संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश हुने

काठमाडौं, ७ कात्तिक ।

महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी हिउँदे अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश गर्ने बताएका छन् ।

बुधवार काठमाण्डौंमा बिगो निर्धारण सम्बन्धि कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाइएको बताए।

महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धि मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरुले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको बताए । उनले ‘फौजदारी कार्य विधि संहिता, अपराध संहितामा हामी संशोधनको प्रक्रियामा रहेको जानकारी दिए । केही समय पछाडि हिउँदे अधिवेशन भित्रको अवधिसम्ममा त्यसमा संशोधनको प्रस्ताव संसदमा गईसक्नुपर्छ भन्ने हामीलाई लागेको छ, उनले भने, हामीले कानून मन्त्रालयसँग त्यही अनुसारको आग्रह गरेका छौ ।

शेयर बजार २० दशमलव ४१ अङ्कले घट्यो

काठमाण्डौ,७ कात्तिक ।

शेयर बजार परिसूचक नेप्से आज(बुधवार) फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ । आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ ।

आज माहुली लघुवित्त र हिमालयन बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटेको दिन आज आइसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समृद्धी फाइनान्सको शेयर पनि नौ प्रतिशत भन्दा धेरैले बढ्यो ।

नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

मंसिर १ देखि मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षण पुनः सुरु हुने

काठमाडौं,६ कात्तिक।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।

सन् २०२६ मा जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले गत आर्थिक वर्षमा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको बताए ।
कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन ।सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

 

गुणस्तरीय शिक्षाको लागि पनि संविधान संशोधन आवश्यक : पूर्व मन्त्री देउवा

कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने  अवस्था रहेको बताएका छन् । कैलालीको धनगढीमा दुई दिनसम्म सञ्चालन भएको नेपाल शिक्षक सङ्घ महासचिव र सचिव स्तरीय राष्ट्रिय भेला समापन समारोहका पूर्व मन्त्री देउवाले देशका ठुला दुई दल मिलेर सरकार सञ्चालन गर्नुको एउटा उद्देश्य संविधान संशोधन पनि रहेको बताएका थिए ।
शिक्षामा पनि थुप्रै समस्या रहेको भन्दै संविधान संशोधन मार्फत ती समस्याहरू हल गर्नुपर्नेमा उनले जोड दिए ।
‘अहिले नेपाली काँग्रेस र नेकपा (एमाले) दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार सञ्चालन भइरहेको छ । दुई राजनीतिक दलका बिचमा राष्ट्रिय  हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिने र संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेको सबल र दुर्लभ पक्ष तथा जटिलताको समीक्षा गरि राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने कुरा छ ’ उनले भने, ‘अहिले शिक्षाको लागि आवश्यक संविधान संशोधन गर्नु पर्ने कार्यको लबिङ शिक्षक सङ्घले  खेल्नु पर्छ भने नेतृत्वदायी भूमिका नेपाली काँग्रेसले खेल्नु पर्छ । म यसका लागि  प्रयास गर्नेछु ।’
२०२८ सालको शिक्षा ऐनलाई सङ्घीय संरचना अनुसार संशोधन गरी गर्न,  अस्थायी, करार, राहत, बाल विकास, साबिक उच्च मावि, प्राविधिक धार, विद्यालय कर्मचारीलाई  सबैलाई एक पटकलाई आवश्यक प्रबन्ध गरि स्थायी गरि एकै थरीका शिक्षकको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानलाई सांसदबाट परिमार्जन गरेर अघि बढ्ने  सहमति अनुसार अगाडी बढ्नु पर्नेमा उनले जोड दिएका थिए  ।
गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार भन्ने मूल नाराका साथ मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सम्मेलन समारोह समापनमा उपस्थित पूर्व मन्त्री देउवाले राष्ट्रिय सम्मेलनले नवीनतम ऊर्जा  र उत्साह थपेको विश्वास व्यक्त गरेका थिए ।
‘यो ऊर्जा र उत्साहलाई सङ्गठन,आफ्नो पेसा र समाजमा सकारात्मक भावना विकास गराउनु हुनेछ . यही अठोट, ऊर्जा र उत्साह लिएर धनगढीबाट फर्किँदै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । साथै यहाँहरूले सार्वजनिक गर्नु भएको धनगढी घोषणापत्रको कार्यान्वयनमा लागु हुनेछ भन्ने विश्वास लिएको छु ’ उनले भने ।
महासचिव र सचिव स्तरीय राष्ट्रिय भेलामा शिक्षक नेपाल शिक्षक सङ्घका सङ्घीय अध्यक्ष सोमनाथ गिरि, महासचिव तथा सङ्गठन विभाग प्रमुख ज्ञानेन्द्र रावल,   सङ्घीय पदाधिकारी, प्रदेश अध्यक्ष तथा पदाधिकारी,  जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रदेशका राजनीतिक नियुक्तिमा मुख्यमन्त्रीको चासो, गठन आदेशका समिति खारेज गर्ने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले गर्ने नियुक्तिका विषयमा चासो राखेका छन् ।

सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री, राज्यमन्त्री, सत्ता पक्षका दलका नेता र प्रमुख सचिवसहितको छलफलमा मुख्यमन्त्री शाहले राजनीतिक नियुक्तिका विषयमा चासो राखेका थिए ।

मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापालाई सम्बन्धित मन्त्रालयबाट भएका नियुक्तिहरूको समय अवधिबारे जानकारी मागेका थिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापाले आफ्नो मन्त्रालयमा दुग्ध विकास समितिमा नियुक्त गर्ने व्यवस्था भएपनि अझै नियुक्त नभएको बताएका थिए भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री चौधरीले खप्तड विकास समिति, रामारोशन, वैद्यनाथ र बडिकेदारको विषयमा बारेमा जानकारी गराएका थिए ।

मन्त्री चौधरीले रामारोशनको समितिको निर्धारित समय सकिएको भन्दै खप्तड र वैद्यनाथको पनि अन्तिमतिर रहेको मुख्यमन्त्रीलाई जानकारी गराए । बडिकेदारको भने आगामी वर्षसम्म समय रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहले पर्यटन वर्डको परिकल्पना गरेर अगाडी बढ्न सुझाव दिएका थिए । मन्त्री चौधरीले मुख्यमन्त्री शाहलाई संघीय वन ऐनले सुदूरपश्चिम प्रदेशका उद्योग धराशायी हुने अवस्था बारे पनि जानकारी गराएका थिए ।

‘सामुदायीक वनमा रहेका खयरका रुखहरूका विषयमा केही जटिलता देखिएका छन्’ बैठकमा मन्त्री चौधरीले भनेका थिए, ‘संघीय ऐन अनुसार अगाडी बढ्दा यहाँका उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने खतरा हुन्छ । यो विषयमा हामी गम्भीर बन्नु पर्छ ।’

सामाजिक विकास मन्त्री मेघराज खड्काले आफ्नो मन्त्रालय अन्तर्गतका ९ वटा अस्पताल विकास समिति, युवा परिषद्, खेलकुद परिषद् र प्रज्ञा प्रतिष्ठानबारे जानकारी गराएका थिए । उनले मुख्यमन्त्री शाहलाई प्रदेश खेलकुद परिषद् बाहेक अन्य सबै समिति गठन आदेशका भरमा चलिरहेको बताए ।

कैलालीमा सेती प्रादेशिक अस्पताल र टिकापुर अस्पतालमा प्रदेश सरकारले विकास समिति गठन गरेको छ । कञ्चनपुरमा महाकाली अस्पताल ,डडेल्धुरा बाहेकका सबै पहाडी जिल्ला अस्पतालहरूमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको छ । ती सबै समिति ऐन अन्तर्गत नरहेको भन्दै मुख्यमन्त्रीले त्यसमा ऐन बनाउनु पर्ने कुरालाई जोड दिएका थिए ।

दलित सशक्तीकरण ऐनमा पनि समिति गठन गर्ने व्यवस्था रहेको र हाल उक्त समिति गठन नभएको विषयले पनि छलफलमा प्रवेश पाएको थियो । प्रज्ञा प्रतिष्ठानको ऐन संशोधन भइरहेको सामाजिक विकास मन्त्री खड्काले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

‘ माननीय मुख्यमन्त्रीले समितिहरूको अन्तिम समय कहिलेसम्म छ भन्ने विषयमा चासो राख्नु भएको हो । ऐन नबनाएरै गठन गरिएका समितिहरूका विषयमा पनि गम्भीर हुनुपर्ने बताउनु भएको थियो’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘ऐन बिना तयार भएका समितिहरूलाई ऐन मार्फत सञ्चालनमा ल्याउनु पर्नेमा मुख्यमन्त्री ज्यू को चासो थियो ।’

गठन आदेशका चरमा चलिरहेका समितिहरूको बारेमा विस्तृत बुझ्न र ती समितिहरूलाई ऐनको दायरमा ल्याउन तीन मन्त्रीहरूलाई मुख्यमन्त्री शाहले जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्रीले डाँकेको उक्त बैठकमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीलाई सम्बन्धित मन्त्रालयका रहेका समिति, उनीहरुको अवस्था र बनाउनु पर्ने ऐन नियमावली र कार्यविधिका लागि जिम्मा दिइएको थियो।

मुख्यमन्त्री शाहलाई साउन २२ गते प्रदेश नीति आयोगका उपाध्यक्ष गणेश विकले राजीनामा दिएका थिए । तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन । सोही दिन प्रदेश मुख्यन्याधिवक्ता चन्द्रबहादुर शाहीले पनि राजीनामा दिएका थिए । शाहीको राजीनामा स्वीकृत गर्दै उनको पदमा साउन २८ गते ठेकेन्द्रराज जोशीलाई सरकारले नियुक्त गरेको थियो ।तर, नीति आयोगका उपाध्यक्षले राजीनामा दिँदा पनि स्वीकृत नगर्नुका कारणबारे पनि मुख्यमन्त्रीसँग बैठकमा जानकारी मागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘उहाँले बजेटको चाँपमा राजीनामा दिएको हुँदा स्वीकृत नगरेको र यस विषयमा छलफल भइरहेको बताउनु भयो ’ स्रोतले भन्यो । कार्य योजना बनाएर मन्त्रालयहरूको काम अगाडी बढाउन सबै मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए ।

राष्ट्रपतिसँग अध्यादेश आए रोकिदिन बिपक्षी दलहरुको आग्रह

काठमाण्डौं, ७ कात्तिक।

बिपक्षी दलका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेश आए रोकिदिन राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बुधवार राष्ट्रपति पौडेलसँगको भेटमा बिपक्षी दलका नेताहरुले सरकारले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको आशंका गर्दै अध्यादेश आए रोकिदिन आग्रह गरेका हुन् । बिपक्षी दलका नेताहरु अध्यादेश रोकिदिन माग गर्दै बुधवार शीतल निवास पुगेका थिए ।

विपक्षी दलका नेताहरुको आग्रहपछि राष्ट्रपति पौडेलले भने दल बिभाजन सम्बन्धि अध्यादेश आए बिपक्षी दलका नेताहरुलाई बोलाएर परामर्श गर्ने आश्वासन दिए ।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।

राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं – प्रधानमन्त्री ओली

काठमाडौं, ७ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगलाई राज्यले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका छन् ।

सरकार गठनको १०० दिन पुगेको अवसरमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले सहकारी ठगलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता गराएरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सहकारी ठगीमा ५७५ जना थुनामा रहेको र ६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले भने, सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ ।

त्यस्तै ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन्। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिन हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका दिशामा काम अगाडि बढाउँदा भ्रष्टहरूको मोर्चा बनेको आरोप लगाए ।

उनले सरकार सरकारले सुशासनको पक्षमा दृढताका साथ काम गरिरहेको समेत दावी गरे ।

ओलीले भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको बताए ।

आफू नेतृत्वको सरकारले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ओलीको प्रतिबद्धता थियो ।

उनले डामाडोल अर्थतन्त्रलाई आफू प्रधानमन्त्री भएपछि सही दिशामा ल्याएको समेत दावी गरे । हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्, उनले भने, निजी क्षेत्रकै माग बमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठनले व्यवसायीहरूमा आत्मविश्वास पलाउँदै गएको छ ।

प्रधानमन्त्री ओलीले एक सय दिनको अवधिमा २०० वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको समेत जानकारी दिए ।

लामो समयदेखि गिरेको शेयरबजार प्राकृतिक विपत्तिको प्रतिकुलताका बीचमा पनि प्रगतिकै लयमा छ फर्किएको चर्चा गर्दै ओलीले अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ)को कार्य अन्तिम चरणमा पुगेको बताए ।

सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका गतिविधिमाथि कारबाही गर्ने ओलीले दोहोर्‍याए ।

भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा- नयाँशक्ति, महाधिवेशनमा कार्यकर्ताले प्रत्यक्ष मतदान गर्न पाउने

काठमाडौँ : पोखरामा  सम्पन्न बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि ‘नयाँ शक्ति’ थप्ने निर्णय गरेको छ । अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ।

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको पार्टीकी नेता मानुसी यमी भट्टराईले जानकारी दिइन् ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्। निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ।

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ। गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो।

गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘निकुञ्जभित्र पर्यटक पथमा रहेका सबै पुल र बाटोमा बाढीले क्षति गरेको र मर्मतका लागि समय लागेका कारण ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको हो।’ उनले बाढीले सडक र काठेपुलहरु बाढी क्षति गरेको बताए।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ। निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ। त्यसैगरी, निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ। निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ। त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ। वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्। २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ९० वटा नीलगाई र चार सय ४९ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्।

स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन्। जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन्। निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन्। यसमा विदेशीको संख्या दुई सय ५० मात्रै छ।

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११ प्रतिशतले निर्यात घटेको छ ।

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो ।

साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ४० अर्ब तरलता तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै बुधबार राष्ट्र बैंकले ४० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले ७ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलमार्फत हुने निक्षेप संकलन उपकरणको बाँडफाँड आजै हुँने केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो रिपोर्ट अनुसार कात्तिक ४ गतेसम्म ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले मुस्किलले ५२ खर्ब ६९ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

समीक्षा अवधिमा ७८.०५ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ । तर, कर्जाको माग नै नभएपछि बैंकहरुले लगानी बढाउन सकेका छैनन् । यसैले केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरणको माध्ययमबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।

बिल गेट्सको कमला ‌ह्‌यारिसलाई समर्थन, दिए ५ करोड गुप्त दान

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ । डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस र रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका  छन् । दुवै उम्मेदवारले ठूलो समर्थन पाइरहेका छन् । खर्बपति व्यापारी एलन मस्क खुलेर ट्रम्पलाई जिताउन लागि परेका छन् ।

तर उपराष्ट्रपति ह्यारिसले अमेरिकी खर्बपति व्यापारी तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको खुला समर्थन पाएकी छैनन् । तर गेट्सले ह्यारिसलाई सहयोग गर्ने एउटा गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएको खुलासा भएको छ । बिल गेट्सले ह्यारिसलाई समर्थन गर्ने फ्युचर फरवार्ड नामक समूहलाई दान गरेको बताइएको छ ।

गेट्सले डेमोक्रेटिक उम्मेदवारलाई सार्वजनिक रूपमा समर्थन नगरेकाले दानलाई गोप्य राखिएको बताइएको छ । एक मिडिया रिपोर्टकाअनुसार यस वर्ष निजी कुराकानीमा गेट्सले आफ्ना साथीहरू र अन्यलाई डोनाल्ड ट्रम्प दोस्रो राष्ट्रपति बनेमा के होला भन्ने चिन्ता व्यक्त गरेका थिए ।

ट्रम्प पुनः निर्वाचित भए भने परिवार नियोजन र विश्वव्यापी स्वास्थ्य कार्यक्रममा हुने सम्भावित कटौतीलाई लिएर बिल गेट्सको परोपकारी संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ निकै चिन्तित रहेको बताइएको छ । यद्यपि, गेट्सले आफू जुनसुकै उम्मेदवारसँग काम गर्न सक्ने कुरामा जोड दिइरहेका छन ।

जुम्लाकी महिलाको तस्बिर ब्राजिलको ‘द बिट एक्जिबिसन’मा

काठमाडौं । नेपालको परम्परागत पहिरनमा सजिएकी जुम्लाकी एक महिलाको तस्बिर ब्राजिलको साओ पाउलो सहरमा आयोजित द बिट एक्जिबिसनमा प्रदर्शनीमा राखिएको छ । आर्टिलिमिक्स संस्थाद्वारा इकोज स्टुडियोमा आयोजित एक्जिबिसनमा २४ देशका ५३ जना कलाकार र फोटो पत्रकारका ५३ वटा तस्बिर प्रदर्शनी गरिएको हो ।

वाइल्ड लाइफ फोटो पत्रकार राज अधिकारीले जुम्लाको पातारासीस्थित स्याउ बगैंचा अवलोकनका क्रममा खिचेको उक्त तस्बिर प्रदर्शनीको छनोटमा परेको हो । तस्बिर प्रदर्शनी अक्टोबर ९ देखि १९ सम्म चलेर गत शनिबार समापन भएको छ ।

नेपालीपन, कला र संस्कृति झल्किएको उक्त तस्बिरलाई विदेशी अवलोकनकर्ताले निकै रुचाएको वाइल्ड लाइफ फोटोपत्रकार अधिकारीले बताए । ‘यसले नेपाली संस्कृति र भेषभूषा मन पराउने धेरै छन् भन्ने देखाएको छ,’ उनले भने, ‘यसलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरेर पर्यटन विकास गर्न सकिन्छ भन्ने देखाएको छ ।’

सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री

दोधारा चाँदनी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए।

‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निमार्णको काम थालनी हुनेछ’, मन्त्री भण्डारीले भने, ‘छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निर्माण सम्पन्न हुने बताए।

‘सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ’, उनले भने, ‘यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्ने छ ।’ उनले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए।

सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।

उनका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । ‘उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ’,उनले भने, ‘त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।’  उनका अनुसार बन्दरगाह निमार्ण हुने मायापुरी सामुदायिक वनमा एक हजार ७०२ रूख काटिने छन्  ।

‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ, शतप्रतिशत निर्माण हुनेमा ढुक्क छौँ’, मन्त्री भण्डारीले भने, ‘डिपीआरअनुसार करिब छ अर्ब लागतमा बन्दरगाह बन्नेछ ।’ बन्दरगाहमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधार निमार्ण हुने उनले बताए।

बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक : ऊर्जामन्त्री खड्का

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।

बुधबार मन्त्रालयमा आयोजित ऊर्जामन्त्री खड्काको १०० दिनको उपलब्धिहरू सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै सुख्खायाममा भारतबाट २३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको बताए ।

`आउँदो सुखा यामको विद्युत् मागलाई मध्यनजर गरी स्वदेशी विद्युत् उत्पादन अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर-मुजफ्फरपुर ४०० के. भी प्रसारण लाइनबाट २०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रसारण लाइनबाट ३० मेगावाट रियल टाइम मार्केटबाट बिजुली आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ,´ विज्ञप्तिमा उल्लेख छ ।

बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग

ढाका- बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।

यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।
राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।

प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।
“राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने ।

मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।

त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।

सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।

बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।

हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

(रासस / एएनआई)

रास्वपाको प्रदर्शनलक्षित प्रधानमन्त्रीको टिप्पणी- अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले जारी राखेको प्रदर्शनलाई लक्षित गरेर अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन्।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरू एकता र एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।

लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए।

उनले भने, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ। हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन। जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लागेका छौँ। हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन। यसमा हामी स्पष्ट छौँ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।

सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी

कञ्चनपुर, ७ कार्तिक ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्णस्थलको आज निरीक्षण गर्दै मन्त्री मण्डारीले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए ।

“मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया सुरु गरेर छिट्टै निमार्णको काम थालनी हुनेछ”, मन्त्री भण्डारीले भने, “छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि सरकारले उच्च प्राथमिकतामा राखेको छ ।” उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निमार्ण सम्पन्न हुने बताए।

“सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ”, भण्डारीले भने, “यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्ने छ ।” उनले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए ।

सुक्खा बन्दरगाह निमार्णका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय भएपछि बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

 

 

अमेरिकामा सीपले चम्केका फुलारा

विस्कन्सन, अमेरिका ।
भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना । र, सपनाले जीवन ।
अल्छिहरु त्यही सपना पनि फेरिरहन्छन । पौरखीहरु सपना फेर्दैनन, बरु सपना पुरा गर्न रणनीति फेर्छन । असंभव ठानिने सपना पनि पुरा गरी छाड्छन् । र, बनाउछन्, पृथक पहिचान ।
गोविन्द फुलारा तिनै मध्य एक हुन् ।
अमेरिकामा सफल हुनेहरुको मानक छ, उसको त यति ग्याँस स्टेशन छन्, उति स्टोर । अनि रेष्टुरेण्ट त कति हो कति रु
सफलताको सूचकांक यदि स्टोरको संख्यालाई मान्ने हो भने उनी त्यो सूचिमा नपर्न सक्छन् । के त्यसो भए स्टोर धेरै हुनेहरुको मात्र सफलताको कथा लेख्ने रु होईन, तिनको पनि सफलताको कथा लेखिन जरुरी छ, जसको संघर्षले अरुलाई निराश नहुन प्रेरित गर्छ । जसको अविराम मिहिनेतको कथाले भन्छ, जीवनमा थाक्ने, भाग्ने र बिचलित हुने छुट छैन ।
२०३९ साल माघ १४ गते डोटीको तत्कालीन पचनाली गाउँ विकास समिति (हाल : शिखरनगर पालिका–२ चुणी गाउँमा)मा जन्मिएका फुलारा बुवा परमानन्द फुलारा र आमा निरञ्जनादेवी फुलाराका पाँच सन्तानमध्य साहिला थिए ।

सात वर्षको उमेरमा उच्चाकोटस्थित फुपुको घर गए । त्यहाँ एक देखि तीन कक्षासम्म पढे । २०४९ मा तराई झरे । बास्खेडामा उनको अर्को फुपुको घर थियो । त्यही बसेर चार र पाँच कक्षा पढे । २०५१ मा बेलादेवीपुरस्थित मामा घरमा सरे । र, त्यही बसेर विद्यालयत तहको पढाई पुरा गरे । २०५७ सालमा बासुदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका फुलाराले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्लस टु र बीएडको पढाई पुरा गरे । र, नैनितालको कुमाऊ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरे । पढाईसंगै उनी विद्यालय पढाउन थालिसकेका थिए ।

राहत कोटामा उनी गणित विषय पढाउथे । तर तलवबाट प्राप्त हुने रकमको त्यो अंकले भने जीवनमा खासै राहत हुन सकेको थिएन । रहरले भन्दा पनि बाध्यताले उनी शिक्षण पेशासंग जोडिएका थिए । २०६० देखि ०६५ सम्म गेटास्थित सरस्वती मावि र ०६५ देखि ०७० सम्म धनगढी उपमहानरपालिका–९ स्थित भवानी माविमा पढाए ।
सन २०११ मा उनकी पत्नी कल्पनालाई डिभी प¥यो । डीभीको केस नम्बर थियो, ९७७५ नम्बर । डीभी परेका सबै अमेरिका आउन पाउछन भन्ने हुदैन । रोलक्रममा पछाडि हुनेहरु प्राय अमेरिका आउन बञ्चित हुने गर्छन । उनको नम्बर पनि पछाडी थियो । उनी भन्दा अगाडी र पछाडीका केस नम्बर भएका थुप्रै व्यक्ति अमेरिका आउन पाएनन । उनी भने अमेरिका आउन पाए । भन्छन्, भाग्यले मैले आउन पाए ।
२०१३ मा जुलाई ३१ म उनी सोझै अमेरिकाको विस्कन्सनको मिलुवाकी बिमानस्थलमा झर्दै गर्दा उनीसित साथमा थिए, दुई थान सुटकेश, पत्नी र दुई वर्षकी छोरी । र, केही थान सपना । उनलाई मामा नाता पर्ने हरी जोशीले स्पोन्सर गरेका थिए । विस्कन्सन बस्ने जोशी उनलाई लिन बिमानस्थल आएका थिए । ओहो १ अमेरिका । उनी बिमानस्थलमा टेक्दा कम्ति खुशी थिएनन । सपनाको देशमा पाईला जो टेकेका थिए ।
विस्कन्सनमा कैलालीका हरी जोशी र बासुदेव अधिकारी व्यावसायीक साझेदार थिए । उनीहरुको ग्याँस स्टेशन थियो । अमेरिका आएको दोस्रो दिनदेखि गोविन्द त्यही ग्याँस स्टेशनमा काममा खटिए । पारिश्रमिक थियो, प्रति घण्टा साढे सात डलर । दिनमा नौ घण्टा । हप्तामा ६३ घण्टा । महिनामा २५२ घण्टा काम गरे । जस वाफत पहिलो महिनामा उनको हातमा प¥यो, एक हजार आठ सय ९० डलर । अमेरिकामा यो उनको पहिलो कमाई थियो ।
कोठा भाडा नौ सय डलर थियो । तीन सय डलर खाना खर्च । सबै खर्च काटेर पहिलो महिना पाँच सय जोगिदा उनी कम्ति खुशी भएका थिएनन ।
एक वर्षपछि उनको पारश्रमिक प्रति घण्टा आठ डलर भयो । २०१६ मा जोशी र अधिकारीले ग्याँस स्टेशन बेचे । त्यसपछि उनले नयाँ साहुसंग त्यही थप दुई वर्ष काम गरे ।
बिहान ग्याँस स्टेशन जान्थे । नौ घण्टा काम गर्थे । २०१४ देखि हिटिङ र कुलिङको काम सिक्न थाले । साँझ हिटिङ र कुलिङको काम सिक्थे । शनिवार र आईतवार अर्को ग्रोसरीमा चार चार घण्टा सामान मिलाउने काम गर्थे । जहाँ सोमवारदेखि शुक्रवारसम्म उनकी पत्नी कल्पना काम गर्थिन । बिहान सात बजे ड्युटी शुरु हुन्थ्यो । राति एक बजेसम्म काम गर्थे । यसरी उनी दैनिक १९ घण्टा काम गर्थे ।
डिभी परेर अमेरिका आउने मध्य अधिकांशको संगत ग्याँस स्टेशन, रेष्टुरेण्ट र ग्रोसरीमा काम गर्नेहरुसंग हुन्छ । र, उनीहरु त्यसैमा रमाउछन । त्यसैमा हराउछन । हरी मामाका कारण उनको संगत भने हिटिङ र कुलिङको काम गर्नेहरुसंग भयो । त्यही संगतले उनले कामसंगै सीप सिक्ने अवसर पाए । ४५०० घण्टा काम गरेपछि रेफ्रिजेरेशनको तालिम सम्बन्धि ईपीए परीक्षा पास गरे । उनका हातमा सीप र लाईसेन्स दुबै भयो । त्यसपछि भने उनको जीवनले नयाँ मोड लियो । हिटिङ र कुलिङ जसलाई एच भ्याक (हिटिङ, भेन्टिलेसन एण्ड एयर कन्डिसनिङ) भनिन्छ । २०२१ मा जीके हिटिङ र कुलिङ शुरु गरे ।
कसैको घरमा बत्ती बिग्रियो । अध्याँरो भयो । कसैको धारामा पानी आएन । पाईप फुट्यो । एसीले काम गरेन । यस्तो अवस्थामा सबैले सम्झिने नाम हो, गोविन्द फुलारा । उनको अफिस भनेकै वर्क ट्रक हो । त्यही ट्रकमा सबै उपकरण छन् । कहीबाट कल आयो भने उनी वर्क ट्रकमा हुईकिन्छन ।
चिसोमा पानी जमेर पाईप फुट्छ, त्यतिबेला मध्यराति पनि कल आउछ । उनी रातबिरात भन्दैनन । कुदी हाल्छन । उनको व्यवहार र कामबाट प्रभावित भएर सबै बोलाउछन् । उनलाई काम गर्न भ्याई नभ्याई छ । काम नपाएर तनावमा हुनेहरुको भीडमा उनी भने अपवाद छन्, उनीसंग हप्ताभरीका लागि काम हुन्छ । बरु उनले सबैलाई पालो दिन पाउदैनन ।
उनी नयाँ एसी र विद्युत जडानसंगै प्लम्बिङ, विद्युत,एसी र फ्रिजको मर्मत संभारको काम पनि गर्छन । उनले सामान्यता प्रति घण्टा ८० डलर शुल्क लिन्छन । तर कतिपय अवस्थामा प्याकेजमै पनि काम गर्छन । विस्कन्सन उनको मुख्य कर्मथलो हो । यद्दपि उनलाई कामका लागि शिकागो र ईण्डियानाबाट पनि फोन आईरहन्छन । र, सेवाका लागि उनी विस्कन्सन बाहिर पनि गईरहन्छन ।
भारतीय, पाकिस्तानी र नेपालीमूलका व्यक्तिहरु उनका नियमित र आकस्मिक ग्राहक हुन् । उनको सेवा र व्यबहारबाट प्रभावित भएका ग्राहकहरु नै उनका प्रचारक हुन् । व्यक्तिगत सम्बन्ध र अनलाईनबाट उनले काम पाउने गरेका छन् ।
उनी अत्याधिक गर्मी र अत्याधिक चिसोमा रातिको १२ बजेसम्म काममा व्यस्त हुन्छन । कामका लागि कल आउदा मध्यराति पनि कुद्छन । उनको कामको समय र सीमा छैन । जुनसुकै बेला कामका लागि तयार हुनुपर्छ ।
उनले मिहिनेतको महत्व हजुरआमाबाट सिके । काममा ईमान्दारिता स्वर्गीय बुवा परमानन्द र सरस्वती माविमा स्वर्गीय प्रधानअध्यापक तर्कराज जोशी सरसंग सिके । असल अभिभावक र गुरुको संगतले उनलाई सधै सत्कर्म सिकायो । त्यही सत्कर्मले जीवनका कठिन पलहरुलाई पनि सहज ढंगले आत्मसात गर्न सिकायो ।
नेपालबाट आउदा उनको टाउकोमा १५ लाख ऋण थियो । साथमा भने पाँच हजार डलर मात्र थियो । अमेरिकामा अहिले आउनेहरु केही दिनमै गाडी किन्छन । उनले एक वर्षपछि मुस्किलले गाडी छुन पाए । र, आफ्नै गाडी चढेको त्यो दिन उनको जीवनको अवस्मरणीय पल थियो ।
उनले कामलाई कहिल्यै सानो ठूलो भनेनन । खाली बस्थेनन । फुर्सदको समयमा उनीहरुले घरमा रोटी बनाएर बेच्थे । १० रोटीको एउटा प्याकेट हुन्थ्यो । हप्तामा दुई सय प्याकेट बेच्थे । उनीहरुले पाँच वर्ष त्यो काम गरे ।
अमेरिका आएको एक वर्षमै ऋणमुक्त भएका फुलाराका यतिबेला साझेदारीमा आधा दर्जन व्यवसाय सञ्चालनमा छन् । र, डेराबाट उनी आफ्नै आलिशान भवनमा सरेका छन् । उनले २०२० मा राजेन्द्र ओझासंग मिलेर ग्याँस स्टेशन शुरु गरे । जसको मूल्य सात लाख डलर थियो । तर उनीहरुले भने एक लाख २० हजार डलर लगानी गरेर लिजमा चलाए । चार वर्षपछि त्यही स्टेशन किने ।
२०२१ को जनवरीमा डिल्ली फुलारा, ओझासंगै मिलेर मिलवाकीमा ग्रोसरी किने । २०२२ मा राजेन्द्र ओझासंग मिलेर अर्को ग्रोसरी किने । २०२२ कै जुलाईमा ओझा र फत्ते चौधरीसंग मिलेर चौथौ ग्रोसरी किने । केही महिनाअघि चौधरी आफ्नो शेयर झिकेर बाहिरिए । अहिले ओझा र उनी मात्र त्यसको साझेदार छन् ।
उनी व्यवसायसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । रोजागारीको खोजीमा रहेका नेपालीहरुलाई रोजगार दिलाउछन् । सन २०१७ देखि ०२१ सम्म दुई कार्यकाल एनआरएन विस्कन्सन च्याप्टरको सचिव रहेका फुलाराको गौरा समाजको स्थापनामा पनि योगदान छ ।
उनी झै उनकी पत्नी कल्पना पनि अत्यन्त मिहिनेती छिन् । दुबै जनाले कहिल्यै आराम गरेनन । कल्पनाले उनलाई हरेक काममा सहयोग गर्छिन् । साथ दिन्छिन । र, अप्ठ्यारो परिस्थितिमा सतिशाल झै उभिन्छिन्, पतिसंगसंगै । कल्पना उनकी पत्नीभन्दा बढि आड, भरोसा र हिम्मत हुन् । र, त कल्पनाको बलियो साथका कारण गोबिन्दले कहिल्यै हिम्मत हारेनन ।
यता छोरा सानो थियो । राम्रो कमाई पनि थिएन । उता नेपालमा बुवाको मृत्यु भयो । उनी दागबत्ती दिन जान पाएनन । हरेक परदेशीले भोग्ने नमिठो पीडा हो, यो । जो उनले पनि भोगे । त्यसपछि भने उनलाई नेपाल जान मन नै भएन । गएनन पनि । बरु आमालाई हरेक वर्ष अमेरिका बोलाईरहन्छ ।
उनी अमेरिका आएको १३ वर्ष भयो । यो अबधिमा उनले कहिल्यै आराम गरेनन । दैनिक १९ घण्टासम्म काम गरे । न उनी कामबाट भागे । न त कामलाई सानो भने । बस्, कर्म गरिरहे । गीतामा कृष्णले भने झै कम गरे फलको आशा गरेनन । उनी काम गर्दै रहे । फल प्राप्त भईरह्यो ।
गीताको सार नै यही हो, काम गरे फल अवश्य प्राप्त हुन्छ । त्यसको आश गरिरहन पर्दैन । उनको जीवनमा पनि यही नियम लागु भयो ।

बाल्टिमोटरमा पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श

बाल्टिमोर,(अमेरिका) असोज २३ गते । पत्रकार दीर्घराज उपाध्यायद्वारा द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श कार्यक्रम आईतबार अमेरिकाको बाल्टिमोटरमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम समाज मेरिल्याण्डद्वारा बडा दशैं तथा दीपावलीको अवसरमा बाल्टिमोरमा आयोजित कार्यक्रममा पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि विमर्श गरिएको थियो ।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार तिर्थराज पाण्डेयले उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा मुलुकले व्यहोरेको १० वर्षे द्वन्द्वको चित्रण गरिएको बताए।

पुस्तकमा पत्रकार उपाध्यायका भोगाई र अनुभव मात्र छैनन, साहित्यकार पाण्डेयले भन्नुभयो, पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर पुस्तकमा समेटिएको छ । यो पुस्तक द्वन्द्वका १० वर्षको ऐना हो ।

साहित्य र पत्रकारिताका माध्यमबाट उपाध्यायले पुर्‍याएको योगदानको चर्चा गर्दै साहित्यकार पाण्डेयले उपाध्यायको पुस्तक अहिले र भावी पुस्ताका लागि पढ्नै पर्ने दस्तावेज भएको बताए ।

पत्रकार उपाध्यायले पुस्तकमा नेपाली पत्रकारिता र समाजले भोगेका अनुभव, पीडा र संघर्षहरु समेटिएको बताए ।

यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्वाह गरेका संघर्ष र अनुभवका कथाहरु मात्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।

द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामी पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए ।

कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट आमा म आउँदैछु, छोरी र बा शिर्षकको कविता सुनाए ।

पत्रकार उपाध्यायले सुदूरपश्चिम समाज बाल्टिमोरद्वारा पुस्तकमाथि विमर्श कार्यक्रमको आयोजनासंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आयोजक र सहभागीहरुप्रति आभार व्यक्त गरे ।

सोही कार्यक्रममा सुदूरपश्चिम समाजका तर्फबाट पत्रकार तथा लेखक उपाध्यायलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सुदूरपश्चिम समाजका अध्यक्ष बिक्रम शाही, बानाका अध्यक्ष सुबोध विलाश पन्त, समाजका पूर्व अध्यक्ष दमन विक्रम शाह, साहित्यकार तिर्थराज पाण्डेय, समाजका अगुवा भीम बिक लगायतले उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन सुदूरपश्चिम समाजका महासचिव यज्ञ बहादुर रानाले गरेका थिए ।

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौं । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ ।

वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ ।

डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उहाँले बताउनुभयो । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको महानिर्देशक डा कँडेलले बताउनुभयो ।

“हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन् ।”

हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक डा कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताउनुभयो । “यसले गर्दा चोरी निकासीमा अलिकति भए पनि कमी आएको छ”, उहाँले भन्नुभयो ।

विभागले हिउँ चितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउन सहयोग गर्दै आएको छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ ।

हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय रहेको अनुमान

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।

विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ गणना गर्न सम्भव नभएकाले भूगोललाई विभिन्न क्षेत्रमा विभाजन गरी गणना गर्न सुरु गरिएको बताउनुभयो । पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार डोल्पा क्षेत्रमा ९० हिउँ चितुवाको सङ्ख्या रहेको छ । यसको गणना ‘क्यामेरा ट्रयाप’बाट गर्ने गरिएको छ । “तराईमा स्वस्थ पारिस्थितिक प्रणालीको सूचक बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिक प्रणालीको सूचक हिउँ चितुवा हो”, सिनियर इकोलोजिष्ट आचार्यले भन्नुभयो, “त्यसैले यसको ठूलो महत्व छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँ चितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो पनि हुन्छ ।”

लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई सरोकारवाला सबै मिलेर प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँ चितुवा संरक्षण र कार्य योजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

योजनामा अनुसन्धान र अनुगमनमार्फत हिउँ चितुवाको पर्यावरणीय स्थिति, सिकार, बासस्थानबारे ज्ञान बढाउने उद्देश्य लिएको छ । कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तर्राष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ । हिमालय टाईम्सबाट

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौँ, ७ कार्तिक प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि बालुवाटारमा सत्तारुढ दलहरुको बैठक शुरु भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नुअघि सत्तारुढ दलको बैठक बोलाएका हुन् ।

आज दिउँसो प्रधानमन्त्री ओलीले सरकारका सय दिनका उपलब्धी सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल भईरहेको बताइएको छ ।

एमाले अध्यक्ष ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । माओवादी-रास्वपा लगायतका दलको गठबन्धन टुटाएर एमालेले कांग्रेससँग मिलेर सरकार बनाएको थियो । ओलीलाई कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाल समर्थन गरेका  छन् । जनमत र जसपा नेपालले भने सरकारबाहिरै रहेर उनलाई समर्थन गरेका हुन् ।

अमेरिकामा सीपले चम्केका फुलारा

विस्कन्सन, अमेरिका ।
निन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना । र, सपनाले जीवन ।
अल्छिहरु त्यही सपना पनि फेरिरहन्छन । पौरखीहरु सपना फेर्दैनन, बरु सपना पुरा गर्न रणनीति फेर्छन । असंभव ठानिने सपना पनि पुरा गरी छाड्छन् । र, बनाउछन्, पृथक पहिचान । गोविन्द फुलारा तिनै मध्य एक हुन् ।

अमेरिकामा सफल हुनेहरुको मानक छ, उसको त यति ग्याँस स्टेशन छन्, उति स्टोर । अनि रेष्टुरेण्ट त कति हो कति ?
सफलताको सूचकांक यदि स्टोरको संख्यालाई मान्ने हो भने उनी त्यो सूचिमा नपर्न सक्छन् । के त्यसो भए स्टोर धेरै हुनेहरुको मात्र सफलताको कथा लेख्ने ? होईन, तिनको पनि सफलताको कथा लेखिन जरुरी छ, जसको संघर्षले अरुलाई निराश नहुन प्रेरित गर्छ । जसको अविराम मिहिनेतको कथाले भन्छ, जीवनमा थाक्ने, भाग्ने र बिचलित हुने छुट छैन ।

२०३९ साल माघ १४ गते डोटीको तत्कालीन पचनाली गाउँ विकास समिति (हाल शिखरनगर पालिका)–२ चुणी गाउँमा जन्मिएका फुलारा बुवा परमानन्द फुलारा र आमा निरञ्जनादेवी फुलाराका साहिला सन्तान थिए । उनका पाँच जना दाजुभाई  थिए ।

सात वर्षको उमेरमा उच्चाकोटस्थित फुपुको घर गए । त्यहाँ एक देखि तीन कक्षासम्म पढे । २०४९ मा तराई झरे । बास्खेडामा उनको अर्को फुपुको घर थियो । त्यही बसेर चार र पाँच कक्षा पढे । २०५१ मा बेलादेवीपुरस्थित मामा घरमा सरे । र, त्यही बसेर विद्यालयत तहको पढाई पुरा गरे । २०६२ सालमा बासुदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका फुलाराले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्लस टु र बीएडको पढाई पुरा गरे । र, नैनितालको कुमाऊ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरे । पढाईसंगै उनी विद्यालय पढाउन थालिसकेका थिए ।

राहत कोटामा उनी गणित विषय पढाउथे । तर तलवबाट प्राप्त हुने रकमको त्यो अंकले भने जीवनमा खासै राहत हुन सकेको थिएन । रहरले भन्दा पनि बाध्यताले उनी शिक्षण पेशासंग जोडिएका थिए । २०६० देखि ०६५ सम्म गेटास्थित सरस्वती मावि र ०६५ देखि ०७० सम्म धनगढी उपमहानरपालिका–९ स्थित भवानी माविमा पढाए ।

सन २०११ मा उनकी पत्नी कल्पनालाई डिभी प¥यो । डीभीको केस नम्बर थियो, ९७७५ नम्बर । डीभी परेका सबै अमेरिका आउन पाउछन भन्ने हुदैन । रोलक्रममा पछाडि हुनेहरु प्राय अमेरिका आउन बञ्चित हुने गर्छन । उनको नम्बर पनि पछाडी थियो । उनी भन्दा अगाडी र पछाडीका केस नम्बर भएका थुप्रै व्यक्ति अमेरिका आउन पाएनन । उनी भने अमेरिका आउन पाए । भन्छन्, भाग्यले मैले आउन पाए ।

२०१३ मा जुलाई ३१ म उनी सोझै अमेरिकाको विस्कन्सनको मिलुवाकी बिमानस्थलमा झर्दै गर्दा उनीसित साथमा थिए, दुई थान सुटकेश, पत्नी र दुई वर्षकी छोरी । र, केही थान सपना । उनलाई मामा नाता पर्ने हरी जोशीले स्पोन्सर गरेका थिए । विस्कन्सन बस्ने जोशी उनलाई लिन बिमानस्थल आएका थिए । ओहो ! अमेरिका । उनी बिमानस्थलमा टेक्दा कम्ति खुशी थिएनन । सपनाको देशमा पाईला जो टेकेका थिए ।

विस्कन्सनमा कैलालीका हरी जोशी र बासुदेव अधिकारी व्यावसायीक साझेदार थिए । उनीहरुको ग्याँस स्टेशन थियो । अमेरिका आएको दोस्रो दिनदेखि गोविन्द त्यही ग्याँस स्टेशनमा काममा खटिए । पारिश्रमिक थियो, प्रति घण्टा साढे सात डलर । दिनमा नौ घण्टा । हप्तामा ६३ घण्टा । महिनामा २५२ घण्टा काम गरे । जस वाफत पहिलो महिनामा उनको हातमा प¥यो, एक हजार आठ सय ९० डलर । अमेरिकामा यो उनको पहिलो कमाई थियो ।
कोठा भाडा नौ सय डलर थियो । तीन सय डलर खाना खर्च । सबै खर्च काटेर पहिलो महिना पाँच सय जोगिदा उनी कम्ति खुशी भएका थिएनन ।
एक वर्षपछि उनको पारश्रमिक प्रति घण्टा आठ डलर भयो । २०१६ मा जोशी र अधिकारीले ग्याँस स्टेशन बेचे । त्यसपछि उनले नयाँ साहुसंग त्यही थप दुई वर्ष काम गरे ।
बिहान ग्याँस स्टेशन जान्थे । नौ घण्टा काम गर्थे । २०१४ देखि हिटिङ र कुलिङको काम सिक्न थाले । साँझ हिटिङ र कुलिङको काम सिक्थे । शनिवार र आईतवार अर्को ग्रोसरीमा चार चार घण्टा सामान मिलाउने काम गर्थे । जहाँ सोमवारदेखि शुक्रवारसम्म उनकी पत्नी कल्पना काम गर्थिन । बिहान सात बजे ड्युटी शुरु हुन्थ्यो । राति एक बजेसम्म काम गर्थे । यसरी उनी दैनिक १९ घण्टा काम गर्थे ।

डिभी परेर अमेरिका आउने मध्य अधिकांशको संगत ग्याँस स्टेशन, रेष्टुरेण्ट र ग्रोसरीमा काम गर्नेहरुसंग हुन्छ । र, उनीहरु त्यसैमा रमाउछन । त्यसैमा हराउछन । हरी मामाका कारण उनको संगत भने हिटिङ र कुलिङको काम गर्नेहरुसंग भयो । त्यही संगतले उनले कामसंगै सीप सिक्ने अवसर पाए । ४५०० घण्टा काम गरेपछि रेफ्रिजेरेशनको तालिम सम्बन्धि ईपीए परीक्षा पास गरे । उनका हातमा सीप र लाईसेन्स दुबै भयो । त्यसपछि भने उनको जीवनले नयाँ मोड लियो । हिटिङ र कुलिङ जसलाई एच भ्याक (हिटिङ, भेन्टिलेसन एण्ड एयर कन्डिसनिङ) भनिन्छ । २०२१ मा जीके हिटिङ र कुलिङ शुरु गरे ।
कसैको घरमा बत्ती बिग्रियो । अध्याँरो भयो । कसैको धारामा पानी आएन । पाईप फुट्यो । एसीले काम गरेन । यस्तो अवस्थामा सबैले सम्झिने नाम हो, गोविन्द फुलारा । उनको अफिस भनेकै वर्क ट्रक हो । त्यही ट्रकमा सबै उपकरण छन् । कहीबाट कल आयो भने उनी वर्क ट्रकमा हुईकिन्छन ।

चिसोमा पानी जमेर पाईप फुट्छ, त्यतिबेला मध्यराति पनि कल आउछ । उनी रातबिरात भन्दैनन । कुदी हाल्छन । उनको व्यवहार र कामबाट प्रभावित भएर सबै बोलाउछन् । उनलाई काम गर्न भ्याई नभ्याई छ । काम नपाएर तनावमा हुनेहरुको भीडमा उनी भने अपवाद छन्, उनीसंग हप्ताभरीका लागि काम हुन्छ । बरु उनले सबैलाई पालो दिन पाउदैनन ।
उनी नयाँ एसी र विद्युत जडानसंगै प्लम्बिङ, विद्युत,एसी र फ्रिजको मर्मत संभारको काम पनि गर्छन । उनले सामान्यता प्रति घण्टा ८० डलर शुल्क लिन्छन । तर कतिपय अवस्थामा प्याकेजमै पनि काम गर्छन । विस्कन्सन उनको मुख्य कर्मथलो हो । यद्दपि उनलाई कामका लागि शिकागो र ईण्डियानाबाट पनि फोन आईरहन्छन । र, सेवाका लागि उनी विस्कन्सन बाहिर पनि गईरहन्छन ।

भारतीय, पाकिस्तानी र नेपालीमूलका व्यक्तिहरु उनका नियमित र आकस्मिक ग्राहक हुन् । उनको सेवा र व्यबहारबाट प्रभावित भएका ग्राहकहरु नै उनका प्रचारक हुन् । व्यक्तिगत सम्बन्ध र अनलाईनबाट उनले काम पाउने गरेका छन् ।
उनी अत्याधिक गर्मी र अत्याधिक चिसोमा रातिको १२ बजेसम्म काममा व्यस्त हुन्छन । कामका लागि कल आउदा मध्यराति पनि कुद्छन । उनको कामको समय र सीमा छैन । जुनसुकै बेला कामका लागि तयार हुनुपर्छ ।

उनले मिहिनेतको महत्व हजुरआमाबाट सिके । काममा ईमान्दारिता स्वर्गीय बुवा परमानन्द र सरस्वती माविमा स्वर्गीय प्रधानअध्यापक तर्कराज जोशी सरसंग सिके । असल अभिभावक र गुरुको संगतले उनलाई सधै सत्कर्म सिकायो । त्यही सत्कर्मले जीवनका कठिन पलहरुलाई पनि सहज ढंगले आत्मसात गर्न सिकायो ।

नेपालबाट आउदा उनको टाउकोमा १५ लाख ऋण थियो । साथमा भने पाँच हजार डलर मात्र थियो । अमेरिकामा अहिले आउनेहरु केही दिनमै गाडी किन्छन । उनले एक वर्षपछि मुस्किलले गाडी छुन पाए । र, आफ्नै गाडी चढेको त्यो दिन उनको जीवनको अवस्मरणीय पल थियो ।

उनले कामलाई कहिल्यै सानो ठूलो भनेनन । खाली बस्थेनन । फुर्सदको समयमा उनीहरुले घरमा रोटी बनाएर बेच्थे । १० रोटीको एउटा प्याकेट हुन्थ्यो । हप्तामा दुई सय प्याकेट बेच्थे । उनीहरुले पाँच वर्ष त्यो काम गरे ।

अमेरिका आएको एक वर्षमै ऋणमुक्त भएका फुलाराका यतिबेला साझेदारीमा आधा दर्जन व्यवसाय सञ्चालनमा छन् । र, डेराबाट उनी आफ्नै आलिशान भवनमा सरेका छन् । उनले २०२० मा राजेन्द्र ओझासंग मिलेर ग्याँस स्टेशन शुरु गरे । जसको मूल्य सात लाख डलर थियो । तर उनीहरुले भने एक लाख २० हजार डलर लगानी गरेर लिजमा चलाए । चार वर्षपछि त्यही स्टेशन किने ।

२०२१ को जनवरीमा डिल्ली फुलारा, ओझासंगै मिलेर मिलवाकीमा ग्रोसरी किने । २०२२ मा राजेन्द्र ओझासंग मिलेर अर्को ग्रोसरी किने । २०२२ कै जुलाईमा ओझा र फत्ते चौधरीसंग मिलेर चौथौ ग्रोसरी किने । केही महिनाअघि चौधरी आफ्नो शेयर झिकेर बाहिरिए । अहिले ओझा र उनी मात्र त्यसको साझेदार छन् ।

उनी व्यवसायसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । रोजागारीको खोजीमा रहेका नेपालीहरुलाई रोजगार दिलाउछन् । सन २०१७ देखि ०२१ सम्म दुई कार्यकाल एनआरएन विस्कन्सन च्याप्टरको सचिव रहेका फुलाराको गौरा समाजको स्थापनामा पनि योगदान छ ।

उनी झै उनकी पत्नी कल्पना पनि अत्यन्त मिहिनेती छिन् । दुबै जनाले कहिल्यै आराम गरेनन । कल्पनाले उनलाई हरेक काममा सहयोग गर्छिन् । साथ दिन्छिन । र, अप्ठ्यारो परिस्थितिमा सतिशाल झै उभिन्छिन्, पतिसंगसंगै । कल्पना उनकी पत्नीभन्दा बढि आड, भरोसा र हिम्मत हुन् । र, त कल्पनाको बलियो साथका कारण गोबिन्दले कहिल्यै हिम्मत हारेनन ।
यता छोरा सानो थियो । राम्रो कमाई पनि थिएन । उता नेपालमा बुवाको मृत्यु भयो । उनी दागबत्ती दिन जान पाएनन । हरेक परदेशीले भोग्ने नमिठो पीडा हो, यो । जो उनले पनि भोगे । त्यसपछि भने उनलाई नेपाल जान मन नै भएन । गएनन पनि । बरु आमालाई हरेक वर्ष अमेरिका बोलाईरहन्छ ।

उनी अमेरिका आएको १३ वर्ष भयो । यो अबधिमा उनले कहिल्यै आराम गरेनन । दैनिक १९ घण्टासम्म काम गरे । न उनी कामबाट भागे । न त कामलाई सानो भने । बस्, कर्म गरिरहे । गीतामा कृष्णले भने झै कम गरे फलको आशा गरेनन । उनी काम गर्दै रहे । फल प्राप्त भईरह्यो ।
गीताको सार नै यही हो, काम गरे फल अवश्य प्राप्त हुन्छ । त्यसको आश गरिरहन पर्दैन । उनको जीवनमा पनि यही नियम लागु भयो ।

 

सरकारका सय दिन :  बलियो सरकारका दुर्बल पक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजरमा काँग्रेस सधैँ दक्षिणपन्थी पार्टी थियो । नेपाली काँग्रेससंगको सत्ता सहकार्यको सधैँ बर्खिलाप रहेका ओलीले बाम पार्टीहरू र काङ्ग्रेसबिचको गठबन्धनलाई अपवित्र ठान्थे । थाह छैन कुन चियाले ओलीको मुड चेन्ज गरिदियो, र रातारात काङ्ग्रेससँग सहमति गरेर सरकारको नेतृत्व गर्न पुगे ?

उनले सहकार्य गरेपछि काँग्रेस दक्षिणपन्थी रह्यो कि रहेन ? अथवा एमाले स्वयम दक्षिणपन्थी भयो ? त्यो उनैले जानुन् । एमालेसँगको सहकार्यले काँग्रेस पनि प्रगतिशील भयो कि ? एमाले स्वयम दक्षिणपन्थी हुन पुग्यो ? त्यो भोलिका दिनमा दुबै पार्टीले समीक्षा गर्लान् ? कहीँ न कतै दस्ताबेजमा यसको लेखाजोखा पक्कै हुनेछ ।

काँग्रेसलाई गाली गरेर नथाक्ने एमालेजन ओलीको यो निर्णयबाट कति गदगद भए ? यही प्रश्न काँग्रेसका चर्का क्रान्तिकारी युवा नेताहरूप्रति तेर्सिएको छ, के काङ्ग्रेससँग सहकार्य गरेपछि एमालेका सबै पाप पखालिएका हुन् ? यी र यस्ता तमाम प्रश्नहरूको कठघरामा उभिएको एमाले र काँग्रेसले ढिलो चाँडो त्यसको जवाफ दिनुपर्नेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग ७ बुँदे सहमति गरे । र, आफ्नो नेतृत्वमा सरकार गठन गरे । ‘राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने’ सहमतिको पहिलो प्राथमिकता थियो ।

सहमति पत्रको दोस्रो बुँदाको मर्म थियो, संविधान संशोधन । जसमा प्रस्टसँग लेखिएको थियो, ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

तेस्रो बुँदामा ‘अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने,’ उल्लेख   छ ।

सरकारले सय दिन पार गर्दै गर्दा न त सहमतिमा उल्लेख भएको राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल भयो । उल्टै दलहरूबिच तिक्तता बढेको छ । असमझदारीसँगै दूरी बढेको छ । बरु दलहरूबिच मुठभेडको अवस्था सृजना हुदैछ ।
आर्थिक सुधारको सङ्केत देखिँदैन । चौतर्फी निराशा छ । दसैँ र दीपावलीमा समेत आम सर्वसाधारण र व्यवसायीहरू उत्साहित हुन सकेका छैन । बैङ्कसँग पुँजी छ । तर ऋण लिने ग्राहक छैनन् । देशको आर्थिक अवस्था अन्योलग्रस्त छ ।

सरकार गठनको सुरुवाती दिनमा शेयर बजारमा देखिएको उत्साह कायम रहिरहन सकेको छैन । यो बीचमा उकालो लागेको शेयर नै थियो, बाँकी त सबै पहिलेदेखि नै ओरालो नै थिए ।

सरकारसँग नागरिकमा उत्साह जगाउने नयाँ योजना छैन । ओलीमा न त विगतमा जस्तो न त्यो जाँगर छ, न त उत्साह नै । देशको अर्थतन्त्र झै ओली पनि शिथिल देखिन्छन् ।

विश्वासमा लिएर काम गर्नुपर्ने कुलमान घिसिङसंगको ओलीको बिबाद चुलिएको छ । जनताले अनुभूति गर्न नपाएको सुशासन भन्ने कुरा भएको छ । ब्यापारीसंगको हिमचिमले ओलीको भ्रष्टाचारमा शुन्यसहनशीलता फगत गफ भएको छ । बिपद्मा जनताले सरकार हुनुको आभाष कति गरे त्यो भनिरहनु परेन । महंगी नियन्त्रण गर्न सरकार सफल कति भयो, बजारको ऐनामा देखिने सरकारले नै बताउछ । कर्मचारी सरुवाका विषयमा चर्चा गरिरहनै परेन ।

देशका दुई ठूला दलहरुको बलियो गठबन्धनबाट मुलुकका सबै क्षेत्रले आश गरेका थिए । खासगरी शिथिल अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको थियो । त्यो अपेक्षाकृत हुन सकेन ।

प्रधानमन्त्री ओली मूल मुद्दाबाट भट्किए झै लाग्छन । उनी साना तिना बिबादमा मुछिदा जनतामा थप निराशा छाएको छ ।
टीआरसी बिधेयक पास गर्नु यो सरकारको मुख्य उपलब्धी हो । बंगलादेशसंगको बिद्युत बिक्री सम्झौताले नेपालको उर्जा क्षेत्रमा आशा जगाएको छ । स्वास्थ्य क्षेत्रमा केही सुधारका संकेत देखिएका छन् । र, परराष्ट्र र कुटनीतिका क्षेत्रमा सकारात्मक पहलहरु भएका छन् ।

ओली मान्छेलाई कन्भिन्स गर्न खप्पिस मानिन्छन । उनी ठोरीलाई अयोध्या प्रमाणित गरिदिन सक्छन् । पाईपलाईनबाट घरघरमा ग्याँस बालिदिन सक्छन् । रेल र पानी जहाजका सपना देखाउने सामर्थ्य ओली बाहेक बिरलै नेतामा छ । यस्तो लाग्थ्यो, उनको शब्दकोषमा असम्भव भन्ने शब्द नै छैन । अपत्यारिलो कुरा पनि साँच्चै हो कि लाग्ने गरी व्यक्त गर्न सक्ने त्यो अद्भुत क्षमता ओलीमा नभएको होइन । र, यो उमेरमा पनि उनको ऊर्जा मान्नै पर्छ ।

उनी कुनै पनि विषयमा आम मान्छेलाई सके कन्भिन्स, नसके कन्फ्युज गरिदिन सक्छन् । उनी जुन आत्मविश्वासका साथ आफ्ना कुरा आम मान्छेका माझ राख्न सक्छन् । त्यो खुबी उनका समकालीन कुनै नेतामा छैन । तर यस पटक ओलीले न आम जनतालाई ‘कन्भिन्स’ गर्न सके । न त ‘कन्फ्युजन’ नै । बरु ओली दिशाबिहीन देखिए । कहाँ जादैछन्, के गर्दैछन्, उनैले भेउ पाएका छैनन् ।तर ओलीले सरकारलाई निरन्तरता दिन बाहेक केही गर्न सकेनन । न त उनी विगतमा झै आफ्ना आलोचक र प्रतिपक्षीमाथि गालीगलौजमा र उखान टुक्कामा देखिए । उनीभित्रको राष्ट्रवाद कहाँ हरायो ? सुखी नेपाली, समृद्ध नेपाल त उनले पछिल्ला दिनमा जोडले उच्चारण गरेको समेत सुन्न पाईएन ।

बाढी र पहिरोले पुरै देश आक्रान्त हुदा नागरिक राज्य र सरकार बिहीन भए । राजधानी काठमाण्डौंमै नागरिकको जीवनमा सरकार भन्दा पहिले मृत्यु पुग्यो । नागरिकको उद्दार गर्न चुकेको सरकार भिजिबिलिटीलाई दोष दिदै आफू ओभानो हुन    खोज्यो ।

मुलुकमा सय दिनमा सहकारी बाहेक केही देखिएन । केही सुनिएन । छानबिन सहकारीकै नाममा । संसदीय समिति सहकारीकै नाममा । पक्राउ सहकारीकै नाममा । नारा, जुलुस र आन्दोलन सहकारीका नाममा । र, यस्तो लाग्दैछ, अव दलहरुसंग उभिनलाई सहकारी बाहेक अर्को मुद्दा छैन । उठाए यसैले उठाउछ । सके यसैले सक्छ । सहकारीको जगमा उठेको आन्दोलनले बिराम कहिल्यै पाउछ, ठेगान छैन ।

नेपाली काँग्रेस र एमालेका लागि यो अन्तिम अवसर हो । यो अवसरलाई सदुपयोग गरेर नागरिकको जीवन र अनुहारमा परिवर्तन ल्याउने दृढ संकल्पको कमि खट्किएको छ । दुबै दल र उसको नेतृत्वले बेलैमा सोच्न र सच्चिन जरुरी छ ।

१७ बर्षीया किशोरी बेपत्ता प्रकरण : हवल्दार जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान हुदैँ

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ।

गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ। किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ।

बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि आज जिल्ला अदालतबाट दोश्रो पटक सात दिनका लागि म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए।

बेपत्ता किशोरीसंग निलम्बित प्रहरी हवल्दार जोशीको निकटको सम्बन्ध रहेको र उनले नै बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन्। किशोरी बेपत्ता भएकै दिन स्थानीयहरुले जोशीलाई दाम्लोले बाँधेर कुटपीट समेत गरेका थिए।

प्रधानमन्त्री ओलीले बोलाए सत्तारूढ दलको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक बोलाएको छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्ने उनको सचिवालयले जानकारी दिएको छ।

सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।

सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

दिल्लीबाट आएको भिस्ताराको जहाजमा बमको हल्ला, विमानस्थलमा खैलाबैला

काठमाडौँ — भारतीय वायुसेवा कम्पनी भिस्ताराको जहाजमा बम भएको ‘सूचना’ ले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र झन्डै चार घण्टा तनावग्रस्त बन्यो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार १ सय ४७ यात्रु दिल्लीबाट ल्याएर अवतरण भएको भिस्ताराको जहाज दिउँसो साढे ४ बजे यात्रु ओराल्ने तरखरमा थियो ।

त्यही बेला भिस्ताराको सुरक्षा हेर्ने कर्मचारीलाई अज्ञात समूहले जहाजमा बम राखिएको ‘सूचना’ दिएको थियो । लगत्तै भिस्ताराको काठमाडौं कार्यालयले त्यसको जानकारी विमानस्थललाई दियो ।

त्यसपछि विमानस्थल कार्यालयले ‘आफ्नो इमर्जेन्सी प्लान’ अनुसार सुरक्षा समितिको बैठकमार्फत सेना र प्रहरी परिचालन गरेको थियो । करिब ४ घण्टाको जाँचपछि नेपाली सेनाको विशेष टोलीले सुरक्षा खतरा नभएको यकिन गरेपछि बेलुकी साढे ८ बजे भिस्ताराको जहाज काठमाडौंबाट १६९ यात्रु लिएर दिल्लीका लागि उडेको छ ।

‘बम राखिएको भनिएको जहाज आकाशमा भएको भए अवतरणलगत्तै बेग्लै स्थानमा लगेर सुरक्षा जाँच गर्नुपर्छ । यो अन्तर्राष्ट्रिय अभ्यास उड्डयन नियममै उल्लेख छ,’ महाप्रबन्धक निरौलाले भने, ‘तर अन्य अन्तर्राष्ट्रिय जहाजसमेत रहेको पार्किङ वेमा आइसकेकाले सुरक्षा थ्रेट भएको भिस्ताराको जहाजलाई अन्यत्र सार्न सकिएन । त्यहीँ नेपाल प्रहरीले सुरक्षा घेरा हाल्यो । जहाजमा भएका यात्रुलाई एक/एक गरी खानतलासी गरेर अलग्गै राख्नुपर्‍यो ।’ त्यसबेला पार्किङ वेमा हिमालय एयरलाइन्स, फ्लाई दुबई, थाई लायनलगायतका वायुसेवा कम्पनीका विमान थिए ।

खोज्नुहोस