आज बडादशैँको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा

काठमाडौं– बडादशैँको दोस्रो दिन आज असोज १८ गते शुक्रवार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैँ अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

बडादशैँको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्ति पीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

घर फर्कने नेपालीसँग नाकामा पैसा असुल्दै भारतीय भन्सार कर्मचारी

दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनुप¥यो । सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् ।

‘घरपरिवारलाई अलिअलि कपडा ल्याएको थिएँ, सामान हेरेजस्तो गरेर पैसा मागे,’ बिहीबार बिहान नाकामा भेटिएका धामीले भने, ‘दिन्न भन्दा मानेनन्, घर फर्कने वेला के विवाद गर्नु भनेर सय भारु दिएर आएँ ।’ बैंग्लोरमा होटेलमा काम गर्ने उनी दसैँ मनाउन एक वर्षपछि घर फर्कन लागेका हुन् ।

डोटीको बोग्टान–फुड्सिल गाउँपालिका पोखरीका प्रेम कठायतले पनि गौरीफन्टामा भारतीय कर्मचारीलाई सय भारु बुझाए । भारतको महाराष्ट्र कोलापुरमा चिनियाँ होटेलमा काम गर्ने उनी दसैँ मनाउनकै लागि बिदा लिएर स्वदेश फर्केका हुन् । नाकामै भेटिएका उनले सामान ल्याएको बहानामा नाकामा खटिएका भारतीयले जबर्जस्ती पैसा असुलेको गुनासो गरे ।

‘घरमा बालबच्चाका लागि कपडा ल्याएको थिएँ, भित्र बोलाएर सामान हेरेपछि दुई सय रुयैयाँ मागे,’ नाकावारि सशस्त्र प्रहरीको सहायता कक्षमा आफ्नो नाम टिपाइरहेका कठायतले भने, ‘पैसा दिन्न भन्दा घर जाने मन छ कि छैन भन्न थाले, सय रुपैयाँ दिएर आएँ ।’ कठायतसँगै पोखरीका नौजना सँगै फर्कन लागेका थिए । आफूहरू सबैले सय–सय रुपैयाँ तिरेर आएको उनले बताए । ‘अर्काको देशमा दुःख गरेर आउँछौँ, बाटोमा यसरी जबर्जस्ती पैसा असुल्दा नराम्रो लाग्छ,’ कठायतले भने ।

दसैँ सुरु भएसँगै गौरीफन्टा नाकामा भारतबाट फर्कने नेपाली कामदारको घुइँचो लागेको छ । नाकामा बिहीबार बिहानैबाट घर फर्कनेको घुइँचो थियो । भारतमा काम गरेर दसैँ मनाउन घर फर्किरहेका नेपालीसँग नाकामा भारतीय भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्न थालेका हुन् । पैसा नदिए उनीहरूले सामान जफत गर्ने, थुनेर राख्ने भनेर डराउने गरेको घर फर्कने नेपालीको गुनासो छ । सामान हेरेर प्रतिव्यक्ति दुई–तीन सयसम्म असुल्ने गरेको बुझिएको छ ।

गौरीफन्टा नाकामा सडकछेउमै भारतीय भन्सार कर्मचारी बस्ने खोका छ । त्यहाँ सामान चेकजाँचका नाममा घर फर्कने नेपालीसँग पैसा असुल्ने गरिन्छ । त्यसको केही मिटरवर भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सामान चेकजाँच गर्ने गर्छन् ।

‘भित्र बोलाएर सामान चेक गरेपछि पैसा मागे, केका लागि पैसा दिने भनेर प्रतिवाद गर्न खोज्यौँ,’ गौरीफन्टा नाका भएर बिहीबार घर फर्किरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरका मदनबहादुर गुरुङले भने, ‘जाने मन भए देऊ भन्न थाले, के झगडा गर्नु भनेर पैसा तिरेर आयौँ ।’ गुरुङसहित बाबियाचौरका ६ जना सँगै फर्कंदै थिए । पैसा नदिए रोकेर राख्लान् भन्ने डरले ५० देखि सय रुपैयाँसम्म तिरेर आएको त्यही समूहमा रहेका सन्तोष रानामगरले बताए ।

वारि नाकामै सशस्त्र प्रहरीको पोस्ट छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएका छन् । ‘पारि नेपालीसँग पैसा असुल्छन् भन्ने थाहा छ, तर हामीले चाहेर रोक्न सक्ने अवस्था छैन,’ नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अलि भनसुन गर्न सक्ने, टाढाबाठा पैसा नतिरेर पनि आउँछन्, सोझासाझालाई डर–त्रास देखाएर पैसा असुलिरहेका छन् ।’

सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा घर फर्किरहेका नेपालीसँग पैसा असुल्ने गरेको बुझिएपछि यसबारे आफूले भारतीय अधिकारीसँग कुरा गरेको बताएका छन् । भारतीय भन्सार र वनका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो आएको उनले बताए ।
‘पैसा असुल्ने गरेको सुनिएपछि त्यसलाई रोक्न आफैँ गएर भारतीय भन्सारका कर्मचारीसँग कुरा गरेको छु,’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने, ‘मंगलबार भएको काउन्टरपार्ट मिटिङमा पनि यो कुरा गम्भीरताका साथ उठाएका छौँ ।’ सो बैठकपछि अहिले पैसा असुल्ने कार्य घटेको बुझिएको उनले बताए । रोजगारीका लागि गएकाहरू फर्कने क्रममा केही सामान लिएर आउने र सामान ल्याएको नाममा पैसा असुल्ने कार्य रोक्न भारतीय अधिकारीको ध्यानाकर्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नाकामा आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट नाकामा छुट्टै टोलीसमेत परिचालन गरिएको पाण्डेयले जानकारी दिए । ‘सामान पार गराइदिनेलगायत विभिन्न किसिमले नेपालीबाटै पनि भारतबाट फर्कनेलाई ठग्ने कार्य नहोस् भनेर छुट्टै टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला भारतबाट फर्कनेको भिड हुन्छ, उनीहरूलाई कसरी सहज गर्ने भनेर प्रयास गरिरहेका छौँ ।’ दसैँ, तिहारजस्ता ठूला चाडबाडको समयमा भारतबाट फर्कनेको नाकामा घुइँचो लाग्ने गरेको छ ।

इजरायलमाथि इरानले गरेको आक्रमणको विश्वव्यापी विरोध, कसले के भने ?

पेरिस– तेहरानले  इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् ।

तेहरानले लेबनानमा हिजबुल्लाहविरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप प्रत्याक्रमण भएको जनाएको छ ।

दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो ।

मिसाइलको आक्रमणपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो द्वन्द्वको निन्दा गरेका छन् ।

कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

कञ्चनपुर १७ असोज । कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् ।

यस्तै भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वर्षाजन्‍य विपद्‌मा परेका १७ हजार बढीलाई उद्धार गर्‍यौँ : गृह मन्त्रालय

काठमाडौं : बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ।

विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजारभन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।

उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए।

“घाइते मध्ये अघिकांश घर फर्किसक्नु पनि भएको छ।” प्रवक्ता तिवारीले भने “ विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको थियो।”

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याकाबाट २ हजार १५८, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ।

“प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो।”, उनले भने, “खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ।”

त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहेका छन्।

उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्धार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गरेका थिए।

त्यस्तै काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ। भने प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ।

सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ। कार्यदललाई प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ।

समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु, दुई दिन पहिले बैतडीमा पनि गएको थियो ज्यान

कैलाली । समयमा उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

गए राति करिब १२ बजे उनलाई सुत्केरी बेथा लागेको थियो । परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बीच बाटोमा सुत्केरी हुँदा नै जैसीको उच्च रक्तस्राव भइसकेको थियो ।

त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

ढिलो गरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अधिराज आचार्य बताए ।

दुई दिन पहिले पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो ।
सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तस्राव कारण मङ्गलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीले जानकारी दिएको छ।

बर्सातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसकेको मृतकका आफन्तले जनाएका छन्।

सुदूरपश्चिममा प्रत्येक वर्ष समयमा उपचर नपाएर सुत्केरीको मृत्यु हुने गरेको छ । पछिल्लो समय जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार हुँदा केही सहज भएपनि सबै त्यसको पहुँचमा भने पुग्न सकेका छैनन् ।

धनगढीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।

अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो ।  “हाल कोरोना भाइरको सङ्क्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ”, अवस्थीले भने, “उपमहागरमा उपलब्ध भएको खोपको मात्राका आधारमा तीन दिन अभियान सञ्चालन हुनेछ ।”

खोप अभियान सुदूरपश्चिम प्रदेशका कैलालीसहित बझाङ र डडेल्धुराका स्थानीय तहमा सुरु भइसकेको प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति मीनराज जोशीले प्रदेशका सबै नौ जिल्लामा अभियान सञ्चालनका लागि एक लाख नौ हजार मात्रा खोप उपलब्ध भएको जानकारी दिए ।

जोशीका अनुसार प्रदेशका गौरीफन्टा,गड्डाचौकी, झुलाघाट, पुलघाटलगायत भारतसँग सीमा जोडिएका स्थानमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत् स्वदेश भित्रिने नागरिकमा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । पछिल्लो समय सीमानाकामा गरिने एन्टिजेन परीक्षणमा कमी आएकाले खोप अभियान सञ्चालन गरिएको उनले बताए ।

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी सुरूवात

काठमाडौँ – आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक सुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।
 

ओलम्पियन विष्ट सुदूरपश्चिम रोयल्सका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं – नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षरमा गरे । सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताएका छन् ।

उनले भने, ’उहाँ खेलकुदको रोलमोडल हो । आफ्नो समयमा खेलेर योगदान गर्नुभयो । अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ। उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो।

दक्षिण एसियाली खेलकुद (साग) का ४ पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जित्नुभएको थियो। छनोट चरण पार गरेर उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए ।

नेपाल ओलम्पियन संघको अध्यक्ष समेत रहेका विष्टले सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिँदै सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई उचाईमा पुर्याउने सम्भावना रहेको बताए ।

उनले भने, ’यो उद्देश्यमा साथ दिन सुदूरपश्चिम रोयल्समा जोडिन पाउँदा खुसी लागेको छ। एनपिएलको आयोजनाले अन्ततः नेपाली क्रिकेट कै विकास हुने आशा छ।’ विष्ट कैलालीको धनगढीका स्थायी बासिन्दा हुन्। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा हुन्।

डेउडा गायक स्वर्गीय बोगटीको श्रद्धाञ्जली सभा सम्पन्न

कैलाली । डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय धनगढीमा वरिष्ठ डेउडा गायक  स्वर्गीय दलबहादुर बोगटीको १५औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बमले श्रद्धाञ्जली सभामा बोल्दै वरिष्ठ डेउडा गायक बोगटीको निधनले आफू अत्यन्तै दुखित र मर्माहत भएको बताए । सरल स्वभाव शालीन व्यक्तित्व लोभ लालचा केहि नभएका एक हस्ती गुमाउँदा सुदूरपश्चिम प्रदेशलाई अपूरणीय क्षति भएको उनले बताए ।

श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश वक्ताहरूले नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन, प्रचारप्रसार एवं उन्नयनमा अनवरत रूपमा जीवन समर्पित गरेका पूर्वराष्ट्र सेवक कर्मचारी , लोक संस्कृतिका एक धरोहर, डोटेली चलचित्रदेखि सयौँ  गीतमा अभिनय गरेका अभिनेता, गायक एवं संस्कृतिविद् बहुप्रतिभावान क्षमता भएका अग्रज अभिभावक गुमाउँदा सिंगो कलाकारिता क्षेत्र नै टुहुरो बनेको बताए ।

यसैबिच श्रद्धाञ्जली सभामा स्वर्गीय बोगटीको नाममा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण संघसंस्था, व्यक्तिहरू सबैलाई सहयोग गर्न आह्वान गरिएको छ । सबैको साझा व्यक्ती भएकाले यो कोष सबैको साझा रूपमा सञ्चालन गरिने डेउडा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)ले बताए ।

स्वर्गीय बोगटी पूर्वराष्ट्र सेवक कर्मचारीदेखि, डेउडा प्रतिष्ठान केन्द्रीय कार्य समितिका अध्यक्ष ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली जिल्लाका पूर्व अध्यक्ष ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  सुदूरपश्चिम प्रदेशका पूर्वउपाध्यक्ष, नेपाल सांस्कृतिक महासंघ कैलाली जिल्ला सदस्य ,सुदूरपश्चिम साहित्य समाज सदस्य ,नेपाल सांस्कृतिक कलाकर्मी संघ कैलाली जिल्लाका पूर्वअध्यक्ष ,लगायत दर्जनौँभन्दा बढी संघ संस्थामा आबद्ध पनि रहेका थिए ।

Monster Adventure

Abhinav Upadhyay

A 19 years old boy named Ace was bored with his normal life. So, one evening he decided to go hiking and camp there for the night. While he was climbing the hill, he saw a strange blue light shining in the bushes. The sun was about to set.

Ace got a bit confused so he went a bit near. Soon it felt like the portal was pulling him. He tried to run in the opposite direction as fast as he could but his efforts were in vain. The portals pulled him and he went unconscious. After he woke up, he noticed that the area he is in is totally different than the hill he was in.

He looked up in the sky and saw that is afternoon he immediately knew that he was unconscious for a few days. He picked up his bag pack and started walking towards the direction the sun was setting which he knew was west. He saw some weird creatures some were flying; some were walking and some were swimming in the lakes and rivers nearby.

He avoided them and kept walking. As the sun was about to set his worries came to an end as he saw a city. He ran as fast as he could towards the city. He saw some people talking so he went near them and asked ‘’Do you understand me? “They mockingly said yeah we can we are not an alien. He got a bit happy knowing that they can understand him. He asked again ‘What are those creatures?’ ‘Do they hurt us?’. they said what are you a baby? Then one said they are called paradion you idiot. They also said that you can apparently tame / catch one by using something called a paradisk.

He now knew that this isn’t his planet or universe because the Milky Way galaxy did not had another planet with greenery with life on it So he asked ‘what is this planets name?’ They said where were you raised? Then one of them said you idiot this planets name is Paradise. Then one of them said what age are you? Ace said 19. Then they said do you have a paradion? Before he could answer one of them said ‘you don’t even know what a paradion is you don’t have one right?’ He said ‘yes I don’t have one’.

They said that professor Mark is giving everyone a paradion if they want to a paradion trainer. He asked where? They said there and pointed at a direction. Soon he reached a lab he went inside. A professor greeted him. He said that you have 3 choices and all of them are random so pick wisely. But before he could pick professor stopped him and said about Rarity Rank. there are 9 Ranks they are common, uncommon, rare, very rare, epic, heroic, ancient, legendary and God.

He also told about types to Ace. If you have a common then it can control 1 element since it is 1st in the rank. Then professor Mark let him pick his starter paradion. Ace was about to go with the second one but it felt like a connection between the 1st paradion so he picked the 1st one. The professor said that his paradions types are Dark, Rock, Metal, Fire , and one of the strongest types Dragon . Ace got happy.

Then he became even more happy when Mark said that the rank is epic. Mark then said that his paradions name is Ele-rex. Then Ace got 10 paradisks from Mark an then he headed out. While walking around he saw the same people who told him about paradions so he went near to thank them. but when he got near he heard that strange blue portals have been sighted and that people have gone missing. After Ace heard that he quickly rushed and asked ‘where? Where? ‘They said in the paradis region. He asked the ways to get there. They said plane or paradion championship. Ace did not have money so he had to pick the second one.

He asked is the championship free? They said yes itis free. then he asked them is there a paradion championship in this town? They said yes. Ace asked where? They said go to that direction and pointed towards a direction. When he was walking night fell so he slept near a tree in his sleeping bag and in the morning, he went to the place the people pointed towards and saw a massive arena looking structure. He was about to enter but the guard stopped him and asked how many paradions do you have. Ace said one.

Then the guard said sorry you must have 10 paradion to enter. So, Ace went to a jungle to catch and train paradions. While training Ace thought that do, I really want to go back? I mean no one is waiting for me since I am an orphan. The world is boring its just read, work, eat, sleep, wake up, eat, read, work, eat. Its only that. Then Ace made up his mind to become the champion. Just then the portal suddenly appeared and sucked Ace in and he went unconscious.

Ace was woken up by a strange and rough lick on his face. When he opened his eyes, he saw that it was Ele-rex. He thought that I should probably put Ele-rex in my paradisk. But he didn’t. He walked around but he heard growls and roars from the bushes. Then suddenly a paradion jumps on top of Ace. Before he could even react the paradion got teleported back. Ace was shocked to see that. Then a floating type of box or something just appears out of nowhere. There were 3 options
(1) Attack (2) Bag and (3) Paradion.

He was shocked that it was like a game. He clicked bag because he didn’t have his paradisk and there they were just laying in the bag. He clicked fight and defeated the paradion called Saberlion. He defeated many more paradions and then Ele-rex evolved. It was a bigger t-rex. But its personality was like the same. He did not know the name so he named it Drago-rex. But he didn’t know that every time a paradion evolves their rank and type go up by one. So, the cute little epic Ele-rex was a Heroic. Then Ace noticed a strange flying thing in the corner of his eyes he clicked it then it showed him some options.

One of the options were paradion so he clicked it. It showed one paradion which was Drago-rex. He clicked Drago-rex’s page which said that he had 6 types in instead of 5. And the new type was ghost. He clicked the option labeled as Help. He clicked it and saw that every time a paradion evolves their rank and type go up by one but he also learned that if a paradion with ’Murderous’ personality defeats him in battle the paradion kills him. He was scared that he carelessly fought so many paradion and some of them might have been Murderous.

But he did not know that the universe was in a crisis. When a portal teleports around 1 to 10 people it is fine and does not take a tremendous amount of energy but anymore than 10 then it takes a lot and lots of energy. And the problem is that the tower which controls all the portals are controlled by something sinister.

But some of you reading this might have some thought like Who controls the universe? Or like what controls the tower that controls the portals? Or why are there 2 universes with paradions? Or even like what happens if the energy runs out? Etc. The answer of the 1st is that a Multidimensional being controls the universe. The answer of the second one a Multidimensional Demon controls the tower that portals.

The answer of the 3rd one there is another planet like paradise because there is a game version of every universe and so while don’t know there might be a game version of earth. The answer of the last question what happens if the energy runs out? The answer is that if the energy runs out the portals stop working. Now let’s get back to the story, shall we? As He walks around, he sees a city. He walks towards the city. Then he saw a hoard of Saberlion around he saved. He tried to defeat them with his level 40 got overwhelmed by many level 35.

He was killed and eaten by the Saberlion. As the opened his eyes he saw that the hoard of Saberlion were eating something or rather someone! Ace looked at the body which was seemingly his. He ran away as fast as he can. He stopped to take a breath. Then he started looking for options that could help him. Ace clicked something called hitbox then he could see the personality, health bar etc. He clicked on help. Then he saw that you have to equip the new type for it to work.

After that Ace quickly equipped the ghost type and then he saw something horrifying a hoard of hitbox of Saberlion with Murderous as a personality. He forgot that species of dogs and cat have incredible sense of smell. He climbed up a tree and said Drago-rex to use sweet smell to hide his smell. The hoard came and after a long battle they won then Drago-rex evolved again after 20 levels becoming Draco. Ace walked back to the city.

Then he heard some noise. He quickly took out Draco and started looking around. Then some utensils fell inside of a house which got his attention. He went in the house to see that there are people alive. He said loudly ‘’you are safe now I defeated the Saberlions’’. Everyone came out to see that the city was empty. There were no Saberlions left. Everyone rejoiced. Then a portal showed up an and spitted someone out who Ace knows.

Ace ran towards the body. Ace took care of the boy until he woke up. When the boy woke up, he recognized Ace. Ace said Liam it’s been so long since we met. Liam said yeah but where are we? Ace said in an= probably in another multiverse. Actually, Ace was an orphan living in an orphanage with Liam. They both talked. Then Liam revealed that he is a hacker.

Ace got shocked. Then Liam said can you catch a Paradion for me. Ace said why not. Then ace caught and leveled up a Saberlion. Liam said I will try to hack this world because this is like a game. And it worked. Liam hacked Draco and Saberlion and made them GOD rarity. They also got the knowledge that a creature controls the portals.

So, they went to defeat it. Liam hacked in to the portal and opened a portal to the creature. When they went in they saw a huge creature when the creature saw them and the battle started. They both did a lot of damage but Saberlion was defeated then finally when the health was low of the creature Liam hacked the world again and got a God paradisk he gave that to Ace and Ace caught it. Liam said let’s look at the new friend we got.

He let out the creature and the creature killed Liam Ace screamed nooooooo. But is was already done. His friend was killed by the creature but the creature did not kill Ace. Ace let the creature go in the paradisk and looked at the page to see that it says ’’if any person has killed or will kill people in the future it will kill them on sight’’.

Ace thought that it had something to do with the Hacking part. So, Ace hacked the portal and went back to Paradise. And became the champion.
END OF THE STORY OR IS IT A BEGINNING OF SOMETHING MORE?

द्धारिका देवी ठकुरानी एसियाको पहिलो महिला मन्त्री

रतन भण्डारी ।

वि.सं. २०१६ जेठ १३ ९१९५९ मे २७० गते प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारमा उपमन्त्री भएपछि द्वारिकादेवी ठकुरानी विधिवत् रूपमा नेपालको पहिलो महिलामन्त्री बनेकी थिइन् ।

२०१६ जेठ १४ गते मन्त्रिपरिषद्को कार्य विभाजनपछि ठकुरानीले स्वास्थ्य र स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । २०१६ असार १६ गते ‘उपमन्त्री’ पदलाई ‘सहायकमन्त्री’ बनाइएको थियो । ठकुरानीले २०१७ पुस १ गतेसम्म सहायकमन्त्री भएर काम गरेकी थिइन् ।

त्यसो त २००७ सालको क्रान्तिताका २००७ माघ ३ गते पाल्पामा काशिनाथ गौतमको नेतृत्वमा ‘पाल्पा जनसरकार’ गठन भएको थियो ९ रिजाल, २०७१ः ३७–३९० । ‘पाल्पा जनसरकार’मा सुश्री तरुलता भट्टराई शिक्षामन्त्री बनेकी थिइन् ९ गौतम, २०६६ः १९२० ।

तथापि, तरुलता भट्टराई विद्रोही शक्तिद्वारा गठित ‘पाल्पा जनसरकार’की मन्त्री थिइन् । उनी नेपाल सरकारकी वैधानिक मन्त्री थिइनन् । नेपालकी पहिलो वैधानिक महिलामन्त्री भने द्वारिकादेवी ठकुरानी नै हुन् । त्यसैगरी एशिया तथा दक्षिण एशियामा मन्त्री हुने पहिलो महिला को हुन् भन्ने प्रश्न पनि चासोको विषय बन्ने गरेको छ ।

एशिया तथा दक्षिण एशियाबाट मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी हुन् भन्ने आम बुझाइ छ । ‘द्वारिकादेवी ठकुरानी र शहीद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान’द्वारा प्रकाशित पुस्तकमा नै द्वारिकादेवी ठकुरानीलाई ‘दक्षिण एशियाकै पहिलो महिलामन्त्री’ भनेर उल्लेख छ । नेपाली काङ्ग्रेसका नेता भक्तबहादुर बलायरले पनि द्वारिकादेवी ठकुरानीलाई ‘एशियाकी पहिलो महिलामन्त्री’ भनेका छन् ।

बलायरले लेखेका छन्, ‘डोटीबाट शिवराज पन्त खाद्य, कृषि तथा वनमन्त्री र द्वारिकादेवी ठकुरानी स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी पाई ‘एशियाकै पहिलो महिलामन्त्री’ हुने सौभाग्य प्राप्त भयो ९बलायर, २०७२ः ११८० ।’

धनगढीबाट प्रकाशित युगपुकार द्वैमासिकले पनि द्वारिकादेवी ठकुरानीलाई ‘एशियामै मन्त्री हुने प्रथम महिला’ भनेर लेखेको छ । प्रा।डा। जयराज पन्तले पनि द्वारिकादेवी ठकुरानीलाई ‘दक्षिण एशियामै प्रथम महिलामन्त्री बनी नेपाली नारीको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरले लेखाउन सक्षम’ भनेर लेखेका छन् ९भण्डारी, २०६४ः ४०९० ।

लेखक सुरतबहादुर शाहले पनि द्वारिकादेवी ठकुरानीलाई एशियाको पहिलो महिलामन्त्री मानेका छन् । शाहले लेखेका छन्, ‘द्वारिकादेवी ठकुरानीले वि।सं। २०१६ आषाढ ४ गते बीपी कोइरालाको मन्त्रिपरिषद्मा एशियाकै प्रथम महिलाको रूपमा स्वास्थ्य सहायकमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो’ ९शाह, २०७८स् ६६–६७० ।

विजेता चौधरीले पनि द्वारिकादेवी ठकुरानीलाई एशियाकै प्रथम महिला भनेकी छन् । चौधरीले लेखेकी छन्, ‘अझ एशियाकै प्रथम महिलामन्त्री द्वारिकादेवी भएको कुराप्रति नेपालले गौरवबोध गरेको छैन नै, प्रजातान्त्रिक लडाइँकी योद्धालाई स्वयम् उनकै पार्टी नेपाली काङ्ग्रेसले समेत सधैं बेवास्ता गरेको छ ।’

भाषा शर्माले पनि द्वारिकादेवीलाई दक्षिण एशियाकै पहिलो महिलामन्त्री भनेकी छन् । शर्माले लेखेकी छन्, ‘नेपालकी मन्त्री नियुक्त पहिलो महिला द्वारिकादेवी ठकुरानी प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा २०१५ ृ२०१६े सालमा स्वास्थ्य र स्थानीय सहायकमन्त्री नियुक्त भएकी थिइन् । यो नेपालको मन्त्रिपरिषद्को इतिहासमा पहिलो महिला उपस्थिति त छँदै थियो नै, दक्षिण एशियामै मन्त्री हुने पहिलो महिलाको इतिहास बनेको थियो ।’

द्वारिकादेवी ठकुरानी ‘एशिया तथा दक्षिण एशियामा मन्त्री हुने पहिलो महिला हुन् भन्ने उल्लिखित भ्रमपूर्ण भनाइ केही प्रतिनिधि उदाहरण मात्रै हुन् । तर, एशिया र दक्षिण एशियाबाट मन्त्री हुने पहिलो महिला द्वारिकादेवी ठकुरानी नभई भारतकी ‘राजकुमारी बीबीजी अमृतकौर’ हुन् । अमृतकौर १९४७ अगष्ट १६ मा गठित प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेकी थिइन् ।

भारतमा प्रान्तीय सरकारमा मन्त्री हुने पहिलो महिला भने विजयालक्ष्मी पण्डित ९स्वरूपकुमारी नेहरू० थिइन् । सन् १९३७ मा प्रान्तीय विधानसभामा चुनाव जितेपछि पण्डित यूनाइटेड प्रोभिन्स ९हाल उत्तरप्रदेश० की स्थानीय स्वायत्त सरकार तथा जनस्वास्थ्यमन्त्री बनेकी थिइन् ।

एशियामा मन्त्री हुने दोस्री महिलामा उत्तर कोरियाकी ‘हो जोङ सुक’ र दक्षिण–कोरियाकी ‘यिम योङ शी’ हुन् । सुक सन् १९४८ मा उत्तर–कोरियाकी संस्कृतिमन्त्री बनेकी थिइन् भने शी पनि सन् १९४८ मा नै दक्षिण–कोरियाकी वाणिज्य तथा उद्योगमन्त्री बनेकी थिइन् । त्यसै गरी ‘शी लियाङ’ सन् १९४९ मा चीनकी न्यायमन्त्री बनेकी थिइन् । बर्मामा मन्त्री हुने पहिलो महिला ‘खिन की’ हुन् । की सन् १९५३ देखि १९६० सम्म बर्माकी सामाजिक कल्याणमन्त्री थिइन् । त्यसै गरी ‘विमला विजेवर्दने’ सन् १९५६ मै श्रीलङ्काकी स्वास्थ्यमन्त्री बनेकी थिइन् ।

नेपालमा द्वारिकादेवी ठकुरानी १९५९ मे २७ ९२०१६ जेठ १३० का दिन उपमन्त्री बनेकी हुन् । जापानमा मन्त्री हुने पहिलो महिला मासा नाकायामा हुन् । नाकायामा १९६० जुलाई १९ का दिन जापानको स्वास्थ्य तथा कल्याणमन्त्री बनेकी थिइन् ।

उल्लिखित तथ्यहरूका आधारमा द्वारिकादेवी ठकुरानी एशियामा मन्त्री हुने पहिलो नभइ सातौं महिला हुन् भने दक्षिण एशियामा मन्त्री हुने तेस्री महिला हुन् । अनौठो संयोग, दक्षिण एशियाबाट मन्त्री हुने भारतकी राजकुमारी बीबीजी अमृतकौर, श्रीलङ्काकी विमला विजेवर्दने र नेपालकी द्वारिकादेवी ठकुरानी सबै स्वास्थ्य ९सहायक० मन्त्री थिए ।

प्रधानमन्त्री बीपी कोइरालाको सरकारमा भाइ शिवराज पन्त मन्त्री तथा दिदी द्वारिकादेवी सहायकमन्त्री बनेकी थिइन् । नेपालको राजनीतिक इतिहासमा एउटै बुबाका सन्तान निर्वाचित सांसद र सँगै मन्त्री बनेको यो पहिलो घटना थियो ।

 

फ्रेन्च क्रान्ति, वामपन्थ र दक्षिणपन्थ

सन् १७७६ मा जर्ज वाशिङ्टन र थोमस जेफरसनको नेतृत्वमा अमेरिकाले स्वतन्त्रताको घोषणा गर्दा स्कटल्याण्डका एडम स्मिथले “वेल्थ अफ नेशन्स”नामक पुस्तक लेखेर शास्त्रीय अर्थशास्त्र तथा पूँजिवादको जग बसालेका थिए । अमेरिकी स्वतन्त्रताको प्रभाव बाँकी विश्वमा धेरै भएन किनभने अमेरिका ब्रिटिसको औपनिवेशक शासनबाट मुक्त भएको थियो । तर फ्रान्सको रक्तरञ्जित क्रान्तिले भने स्वतन्त्रता र समानताको लागि जनताले राजशाही बिरुद्ध गरेको विद्रोहले अरु राजशाही भएको देशका राजाहरु डराए भने जनताहरुलाई हक अधिकारको लागि लड्न प्रेरित ग¥यो ।

लगातारको युद्ध तथा असमान र अव्यवहारिक करनितिले जनताहरु पिडित थिए । त्यस माथि समय समय हुने अनिकालले जनताहरु हायलकायल भएका थिए । फ्रान्सको राज्य सत्ता पनि युद्धको कारण आन्तरिक तथा बाह्य ऋणमा डुबेको थियो । तर राजा लुई सोह्रौर रानी मेरी एन्टोनियट तथा भारदारहरुको जिवनस्तरमा भने कुनै कमि आएको थिएन । त्यसैबेला रानी मेरी एनटोनियटले भर्साय राजमहल, जो पेरिसबाट विस किलोमिटर पश्चिममा पर्दछ । त्यसको पुननिर्माणको लागि लाखौं लिर्वे (तात्कालिन फ्रेन्च रुपैंया) खर्च गरिरहेको थिइन । यसले आगोमा घ्यूको काम ग¥यो । जब सन् १७८९ मा राजा लुई सोह्रौले अतिरिक्त कर जनतामा लगाउने तयारी गर्न थाले । त्यसको विरुद्धमा जनताले स्वतन्त्रता, समानता र भातृत्वको लागि आन्दोलन सुरु गरे । जसलाई फ्रेन्च महिलाहरुले पनि पेरिसबाट भर्साय राजमहलसम्म पैदल मार्च गरेर साथ दिए ।

सन् १७९३ मा राजा लुई सोह्रौलाई मृत्युदण्डको सजाय दिएर फ्रान्स गणतान्त्रिक राष्ट्र भयो । तर क्रान्तिकारी नेताहरुले देशको आन्तरिक व्यवस्थापन तथा छिमेकी देशहरुसँग राम्रो सम्बन्ध स्थापित हुन नसक्दा फ्रान्सको संक्रमणकाल लम्बिदैं गयो र देश दिशाहिन हुँदै गयो । जसको फलस्वरुप सेनाको जनरल नेपोलियन बोनापार्टले सन् १७९९ मा आफुलाई फ्रान्सको सम्राट घोषणा गरे ।

कुनै पनि क्रान्ति एकै दिनमा हुदैंन । क्रान्ति भनेको जनताहरुले सामूहिक रुपमा गरेको विद्रोहको विस्फोटक स्वरुप हो । क्रान्ति हुनको लागि तत्कालिन समयको सामाजिक, आर्थिक र बौद्धिक चेतनाको स्तरबाट प्रभावित भएको हुन्छ । फ्रेन्च क्रान्ति पनि यी तिन कुराको त्रिवेणीको संगमबाट भएको थियो । यी तीन कुराहरु यस प्रकार छन् :

सामाजिक कारण : सन् १७८० को दशकमा फ्रान्सको जनसंख्या दुई करोड सत्तरी लाखको हाराहारी थियो । फ्रान्सको समाजलाई तिन वर्गमा विभाजन गरिएको थियो । पहिलो वर्गलाई क्लर्जी अर्थात फस्ट स्टेट भनिन्थ्यो । यसमा पादरीहरु पर्दथे । जुन त्यतिबेलाको जनसंख्याको एक प्रतिशत जति थिए । त्यतिबेला राज्य संचालनमा राजा र चर्चको पादरीहरुको प्रत्यक्ष भूमिका हुन्थ्यो । राजाको ईश्वरीय अधिकारको सिद्धान्त अनुसार राजालाई ईश्वरले राज्य संचालन गर्न तथा पादरीहरुलाई धर्मको सुरक्षार्थ पठाएको भन्ने मान्यता स्थापित थियो । पादरीहरुले धार्मिक करको रुपमा जनताहरुसँग दश प्रतिशत कर असुल गर्दथे । जसलाई टाइथ भनिन्थ्यो ।

अर्को वर्गमा नोबेलिटी अर्थात कुलिनहरु पर्दथे । उनीहरु राजपरिवारका नातेदार तथा जमिनदारहरु थिए । त्यतिबेला उनीहरुको संख्या दुई प्रतिशत जति हुन आउथ्यो । नोवेलिटीहरुले जनताहरु पच्चिस प्रतिशत कर असुल गर्दथे । किनभने देशभरीको जमिनहरुको मालिक यिनीहरु नै थिए । नोविलिटीहरुले लिने करलाई टाइल भनिन्थ्यो ।

तेस्रो वर्गमा सर्वसाधारण जनता जसमा किसान, साना व्यापारी तथा कर्मचारीहरु थिए जसलाई पिजन्ट भनिन्थ्यो । पिजन्टहरुले सरकारलाई पनि कर तिर्नु पथ्र्यो । तर पादरीहरु तथा नोवेलिटीहरुले राजालाई नगन्य मात्रामा कर तिर्दथ्यो । राजा, पादरी, नोवेलिटीहरुले जनताहरुको चरम शोषण गरिरहेका थिए । सन् १७८० को दशकमा फ्रान्स चरम ऋणमा डुबेको थियो । तर राजाले भने तेस्रो वर्गलाई करको भार बढाएर ऋणको बन्दोबस्त गर्ने विचार गरे । तर त्यतिबेलाका अर्थमन्त्री जेकस नेकरले पादरीहरु तथा नोवेलिटीहरुलाई पनि करको दायरामा ल्याउनु पर्ने प्रस्ताव राजालाई गरे । यो प्रस्तावलाई पहिलो दुई वर्गले मान्ने कुरै भएन । जसको फलस्वरुप राजा लुई सोह्रौंले एक सय पचहत्तर वर्षमा पहिलो पटक स्टेट जनरलको आव्हान गर्दछन् । स्टेट जनरलको पूर्ण संख्या बाह्र सय थियो । जसमा तिन सय पादरीहरु, तिन सय नोवेलिटीहरु तथा छ सय पिजन्टहरु थिए । तर एक वर्गको एउटा मात्र भोट हुन्थ्यो ।अर्थात पादरीहरु र नोवेलिटीहरुमिले भने तेस्रो वर्ग अर्थात् पिजन्टहरुले बढि कर तिर्नु पर्ने हुन्थ्यो । राजाले पनि स्टेट जनरललाई रबर स्टाम्पको रुपमा प्रयोग गर्न चाहेका थिए । यो कारणले जनताहरुलाई आन्दोलित हुन उद्देलित गरायो ।

आर्थिक कारण : सत्रौं, अठारौं शताब्दीतीर फ्रान्स र ब्रिटेन विश्वमा ठुला औपनिवेशक शक्तिको रुपमा रहेका थिए । आफ्नो देशको शक्ति विस्तार गर्नको लागि दुबै देशहरु अनेकौं पटक युद्धमा होमिसकेका थिए । युद्ध आफैमा महङ्गो खेल हो । एउटा ठुलो युद्ध सन् १७५६ देखि सन् १७६३ सम्म भएको थियो । यसलाई सेभेन इअर्स अफ वारको नामले पनि चिनिन्छ । धेरै ईतिहासकारहरुले यो युद्धलाई प्रथम विश्वयुद्धको रुपमा चित्रण गरेका पनि छन् । किनभने त्यतिबेलाका औपनिवेशिक राष्ट्रहरुले एक अर्कासँग पाँचवटा महादेशमा युद्ध लडेका थिए । यो युद्ध पछि गएर अमेरिकी स्वतन्त्र संग्राम र फ्रेन्च क्रान्ति हुनको कारण भयो । फ्रान्सले ब्रिटेनसँग पेरिस सन्धि ग¥यो । यो सन्धि अन्तरगत फ्रान्सले धेरै भू–भागहरु गुमाउनु प¥यो । यो एउटा शर्मनाक सन्धि थियो । नेपालको हकमा यसलाई सन् १८१६ मा सुगौली सन्धिसँग तुलना गर्न सकिन्छ । अंग्रेजसँग भएको सुगौली सन्धिमा पनि नेपालले धेरै भू–भाग गुमाउनु परेको थियो ।

त्यतिबेला फ्रान्सका राजा लुई पन्ध्रौं थिए जो राजनैतिक तथा आर्थिक मामिलामा साह्रै कमजोर थिए । युद्धमा भएको पराजयले आर्थिक रुपमा शिथिल र कमजोर भएको फ्रान्सका राजाले ब्रिटेनसँग बदला लिनको उत्तरी अमेरिकामा भईरहेको स्वतन्त्रता आन्दोलनलाई आर्थिक रुपमा मलजल गर्न थाले । सन् १७७४ मा लुई पन्ध्रौंको निधन भयो र नयाँ राजा अठार वर्षका लुई सोह्रौं भए । उनले पनि आफ्नो बुवाको नितिको पालना गरे ।सन् १७७६ मा अमेरिकाको तेह्र राज्यहरुले स्वतन्त्रताको घोषणा गरे । ब्रिटेनपराजित भएर अमेरिकाबाट बाहिरियो । फ्रान्सले ब्रिटेन पराजित भएकोमा आत्मरती लिनु बाहेक केही प्राप्त गरेन ।

राजा लुई सोह्रौंले सन् १७७४ मा रोबर्ट जेक टुर्गोलाई फ्रान्सको अर्थमन्त्री बनाए जो एडम स्मिथका प्रशंसक र साथी थिए । टुर्गो एडम स्मिथको श्रमको विभाजन, स्वतन्त्र बजार र लेसेज फेयरको सिद्धान्त फ्रान्समा अवलम्बन गरे । लेसेज फेयर सिद्धान्तको अर्थ सरकारले बजारलाई स्वतन्त्र छोड्नु पर्छ । बजार आफैले माग र पूर्तिमा सामञ्जयसता कायम गरेर ठिक मूल्य निर्धारण गर्दछ भन्ने थियो । तर स्वतन्त्र बजार नीति कार्यान्वयन भए पछि फ्रान्समा उत्पादन भएको खाद्यान्नहरुलाई ठुला व्यापारीहरुले संग्रह गरेर मूल्यबृद्धि गरि दिए । फ्रान्समा हाहाकारको अवस्था श्रृजना भयो । टुर्गोले यो नियम लगाउनु भन्दा पहिले सरकारको खाद्यान्नहरुको वितरणमा प्रत्यक्ष भूमिका हुन्थ्यो । एक ठाउँमा उत्पादन कम भए देशको अर्को स्थानबाट ल्याएर समस्याको समाधान गरिन्थ्यो ।

टुर्गोको स्वतन्त्र बजार नीति असफल भएपछि उनले राजालाई पादरीहरु र नोवेलिटीहरु माथि पनि करको दायरा ल्याउनु पर्छ भन्दा टुर्गोलाई अर्थमन्त्रीका पदबाट हटाइयो । किनभने राजा पनि पादरीहरु तथा कुलीन वर्गको पक्षमा नै हुन्थे । जनताको पिरमर्काको खासै चिन्ता लिएको देखिदैन्थ्यो ।

ब्रिटेनले सन् १७७८ मा फ्रान्स माथि फेरी आक्रमण ग¥यो । यो लडाई सन् १७८३ सम्म चल्यो । यो युद्धले फ्रान्सलाई लगभग कंगालीको अवस्थामा पु¥यायो । ऋणको भारले नराम्रोसँग थलियो । फ्रान्सले आफ्नो राष्ट्रिय आम्दानीको पचास प्रतिशतभन्दा बढि ऋण र व्याज तिर्नमा जान थाल्यो । किसानहरु मर्कामा परे पनि राजा, पादरीहरु र कुलीन वर्गहरुको जिवन विलासितामा यापन भईरहेको थियो । तर जनतामा भने विद्रोहको विउ अंकुरीथ हुँदै थियो ।

बौद्धिक कारण : सन् सत्रौं अठारौं शताब्दीलाई एज अफ इनलाइटमेन्ट पनि भनिन्छ । यो समयका बौद्धिक वर्ग तथा दार्शनिकहरुले पुस्तक तथा पत्रिकाहरुमा लेखेर सर्वसाधारणहरुलाई सोच्न, बुझ्न, प्रश्न गर्न, तर्क गर्न जागरुक गर्दै थिए । यो ज्ञानको ज्योति पश्चिम यु्रोपबाट शुरु भएर बाँकी विश्वभर फैलिन पुग्यो ।

सन् १६३२ मा ग्यालीलियो ग्यालिलीले आफ्नो टेलिस्कोपबाट पत्ता लगाएकी सूर्य हैन पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । त्यतिबेलाका चर्चका पादरीहरुले यसको चर्को विरोध गरे । किनभने त्यतिबेला बाइबलमा लेखिएको थियो कि सूर्यले तथा अरु पाँचवटा ग्रहहरुले पृथ्वीको परिक्रमा गर्दछन् । सन् १७०० सम्म पृथ्वी तथा अरु पाँच वटा ग्रहहरु मात्र पत्ता लागेका थिए । त्यतिबेला बाइबलमा लेखिएको कुरालाई अकाट्य मानिन्थ्यो । जसको फलस्वरुप ग्यालिलियो आजिवन कारावास बस्नु प¥यो । समयान्तरालमा ग्यालिलियोको दावी सत्य सावित हुन गयो । त्यसपछि बाइबलमा लेखेको कुरामा पनि प्रश्न उठाउन सकिन्छ भन्ने कुरा शुरु हुन थाले ।

त्यसैगरि फ्रेन्च दार्शनिक रेने डेकार्टेसले भने “म सोच्न सक्छु, त्यसैले म यहाँ छु ।”भोल्टेयर नामक दार्शनिकले अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रताको कुरा उठाए भने मोन्टेस्क्यूले शक्तिको पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तरगत चर्च र राज्य अलग हुनुपर्छ भनेर समाजलाई जागरुक बनाउँदै लगे ।

जोन लकले राजाको ईश्वरी अधिकार सिद्धान्त माथि प्रश्न गरे । राजालाई कसले हामी माथि शासन गर्ने अधिकार दियो । यदि राजालाई शासन गर्ने चाहना छ भने जनताको जनमत लिनु पर्छ । जोन ज्याक रुसोले मान्छे स्वतन्त्र जन्मिन्छ तर जता पनि किन जंजिरमा बाँधिएको छ भनि प्रश्न गरे ।

जर्मन दार्शनिक इमानुएल कान्टले ईश्वरले संसार बनाएको होलान् तर अब ईश्वरले हस्तक्षेप गर्न छोडिसक्नु भयो । यदि ईश्वरलाई प्राप्त गर्नु छ भने आफ्नो तर्क र दिमागको प्रयोग गर्नुपर्छ भनेर उत्प्रेरित गर्नु भयो ।

यी सबै कुराहरु फ्रान्सका जनता माझ पनि पुगिरहेको थियो । गरिबी र अन्यायपूर्ण कर नितिबाट पिडित जनताहरुले असंवेदनशील राजाशाहीको विरुद्धमा क्रान्तिको विगुल बजाउन बाध्य भए । यी तिनै कारणहरुको समिश्रणले गर्दा जनताहरुलाई वारपारको लडाईको लागि तयार हुन जागरुक गरायो । स्टेट जनरलमा रुष्ट भएका तेस्रो वर्गका छ सय सदस्यहरु बैठक छोडेर नजिकैको टेनिस कोर्टमा गए र नयाँ नेशनल एसेम्बली बनाउने प्रण गरे । जो पछि टेनिस कोर्ट ओथको रुपमा प्रख्यात भयो । पिजन्टहरुको नेशनल एसेम्बली बनाउने मागलाई केही युवा पादरीहरु र नोवेलिटिहरुले पनि साथ दिए । शुरुमा राजा लुई सोह्रौंले यो प्रस्ताव स्वीकार गरेका थिएनन् पछि जनताहरुको आक्रोशको अगाडि झुक्न बाध्य भए । नेशनल एसेम्बलीमा एक सदस्यको एक भोट गणना हुने व्यवस्था लागू भयो ।

नयाँ नेशनल एसेम्बली बनेपछि राजाको दायाँतिर राजतन्त्रलाई समर्थन गर्ने पादरीहरु, नोवेलिटीका सदस्यहरु बसे भने बायाँतिर क्रान्ति गरेर आएका स्वतन्त्रता र समानताको लागि लडेका प्रगतीशील तेस्रो वर्ग अर्थात पिजन्टका सदस्यहरु बसे। त्यसपछि राजाको दायाँ बस्ने यथास्थितिवादी र बायाँ बस्ने परिवर्तनकारी शक्ति हुन भन्ने भाष्य निर्माण भयो । समयसँगै यो मान्यता बाँकी विश्वमा फैलिदैं गयो । राइट विङ र लेफ्ट विङको राजनीतिक अवधारणाहरु विकास हुँदै गयो । पछि भारतीय विश्लेषकहरुले राइट विङलाई दक्षिणपन्थ तथा लेफ्ट विङलाई वामपन्थको रुपमा व्याख्या गरे ।

फ्रान्स भन्दा बाहिर जब यी अवधारणाहरु प्रसारित भए त्यतिबेलाका देशहरुले आफ्नो देशको परिस्थिति अनुसार यसलाई ग्रहण गरे । उदाहरणको लागि त्यतिबेला अमेरिकामा रंगभेद व्याप्त थियो । जसको फलस्वरुप काला जातिहरु वामपन्थी भए भने गोरा जातिहरु दक्षिणपन्थी भए । यता नेपाल, भारतमा त्यतिबेला समाज जातजाति साथै धनी र गरीवमा विभाजित थियो । उच्च वर्गलाई दक्षिणपन्थीको रुपमा चित्रण गर्न सकिन्छ भने दलित तथा पिछ्डीएको वर्गलाई वामपन्थीको रुपमा हेन सकिन्छ । त्यतिबेलाको समाज दलित वर्ग धनी भएपनि समाजमा उसले उच्चको धनी बराबरको सम्मान पाउन गाह्रो थियो । वामपन्थ एउटा सिद्धान्त र विचारधारा थियो भने दक्षिणपन्थ त्यसको प्रतिक्रिया मात्र थियो । त्यसैले दक्षिणपन्थीहरुलाई प्रतिक्रियावादी पनि भनिन्छ । पछि विस्तारै दक्षिणपन्थलाई पनि सिद्धान्त र विचारधाराको रुपमा विकसित गर्न थालियो ।

दक्षिणपन्थी राजनीतिक विचारधाराले राष्ट्रियता, धर्म र संरक्षणवादलाई प्रमुख आधार मान्दछन् । देशको एउटा धर्म हुनुपर्दछ र चलिआएका रितीरिवाज, चलनको संरक्षण गर्नुपर्दछ भन्ने मान्यता राख्दछन् । समलिङ्गी विवाह, गर्भपतन, आप्रवासन नीतिमा कडा रुपमा प्रस्तुत हुन्छन् भने मृत्युदण्डलाई समर्थन गर्दछन् । महिलाहरुलाई अधिकार दिने मामिलामा अनुदार हुन्छन् । आर्थिक उदारवादको पक्षमा हुन्छन् । जसको अर्थ पूंजिपति व्यापारी तथा जनतालाई करको भार कम दिन्छन् । त्यसैले गर्दा दक्षिणपन्थी राज्य व्यवस्थामा स्टार्ट अफ व्यापारहरुलाई प्रोत्साहन गरिन्छ । किनभने यो विचारधाराले पूजिवादलाई समर्थन गर्दछ । राज्यले जनतासँग कम कर लिनु पर्दछ भन्ने मान्यता अन्तरगत काम गर्दछन् ।

अर्को तर्फ वामपन्थी राजनीतिक विचारधाराले स्वतन्त्रता, समानता, सामाजिक उदारवादलाई बढि प्राथमिकता दिन्छन् भने समलिङ्गी विवाह, गर्भपतन, आप्रवासनमा खुकुलो निति अवलम्बन गर्दछन् । महिलाहरुलाई अधिकार दिनुपर्छ भनेर प्रखररुपमा आवाज बुलन्द गर्दछन् । राज्य र धर्म अलग रहनु पर्दछ भन्ने मान्यता राख्दछन् भने देश धर्म निरपेक्ष हुनुपर्दछ, राज्यको कुनै धर्म हुदैंन भन्ने कुरामा विश्वास राख्दछन् । मृत्युदण्डको विरुद्धमा उभिन्छन् ।उत्पादनका साधनहरु जस्तै जमिन, कलकारखानाहरु सरकारको नियन्त्रणमा हुनु पर्दछ तथा शिक्षा र स्वास्थ्यलाई सरकारको प्रमुख जिम्मेवारी हो भन्ने रुपमा ग्रहण गर्दछन् । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधाहरु जनताहरुले निशुल्क पाउनुपर्छ भन्ने विचारधाराले प्रेरित हुन्छन् । त्यही हुनाले हुनेखाने जनता तथा पूँजिपतिहरुलाई बढि कर लगाएर विपन्न वर्ग तथा बृद्धबृद्धाहरुलाई सहायता गर्ने निती लिन्छन् । वामपन्थ र दक्षिणपन्थलाई आजकल यत्तिले मात्र व्याख्या गरेर पुग्दैन । कुन राजनीतिक पार्टी कतिसम्म वामपन्थी छ अथवा दक्षिणपन्थी छ भनेर थाहा पाउन स्केलमा व्याख्या गर्नु पर्ने हुन्छ । यदि स्केलको बिचलाई सेन्टर मान्ने हो भने सेन्टर टु लेफ्ट (वामपन्थ अथवा समाजवाद), सेन्टर टु फार लेफ्ट (घोर वामपन्थ) तथा अन्तिम विन्दु चाँहि अधिनायकवाद हुन्छ ।
अर्कोतर्फ स्केलको सेन्टर टु राईटलाई दक्षिणपन्थ भनिन्छ भने सेन्टरको फार राईटलाई घोर दक्षिणपन्थ भनिन्छ । यता स्केलको राईटको अन्तिम विन्दुलाई फाँसीवाद भनिन्छ ।

दुबै विचारधाराको अन्तिम रुप चाँहि एकदलिय तानाशाही नै हो । अधिनायकवादी वामपन्थको उदाहरणको रुपमा उत्तरकोरियालाई लिन सकिन्छ भने फाँसीवादी दक्षिणपन्थको उदाहरणको रुपमा हिटलर मुसोलिनीलाई लिन सकिन्छ ।
वामपन्थ र दक्षिणपन्थको उदाहरणहरु हेर्दाखेरी सबैभन्दा प्रष्ट रुपमा अमेरिका पार्टीहरु हुन् । डेमोक्रेटिक पार्टी समाजवादी वामपन्थी हो भने रिपब्लिकन चाँहि दक्षिणपन्थी पार्टी हो । बेलायतको लेबर पार्टी सेन्टर टु लेफ्टहो भने कन्जरभेटिभ चाँहि दक्षिणपन्थी पार्टी हो । डेनमार्कमा शोसियल डेमाक्रेट सेन्टर टु लेफ्ट पार्टी हो भने भेन्सत्रे पार्टी दक्षिणपन्थी पार्टी हो । त्यसैगरी डेनिस पिपुल्स पार्टी चाँहि घोर दक्षिणपन्थी हो ।

हाम्रो पडोसी देश भारतमा चाँही भारतीय जनता पार्टी दक्षिणपन्थी पार्टी हो भने कँग्रेस आई चाँही सेन्टर टु लेफ्ट समाजवादी पार्टी हो ।

नेपालको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी दक्षिणपन्थी हो भने नेपाली काँग्रेस सेन्टर टु लेफ्ट यानी वामपन्थी पार्टीको रुपमा नै पहिचान गर्न सकिन्छ । किनभने काँग्रेसले विश्वास गर्ने समाजवाद वामपन्थी विचारधारा अन्तरगत नै आउँछ । एमाले र माओवादी केन्द्र घोर वामपन्थी पार्टीहरु हुन् । यी दुबै पार्टीको कल्पना भनेको समाजवाद हुँदै साम्यवाद हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म आफ्नो कित्ता प्रष्ट गरेको छैन । रास्वपाको मुख्य नारा शुशासन र ईमान्दारितालाई बनाएको छ र कल्याणकारी राज्यको नै परिकल्पना गरेको छ ।

अहिले विश्व परिवेशमासेन्ट्रिष्ट पार्टी अर्थात मध्यमार्गी पार्टीहरु पनि बनिरहेका छन् । उदाहरणको लागि दुई पटक डेनमार्कको प्रधानमन्त्री भईसकेका लार्स लोक्के रासमुशनले सन् २०२१ मा मोडरेट पार्टी स्थापना गरे । त्यसैगरी अरविन्द केजरीवालले आम आदमी पार्टीलाई चाँहि मध्यमार्गी पार्टीको रुपमा व्याख्या गर्दछन् । केजरीवालले भन्ने गरेका छन् कि आम आदमी पार्टीले कट्टर राष्ट्रवाद, कट्टर ईमान्दारिता र सर्वजनहितायः को सिद्धान्त मान्दछ । पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनले सन् १९९२ मा डेमोक्रेटिक पार्टीलाई सेन्ट्रिष्ट पार्टीको रुपमा उभ्याउन चाहेका थिए ।

दक्षिणपन्थको आर्थिक उदारवादको नितीले देश विकास गर्न तथा देशमा कलकारखाना, रोजगारीको वातावरण बनाउनमासहयोग गर्छ भने वामपन्थको सामाजिक वितरण, न्याय, सेवा सुविधामा सबैको पहुँच जस्ता विचारधारा मनन योग्य छन् ।

पहिले पहिले संसारमा राजाहरुको शासन थियो यानी दक्षिणपन्थी शासन व्यवस्था थियो । आफ्नो राज्यसत्ता टिकाउनको लागि जनताहरुको कल्याण, हकहितको लागि काम गर्नुपर्ने बाध्यता थियो । अहिले पनि अरब देशहरुमा राजा, सुल्तानहरु छन् जहाँ जनताहरुले राम्रो सेवासुविधाहरु प्राप्त गरेका छन् । कर तिर्नु पर्दैन तर नागरिकको रुपमा पाउनु पर्ने अभिव्यक्तिको स्वतन्त्रता, महिला अधिकारबाट बञ्चित भएर बस्नु परेको छ ।

दक्षिणपन्थ पूँजिवादबाट प्रभावित छ भने वामपन्थ चाँही समाजवाद र कम्यूनिष्ट विचारधाराबाट प्रभावित छ ।

पूँजिवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमता अनुसार काम गर्छ भने प्रतिफलमा आफ्नो पूँजिको आधारमा प्राप्त गर्दछ । त्यो पूँजि पैसा, जमिनवा श्रम हुन सक्छ । त्यसैले पूँजिवादी शासनमा धनीहरुको प्रगति हुँदै जान्छ भने आफ्नो श्रम बेच्ने मजदूर वर्गले आफ्नो जिवन मात्र निर्वाह गर्ने वातावरण हुन्छ ।

१९ औं शताब्दीमा पूँजिपतिहरुले मजदूरहरुको शोाषण गरेको देखेर कार्ल माक्र्सले सन् १८४८ मा “कम्यूनिष्ट मेनिफेस्टो” तथा सन् १८६८ मा “दास क्यापिटल” लेखेर संसारका मजदूरहरुलाई एक हुन अभिप्रेरित गरे । कार्ल माक्र्स एउटा दार्शनिक थिए । उनले कम्यूनिष्ट विचारधाराको वकालत गरे जसमा वर्ग विहिन समाजको परिकल्पना गरिएको छ । जहाँ सबैलाई आवश्यकता अनुसार वस्तु प्राप्त हुन्छ । कमन पिपुलको शासन भन्ने अवधारणाबाट कम्यूनिष्ट विचारधारा आएको हो ।

कम्यूनिष्ट विचारधारामा व्यक्तिले आफ्नो क्षमता र योग्यता अनुसार काम गर्छ र आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा प्राप्त गर्दछ । यहि विचारधारा अन्तरगत लेलिनले रुसमा र माओले चीनमा शासन गरे । तर कार्ल माक्र्सले भने जस्तो समाजवाद हुँदै साम्यवाद प्राप्त भएन । दुबै देशले आर्थिक विकासको लागि कुनै न कुनै रुपमा पूँजिवादलाई स्वीकार गर्नु नै प¥यो । कम्यूनिष्ट विचारधारामा बढि योगदान गर्नेलाई पुरस्कृत गर्ने ठाउँ थिएन ।त्यसपछि समाजवादको अवधारणा आयो । समाजवादमा समाज प्रमुख हुन्छ । समाजवादमा व्यक्तिले आफ्नो योग्यता र क्षमता अनुसार काम गर्छ र प्रतिफलमा भने आफ्नो योगदानको आधारमा प्राप्त गर्दछ । यो विचारधारा बढि व्यवहारिक भएको हुनाले धेरै देशहरु अंगीकार गरे ।

सन् १९३० को दशकमा संसारमा द ग्रेट डिप्रेशन आयो । जसले विकसित देशहरुको अर्थतन्त्र तहसनहस भयो । यसको प्रमुख कारण त्यतिबेलाको बेलगाम पूँजिवाद थियो । अर्थशास्त्री जोन मेनार्ड किन्जले राज्यको अर्थतन्त्रलाई खुला रुपमा वा स्वतन्त्र छोड्नु हुँदैन । मौद्रिक निती र वित्तिय नीति प्रयोग गरेर सरकारले हस्तक्षेप गर्नुपर्छ भनेर सल्लाह दिए । र यसले राम्रो काम पनि ग¥यो ।

१९६० को दशकबाट स्क्यान्डिनेभियन देशहरु जस्तैनर्वे, डेनमार्क, स्विडेनले कल्याणकारी राज्यको अवधारणा अपनाए । कल्याणकारी राज्यमा पनि यी देशहरुले पूँजिवादलाई ठाउँ दिएको छन् भने जनताहरुको आधारभूत आवश्यकताको निशुल्क पूर्ति गरेका छन् ।

पूँजिपति, व्यापारी, रोजगारमा भएकाले उच्च कर तिर्नु पर्छ भने त्यही रकमले गुणस्तरीय निशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्दछन् ।पैतृक सम्पत्तिको हस्तान्तरण हुँदा राज्यले उच्च कर लिन्छ । कल्याणकारी राज्यको परिकल्पना यहाँ सफल भएको देखिन्छ । पूँजिवाद र समाजवादको मिश्रणबाट बनेको कल्याणकारी राज्यको सिद्धान्त एकदमै व्यवहारिक छ ।

अहिलेको सन्दर्भमा संसारमा धेरै देशहरुले समाजवाद, कल्याणकारी राज्यको पाईला पछ्याउने कोशिस गरेको देखिन्छ भने सँगसँगै धेरै देशहरुमा आफ्नो पहिचान, धर्म, आप्रवासन नीतिमा संकिर्ण हुँदै गएको देखिन्छ । यसको कारण विश्वको अहिलेको जनसंख्या आठ अरब छ भने स्रोत साधनहरु सिमित छन् । त्यसैले विश्वका धेरै राजनीतिक दलहरुलाई सिद्धान्तमा समाजवादी र वामपन्थी भए पनि व्यवहारमा दक्षिणपन्थी देखिनु पर्ने बाध्यता छ ।

दक्षिणपन्थीहरु आर्थिक विकासको लागि पर्यावरण र वातावरणको दोहन गर्न पनि पछि पर्दैनन् भने वामपन्थीहरु आर्थिक लाभको लागि पर्यावरण दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्दछन् । चरम औद्योगिकरणले गर्दा गएको सय वर्षमा पृथ्वीको डेढ प्रतिशत तापक्रम बढिसकेको छ । ग्लोबल वार्मिङ्गलाई नियन्त्रण गर्न सन् २०१६ मा प्रसिद्ध पेरिस एग्रिमेन्ट भएको थियो । धेरै देशहरुले आफ्नो सहमती जनाउँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जो दक्षिणपन्थी रिपब्लिकन पार्टीका थिए, उनले पेरिस एग्रीमेन्टले लागू गरेको शर्तहरु मान्न इन्कार गरेका थिए । अमेरिकालाई पेरिस एग्रिमेन्टबाट अलग गरेका थिए । पछिसन् २०२० मा जो वाइडन राष्ट्रपति हुँदा फेरी यो एग्रिमेन्टको पक्षमा अमेरिका उभिएको थियो । किनभने डेमोक्रेटिक पार्टीले सेन्टर टु लेफ्टको सिद्धान्तलाई मान्दछ । त्यसैले देशले अवलम्बन गरेकोराजनैतिक सिद्धान्त तथा नेतृत्वको क्षमता र दूरदर्शिताले त्यो देशको आगामी भविष्यको मार्गप्रशस्त गर्दछ ।

टेक्नोको नयाँ फोन स्पार्क ३० सी सार्वजनिक

काठमाडौं । टेक्नो नेपालले नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।
नेपाली बजारमा टेक्नोले ल्याएको स्पार्क ३० सी को सुरुवाती मूल्य १६ हजार ४ सय ९० रुपैयाँ (६ं१२८ जीबी भेरियन्ट) र ८ं२५६ जीबी भेरियन्टको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

खासगरी जेन जी कलेजका विद्यार्थी र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ ।

कम्पनीले ३० सेप्टेम्बरदेखि अनलाइन र अफलाइन दुवै माध्यममा स्पार्क ३० सी उपलब्ध हुने जनाएको छ । उसले स्पार्क ३० सीले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरेको छ ।

५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच क्षमताको ब्याट्री र १ सय २० हर्ट्ज डिस्प्ले रहेको स्पार्क ३० सीको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ ।

घट्स्थापनाकै दिन सुनचाँदीको मूल्य बृद्धि

काठमाण्डौं, १७ असोज ।
घटस्थापनकै दिन सुनचाँदीको मूल्य बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा सय र चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ ।

बिहीवार सुनको प्रतितोला मूल्य १ लाख १६ हजार ९ सय पुगेको छ । बुधवार सुनको प्रतितोला मूल्य १ लाख १६ हजार ८ सय रुपैया थियो ।

त्यस्तै बिहीवार प्रति तोला चाँदीको मूल्य १ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ३५ तोकिएको छ ।

छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।

अधिवक्ता रोचक जोशीले जोशीको तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले खारेज गरेको हो ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल खजीज मुसलमानको संयुक्त इजलासले निवेदकलाई गैरकानुनीरूपमा थुनामा राखिएको भन्न मिल्ने नदेखिँदा मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिलएको फैसला गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका जोशी कास्की प्रहरी हिरासतमा छन् ।

Surya-Darshan-(2)-1727881619.jpg

बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने तयारी

काठमाडौँ — नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ ।

रिट निवेदक सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले घिमिरेका बिरुद्ध दायर गरिएको मुद्दा फिर्ता लिने बताएका हुन् ।
सर्वोच्च अदालत प्रशासनले असोज १४ मा बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको पहिलो पेसी कात्तिक १ का लागि तोकिएको थियो । बार जनताको आवाज र लोकतन्त्रको हिमायती भएकोले यसको नेतृत्वका बिरुद्ध दायर गरिएको अवहेलनामा दिएको प्रतिबेदन फिर्ता लिएको जानकारी गराएका छन् ।

उनले कार्तिक १ मा अदालत खुलेको दिन मुद्दा फिर्ताको निवेदन दिने बताए ।

प्राकृतिक विपत्तिबाट बालबालिकालाई कसरी जोगाउने ?

नवीन पार्की । 

पछिल्लो समय प्राकृतिक प्रकोपहरू जस्तै बाढी, पहिरो, डुबान, आगलागी जस्ता घटनाहरू बारम्बार भइरहेका छन्  । शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा तयार नभएको हुँदा यी आपत्कालीन अवस्थामा बालबालिकाहरू सबै भन्दा धेरै जोखिममा पर्ने गर्छन् । बालबालिका सल्लाहकार र शिक्षकका रूपमा मैले आजका विद्यार्थीहरूमा शारीरिक स्फूर्ति र विपद्का समयमा जीवन रक्षाका लागि आवश्यक सीपहरूको कमी देखिरहेको छु।

बालबालिकामा आपत्कालीन सीपको कमी 

धेरै बालबालिका १–२ किलोमिटर हिँड्न पनि गाह्रो मान्छन्, दगुर्न सक्दैनन्, र बाढी–डुबानजस्ता विपद्को सामना गर्न असक्षम छन्। यो स्थिति खतरनाक मात्र होइन, दीर्घकालीन रूपमा बालबालिकाको शारीरिक र मानसिक विकासका लागि हानिकारक पनि छ। बाढीको बेलामा पौडिन जान्नुपर्छ भन्ने कुरा बालबालिकाको सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सीप हो, तर आजकल धेरै बालबालिकामा यस सीपको विकास हुन सकेको छैन।

शारीरिक स्फूर्तिका लागि प्राथमिक कदमहरू

बालबालिकालाई शारीरिक रूपमा बलियो बनाउन र प्राकृतिक प्रकोपसँग जुध्न सक्षम बनाउने केही उपायहरू हामीले बालबालिका सल्लाहकार र शिक्षकहरूको रूपमा अघि सार्न सक्छौँ :

१. विद्यालयमा हिँडेर जाने बानी

विद्यालय नजिकै छ भने बालबालिकालाई हिँडेर विद्यालय पठाउनुपर्छ। यसले उनीहरूको शारीरिक सहन शक्ति मात्र बढाउँदैन, उनीहरूलाई यात्राको समयमा विपद्को अवस्थामा सजग र सुरक्षित रहन सिकाउँछ।

२. साइकलको अनिवार्यता

बालबालिकामा स्टामिना र शारीरिक स्फूर्ति विकास गर्न साइकल चलाउन प्रोत्साहन गर्नु अत्यन्त आवश्यक छ। यसले न केवल उनीहरूको शारीरिक स्वास्थ्य सुधार गर्छ, तर उनीहरूलाई प्रतिकूल परिस्थितिमा शारीरिक रूपमा बलियो बनाउँछ। साइकल चलाउँदा शरीरका धेरै अङ्गहरूको प्रयोग हुन्छ, जसले गर्दा बालबालिकाको शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ।

३. पौडिन सिकाउनु

बालबालिकालाई पौडिन सिकाउनु एक अत्यावश्यक जीवन कौशल हो। स्विमिङ सेन्टरहरूमा बालबालिकालाई भर्ना गराउनु र विद्यालय वा पिकनिकमा उनीहरूलाई पौडिन प्रोत्साहन गर्नु एक दीर्घकालीन सुरक्षित उपाय हो। यो सीपले उनीहरूको आत्मविश्वास पनि बढाउँछ, जसले विपद्को बेला उनीहरूलाई सजग र साहसी बनाउँछ।

४. आपत्कालीन स्थितिका लागि मानसिक तयारी

बालबालिकालाई केवल शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि विपद्को सामना गर्न तयार बनाउनुपर्छ। कक्षा वा घरमा उनीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी जानकारी दिइनुपर्छ। कसरी सुरक्षित स्थानमा पुग्ने, कसरी सहायता माग्ने र आपत्कालीन परिस्थितिमा कसरी शान्त र संयमित रहने भन्ने कुरा उनीहरूलाई बुझाउन आवश्यक छ।

५. स्वास्थ्यकर जीवनशैली

सल्लाहकारका रूपमा, मैले देखेको छु कि शारीरिक गतिविधि, सन्तुलित आहार, र मानसिक स्वास्थ्यबारे सचेतना बालबालिकामा कम छ। अभिभावक र शिक्षकहरूको भूमिका यस क्षेत्रमा महत्त्वपूर्ण छ। बच्चाहरूलाई सानैदेखि स्वास्थ्यकर जीवनशैलीमा प्रेरित गर्नुपर्छ, जसले उनीहरूको इम्युनिटीलाई बलियो बनाउँछ र विपद्को समयमा उनीहरूलाई बलियो र सक्षम बनाउँछ।

निष्कर्ष

बालबालिकालाई प्राकृतिक प्रकोपहरूबाट जोगाउन र तिनको सामना गर्न तयार पार्न हामीले शारीरिक र मानसिक दुवै प्रकारको सीप विकास गर्नुपर्छ। अभिभावक र शिक्षकहरूले मिलेर बालबालिकालाई सुरक्षित जीवन जिउन र विपद्को सामना गर्न सिकाउनु अहिलेको आवश्यकता हो। बालबालिकालाई विपद्को सामना गर्न सक्षम बनाउनु भनेको तिनीहरूको भविष्य सुरक्षित गर्नु हो।

(लेखक: नवीन पार्की, बालबालिका सल्लाहकार र शिक्षक)

बुधबार रातिबाट डीभी आवेदन खुला

आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ । “हामी डीभी आवेदकहरूलाई सकेसम्म चाँडो आवेदन भर्न प्रोत्साहित गर्द छौँ,” दूतावासले भनेको छ ।

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्ने छन् ।

दूतावासले डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ । “अमेरिकी दूतावास तपाईंहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं आफैँ जिम्मेवार रहनुहुने छ,” दूतावासले भनेको छ ।

डीभीको लागि फारम अनलाइन भर्नुपर्ने छ । आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

एक जनाले व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउने छन् ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने छन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने दूतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले बताएको छ ।

डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन । डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित राख्न आग्रह गरिएको छ । “यो नम्बर नै तपाईंको स्टेटस चेक गर्ने एक मात्र तरिका हो । आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस्,” दूतावासले भनेको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा तोकिएको छ । राष्ट्र बैंकले बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५३ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

स्थानीय तह उपनिर्वाचनमा २६ दलद्वारा दर्ताको आवेदन

आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ दलले दर्ताका लागि निवेदन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार संसद्का प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीसहितका विभिन्न २६ दलले दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले १० असोजदेखि बुधबार (१६ असोज)सम्म समय तोकेर दल दर्ताका लागि आवेदन खुलाएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले बिहीबारबाट छानबिन गर्ने र योग्यता पुगेका दल दर्ता गर्ने बताए । सानो संख्यामा निर्वाचन हुन लागेको भए पनि धेरै दलबाट उत्साहजनक रूपमा दल दर्ताको आवेदन परेको उनको भनाइ छ । ‘स्थानीय तह उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि २६ दलले दर्ताका लागि आवेदन दिएका छन्् । सानो संख्यामा निर्वाचन हुन लागेको भए पनि दर्ताका लागि धेरैको संख्यामा दलहरूबाट दर्ताका लागि आवेदन आएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘आवेदनउपर छानबिन गरेर योग्यता पुगेका दललाई दर्ता गर्नेछौँ । दर्ताका लागि आवेदनको योग्यता नपुगेका दल निर्वाचनमा सहभागी हुन पाउनेछैनन् ।’

जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुन हुँदै छ । आयोगले यसअघि नै २ मंसिरमा उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार ३ मंसिरमा उम्मेदवारविरुद्ध उजुरी आह्वान, ५ मंसिरमा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट १३ मंसिरको राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।

निर्वाचन हुन लागेका ३९ स्थानमा ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २४ स्थान, माओवादीले पाँच, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका थिए । परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणको रूपमा हेरिएको छ । निर्वाचनमा दलहरूलाई स्थानीय तहमा आफ्नो जनाधार जोगाउने चुनौती छ ।

बाढी-पहिरो अपडेट : हालसम्म २३३ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं : शुक्रबार र शनिबार अबिरल वर्षापछि आएको बाढी पहिरोमा हालसम्म २३३ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २२ जना बेपत्ता भएका छन् भने १६९ जना घाइते भएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ।

लगातारको वर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो। यस्ता पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगा जिल्ला जोड्ने छोटो दुरीका सबै नाकाहरू बन्द जस्तै भएका छन्।

खासा–तातोपानी जोड्ने दुइटा पुल बाढीले बगाएको छ। तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ।

लगातारको वर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो। यस्ता पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगा जिल्ला जोड्ने छोटो दुरीका सबै नाकाहरू बन्द जस्तै भएका छन्।

खासा–तातोपानी जोड्ने दुइटा पुल बाढीले बगाएको छ। तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ।
तराईका  जिल्लासँग यातायातको सिधा सम्पर्कका लागि सुनकोसीका विभिन्न स्थानमा सातवटा पक्की पुलको  निर्माण थालिएको भए पनि सबै पुल अधुरा छन्। खोटाङ–उदयपुर जोड्ने फेक्सिङटारको पुल पनि सुनकोसीको बाढीले बगाएको छ। कतिपय सडक अवरुद्ध बनेका छन्।

बडादसैँ आजदेखि सुरु : आज घटस्थापना, घरघरमा जमरा राखिदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत बिहान ९:१६ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा  

यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ

विजयादशमीको साइत असोज २६ गते बिहान ११:३६ बजे  

नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

बेरुतमा इजरायली हवाई आक्रमण, पाँचजनाको मृत्यु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ ।  हिजबुल्लाहविरुद्ध इजरायली सेनाको कारबाहीमा परी पाँचजनाको मृत्यु भएको हो

आक्रमण जारी रहेको बीबीसीले जनाएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ । यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा रहेको बताइएको छ । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए ।

जलवायु परिवर्तनले नेपालमा पारेको असर र क्षतिपूर्तिका लागि प्रधानमन्त्री ओलीको जोड

न्युयोर्क — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र क्षतिपूर्तिका लागि संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७९औं महासभाको उच्चस्तरीय छलफलमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र यसको क्षतिपूर्तिका लागि ध्यानाकर्षण गरेका हुन् ।

उनले जलवायु परिवर्तनबाट नेपाल बढी प्रभावित भएको विश्व समुदायलाई बताए। उनले अगाडि भने,हामी जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर राष्ट्रहरूमध्ये एकको रूपमा खडा छौं र विश्वको २० औं सबैभन्दा प्रकोपको जोखिममा पारेको देशको रूपमा सूचीकृत गर्छौं ।

उनले प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन पृथ्वी, मानिस र सम्बृद्धिको लागि सबैभन्दा ठूलो खतराका रूपमा देखा परेको बताए ।

हिमालयले हिउँको भण्डारण गरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले त्यसले नेपालको सिमानाभन्दा पर तलसम्म फैलिएको अर्बौं मानिसहरूका लागि पानी उपलब्ध गराएको बताए । उनले भने, नेपालले आफ्नो वन, पहाड र नदीहरूमार्फत हाम्रो ग्रहको स्वास्थ्यमा ठूलो योगदान दिइरहेको छ । त्यसका बाबजुद पनि हामी जलवायु परिवर्तनको पीडा सहन जारी राख्छौं । यस सन्दर्भमा हामी जलवायु न्यायको लागि आह्वान गर्दछौं ।

ओलीले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले त्यसको व्यापक र आवश्यक प्रभावलाई सम्बोधन गर्न विश्वव्यापी कार्य र सहयोगी प्रयासहरूको माग रहेको बताए ।

दक्षिण कोरिया र नेपालको सम्बन्धले नयाँ उचाई चुम्ने राजदूत पार्कको दावी

काठमाडौँ — दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपाल र दक्षिण कोरियाको सम्बन्धले आगामि दिनमा नयाँ उचाई चुम्ने बताएका छन् ।

गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा मंगलबार दक्षिण कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत पार्क थेयङले नेपाल र अमेरिकाको ५० वर्ष लामो दौत्य सम्बन्ध अत्यन्त सौहाद्र्धपूर्ण रहेको बताउदै आगामि वर्षमा यो सम्बन्धले नयाँ उचाई चुम्ने बताए ।

राजदूत पार्कले दक्षिण कोरियाले मेड इन नेपाल, बिल्ड इन नेपाल, स्टार्टअप इन नेपाल, र नेपालसँग प्रत्यक्ष रुपमा जोडिएर समृद्ध नेपाल, सुखी नेपाली, भन्ने नारालाई साकार पार्न हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

उनले कोरियाले नेपालमा उत्पादन गर्ने प्रतिबद्धता जनाएर सामान उत्पादनको थालनी गरेको जानकारी दिए ।

गत वर्ष अप्रिल महिनामा सामसङ इलेक्ट्रोनिक्सको एसेम्बल लाइन सञ्चालनमा ल्याए पश्चात, लक्ष्मी हुन्डाईले पनि गत मे महिनाबाट नेपालमा अटोमोबाइल उत्पादनको लागि आफ्नो कारखाना सञ्चालनमा ल्याएको छ,राजदूत पार्कले भने आज, तपाईंहरू सबैले नेपाल-कोरिया साझेदारीमा मेड इन नेपालका मूर्त र दृश्य तथा परिणामहरू देख्न सक्नु हुन्छ। त्यसैगरी कोरिया गत आर्थिक वर्ष नेपालमा तेस्रो ठूलो वैदेशिक लगानीकर्ता (पेडअफ क्यापिटल)को रुपमा आफ्नो उपस्थिति जनाएको छ। मेड इन नेपाल भनेको लगानी, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि हो भन्ने लाग्छ। हामी अझ धेरै विषयमा साझेदारी गर्ने योजनाका साथ अगाडि बढेका छौं, ।

कोरियाली कम्पनीहरूलाई नेपालमा व्यापार व्यवसाय विस्तार गर्नका लागि नेपालसंग द्विपक्षीय लगानी सन्धिका लागि प्रयासरत रहेको र राम्रो एफडीआई अनुकूल वातावरण निर्माण गर्नका लागि प्रयत्नरत रहेको उनले जानकारी दिए ।

कोरियाले नेपालमा तीनवटा जलविद्युत आयोजना, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, सडक, अस्पताल, इनोभेसन हब सेन्टर, व्यावसायिक तालिम केन्द्र लगायतका पूर्वाधार निर्माण गरिरहेको छ ।

हामी नेपालमा थप प्रसारण लाइन निर्माणका साथै नेपाल प्रहरीका लागि अति आवश्यक साइबर अपराध ब्यूरो निर्माण कार्य पनि गरिरहेको छ । कोरिया पाँच वटा प्रदेशमा दक्ष जनशक्ति निर्माणका खातिर व्यावसायिक तालिम केन्द्रहरु निर्माणमा केन्द्रित रहेको पनि उनले जानकारी दिए ।

सन् २००७ बाट एक लाख भन्दा बढी नेपाली आप्रवासी कामदारहरूले ईपिएस प्रणाली मार्फत कोरियालीहरूसँग समान हैसियतमा कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन्। स्वदेश फर्किएकाहरूले आफ्नो भविष्य बनाउनुका साथै कोरियाबाट व्यवसाय सम्बन्धी आवश्यक सीपहरू सिके,राजदूत थेयङले भने, हामी कोरियाबाट सीप सिकेर व्यवसाय गर्ने अठोट लिएर फर्किएका कामदारहरूका लागि हामी उनीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न चाहन्छौं र नेपालमा आफ्नै व्यवसाय सुरुगर्नका लागि आवश्यक सहयोग गर्न चाहन्छौं।

राजदूत पार्कले दक्षिण कोरियाले नेपाल सरकार, कोरिया रिटर्नी एसोसिएसन र कोइकासँग मिलेर काम गरिरहेको जानकारी दिदै भने, यसले नेपालमा स्टार्टअपका लागि मद्दत पुग्ने हाम्रो विश्वास छ ।

उनले हाल नेपालमा ३ हजारभन्दा बढी कोरियन स्वयंसेवकले नेपालका विभिन्न क्षेत्रमा आफ्नो अनुभव साटासाट गरिसकेको सुनाए ।

राजदूत पार्कले वार्षिक रुपमा ३० हजारको हाराहारी कोरियाली पर्यटकहरु नेपाल घुम्न आउने गरेको चर्चा गर्दै कोरियनहरुको नेपाल प्राथमिकतामा पर्ने सुनाए ।

उनले कोरियामा अध्ययन अनुभव भएका करिब २,५०० नेपाली छात्रवृत्ति प्राप्त व्यक्तिहरुले कोरिया र नेपाललाई जोड्न बलियो भूमिका खेलिरहेको बताए ।

कोरियाले विभिन्न क्षेत्रहरूमा गर्दै आएको सहयोगको दायरालाई फराकिलो गर्नका लागि नेपाल सँगै सदैव समन्वय गरिरहने छ,उनले भने, कोरियाले सन् २०२६ मा एलडीसीबाट उत्तीर्ण हुने तयारीमा रहेको नेपालको साझेदारको भूमिका लागि थप प्रगाढ गर्ने छु ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव समेत उपस्थित कार्यक्रममा राजदूत थेयङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

दक्षिण कोरियाका राजदूत थेयङको वक्तव्य

आज गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महनुभावहरुलाई धन्यवाद टक्र्याउंछु।
आज यस विशेष कार्यक्रममा उपस्थित भएर गरिमा बढाई दिनु भएकोमा सम्माननीय प्रमुख अतिथि उपराष्ट्रपति यादवज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु।

आज यहांहरु संगै राष्ट्रिय दिवसको रुपमा मनाउंदै गर्दा वि.सि.२३३३ ईसा पूर्वमा कोरियाली प्रायद्वीपमा पहिलो राष्ट्र (राज्य)को रुपमा स्थापना भएको दिनलाई स्मरण गर्दै राष्ट्रिय दिवस मनाउंदै आएका छौं। म तपाईसँग यस सुखद क्षणलाई संगै मनाउन पाउँदा अत्यन्त खुसी छु।

आदरणीय उपस्थित अतिथिज्यूहरु,
यो वर्ष कोरिया र नेपालका लागि विशेष वर्ष रहेकोछ। हामी दुई देशबीच सन् १९७४मा कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पुगेको महत्वपूर्ण वर्ष हो भन्ने लाग्छ। यो एक साँच्चै अद्भुत र रमाइलो यात्रा भएको छ। यस अर्धशतवार्षिक समारोहमा, आगामी ५० वर्षको लागि तयारी गर्दै, म भविष्यमा हाम्रो मित्रता र सहयोग विस्तार गर्ने प्रतिबद्धता गर्न चाहन्छु। म हाम्रो प्रतिबद्धतालाई चारवटा नाराद्वारा उल्लेख गर्न चाहन्छु।

पहिलो मेड इन नेपालस् कोरियाले नेपालमा उत्पादन गर्ने प्रतिबद्धता जनाएर सामान उत्पादनको थालनि गरेको छ। गत वर्ष अप्रिल महिनामा सामसङ इलेक्ट्रोनिक्सको एसेम्बल लाइन सञ्चालनमा ल्याए पश्चात, लक्ष्मी हुन्डाईले पनि गत मे महिनाबाट नेपालमा अटोमोबाइल उत्पादनको लागि आफ्नो कारखाना सञ्चालनमा ल्याएको छ। आज, तपाईंहरू सबैले नेपाल९कोरिया साझेदारीमा मेड इन नेपालका मूर्त र दृश्य तथा परिणामहरू देख्न सक्नु हुन्छ। त्यसैगरी कोरिया गत आर्थिक वर्ष नेपालमा तेस्रो ठूलो वैदेशिक लगानीकर्ता (पेडअफ क्यापिटल)को रुपमा आफ्नो उपस्थिती जनाएको छ। मेड इन नेपाल भनेको लगानी, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि हो भन्ने लाग्छ।हामी अझ धेरै विषयमा साझेदारी गर्ने योजनाका साथ अगाडी बढेका छौं। लक्ष्य हासिलका खातिर कोरियाली कम्पनीहरूलाई यहाँ व्यापार व्यवसाय विस्तार गर्नका लागि नेपालसंग द्विपक्षीय लगानी सन्धिका लागि प्रयासरत छौं र हामी राम्रो एफडीआई अनुकूल वातावरण निर्माण गर्नका लागि प्रयत्नरत छौं।

दोश्रो, नेपालमा निर्माण साझेदारीः कोरियाले नेपालमा तीनवटा जलविद्युत आयोजना, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, सडक, अस्पताल, इनोभेसन हब सेन्टर, व्यावसायिक तालिम केन्द्र लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। हामी नेपालमा थप प्रसारण लाइन निर्माणका साथै नेपाल प्रहरीका लागि अति आवश्यक साइबर अपराध ब्यूरो निर्माण कार्य गर्दै छौं। त्यसैगरी गणतन्त्र कोरिया सरकारले पाँच वटा प्रदेशमा दक्ष जनशक्ति निर्माणका खातिर व्यावसायिक तालिम केन्द्रहरु निर्माणमा केन्द्रित रहेका छौं।

तेस्रो, नेपालमा स्टार्टअपको शुरुवात सन् २००७ बाट एक लाख भन्दा बढी नेपाली आप्रवासी कामदारहरूले ईपिएस प्रणाली मार्फत कोरियालीहरूसँग समान हैसियतमा कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन्। स्वदेश फर्किएकाहरूले आफ्नो भविष्य बनाउनुका साथै कोरियाबाट व्यवसाय सम्बन्धी आवश्यक सीपहरू सिके। हामी कोरियाबाट सीप सिकेर व्यवसाय गर्ने अठोट लिएर फर्किएका कामदारहरूका लागि, हामी उनीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न चाहन्छौं र नेपालमा आफ्नै व्यवसाय सुरुगर्नका लागि आवश्यक सहयोग गर्न चाहन्छौं। त्यसका लागि हामीले नेपाल सरकार, कोरिया रिटर्नी एसोसिएसन र कोइकासँग मिलेर काम गरिरहेका छौं र यस्ले नेपालमा स्टार्टअपका लागि मद्दत पुग्छ भन्ने हाम्रो बुझाई रहेको छ।

अन्तमा, नेपालसँग प्रत्यक्ष जोडिएका छौंस् कोरियाले नेपालसँग जनस्तरको आदानप्रदान बढाएको छ। इपिएस प्रणालीको बारेमा सबेलाई जानकारीनै छ। हाल नेपालमा ३,००० भन्दा बढी कोरियन स्वयंसेवकले नेपालका विभिन्न क्षेत्रमा आफ्नो अनुभव साटासाट गरिसकेका छन्। वार्षिक ३०,००० हाराहारी कोरियाली पर्यटकहरु नेपाल घुम्न आउने र कोरियामा अध्ययन अनुभव भएका करिब २,५०० नेपाली छात्रवृत्ति प्राप्त व्यक्तिहरुले कोरिया र नेपाललाई जोड्नका बलियो भूमिका खेलिरहेका छन्। हाल कोरियामा करिब ७० हजार नेपाली बस्दै आएका छन्। म विश्वस्त छु कि हामी आगामी वर्षहरूमा जनस्तरको आपसी सम्बन्धले नयां उचाई चुम्ने छ।

मेड इन नेपाल, बिल्ड इन नेपाल, स्टार्टअप इन नेपाल, र नेपालसँग प्रत्यक्ष रुपमा जोडिएर समृद्ध नेपाल, सुखी नेपाली, भन्ने नारालाई साकार पार्न हातेमालो गर्ने छौं।

 

 

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली र काठमाडौंको जित कायम

काठमाण्डौं, १७ असोज ।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) मा कर्णाली यश्विजले लगातार तेस्रो जित निकाल्दा काठमाडौं स्पाइकर्ससँगले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार कर्णालीले ललितपुर क्विन्सलाई सोझो सेटको हरायो । कर्णालीले यो सहित लगातार तेस्रो जित निकालेको हो । यो जितसंगै कर्णाली लिगमा अगाडि छ ।

कर्णालीले २५–२२, २५–२२, २९–२७ को सनसनीपूर्ण सेटमा जित निकालेको हो । सलिना श्रेष्ठको कप्तानीमा रहेको ललितपुरले यसअघि दुई खेल जितेको थियो ।

गण्डकी थन्डर्सको पराजय यात्रा बुधबार पनि रोकिएन । गण्डकीले काठमाडौं स्पाइकर्ससँगको खेल ३–१ सेटमा गुमाएको थियो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले २५–२३, १९–२५, २५–२१, २५–१६ को सेटमा खेल जित्यो । काठमाडौंको यो दोस्रो जित हो ।

टी २० आई सिरिजमा ओमानमाथि नेपालको जीत

काठमाडौं, १७ असोज–

नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा ओमानलाई ५६ रनले पराजित गरेको छ ।
कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमाथि जीत हात पारेको हो । यो जीतसंगै नेपालले उपाधी जित्ने संभावना कायम रहेको छ ।

१५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी १, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भए । ओमानका फयाज बटले, ३ कलिमुल्लाह, सकिल अहमद र अकिब इलियासले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुग्यो ।

नेपाल ४ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो ।

ओमान १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । बिहीबार ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा ओमान विजयी भएमा नेटरनरेटका कारण नेपाल च्याम्पियन बन्ने समिकरण देखिन्छ । नेपालले अव क्यानडा ए सँग ४, ६ र ८ अक्टोबरमा तीन एकदिवसीय अभयास खेल खेल्नेछ ।

खोज्नुहोस