रकारितामा बढेको विकृतिलाई आँखा चिम्लेर नकार्न पनि मिल्दैन । पत्रकारको धर्म निष्पक्ष ढङ्गले कलम चलाउने हो । व्यक्तिगत स्वार्थका लागि कलम चलाएर कसैलाई माथि उठाउने त कसैलाई गिराउने हैन । त्यसैले अब पत्रकार स्वयम् सुध्रिन जरूरी छ
मलाई धेरैको प्रश्न हुन्छ, ‘पत्रकार बन्न पढ्नैपर्छ र ?’ हो, पत्रकार बन्न पढ्नैपर्छ । पहिला सबै ठाउँमा पत्रकारिता पढाइ हुँदैनथ्यो त्यसैले सबैले पढ्न पाएनन् । अब पत्रकारिता सबै ठाउँमा सजिलै पढाइ हुन्छ । म पत्रकार बन्छु भन्नेले पत्रकारिता पढ्न जरूरी छ ।
पत्रकारिता लेखेर, बोलेर खाने पेशा हो । एउटा पत्रकारको इज्जत, प्रतिष्ठा, मान, सम्मान र पैसा उसले लेखेका, बोलेका शब्दबाट प्राप्त हुने गर्दछ । शब्दसँग खेल्नुपर्ने भएकाले पत्रकारलाई शब्द सम्बन्धी ज्ञान हुन जरूरी छ । जसका लागि उसले पढ्नै पर्छ ।
अहिले नेपाली पत्रकारिताको कुरा गर्दा सबैले पत्रकारलाई सजिलै पत्याउने अवस्था छैन । पत्रकारिताले पहिला जति महत्व र सम्मान पाउँथ्यो अब त्यो घट्दै गएको छ । यसको मुख्य कारण विश्वसनीयता हो । हामीले हाम्रा पाठकको विश्वास गुमाउँदै गयौं ।
पत्रकारिताले अहिले राज्यको चौथो अङ्ग भएर होइन राजनीतिक दलको भ्रातृ सङ्गठन बनेर काम गर्न थाल्यो । स्वार्थ समूहसँग मिलेर कसैलाई नायक त कसैलाई खलनायक बनाउने काम भए । पत्रकारिताको सिद्धान्तमा आधारित रहेर काम गर्ने पत्रकार औंलामा गनिने मात्रामा छन् । पूर्वाग्रही बनेर पीत पत्रकारिता गर्ने जमात ठूलो भयो । वर्तमान समयमा नेपाली पत्रकारिताको सबैभन्दा ठूलो समस्या यही हो ।
यो समस्या आउनुको मुख्य कारणमध्येको एक पत्रकारिता नपढेरै पत्रकार बन्नु हो । जसलाई पत्रकारिताको धर्म, पत्रकारिताको सिद्धान्त र एउटा पत्रकारमा हुनुपर्ने नैतिकता के हो भन्ने कुरासम्म पत्तो छैन, तिनैले पत्रकारिताका नाममा लुटेर खान थाले । एउटा मानिसमा हुनुपर्ने नैतिकता उसमा भएन भने उसले समाजलाई हानि गर्दछ । नेपाली पत्रकारितामा पनि भएको यही हो ।
यसो भनिरहँदा सबै पत्रकारिता नपढेका पत्रकार एउटै हुन् भन्न खोजेको पक्कै होइन । थुप्रै त्यस्ता पत्रकारहरू हुनुहुन्छ जसले नेपाली पत्रकारितामा ठूलो योगदान पुर्याउनुभएको छ । उहाँहरूको योगदानलाई बिर्सन सकिंदैन ।
तर पछिल्लो समय पत्रकारितामा बढेको विकृतिलाई आँखा चिम्लेर नकार्न पनि मिल्दैन । पत्रकारको धर्म निष्पक्ष ढङ्गले कलम चलाउने हो । व्यक्तिगत स्वार्थका लागि कलम चलाएर कसैलाई माथि उठाउने त कसैलाई गिराउने हैन । त्यसैले अब पत्रकारितालाई सुधार्ने हो भने पहिला पत्रकार स्वयम् सुध्रिन जरूरी छ ।
के पत्रकार र युट्युबर एउटै हो ?
धेरैले पत्रकार भनेपछि युट्युबरलाई नै पत्रकार सम्झिने गर्छन् । हेर्दा दुवैको काम एउटै जस्तो देखिए पनि यी दुवै फरक पेशा हुन् । पत्रकारिताको छुट्टै प्रक्रिया र आचारसंहिता हुन्छ । एउटा पत्रकार सञ्चारमाध्यमको नीति र सम्पादकीय प्रक्रियामा बाँधिएको हुन्छ । उसले त्यो नियमको पालना गर्नुपर्ने हुन्छ ।
तर युट्युबर स्वतन्त्र हुन्छन् । उनीहरूका लागि छुट्टै कुनै आचारसंहिता बनेको छैन । युट्युबरहरू आफ्नै च्यानल खोल्छन् र इच्छा अनुसारका सामग्री निर्माण गरेर पोस्ट गर्ने गर्छन् । तर केही प्लेटफर्मका नीतिहरू भने उनीहरूले पनि पालना गर्नुपर्ने हुन्छ ।
पत्रकार पत्र(पत्रिका, रेडियो, टेलिभिजन जस्ता संस्थाहरूका लागि काम गर्छन् । उनीहरूको रोजगारी औपचारिक हुन्छ । पत्रकारले लेख, रिपोर्ट, समाचार तथा अन्तर्वार्ताको रूपमा तार्किक तथ्य प्रस्तुत गर्छन् । सही तथ्य जनतालाई सूचित गर्नमा पूर्ण रूपमा जवाफदेही हुन्छन् । उनीहरूको ध्यान जनताको विश्वास जित्ने हुन्छ ।
युट्युबरमा यो सबै कुरा समेटिएको हुँदैन । उनीहरूले इच्छा अनुसारका सामग्रीहरू भिडियोको रूपमा प्रस्तुत गर्छन् । उनीहरूको प्रस्तुतीकरण अनौपचारिक, रमाइलो वा व्यक्तिगत पनि हुन सक्छ । भिडियो सामग्रीहरूमा केही समाचार वा सूचना समेटिएका हुन सक्छन्, तर त्यो औपचारिक नियमले पत्रकारको जस्तो जिम्मेवारीपूर्ण हुँदैन ।
युट्युबरहरूले सूचना, मनोरञ्जन, शिक्षा जस्ता विभिन्न प्रकारका भिडियो सामग्री प्रस्तुत गर्छन् । त्यसको प्रमुख उद्देश्य नाफा र प्रसिद्धि कमाउने हो । जसका लागि उनीहरूले न त गलत तथा भ्रामक सूचना फैलाउन पछि पर्छन् न त कुनै व्यक्तिगत गोपनीयताको कुरा ध्यानमा राख्छन् ।
पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचना सम्प्रेषण गरेका हुन्छन् । समाजमा हिंसा, निराशा, घृणा र उत्तेजना फैलाउने किसिमका नग्न, क्षत-विक्षत र बीभत्स दृश्य आफ्ना भिडियोमा राखेका पाइन्छन् । जुन पत्रकारिताको आचारसंहिता भन्दा ठिक विपरित छ । यस्ता क्रियाकलापले गर्दा सबै युट्युबरहरू माथि प्रश्न उठ्ने गरेको छ ।
तर त्यस्ता थुप्रै युट्युबरहरू पनि छन् जसले आफ्नो युट्युब मार्फत राम्रा सामग्री प्रस्तुत गरेर चर्चा कमाएका छन् । उदाहरणका लागि भारतका चर्चित युट्युबर ध्रुव राठी र नेपालका भोजराज थापा ।
अहिलेको सूचनाप्रविधिको युगमा युट्युब पनि आमसञ्चारको एक माध्यम । यसबाट धेरै सूचनाहरू प्रवाह भइरहेका हुन्छन् । र यस मार्फत पनि पत्रकारिता गर्न सकिन्छ । तर युट्युबलाई तबसम्म पत्रकारिता मान्न सकिंदैन जबसम्म युट्युबरले पूर्ण रूपमा पत्रकारिताको आचारसंहितामा रहेर सूचना प्रवाह गर्दैनन् । बाँकी कुरा त पाठक, श्रोता, दर्शक आफैंले छुट्याउने हो ।
काठमाडौं । संघीय राजधानी काठमाडौं विश्वको प्रदूषित सहरको सातौं स्थानमा परेको छ । काठमाडौं विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको हो ।
बिहीबार अपरान्ह १२ बजे विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौं स्थानमा देखिएको हो । आईक्यूएयरका त्यसबेला काठमाडौंको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई थियो ।
उक्त सूचाङकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहोर छ । सो समयमा यहाँको वायु प्रदूषणको मात्रा ४७७ आईक्यूआई देखिएको छ । यस्तै, दोस्रोमा भारतको दिल्ली छ । यहाँ मात्र ४३७ आईक्यूआई देखिएको छ ।
यस्तै, क्रमशः इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची लगायत सहरमा बढी वायु प्रदूषण देखिएको छ । वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ ।
विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।
नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाण्डु उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ ।
वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि रहेको सो सूचनामा उल्लेख छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको हो ।
फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताको नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य रहेको छ ।
अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत्, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ ।
आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइने छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि हुने बताए ।
फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।
डोटीको सिलगढी कुनै बेला सुदूरपश्चिमको केन्द्रबिन्दु थियो । शैलेश्वरीको काखमा रहेको सिलगढीको गौरवमय र बिशिष्ट इतिहास छ । बाइसे–चौबिसे राज्य र त्यसपछि राणा शासनमा सिलगढी सामरिक हिसाबले अत्यन्त महत्वपूर्ण थियो । यो राजनैतिक र प्रशासनिक केन्द्र थियो । सिलगढी सुदूर पहाडको आर्थिक केन्द्र पनि थियो । र थियो, शैक्षिक हव पनि । सुदूरपश्चिमको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने त्यही सिलगढी केही वर्षदेखि सुनसान छ । घरहरु बाझा छन् । ताला लगाईएका घरले विकास र समृद्धिका सपनालाई गिज्याउँछ ।
सिलगढी बजार भएर ओहोर–दोहोर गरिरहने हटारु त्यो पत्थरको बाटो भएर हिँड्न छोडेको वर्षौ भयो । त्यो डाँडामा एकसरो मास्तिर खप्तडतिर सिरान बनाएर फर्किएको सिलगढी । छ पनि गजवको । केही छैन । तर सबै थोक छ । सिलगढीमा जन्मिएर त्यहीको माटोमा हुर्किएकाहरु यतिबेला, तराइ, काठमाडौं हुँदै सात समुन्द्रपारी सुवास फैलाइरहेका छन् । यश, कृति र बैभव सबै दिएको छ, सिलगढीले उनीहरुलाई । तर सिलगढी भने लंकामा सुन छ, कान मेरो बुच्चै उखान बोकेर बाँचिरहेको छ । त्यही उखानको नियति भोगेको छ, सिलगढीले ।
निबर्तमान प्रधान न्यायधिश यही भूमिले जन्माएको हो । न्यायालय, निजामती सेवा, सुरक्षा, परराष्ट्र सेवामा अब्बल र कहलिएका व्यक्ति जन्माउने सिलगढी आफू भने तिनै सन्तानबाट न्याय मागिरहेको छ । सिलगढी त बिर्सिएर जानेहरुलाई सम्झिरहेको छ । रुग्ण र मक्किएका दलिनहरु । घरभित्रै उम्रिएका घासहरु । दैलोमा खिया लागेका तालाहरु । बाँझा बारीहरु । यही हो, सिलगढीको वर्तमान । हुने खानेहरु सिलगढी छोडेर गए । र फेरि फर्केनन् । बाँकी रहेकाहरु पनि खुट्टा उचालेर बसेका छन्, झर्ने समय कुर्दै । तर सिलगढी भने उस्तै छ । छोडेर जानेहरु प्रति पनि सिलगढीको कुनै गुनासो छैन । साथ दिनेहरुप्रति त उसको प्रेम हुन नै भयो । शरीर छ, प्राण छैन । जराहरुले साथ छोडेको रुख जस्तो । देखिनलाई रुख छ, तर अडिनलाई आधारहरु छैनन्, त्यस्तै छ, यतिबेला सिलगढी ।
सिलगढी सुदूरपश्चिमको पुरानो सहरमात्र होइन, यो सुदूरपश्चिमको सभ्यताको प्रतीक पनि हो । सिलगढी सहरमात्र थिएन, एउटा सुसंस्कृत संस्कार बाँड्ने मौलिक भूगोल पनि थियो । बिशिष्ट पहिचान बोकेको सिलगढी यतिबेला कस्तुरी बिनाको मृग झै भएको छ । झण्डै डेढ दशकअघि पहिलो संविधान सभाको निर्वाचन ताका हिमाल खवर पत्रिकाको टीम सिलगढी पुगेको थियो । र साथमा थियो, यो पंक्तिकार पनि । हिमालका सम्पादक किरण नेपालले पहिलो पटक डोटी टेकेका थिए । तर डोटी जानुअघि उनको मस्तिष्कमा दीपायल—सिलगढीलाई लिएर गजवको धारणा थियो ।
जब उनले दीपायल—सिलगढी देखे, नजिकबाट नियाले । अनि उनले सोधे– यही हो त, दीपायल—सिलगढी ? दीपायल अति सुन्दर, बिशाल र बिकसित होला । सिलगढी त अझै सुविधा सम्पन्न र सुन्दर होला सोचेका थिए, उनले । किनकी उनले दीपायल—सिलगढीको नाम सुनेको वर्षौ भइसकेको थियो । दीपायल क्षेत्रीय सदरमुकाम । सिलगढी जिल्ला सदरमुकाम । तर त्यहाँको अवस्था देखेपछि उनको मन कुँडियो । उनले सिलगढीमा आयोजित कार्यक्रमका सहभागीहरुलाई प्रश्न गरे–डोटीको विकासको बाधक को हो ?
सहभागीहरु मध्ये मुकुन्द रानाले जवाफ दिए–हामी हौँ । जो डोटीमा जन्मियौँ । यही हुर्कियौँ । जागीर यही खाँयौ । व्यवसाय यही ग¥यौँ । तर आफूले कमाएको सम्पत्तीले धनगढी र काठमाडौँमा घर जोड्यौँ । कमायौँ यहाँ । लगानी अन्तै ग¥यौँ । हो, यही कारण डोटीको विकास हुन सकेन । र हामीले यहाँ विकास गर्न रुची देखाएनौँ । हाम्रै पुस्ता र हाम्रा सन्तानहरु अवसरको खोजीमा अन्त गए ।
घामपानीबाट ओथारो जोगाएर चल्ला हुर्काएकी माउ, बचेराहरु पखेटा पलाएर आँखाबाट ओझेल भएपछि न रुन सक्छिन् । न हाँस्न । बचेराहरु आफ्नै पखेटाको बलमा उड्न सक्ने भए । एक मनले खुशी पनि हुन्छिन्, माउ । तर एक मनले निराश पनि हुन्छिन्–पखेटा पलाएपछि बिर्सिएर टाढा जाने सन्तानहरु, जो साथमा छैनन्, दुःखमा ।
अध्ययनका लागि आठ वर्षको उमेरमा सिलगढी छोडे पनि शिक्षित भट्टको सिलगढीप्रतिको माया र लगाव उस्तै छ । काठमाडौंमै अध्ययन पुरा गरे । तर आफ्नो जन्मभूमिका लागि पुरा गर्नु दायित्व भने उनी बिर्सिएका छैनन् ।
उनीसंग एक साँझ धनगढीको एक क्याफेमा भेट भयो । कफिमा गफिदै हामीले सिलगढीको चर्चा ग¥यौ । सिलगढीको बिगत सम्झियौँ । र वर्तमानलाई लिएर साझा चिन्ता व्यक्त ग¥यौ । सिलगढी डेड सिटी (मृत शहर) झै हुँदैछ, जहाँ घर त छन्, मान्छे छैनन् । भएका मान्छेमा पनि उत्साह छैन । सिलगढीको त्यो डाँडामा जन्मिएकाहरु शैलेश्वरीको कृपा र आशीर्वादले यश, कृति, बैभव सबैचिज प्राप्त गरेको विश्वास गर्छन् । जहाँ केही थिएन । तर त्यहाँ जन्मिनेहरुले सबैथोक पाए । अब सिलगढीलाई दिने पालो उनीहरुको हो । जसले सिलगढीबाटै सबैथोक पाए । यश, ऐश्वर्य र बैभव ।
आफ्नो जन्मभूमिप्रतिको दायित्व पुरा कसरी गर्ने शिक्षित घोत्लिन्छन् । सिलगढी मृत शहर बन्दैछ भनेर चिन्ता गरेर बस्ने होइन, शिक्षित भन्दै थिए, सिलगढी सुदूरपश्चिमको बन्दीपुर बन्न सक्छ । ‘गेट वे अफ खप्तड’ हो सिलगढी । खप्तड र शैलेश्वरीलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन र पर्यटकहरुलाई आकर्षण गर्ने प्याकेज भने बनाउन आवश्यक छ ।
भू–स्वर्गका रुपमा चिनिने खप्तडको प्रवेशद्धार हो, सिलगढी । जसको सिरानमा खप्तड र आगनमा शैलेश्वरी छ । त्यो सिलगढी कसरी मृत शहर हुन सक्छ ? हामीले निराशाका बीच प्रचुर संभावना देखेर कफि गफलाई बीट मा¥यौँ ।
काठमाडौँ, १३ मङ्सिर । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी निर्णय फितलो रहेको कोपमा उपस्थित नेपाली प्रतिनिधिको निष्कर्ष छ । जलवायु सङ्कट छिटोछिटो निम्तिरहे पनि जलवायु वित्तका लक्ष्य कार्यन्वयनमा ढिलासुस्ती हुने गरी कोपमा एनसिक्यूजीसम्बन्धी निर्णय भएको भन्दै आलोचना भएको हो ।
नेपाललगायत अतिकम विकसित मुलुकको समूह (एलडिसी)लगायतले एनसिक्यूजीको लक्ष्यमा जलवायु वित्तको आकार बढाउनुपर्ने, यसमा सहज पहुँच पु¥याउनुपर्ने, समयमा नै जलवायुजन्य सङ्कटको मामना गरिरहेका मुलुकले क्षतिपूर्ति पाउनुपर्नेलगायत एजेन्डामा निर्णय हुनुपर्ने भन्दै कोपमा जोडबल गर्दै आइरहेका थिए । कोपको अन्तिम निर्णयसम्म आइपुग्दा एनसिक्यूजीका लक्ष्य कार्यान्वयनको प्रक्रिया स्पष्ट नभएको र ढिलासुस्ती गर्ने गरी निर्णय गरिएको भन्दै कोपमा उपस्थित प्रतिनिधि नै निराश छन् ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले एनसिक्यूजीसम्बन्धी निर्णय हेर्दा कोपका उपलब्धि सोचेअनुसार नभएको टिप्पणी गरे। “कोपमा आशातित सफलता प्राप्त भएन, जलवायु वित्त सहयोग एक दशमलव तीन त्रिलियन हुनुपर्ने हाम्रो माग रहेकामा जम्मा तीन सय बिलियन सहयोग हुने भनिएको छ । यो हामीले सोचेअनुसार न्यायोचित भएन”, उनले भने ।
जलवायु वित्तका जानकार राजुपण्डित क्षेत्रीले जहिले पनि धनी तथा विकसित मुलुकले जलवायु वित्तको आकार बढाउन आनाकानी गर्ने र सहयोग उपलब्ध गराउने समयसीमा पनि बढाउने निर्णय नै फितलो भएको टिप्पणी गरे ।
“नेपालजस्ता अतिकम विकसित मुलुकले विश्वमा जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यक पर्ने जलवायु वित्तको आकार बढाउन माग गर्दै कोपमा निरन्तर पैरवी गरियो । एक दशमलव तीन त्रिलियन अमेरिकी डलर जलवायु वित्त आवश्यक पर्ने कुरा दूरदर्शी थियो”, उनले भन, “कोप २९ मा सन् २०३५ सम्ममा तीन सय अर्ब अमेरिकी डलर दिने भन्ने मात्रै सहमति भएको छ । त्यो सहमति प्रतिवर्ष भन्ने होइन । २०३५ सम्म पुग्दा तीन सय अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य एकदमै कम हो ।”
जलवायु वित्तका महत्वकाङ्क्षी लक्ष्य कार्यान्वयनमा यसपटक पनि धनी तथा विकसित मुलुकपछि हटेको भन्दै क्षेत्रीले कोपमा भएका निर्णय धनी मुलुकका लागि जित र नेपालजस्ता कम विकसित मुलुकका लागि हारजस्तो भएको टिप्पणी गरेका छन् ।
“तीन सय अर्ब अमेरिकी डलर पनि निजी तथा विभिन्न स्रोतबाट आउने भनिएको छ । विकसित मुलुकले नै कति हाल्छन् भन्ने स्पष्ट हुन सकेको छैन । हामीले अनुकूलन र हानी नोक्सानीको विषयमा जलवायु वित्त अनुदान सुनिश्चित हुनुपर्छ भनेका थियौँ,” उनले भने, “तर यो पनि भाषामा मात्रै लेखियो । सुनिश्चित भएन । हाम्रा सवाल दस्ताबेजीकरण मात्रै भयो । कार्यन्वयन हुन सकेन ।”
अर्का जलवायुविद् डा पपुलर जेण्टल भुसालले एनसिक्यूजीलगायत एजेन्डामा भएको निर्णय उपलब्धिमूलक नभएको टिप्पणी गरेका छन् । “नेपालले तयार गरेको आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी), अनुकूलन योजना कार्यान्वयनका लागि आवश्यक पर्ने वित्त अब समयमा नै नजुट्ने अवस्था देखिन्छ । जसले यी योजना कार्यन्वयनमा चुनौती देखापर्छ,” उनले भने, “एनडिसी कार्यन्वयन गर्न सकेमा कार्बन उत्सर्जन कटौती भएर विश्वको तापमान वृद्धि सीमित लक्ष्मा राख्न सकिन्छ ।”
भुसालले कोपमा अपेक्षा गरेअनुसारको जलवायु वित्तको आकार बढाउन नसक्नु नेपाललगायत कम विकसित मुलुकको एजेन्डा कार्यन्वयनमा बेवास्ता हुनु हो भने ।
अतिकम विकसित मुलुकको समूह (एलडिसी) ले पनि एनसिक्यूजीको मस्यौदा बन्दादेखि नै विरोध जनाएको थियो । कोप सम्पन्न भएकै दिन एलडिसीले कोप उपलब्धिमूलक नरहेको र संवेदनशील मुलुकका लागि ठूलो धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।
के हो ? एनसिक्यूजि
नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना (युएनएफसिसिसी) अन्तर्गत विकसित राष्ट्रले विकासशील राष्ट्रलाई उपलब्ध गराउने वित्तीय सहयोगको परिमाणात्मक रूपमा तोकिएको नयाँ लक्ष्य हो । सन् २०२५ पछिका लागि जलवायु वित्तको व्यवस्थापन, वितरण र प्रभावलाई सुनिश्चित गर्न नयाँ दिगो र प्रभावकारी उपायको खोजी गर्न यो लक्ष्य तय गरिएको हो ।
विकसित राष्ट्रहरूले २०२० सम्म प्रतिवर्ष एक सय अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य पूरा गर्न नसकेकाले २०२५ पछिको वित्तीय संरचनामा सुधार गर्ने उद्देश्यले एनसिक्यूजी सुरुआत गरिएको हो । यसले अनुकूलन, न्यूनीकरण, जलवायु क्षति र हानि सम्बोधनका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । जलवायु जोखिममा रहेका देशको आवश्यकताअनुसार वित्तीय स्रोत प्रवाह सुनिश्चित गर्नु यसको महत्वपूर्ण लक्ष्य हो ।
जलवायुविद् मञ्जित ढकालले एनसिक्यूजीले विकसित र विकासशील राष्ट्रबीच सहमति गरेर लक्ष्य निर्धारण गर्ने, ती लक्ष्यको कार्यान्वयन सुनिश्चित गर्न जलवायु वित्तको क्षेत्रलाई थप दिगो र समावेशी बनाउने उद्देश्य लिएको बताए । यसको सफल कार्यान्वयनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
ढकालले थप स्पष्ट गर्दै भने, “एनसिक्यूजीको मर्म भनेको जलवायु परिवर्तनका प्रभावको सामना गर्न विकासशील र कम विकसित राष्ट्रको आवश्यकता पूर्ति गर्दै उनीहरूको दिगो विकासलाई सुनिश्चित गर्न दिगो वित्तीय स्रोतको सुनिश्चित गर्नु हो ।” रासस
वासिङटन डीसी । अमेरिकामा माइकल सुलिभान नाम गरेका एक जना पुरुषले म्यासाचुसेट्सको एक जेलमा २७ वर्षभन्दा बढी समय बिताए । आफूले गर्दै नगरेको हत्याका लागि उनी त्यतिका वर्ष जेलमा बस्नु पर्यो । हत्या मामिलामा नयाँ ट्रायल शुरु भएपछि नयाँ डीएनए प्रविधिले उनी निर्दोष साबित भए । त्यसपछि सन् २०१३ मा उनी रिहा भए ।
म्यासाचुसेट्समा गर्दै गरेको अपराधका लागि जेल सजाय भएमा १० लाख डलर भन्दा बढी क्षतिपूर्ति दिन नपाइने व्यवस्था छ । तर यो महिनाको सुरुमा सुलिाभालाई १३ करोड अमेरिकी डलर क्षतिपूर्ति दिइएको छ ।
यो भनेको नेपाली रुपैयाामा १७ करोड ६० लाख भन्दा धेरै हो । जेलमा रहँदा सुलिभानले आफ्नी आमा र चार जना दाजुभाइ दिदीबिहनी गुमाएका थिए । यो पैसाले जेलमा आफूले गुमाएको वर्षहरूको भर्पाई नगर्ने उनको भनाइ छ ।
काठमाडौँ ।परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरिसकेको छ ।
मुख्यतः चीनको ठूलो परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्रमन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुन दुई दिन मात्र बाँकी छँदा फ्रेन्चाइजी टोली पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच अभ्यास खेल खेल्दैछन्।
अभ्यास खेल विहान साढे ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ। स्वदेशी र विदेशी खेलाडीलाई घुलमिल गराउन तथा टोलीको कमजोरी थाहा पाएर त्यसमा काम गर्नका लागि अभ्यास खेलले सहयोग गर्छ।
यसअघि पनि फ्रेन्चाइजी टोलीहरुले मुलपानीमा अभ्यास खेल खेलिरहेका छन्।
पहिलो अभ्यास खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई पराजित गर्दा दोस्रो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको थियो।
वासिङ्टन डीसी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी मन्त्रीपरिषदमा नियुक्त गरेका कयौँ सदस्यलाई बम हान्ने धम्की आएको छ । बमको धम्कीबारे आफू सचेत रहेको एफबीआईले पनि भनेको छ ।
ट्रम्पको मन्त्री परिषद्मा रक्षा, हाउजिङ, कृषि र श्रमलगायत मन्त्रालयको जिम्मा पाएका कम्तीमा ९ जनालाई धम्की आएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत पनि यो सूचिमा परेको भनिएको छ ।
प्रहरीले यी मामिलामाथि छानबिन गरिरहेको छ । धम्की मंगलबार र बुधबार राति आएको भनिएको छ । ट्रम्पले मन्त्री परिषद्मा मनोनीत गरेका कयौँ व्यक्तिलाई उनीहरू र आफन्त समेतको नाममा हिंस्रक, गैर अमेरिकी धम्की आएको ट्रम्पको ट्रान्जिशन टिमकी प्रवक्ता क्यारोलिन लिभिटले भनिन् । मनोनीत व्यक्तिको सुरक्षा सुनिश्चित गर्न कानून कार्यान्वयन गर्ने निकायले तत्कालै यस मामिलालाई हातमा लिएको पनि उनले बताइन् ।
लिभिट र एफबीआई कसैले पनि धम्की आएको व्यक्तिको नाम खुलाएका छैनन् । ट्रम्पले यूएनको राजदूतमा मनोनीत गरेको एलिस स्टेफानिकले भने आफ्नो घरपरिवारलाई बमको धम्की आएको भनेर भनेकी थिइन् । रक्षा मन्त्रीमा मनोनीत भएका पिट हेग्स्थले पनि धम्की आएको पुष्टि गरेका छन् ।
राष्ट्रपतिको चुनावी अभियानको समयमा दुई पटक ट्रम्पको ज्यान मार्ने प्रयास भएको थियो । तर यस पटक ट्रम्पलाई भने यस्ता धम्की नआएको बताइएको छ ।
तपाईको प्रतिक्रिया