बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलको क्षतिपूर्ति वाफत सय करोड दिने सम्झौता

न्यूयोर्क, ८ कार्तिक ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको फ्रान्सिस स्कट की ब्रिजको क्षतिपूर्ति बाफत जहाज कम्पनीले सय मिलियन डलर दिने सम्झौता भएको छ ।

अमेरिकी न्याय विभागले जहाज सञ्चालक ग्रेस ओशन प्राइभेट लिमिटेड र सिंगापुरका प्रबन्धक सिनर्जी मरिन समूह दुवैलाई जहाजको ठक्करबाट भत्किएको फ्रान्सिस स्कट की पुलको मुनीको फोहोर हटाउन र शहरको बन्दरगाह पुनः खोल्न लागेको १० करोड डलर दिन आग्रह गरेको थियो । सरकारले आग्रह गरेको एक महिनापछि बिहीवार यो सम्झौता भएको हो । सरकारले पानी मुनीको फोहोर हटाउन र बन्दरगाह खोल्न १० करोड खर्च गरेको थियो ।

६ जनाको ज्यान गएको उक्त घट्नापछि बाल्टिमोरको बन्दरगाहबाट व्यावसायिक ढुवानी बन्द भएको थियो । मृतकका परिवाजनले क्षतीपूर्ति र न्यायका लागि जहाज कम्पनीका बिरुद्ध कानुनी लडाई लड्ने घोषणा गरेका थिए ।

 

 

इङल्याण्डका सैफ सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका ब्याटिंग अलराउण्डर सैफ जैब सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

२६ बर्षिय ब्याटिंग अलराउण्डर जैबलाई सुदूरपश्चिमले भित्र्याएको जानकारी दिएको छ । सुदूरपश्चिमले यसअघि स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डनलाई पनि भित्र्याइसकेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक जगत टमाटालाई मुख्य कोचमा नियुक्त गरेको छ भने अस्ट्रेलियाका पुर्व क्रिकेटर ब्राड हजलाई मेन्टर नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

गृहनगर धनगढीमा बिराज र समीरको भव्य स्वागत

धनगढी, ८ कात्तिक ।
विराज भट्टको एक्सन र समीर भट्टको फाइटमा उमेरले झन्डै ६० पुग्दै गरेकी भगरथी भट्ट उत्साहित हुन्छिन् । आसपासमा रहेका युवाहरूले हुटिङ गर्दा र सिट्ठी बजाउँदा उनीमा थप ऊर्जा आउँछ ।

धनगढीको एसटीएस सिनेमा घरमा छोरी लक्ष्मीसँग अन्तिमतिर बसेर १२ गाउँ हेरिरहेकी भगरथीलाई विराज भट्टले स्टेजमै बोलाएपछि धेरैले थाहा पाए उनी विराजको आमा र समीरको हजुर आमा हुन् भनेर ।

दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज भएको एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैदिन रिलिज हुँदा पनि १२ गाउँले राम्रो सफलता पाइरहेको छ ।

दोस्रो सातासम्म उपत्यकाका हलहरूमा रहेका विराज छोरा र भाइलाई लिएर बिहीबार धनगढी पुगेका थिए । धनगढी विराजको जन्म थलो हो । यहाँ साथीहरूले विराजलाई भोजराज भनेर चिन्छन् ।

‘ऊ भोजराज हो, फिल्ममा आएपछि विराज भयो ’ १२ गाउँ हेरिसकेपछि आमा भगरथीले भनिन् ‘मेरो छोरोलाई देश विदेशले चिनेको छ मलाई गर्व लागेको छ । ’

भगरथीका पाँच सन्तान मध्ये विराज माइला हुन् । १२ गाउँमा विराजसँगै देखिएका कृष्ण भट्ट उनका कान्छा भाइ हुन् । एउटै चलचित्रमा छोरा र भाइलाई खेलाएका विराजले बिहीबार धनगढीमा दर्शकहरूको निकै राम्रो साथ पाए ।

२४ गतेदेखि अहिलेसम्म यहाँको एसटिएस सिनेमा घरमा दर्शकहरूको चाप कम भएको छैन । बिहीबारको टिकट त झन् दुई दिन पहिल्यै बुक भइसकेको थियो । बिहीबार आएका सयौँले टिकट पाएनन् ।

‘दुई दिन पहिल्यै सबै सोका टिकटहरू बुक भइसकेको थिए म्यानेजर योगेन्द्र नायकले भने, ‘आज आउनु भएका धेरैले टिकट पाउनु भएन उहाँहरूलाई फेरि भोलि आउनु होला भन्दै फर्कायौँ ।’

१२ः४५ मा सिनेमा घर पुगेका विराजले केहीबेर पत्रकारहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले अहिलेसम्म पनि निकै राम्रो दर्शकहरूको साथ पाइरहेको भन्दै अझै केही साता चलचित्र चल्ने बताए ।

‘यो मेरो जन्मथलो हो । काठमाडौँ उपत्यकापछि पहिलो पटक यहाँ आएको हुँ ’ उनले पत्रकारहरूसँग भने, ‘अहिलेसम्म देशैभरि निकै राम्रो साथ पाइरहेको छु । अझै केही साता यस्तै साथ पाउने अपेक्षा छ । ’

चलचित्र हेर्न आएका दर्शकहरूले विराज र समीर दुबैलाई चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले दुबै कलाकारको एक्सन, डाइलग र विषयवस्तु मन पराएको बताए ।

विराज भट्टलाई दर्शकहरूले चट्चट्चट् वा डाइलग भन्नेपछि समीरले ‘बजाइदे नरसिङ्गा, बर्साइदे फूल, बढ्दै छ कदम मेरो ।
सिंहासन तेरो, साम्राज्य तेरो, तर, राज मेरो ।’ हुटिङले सिनेमा घर नै थर्किएको थियो ।

बिहीबार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिन। अभिनेता विराज र समीर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए। त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन् ।

  

नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङ, ८ कात्तिक ।
दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाका अनुसार लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भई हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरीको राप्ती नदीमा नुहाउने क्रममा दिउँसो करीव २ :४५ डुबेर मृत्यु भएको हो ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार मृतक झरना कक्षा–४, निशा ६, कृष्टी कक्षा ८ मा अध्ययनरत थिईन ।

 

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै  वार्षिक रु १० लाख आम्दानी लिने गरेको उनले बताए । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्  । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनले बताए । “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिन्न”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरू मलाई केही चाहिएन ।”

खेती र पशुपालनबाटै आर्थिक रूपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए ।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा उनी छन् ।

उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि डोटीको शिखर र कञ्चनपुरको शुक्लाफाँटालाई

बझाङ — सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् ।

पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालिकाको टिमलाई ३–२ को सेटले हराएको थियो भने महिलातर्फको प्रतिस्पर्धामा शुक्लाफाँटासँग बझाङको बित्थडचिर नगरपालिकाको टिम ३–१ को अन्तरमा पराजित भएको थियो ।

प्रथम हुने टिमले पुरुषतर्फ नगद २ लाख २ हजार ८१ र महिलातर्फ १ लाख २ हजार ८१ रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले पुरुषतर्फ १ लाख २ हजार ८१ र महिलातर्फ ५२ हजार ८१ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त गर्ने टिम पुरुषतर्फ बझाङको छविस पाथिभेरा गाउँपालिका ‘ए’ ले ५२ हजार ८१ र महिलातर्फ मष्टा गाउँपालिकाले २२ हजार ८१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

पुरुषतर्फ १७ र महिलातर्फ १२ टोलीको सहभागिता रहेको उक्त खेल कार्तिक १ गतेबाट सुरु भएर ८ दिनसम्म चलेको थियो । कोजाग्रत पूर्णिमाका दिन बझाङ सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसर पारेर बझाङ उद्योग वाणिज्य संघले यो प्रतियोगिताको आयोजना गर्दै आएको छ । आयोजनाको यो चौथो संस्करण हो ।

संघले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । सम्मानित हुनेमा पुरुषतर्फ सुनिल बोहरा, हरि बोहरा, स्पाइकर राजेन्द्र बोहरा, डिफेन्डर विनोद चन्द, सुनिल सुतारा, राइजिङ प्लेयर दिपिन गिरी, हेमन्त मल्ल र उत्कृष्ट कोच गोकर्ण मल्ल रहेका छन् ।

भारतको उडिसा र पश्चिम बंगालमा चक्रवात, १५ लाख विस्थापित

भुवनेश्वर — भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ । ‘दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ ।

आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए ।

उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।

आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ । बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए ।

उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।

अमेरिका र कतारले गरे गाजा वार्ताको नयाँ घोषणा, ब्लिङ्केनद्वारा नयाँ विकल्पको खोजी

दोहा । अमेरिका र कतारले बिहीबार गाजा युद्धविरामको वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भने अमेरिका नेतृत्वको योजना महिनौँसम्म असफल भएपछि मध्यस्थकर्ताहरूले नयाँ विकल्पहरू खोजिरहेको बताएका  छन् ।

अमेरिकी निर्वाचन हुन दुई साता बाँकी रहँदा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणयता ब्लिङ्केन यस क्षेत्रको ११औँ भ्रमणमा छन् । इजरायलले गत साता लडाकू समूहका नेता याह्या सिनवारको हत्या गरेको थियो ।

ब्लिङ्केनले वार्ताकारहरूले ‘आगामी दिनहरूमा’ एक वर्षे गाजा युद्ध अन्त्य गर्ने र अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने उपायहरूबारे वार्ता पुनः सुरु गर्ने बताए ।

“हामीले यस क्षणको फाइदा उठाउने र प्रक्रियालाई अगाडि बढाउने अर्को कदमहरूबारे विकल्पहरूमा छलफल गर्‍यौँ”, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल–थानीसँगको वार्तापछि ब्लिङ्केनले भने ।

उनले दुई साझेदारले ‘इजरायल फिर्ता हुनसक्ने, हमास पुनर्गठन हुन नसक्ने र प्यालेस्टिनी जनताले आफ्नो जीवन र भविष्य पुनर्निर्माण गर्नसक्ने’ योजना खोजिरहेको बताए । “यो युद्ध अन्त्य गर्न, सबै बन्धकलाई घर फर्काउन र गाजाका मानिसहरूका लागि राम्रो भविष्य निर्माण गर्न काम गर्ने क्षण हो”, उनले भने ।

कतारी प्रधानमन्त्रीले इजरायली र अमेरिकी प्रतिनिधिमण्डलहरू युद्धविरामका लागि दोहामा भेट्ने जानकारी दिए । ब्लिङ्केनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे ३१ मा एउटा योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा अस्थायी रूपमा लडाइँ रोक्ने र गाजामा हमास लडाकूहरूले राखेका बन्धकहरूको रिहाइको प्रयास गर्ने थियो ।

तथापि वार्ता अल्झियो । यसमा एउटा प्रमुख अड्चन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा–इजिप्ट सीमामा इजरायली सैनिकको उपस्थितिमा जोड दिने अडान थियो ।

इजरायल र साउदी अरेबियाको भ्रमणपछि तेस्रो चरणमा रहेका ब्लिङ्केनले सिनवार मुख्य बाधक रहेको र उनको मृत्युले एउटा अवसर प्रदान गरेको आफ्नो भनाइ दोहोर्‍याए ।

कतारी प्रधानमन्त्री शेख मोहम्मदले हमासबाट ‘अगाडिको बाटो के हुनेछ’ भन्ने बारेमा अहिलेसम्म ‘कुनै स्पष्टता नभएको’ तर कतारी मध्यस्थकर्ताहरू सिनवारको मृत्युपछि समूहसँग ‘पुनः संलग्न’ भएको बताए । “दोहामा राजनीतिक कार्यालयका प्रतिनिधिहरूसँग संलग्नता भएको छ । हामीले विगत केही दिनमा उनीहरूसँग केही बैठकहरू गरेका छौँ”, इजिप्टको हमाससँग ‘निरन्तर’ छलफल भइरहेको जानकारी दिँदै उनले भने ।

अमेरिकी अधिकारीहरूले सिनवारलाई गाजाबाट बन्धकहरूको रिहाइसँगै युद्धविराममा अमेरिका, कतार र इजिप्टले मध्यस्थता गरेको वार्तामा अडान लिने व्यक्तिको रूपमा वर्णन गरेका थिए ।

आलोचकहरूले यो समस्या हमास मात्र नभई बाइडेन प्रशासनको इजरायलको समर्थन हासिल गर्न नसक्नु रहेको बताउँछन् । इजरायलले अमेरिकाबाट करिब निरन्तर अर्बौं डलर मूल्य बराबरको हतियार प्राप्त गरिरहेको छ ।

 विभिन्न विकल्प 

हमासले अझै सिनवारको उत्तराधिकारी छनोट गरेको छैन । हमासका दुई स्रोतका अनुसार समूहले एक व्यक्तिगत नेताको सट्टा दोहा–आधारित नेतृत्व समिति नियुक्त गर्नेतर्फ झुकाव राखेको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले अमेरिका गाजाबारे ‘नयाँ ढाँचाहरू’ खोज्न तयार रहेको बताए । “हामी विभिन्न विकल्पहरू हेरिरहेका छौँ तर प्रधानमन्त्रीले भने जस्तै हमास संलग्न हुन तयार छ कि छैन भन्ने हामीले अझै वास्तवमै निर्धारण गरेका छैनौँ”, उनले भने, “यद्यपि अर्को कदम वार्ताकारहरूलाई एकसाथ ल्याउने हो… हामी निश्चय नै आउने दिनहरूमा थप जान्नेछौँ ।”

उनले युद्ध अन्त्य गर्ने प्रयासको महत्त्वपूर्ण घटकका रूपमा हेर्दै गाजाको पुनर्निर्माण र युद्धपछिको शासनको योजनाबारे थप स्पष्टता पनि खोजिरहेका छन् ।

उनले प्यालेस्टिनीहरूका लागि थप १३ करोड ५० लाख डलरको सहायताको घोषणा गरे। यसले युद्ध सुरु भएयताको कूल रकम करिब एक अर्ब २० करोड डलर पुर्‍याएको छ ।

रवि र छविकाे सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो।

प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए।

अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

कास्की प्रहरी प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने बताए। ‘एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुन्छ,’ उनले भने।

संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ।

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।

 

महिलालाई बन्धक बनाइएको अभियोगमा दुईजना पक्राउ

काठमाडौंको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए ।

बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरूको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समुह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन् ।

अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समूह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

अमेरिका गएका वडाध्यक्ष ९ महिनासम्म नफर्केपछि वडा कार्यालयमा ताला

खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो ।

उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुन ।

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

वीरगञ्ज (पर्सा)-नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा पेट्रोल पनि आयात हुने भएको छ ।

मोतीहारी-अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम प्रारम्भ भएको जानकारी दिए ।

“दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबै काम पूरा भएको छ”, उनले भने, “गत असोज १७ गते पाइपलाइपबाट परीक्षणका लागि पाँच हजार पाँच सय किलोमिटर पेट्रोल ल्याएर जडान भएका उपकरणको प्रभावकारिताको परीक्षण गरिरहेका छौँ । सम्भवतः डेढ महिनाभित्रमा परीक्षण पूरा गरेर डिजेलजस्तै पेट्रोल पनि व्यावसायिक रूपमा पाइपलाइनबाटै ल्याइनेछ ।”

परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । “निगमले दोस्रो चरणको परियोजनाअन्तर्गत निर्माण गरेका  उपकरण तथा पूर्वाधारको प्राविधिक जाँचको कामलाई तीव्रता दिइरहेको छ । दोस्रो चरणअन्तर्गत जडान भएका पेट्रोलका ट्याङ्की, मोटर, पम्प, पाइपलाइन, स्वचालित पेट्रोल भर्ने स्टेशनलगायत प्राविधिक पक्षको पनि परीक्षण भइरहेको छ ।” कार्यालय प्रमुख आचार्यले भने ।

निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु तीनका दरले एक अर्ब जोगिने छ । “हाल पेट्रोल र मट्टितेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी गर्दै आएको छ”, उनले भने, “पाइपलाइनबाट पेट्रोल ल्याउँदा ढुवानी खर्च र वातावरण प्रदूषण दुवै जोगिनेछ ।” डिजेल भने पाइप लाइनबाटै आयात भइरहेको छ ।

निगमका अनुसार पम्पहाउस, अत्याधुनिक प्रयोगशाला, ‘फायरफाइटिङ सिस्टम’को स्तरोन्नति, ‘आयल वाटर स्प्रे’, ‘पिएमससिसी रुम’लगायत पूर्वाधार निर्माण भएको छ । अमलेखगञ्जमा निगम र भारतीय पक्षले विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएको थियो । निगमले दोस्रो परियोजना कार्यान्वयनका लागि एक अर्ब ५४ करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको पेट्रोलको ट्याङ्क, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमको स्तरोन्नति र २४ वटा पूर्णरूपमा स्वचालित पेट्रोल भर्ने स्टेसन निर्माणको काम अघि सारेको थियो ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले पनि ६० करोड भारु खर्चिएर चार हजार एक सय किलोलिटर क्षमताको ट्याङ्क, दुई सय ५० किलोलिटर क्षमताको दुई वटा ट्रान्समिक्स ट्याङक, तीन हजार किलोलिटर क्षमताको दुई वटा फायरवाटर ट्याङ्क निर्माणको जिम्मेवारी लिएको थियो । सन् २०१५ मा पाइप लाइन विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरेर  दुई अर्ब ७५ करोड भारु लाग्ने अनुमान गरिएको थियो । सो योजनाअनुसार पहिलो चरणमा भारतीय पक्षले दुई अर्ब भारु र दोस्रो चरणमा नेपालको तर्फबाट ७५ करोड भारु खर्च गर्ने योजना थियो ।

पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतको तर्फबाट दुई अर्ब भारु खर्च भए पनि दोस्रो चरणको काम तत्कालै सुरु हुन सकेन । दोस्रो चरणको पाइप लाइन विस्तारको लागत बढेर भारु एक अर्ब ५४ करोड पुगेको छ । पहिलो चरणको काम सम्पन्न भई विसं २०७६ भदौ २५ गतेदेखि पाइप लाइनबाट डिजेल आयात भइरहेको निगमले छ ।

साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौँ, कात्तिक ८ गते । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा मालदिभ्सलाई ११-० ले पराजित गरेको थियो । आज समूह चरणको तेस्रो खेल जित्दै नेपाल अन्तिम चारमा पुग्ने दाउमा छ ।

राफिन्हाको ह्याट्रिकमा बायर्नमाथि बार्सिलोनाको सानदार जित

कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे ।

जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरेपनि भिएआरले मान्यता दिएन । तर १८औं मिनेटमा केनले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाले २-१ को अग्रता दिलाए । ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-१ को अग्रता लियो ।

राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनायो ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । बार्सिलोना ३ खेलबाट ६ अंकसहित दशौँ स्थानमा छ । दोस्रो हार व्यहोरेको बायर्न ३ अंकसहित २३औं स्थानमा छ ।

अर्को स्थानीय क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग ३-१ ले स्तब्ध बनेको छ । यसअघि रियल मड्रिडलाई समेत हराएको लिलले एक गोलले पछि परेको स्थितमा पुनरागमन जित निकालेको हो । उसका लागि जोनाथन डेभिडले दुई गोल गरे भने जेग्रोभाले एक गोल गरे ।

त्यसअघि जुलियन अल्भारेजको गोलमा एट्लेटिकोले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो जितपछि लिल ६ अंक जोडेर १५औं स्थानमा छ ।

रवि र छविलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दै छ । पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धान गरिरहेको छ ।

सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण

सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री थपेका छन् । नेपाली कांग्रेसका दुई र अशोक राई नेतृत्वको जसपाका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्रीले बुटवलस्थित प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको कार्यालय बिहीबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ ।

प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । तर, अझै मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ ।

लुम्बिनीमा गएको साउन ७ गते आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ, ८ कात्तिक  ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अध्यागमन विभागको महानिर्देशकमा रिजाल

काठमाडौं, ८ कात्तिक ।
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाएको छ।

अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएपछि गृह मन्त्रालयले बुधवार उनको स्थानमा रिजाललाई पठाएको हो । रिजालले आज (बिहीवार)देखि कार्यभार सम्हाल्ने छन् ।

यसअघि श्रम मन्त्रालयको प्रवक्ता रहेका रिजालको नयाँ सरकार गठन भएपछि गृह मन्त्रालय सरुवा भएको थियो । काठमाण्डौं, कैलाली सहित आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको अनुभव सम्महालेका रिजाल गृह मन्त्रालयका अनुभवी र सिनियर सहसचिव हुन् ।

हङकङमा नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुदै

हङकङ,७ कात्तिक ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को आयोजनामा हङकङमा दुई दिने इन्टरनेशनल युथ आन्ट्रप्रेनर्स समिट सञ्चालन हुने भएको छ ।

नेपाली युवा उद्यमीको क्षमता अभिवृद्धि गर्न इन्टरनेशनल युथ आन्ट्रप्रेनर्स समिट आयोजना गर्न लागिएको फिनेका अध्यक्ष स्वतन्त्र प्रताप शाहले द एभरेष्ट पोष्टलाई बताए ।

महासंघका अध्यक्ष शाहका अनुसार नोभेम्बर २९ र ३० मा मार्कोपोलो हङकङ होटलमा हुने समिटमा विश्वभरबाट १५० देखि १७० जना युवाहरू सहभागी हुने छन् ।

उद्यमी महासंघ हङकङको व्यवस्थापनमा आयोजना हुन लागेको समिटमा १०० देखि १२० हङकङका उद्यमी र करिब ४० जना अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान, चीन, मकाउ, मध्यपूर्वलगायतबाट सहभागी हुँदै छन्।
का अध्यक्ष इन्दर पुनले नेपाल वा हङकङबाट प्रमुख अतिथिको रुपमा मन्त्री सहभागी हुने जानकारी दिए।

‘नेपाली युवा उद्यमीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो’, अध्यक्ष पुनले भने, ‘१० देखि १४ वटा छलफल सत्र सञ्चालनको योजनामा छौँ।’

‘नेपाली उद्यमीको सशक्तीकरण : नवप्रवर्तन, सहकार्य र सफलता’ भन्ने नारामा कार्यक्रम सञ्चालन हुने उनले बताए।

कार्यक्रमको मुख्य वक्ताको रुपमा नेपालको एफवान सफ्टका विश्वास ढकाल, डोल्पा इम्प्याक्ट फन्डका प्रबन्धनिर्देशक विद्यावारिध सिग्देल, ग्लोबल इक्विटी फन्डका संस्थापक डा. मनिस थापा, फिनटेक एलाइन्स नेपालका संस्थापक सञ्जीव सुब्बा, पोलिटेक्निक युनिभर्सिटी हङकङका एसिस्टेन्ट रिसर्च प्रोफेसर रोशिस कृष्ण श्रेष्ठ, डायस्पोरा र वैदेशिक लगानीको विषयमा सम्बोधन गर्न डिला खरेल आउने निश्चित भइसकेको पुनले जानकारी दिए।

कार्यक्रम सञ्चालन र सेसन मोडरेटरको रुपमा दीपमाला ढकाल, सुरेश थापा, सोयना ढकाल, अन्जु घिसिङ लगायत रहनेछन्।

महासंघ विश्वभर रहेका नेपाली युवा व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन हो। महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाह छन् भने १९ जना कार्यसमिति सदस्य छन्।

टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्र दोस्रोमा यथावत्

काठमाडौँ : टी-२० अलराउन्डर वरीयतामा राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा कायमै रहेका छन्।  अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा उनी अलराउन्डरतर्फ दोस्रो स्थानमा कायमै रहेका हुन्।

टी–२० अलराउण्डरतर्फ नै गुल्शन झाले ११ स्थान सुधार गर्दै ४०औँ स्थानमा उक्लिएका छन्।

टी–२० ब्याटिङतर्फको वरीयतामा राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले ३१ स्थान सुधार गरेका छन्।

आईसीसीले आज सार्वजनिक गरेको वरीयताअनुसार भुर्तेलले ३१ स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएका छन्। भुर्तेलले अमेरिकाविरुद्ध टी–२० सिरिजमा १ अर्धशतकसहित कुल १४२ रन बनाएका थिए।

ब्याटिङ वरीयतामा आसिफ शेखले पनि २ स्थान सुधार गर्दै ६९औँ स्थानमा उक्लिएका छन्। कप्तान रोहितकुमार पौडेल ४ स्थान सुधार गर्दै ५९औँ स्थानमा उक्लिएका छन्।

अष्ट्रेलियाका ट्राभिस हेड टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन् भने भारतका सूर्यकुमार यादव दोस्रो तथा इंग्ल्याण्डका पिल्ट साल्ट तेस्रो स्थानमा रहेका छन्।

टी–२० बलिङतर्फ सोमपाल कामीले ३ स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन्। बलिङतर्फ भने दीपेन्द्रसिंह ऐरीको वरीयता ३ स्थानले खस्कँदै ६२औँ स्थानमा झरेको छ।

 

नेपालले आयातभन्दा निर्यात बढी गर्ने यी हुन् १० देश

काठमाडौं । नेपाली उत्पादनहरू विश्वका विभिन्न देशमा व्यापारिक रूपमा नै जाने गरेको छ । ती देशबाट वस्तु तथा सेवा कम आयात गर्ने र बढी निर्यात गरेर व्यापार नाफामा राखिएको छ ।

नेपालले १३२ देशसँग व्यापार गर्दै आएको छ । यी देशबाट नेपालमा वस्तु तथा सेवा आयात र नेपालबाट पनि निर्यात हुने गरेको छ । यी एक लाख व्यापार भएका देशसहित १३२ देशमध्ये १०४ देशसँग नेपालको व्यापारघाटा छ । यसको अर्थ नेपालबाट निर्यात हुने वस्तु तथा सेवाभन्दा ती देशबाट बढी नेपाल भित्र्याउने गरिएको छ ।

यसरी सबैभन्दा बढी व्यापारघाटा भने छिमेकी राष्ट्र भारतसँग छ । यो देशसँग दुई खर्ब १६ अर्ब ६ करोड रुपैयाँ व्यापार घाटा छ । भारतबाट पछिल्लो तीन महिनामा नेपालमा दुई खर्ब ४० अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँको निर्यात भएको छ ।

Byapar--1729689743.png

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उनको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ ।

खल्लाकी निर्मला प्रत्येक महिना दाल चामल किन्न तीन घण्टा पैदल ओहोरदोहोर गर्छिन् । उनले भनिन्, “गतिलो सडक नहुँदा पैदल हिँडेरै बजार ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।”

भीमदत्त नगरपालिका–९ अन्तर्गत चुरेका बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीय किनमेलका लागि ब्रह्मदेव बजार पुग्ने गरेका छन् । महाकालीको तिरैतिर खल्ला, मुसेट्टी र टुँडिखेल जोड्ने बाटो छ । बर्सातमा बाढीपहिरोले बिग्रिने हुनाले यहाँका स्थानीय सडक सञ्जालसँग सम्पर्क टुट्ने गरेको छ ।

“यस वर्ष पनि बाढीपहिरोले सडक अस्तव्यस्त छ । बस चल्थ्यो । बाटो नहुँदा अचेल चल्न सकेको छैन”, खड्काले भनिन्, “जोखिम मोलेर पैदल हिँड्नुपर्छ ।” यहाँ कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । कक्षा ९ देखि अध्ययन गर्न ब्रह्मदेव पुग्नु पर्छ । “विद्यालय पुग्न दुई घण्टा लाग्छ । बर्सातमा बाढीपहिरोको डर छ”, स्थानीय कृष्ण विकले भने, “वर्षामा विद्युत् र सञ्चार सुविधाबाट वञ्चित हुनुपर्छ ।”

यहाँ केही वर्षअघि मात्रै विद्युत् विस्तार गरिएको थियो । त्यसपछि स्थानीयले सञ्चारको सुविधामा पाएका थिए । विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयले सौर्य उर्जा र भारतीय सिमको प्रयोग गर्थे । “विगतको तुलनामा केही सुधार भएको छ । तर सडक गतिलो नहुँदा सास्ती भोग्नुपर्छ”, स्थानीय रुपा कामीले भनिन्, “वर्षभरि गाडी चढेर ओहोरदोहोर गर्न कहिले पाइएला ?”

सिँचाइ र खानेपानी समस्या स्थानीयले भोग्दै आएका छन् । सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल खड्काको भनाइ छ । “माटो उर्वर छ । तर सिँचाइ सुविधा नहुँदा उब्जाउ हुँदैन”, उनले भनिन् ।

अपडेट : अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए ।

बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी उपस्थिति

 परराष्ट्र मन्त्रालय समाल्नुभएको एक सय दिन अवधिका मुख्य मुख्य उपलब्धि बताइदिनुहोस् न ?

यस अवधिमा देखिने गरी महत्वपूर्ण काम भएका छन् । पहिलो, संयुक्त राष्ट्रसङ्घमा सम्माननीय प्रधानमन्त्रीज्यू, म आफैँ र मन्त्रालयको टिमसहित नेपालको प्रतिनिधित्व गर्ने/गराउने र सबै प्रकारका टिम बनाएर लैजाने विषयलाई प्रभावकारी रूपमा सफल बनायौँ । त्यसमा महासभाको प्रमुख सत्रसँगै समिट अफ दी फ्युचर तथा एलएलडिसी (अति कम विकसित मुलुक) को समूहको प्रतिनिधित्व गर्दै अध्यक्षता गर्ने कार्यसँगै जी ७७ प्लस चाइनालगायतका महत्वपूर्ण फोरममा प्रभावकारी रूपमा सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह गर्नु महत्वपूर्ण उपलब्धि रह्यो ।

साथै यो वर्षको महासभाको महत्वपूर्ण सत्रका रूपमा सुरक्षा परिषद्मा पनि नेपालले बोल्ने अवसर प्राप्त ग¥यो । प्रधानमन्त्रीज्यू र म आफूले पनि नेपालले यस पटक संयुक्त राष्ट्रसङ्घमा देखिने गरी सहभागिता झल्काउन सकेको महसुस गरेका छौँ । हामीले वैश्विक मुद्दा उठाउने मौकाको भरपुर उपयोग ग¥यौँ । जलवायु परिवर्तनको विषय, शान्ति प्रक्रियाको बाँकी कार्य पूरा गर्ने दायित्वका विषयमा धेरै कुरा विश्वमाझ राख्न हामी सफल भयौँ । नेपालको अन्तर्राष्ट्रिय छवि भनेको शान्तिप्रियता हो । शान्तिकै पक्षमा आवाज बुलन्द गर्छौं भन्ने पक्षधरता हामीले त्यहाँ प्रस्तुत ग¥यौँ । नेपाल असलंग्नताको नीति बोकेको देश हो । सबै हाम्रा मित्र हुन् अनि कसैसँग पनि हाम्रो शत्रुता छैन र सदैव शान्ति चाहन्छौँ भन्ने कुरालाई पनि राम्रोसँग उठाउन सफल भयौँ ।

दोस्रो, धेरै लामो समयदेखि मन्त्रालयको सङ्गठनात्मक संरचनालाई प्रभावकारी बनाउन ‘ओएनएम’ ल्याउने तयारी भइरहेको थियो । जसमा प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्री, अर्थमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा लामो समयदेखि अड्किएर बसेको ओएनएम पारित गर्न सफल भयौँ । जसले आवश्यकता अनुसारको जनशक्ति थप्ने प्रक्रिया अघि बढेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सगरमाथा संवाद गर्ने तयारी थालेका छौँ ।

संयुक्त राष्ट्रसङ्घमा विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीसँग भएका भेटवार्ता कति फलदायी भए ?

छलफलमा क्रममा विविध दुईपक्षीय सम्झौतामा पनि यो पटक हस्ताक्षर गर्न सफल भएका छौँ । जस अनुसार ७० वर्षको लामो इतिहासमा पहिलो पटक मित्रराष्ट्र अमेरिकासँग दुईपक्षीय परामर्श संयन्त्र गठनका लागि हस्ताक्षर ग¥यौँ । इन्डोनेसियासँग पनि दुईपक्षीय सम्झौता र दुईपक्षीय भिसा निःशुल्क गर्ने राम्रो सम्झौता भयो । सर्भियासँग पनि सम्झौता भएको छ । त्यहाँ नेपालले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो दौत्य सम्बन्ध कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा एउटा राम्रो किसिमको फ्रेमवर्कभित्र प्रवेश गर्न सक्यौँ । जसले हाम्रो परराष्ट्र नीतिलाई थप प्रभावकारी बनाउन सहयोग गर्छ ।

क्यानडा भ्रमणका क्रममा नेपालप्रति सद्भाव देखिएको छ । त्यहाँका सांसद नेपाल आउन इच्छुक छन् । नेपालप्रति चासो देखाएर भेट्ने धेरै देश थिए ।

 बितेको एक सय दिनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन यहाँको पहल र आबद्धता कस्तो रह्यो ?

यस अवधिमा सोचेभन्दा धेरै राम्रो अन्तर्राष्ट्रिय ‘इन्गेजमेन्ट’ रह्यो । प्रधानमन्त्रीज्यूले मात्र ४७ भन्दा बढी विदेशी मुलुकसँगको छलफलमा सहभागिता जनाउनुभएको छ । म आफैँले पनि ४० बढी बैठकमा भाग लिएको छु । दुईपक्षीय भेटवार्ता पनि त्यसै हाराहारीमा रहेका छन् । शिष्टाचार भेटवार्ताको कार्य अझै जारी छ । हालसम्म ३६ वटा भेटवार्ता भएको छ ।

त्यस्तै मन्त्रालयमा आएपछि भारत भ्रमण, संयुक्त राष्ट्रसङ्घको महासभा, जेन्डर र रिप्रोडक्टिभ राइटका विषयमा भएका सम्मेलन, कतारको भ्रमण, वातावरणीय सम्मेलन, महिला विदेशमन्त्रीको सम्मेलन, एसिडी सम्मेलनलगायतका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेँ । जसमा नेपालले हालसम्म गरेको प्रगति र चुनौतीका विषयमा राम्रो बहस भएको छ, जसले भविष्यमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको बाटो थप सुमधुर हुने अवसर सिर्जना गरेको छ ।

मन्त्रालय समालेलगत्तै यहाँले भारत भ्रमण गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभयो । दुई देशको सम्बन्ध थप न्यानो बनाउन कस्ता पहल भए ?

हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको भेटवार्ता न्युयोर्कमा भयो । त्यो भेटवार्ता मैले गरेको भारत भ्रमणको प्रतिफल हो भनेर जोड्न चाहन्छु । त्यो भेटमा भारतका प्रधानमन्त्रीज्यूले नेपालको भ्रमण गर्छु भन्नभएको छ । त्यो पनि अर्को उपलब्धि हो । उच्चस्तरीय भ्रमणको आदानप्रदानका विषयमा थप छलफल गरिने छ । भारतका प्रधानमन्त्री छिट्टै नेपाल भ्रमणमा आउनुहुने छ । समय तय नभए पनि हिउँदको अगाडि वा पछाडि नेपाल आउनुहुने छ भन्ने आशा छ । यथावत् विषय व्यापार, सम्पर्क सञ्जाल तथा जलविद्युत् योजना र विद्युत् खरिद सम्बन्धमा हाम्रा सरोकारवाला मन्त्रालयसँग दसैँअगाडि मात्र छलफल भएको छ । के के भएका छन्, हुनुपर्ने कुरा के के हुन् र कहाँ अड्किएको छ ? हाम्रो साइडमा हो वा भारतमा हो भनेर ट्र्याकमा ल्याउन छलफल भएको छ । अर्को हप्ता एसियाका मुलुकबिच छलफल गर्ने तयारी छ । त्यस्तै चीनका विषयमा यसरी नै छलफल राख्छौँ । मन्त्रालय एकदम अद्यावधिक भएर रहने र काम गर्ने योजना छ ।

एक सय दिनमा मन्त्रालयमार्फत भएका अन्य गतिविधि कस्ता रहे ?

पोर्चुगलमा दूतावास स्थापना गर्ने निर्णय भयो । मन्त्रालय तथा नियोगहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भयो ।

दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्कको नेपाल अध्यक्ष राष्ट्र हो । सार्क शिखर सम्मेलन नभएको लामो समय भयो । सम्मेलन गराउन यहाँको कस्तो पहल रहने छ ?

यस विषयमा भारत जाँदा पनि पहल गरेको छु । कुनै पनि सङ्गठनमा सबैको सहमतिमा बैठक राख्नु पर्छ । त्यसमा भारतका विदेशमन्त्रीज्यूलाई सोधेको थिएँ । उहाँले अहिले नगरौँ, अहिले वातावरण छैन भन्नुभएको छ । वातावरण बनेपछि अवश्य अघि बढ्छ तर ग्राउन्ड लेभलमा र कार्यगत समूहमा भने निरन्तर छलफल र काम भइरहेको छ । हालसालै पनि हाम्रो मन्त्रालयबाट साउथ एसियन युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्ने तयारी भइरहेको छ । म आशावादी छु कि यो क्षेत्रमा सार्क सक्रिय हुने छ र सबै देश मिलेर अगाडि बढोस् भन्ने पहल गरिरहेका छौँ ।

नेपाली रहेका मध्यपूर्वका देशमा युद्ध र द्वन्द्व भइरहेका छन् । त्यहाँका नेपालीको सुरक्षा र तथ्य अद्यावधिक गर्न कस्तो पहल भइरहेको छ ?

देश अनुसारको नीति फरक हुँदो रहेछ । त्यसले गर्दा सुरक्षा र सुविधा दिन कठिनाइ छन् । नेपाली नागरिक कहाँ कति छन् भन्ने कुरा पत्ता लगाउन कठिन छ । अस्ति मात्र इराकमा अवैधानिक रूपमा रहेछन् भन्ने औपचारिक जानकारी आयो । पासपोर्ट माग गरेपछि इराक हेर्ने कुवेतको राजदूतलाई सोध्यौँ । इराक जान कुवेतबाट जान नमिल्ने अवस्था छ । त्यसमा पनि जान हुने र नहुने रेड जोन र ग्रिन जोन रहेछ । त्यसैले म यो अन्तर्वार्तामार्फत भन्न चाहन्छु कि नेपाली दाजुभाइ, दिदीबहिनी त्यस्तो द्वन्द्व भएका ठाउँमा कृपया नगइदिनुहोस् किनभने हामीले उद्धार गर्न खोज्दा पनि नसकिने रहेछ । त्यस्तै लेबनानमा पनि ‘नोटिस’ जारी गरेर सम्पर्क गर्न भन्यौँ तर कसैले पनि सम्पर्क गरेनन् । पछि पत्रिकामा सूचना छपाएर परिवारलाई आग्रह गरेपछि मात्र एक सय जनाभन्दा कमले मात्र अहिलेसम्म सम्पर्क गरेका छन् । इजिप्टमा पनि सम्पर्कमा आएका छैनन् । लेबनान र इजिप्टमा नेपाली सेनाको शान्ति सैनिकलाई भने युएनले सुरक्षा दिइरहेको छ ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वको मामिलामा नेपालले आफ्नो असंलग्नताको नीतिलाई पछ्याएको देखिएन नि ?

त्यस्तो होइन, इजरायलसँग नेपालको दौत्य सम्बन्ध निकै लामो हो । नेपाली निकै छन् त्यहाँ । गाजामा के भइरहेको छ भनेर टिप्पणी नगरे पनि दुवैतर्फलाई शान्तिमा आऊ युद्ध नगर भन्नबाहेक अरू सक्ने अवस्था छैन ।

आर्थिक कूटनीति सोचे अनुसार अगाडि बढ्न नसक्नुको कारण के होला ?

तपाईंले भन्नुभएको कुरा सही हो । अहिले मन्त्रालयले कसरी अगाडि बढाउने भनेर पहल गरिरहेका छौँ । मन्त्रालयको कामको विभाजन क्षेत्रगत रूपमा गरिएको छ । ‘थिम’ अनुसार छैन । हामी ‘इकोनोमिक डिप्लोमेसी’ को ‘थिम’ नै लिएर काम गर्ने सोचमा छौँ । हामी अर्थ मन्त्रालयलगायत विभिन्न मन्त्रालयसँग समन्वय गरेर विभिन्न देशले गरेको पहलबारे भन्ने र संयोजन गरेर अघि बढ्ने छौँ ।  निजी क्षेत्रले माग गरेको महìवपूर्ण विषय भएकाले उद्योग वाणिज्य सङ्घलगायतले पनि पहल गरिरहेका छन् । एसिया कोअपरेसनको सम्मेलनमा पनि विभिन्न मुलुकले जलविद्युत्, पर्यटन, शैक्षिक क्षेत्रलगायत क्षेत्रमा काम गर्न चाहेका छन् । त्यसका लागि वातावरण कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।

एनआरएनएको विवादको विषयमा मन्त्रालयको धारणा के हो मन्त्रीज्यू ? 

यो निकै चाखलाग्दो विषय हो । मुद्दामाथि मुद्दा रहेको रहेछ । सर्वोच्च अदालतले यस विषयमा एउटा फैसलाको पूर्ण पाठ पठाएपछि त्यसको पालना गराउन पहल मात्र गरेको हो । १० औँ अधिवेशन (शेष घलेको पालाको) लाई वैध मानेर एकताको अधिवेशन गराउनू भनेको छ । मन्त्रालयले फैसला अनुसार एआरएनको कार्यालयमा पत्र पठाएका छौँ । बिचमा ‘कन्फ्युजन’ के भयो भने यसबिचमा दर्ता गराएको एनआरएनएको वैधता खारेज भएपछि अर्को पक्षले हाम्रो पक्षमा आयो भन्ने सोचेछ । त्यो हुनुमा मुद्दा चलिरहेको अवस्थामा दर्ता भएकाले त्यो खारेज भएको हो । फैसला अनुसार भएको हो, अन्यथा होइन ।

चीन नेपालको अर्को छिमेकी मुलुक हो । ऊसँग भएका बिआरआईलगायतका सम्झौता प्रतिफलमुखी हुन सकेको छैन भन्ने गुनासो छ । कसरी प्रतिफलमुखी बनाउन सकिएला ?

संयुक्त राष्ट्रसङ्घको महासभाको सेरोफेरोमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता भयो । सौहार्दपूर्ण भेटमा नेपाल भ्रमणमा आउन निम्ता दियौँ । उहाँले पनि चीन भ्रमणको निम्तो दिनुभएको छ । बिआरआईको सवालमा जति पनि चीनसँगको साझेदारीयुक्त कार्य हुन्छन्, त्यो यसै अन्तर्गत हुने भन्ने चीनको धारणा छ । अस्ति भर्खर मात्र चीनको चार वटा परियोजना आएका छन्, जुन अनुदानमैत्री छ । मेरो बुझाइमा भने बिआरआई भनेको एउटा बृहत् फ्रेमवर्क हो । जति पनि चीनले नेपालसँग वा अरू मुलुकसँग काम गर्छ, त्यो त्यसै अनुसार गर्छ । बिआरआई भनेको सबै ऋण मात्र होइन, अनुदान पनि हो भन्ने बुझेको छु । त्यही अनुसार पछिल्लो चार वटा परियोजना अघि बढिसकेको अवस्था छ ।

 नेपालको परराष्ट्र नीतिलाई अझ प्रभावकारी बनाउन कसरी सकिएला ?

परराष्ट्र नीति भनेको देशको नीति हो । त्यसलाई नेपालको सार्वभौमिकतालाई बलियो बनाउने गरी साझा मतका लागि अघि बढाउने गरी सतर्क रहेर अवलम्बन गर्नु पर्छ । यही नीति अनुसार विदेशमा नेपालीलाई चिनिन्छ । पहिले ब्रिटिस गोर्खाले नेपाल चिनाउँथ्यो, अब साधारण नेपालीको मेहनतले पनि नेपाल चिनिने गरेको छ । देश सुन्दर र नेपाली मेहनती छन् भनेर चिनिन्छन् । गर्व गर्ने ठाउँ धेरै छ । दिगो विकासकै लक्ष्यमा ४५ प्रतिशत प्राप्ति हुनु राम्रो छ ।

विदेशका दूतावास र कार्य प्रभावकारी बनाउन कस्तो पहल भएको छ ?

स्रोतसाधन कमजोर रहे पनि सके जति सुविधा दिन पहल गरेका छौँ । मन्त्रालयको बजेट र जनशक्ति बढाएर प्रभावकारी सेवाको पहल गर्दै छौँ ।

परराष्ट्रमन्त्रीमा देखिएको खुबी 

वर्तमान सरकारको छवि उजिल्याउने गरी परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध बढोत्तरीका साथ एक सय दिन बिताएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाको सक्रियतासँगै नेपालको अन्तर्राष्ट्रिय र छिमेकी सम्बन्धको आयाम थप फराकिलो बनेको हो ।

पहिलो पटक परराष्ट्रमन्त्रीको पद समाल्नुभएकी डा. आरजु राणा आफू मन्त्रालयको काममा गम्भीरताका साथ रमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म पहिलेदेखि नै काममा रमाउने मान्छे, यहाँ यति धेरै गर्नुपर्ने काम रहेछन् कि म त्यसैमा रमेको छु ।” कामको जिम्मेवारी पूरा गर्दा आफ्नो राजनीतिक छविभन्दा पनि दायित्वलाई महìवका साथ अघि बढाएको उहाँले दाबी गर्नुभयो । काम गर्दा ताली र गाली दुवै पाइने कुरा उहाँलाई अवगत छ । त्यसैले कसरी गर्न सकिन्छ भनेर मन्त्रालयका सबैको मत बुझेर काम गर्ने गरेको उहाँले प्रस्ट्याउनुभयो ।  मन्त्रालयको कामसँगै देशकै पहिचानको अभिवृद्धि गर्ने जिम्मेवारी उहाँमा छ । त्यसकारणले कुनै पनि कामलाई योजनाबद्ध अघि बढाउन आफू प्रयासरत रहेको उहाँले प्रस्ट्याउनुभयो ।

चाहे त्यो मित्रवत् सम्बन्ध विस्तार हुन वा मन्त्रालयले आमनागरिकलाई दिने सेवा सुविधाकै विषय किन नहोस् । कुनै सम्झौता नगरी मन्त्रालयका कर्मचारीसँग हातेमालो गरेर अघि बढ्न उहाँले प्रयास गर्नुभएको मन्त्रालयका कर्मचारी बताउँछन् । अहिलेसम्म अड्किएर बसेको साङ्गठनिक सर्वेक्षणलाई टुङ्गोमा पु¥याएर मन्त्रालयलाई जनशक्तियुक्त बनाउनमा उहाँको ठुलो योगदान रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै विदेशबाट नेपालमा र नेपालबाट विदेशमा हुने उच्चस्तरीय भ्रमणको सिलसिलालाई निरन्तरता दिलाउन बलियो पहल थाल्नुभयो । जस अनुसार ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण भयो । उहाँले भारतको भ्रमण गरेर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मैत्रीपूर्ण भेटवार्ता गरी अन्तर्राष्ट्रिय जगत्कै ध्यान तान्नुभयो ।

भारत सरकारले दिएको त्यो सम्मान उहाँको मात्र नभई समग्र नेपालीको रहेको पूर्वपरराष्ट्रसचिव डा. जयराज आचार्य औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “मन्त्रालयका कामको सुरुवात उहाँको राम्रो देखिएको छ ।”

अन्तर्राष्ट्रियस्तरमा हुने बहस र छलफलमा आत्मविश्वासका साथ प्रस्तुत हुने शैलीका कारण पनि उहाँले भविष्यमा धेरै काम गर्न सक्ने खुबी देखाएको दाबी गर्नुभयो । त्यति मात्र हैन समस्याग्रस्त मन्त्रालयलाई गति दिन उहाँले जोड बल लगाएर जनशक्ति र साङ्गठिनक सुधारका लागि लग्नुभएको प्रस्ताव मन्त्रीपरिषद्ले पास गर्नु अर्को उहाँको सफलता भएको आचार्य औँल्याउनुहुन्छ । अझ राम्रो सुधारका लागि पूर्वपरराष्ट्र सचिव तथा राजदूतहरूसँग गहन छलफल गरेर भविष्यको सफलतालाई सुनिश्चित गर्न सकिने सुझाव आचार्यले दिनुभयो । पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भारत भ्रमण त्यसको राम्रो पहल रहेको स्पष्ट पार्नुभयो । श्रेष्ठले भन्नुभयो, “भारत भ्रमणमा उहाँ प्रस्ट देखिनुभयो, देशगत विषयमा आगामी दिनमा के होला त्यो फरक कुरा हो तर सुरुवात उहाँको राम्रो रह्यो ।”

छिमेकी मुलुकको प्रधानमन्त्री मोदीले हत्पति त्यसरी विदेशमन्त्रीलाई भेट दिनुहुन्न तर भारत जाँदा परराष्ट्रमन्त्रीसँग सौहार्दपूर्वक भेट गर्नु नेपालका लागि महत्वपूर्ण रहेको टिप्पणी उहाँले गर्नुभयो ।

महिला भए पनि परराष्ट्रमन्त्रीका रूपमा उहाँले सुझबुझका साथ काम गर्ने नीतिलाई अँगाल्नु अर्को बलियो पक्ष रहेको मन्त्रालयका उच्चाधिकारी औँल्याउनुहुन्छ । विदेशमा रहेका नेपालीको सुखदुःखमा साथ दिन विदेशस्थित कूटनीतिक नियोगलाई सव्रिmय तुल्याउने अभियान थाल्नुभयो । भर्चुअल माध्यमबाट कम्तीमा महिनाको एक पटक भए पनि समस्या र समाधानको पहलका लागि छलफल थाल्नुभएको छ ।

त्यस्तै मन्त्रालयले सरकारका अन्य मन्त्रालयसँग समन्वय गरेर आर्थिक कूटनीतिको विस्तारमा पहल गर्नुभएको छ । मन्त्रालयले नेतृत्व लिएको सगरमाथा संवादलाई सक्रिय तुल्याउने कार्य अघि बढाउनुभएको छ ।

विगतका सरकारले गरेका कामलाई त्यसपछि आउने सरकारले त्यति ध्यान नदिएको इतिहास मन्त्रालयसँग छ । तर, उहाँले राम्रो कामको सुरुवात भएको जस विगतका सरकारलाई दिँदै त्यसलाई निरन्तरता दिने सवालमा कुनै कन्जुस्याइँ गर्नुभएको छैन । राहदानी वितरणलाई चुस्त बनाउँदै भिडभाडमुक्त सेवाको अवधारणालाई कायम राख्नुभएको छ । कन्सुलर सेवालाई अनलाइन सेवामा परिणत गरेर विदेशमा रहेका नेपालीलाई सहज सेवाका लागि सुविधा विस्तारमा पनि उहाँले ध्यान दिनुभएको मन्त्रालयले जनाएको छ ।

कूटनीतिक भेटवार्तालाई मर्यादामा राखेर समन्वयकारी भूमिका निर्वाह गर्न सबै सरोकारवाला निकायका पदाधिकारी तथा राजनीतिक दलका नेतालाईसमेत भविष्यमा अभिमुखीकरणका लागि पहल गर्ने सोच बनाउनुभएको छ ।

परराष्ट्र मन्त्रालय विश्वमा नेपाल सरकार देखिने ऐना भएकाले त्यसमा कुनै धुलो लाग्न नदिने कसरतमा उहाँ सजग रहनुभएको उहाँका प्रेस सल्लाहकार एकराज पाठक बताउनुहुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउँदै देशको विकासमा विदेशी लगानी भित्र्याउने र दुई पक्षीय तथा बहुपक्षीय संलग्नतालाई बढावा दिने कार्यमा मन्त्री राणाको पहल सराहनीय रहेको उहाँ औँल्याउनुहुन्छ ।

(वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको छ । यस अवधिमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका रह्यो । सोही विषयमा परराष्ट्रमन्त्री डा. आरजु राणासँग गोरखापत्र समाचारदाता चाँदनी हमालले गर्नुभएको कुराकानी हामीले गोरखापत्रबाट साभार गरेका हौ । )

बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौं, ७ कात्तिक ।
दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँच पटकको च्याम्पियन भारतलाई ३–१ गोलले हराउँदै बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई र अफिदा खान्दाकरले एक गोल गरिन । भारतका लागि पहिलो हाफको अन्त्यतिर बाला देवीले गरेको गोल नै अन्त्मि बन्न पुग्यो ।

हारेपछि भारत समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । भारत यसअघिनै सेमिफाइनलमा पुगेको थियो । बङ्गलादेशको जितसँगै पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।

शीर्ष स्थानमा रहेको बङ्गलादेशदेले दुई खेलबाट चार अङ्क बनायो । दोस्रो स्थानमा रहेको भारतले तीन र अन्तिममा रहेको पाकिस्तानले एक अङ्क बनायो ।

यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको थियो । बङ्गलादेश र पाकिस्तानले भने १–१ गोलको बराबरी खेलेका थिए ।

तस्बिर : एन्फा

महाकाली तर्न ट्युबको सहारा

डडेलधुरा, ७ कात्तिक ।

भारतसँग सीमा जोडिएको डडेल्धुराको भित्री मधेशको जोगबुडा क्षेत्रको महाकाली नदीमा पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर ट्युबमा नदी वारपार गर्दै आएका छन् ।

भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए डुङ्गा बन्द भएपछि ट्युबबाट महाकाली नदी तर्नु परेको स्थानीय बासिन्दाहरु गुनासो गर्छन ।

परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का खगेन्द्र सिंहले यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको जानकारी दिए । डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गरे  । ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उनको भनाइ छ ।

परशुराम नगरपालिका–५ को परिगाउँस्थित महाकाली नदीको बाँघाट र वडा नम्बर ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन् ।

दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरी ठेक्का सम्झौता गर्ने गरेका छन् । डुङ्गासमेत मर्मत गरिन लागेकाले यस वर्ष समयमै ठेक्का लगाउन नसकिएको वडा अध्यक्षको भनाइ छ ।

खोज्नुहोस