कमला ह्यारिसको समर्थनमा आए लियोनार्डो डिक्याप्रियो, यसकारण चाहँदैनन् ट्रम्पलाई

वासिङटन डीसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको समय नजिकिँदै छ । राष्ट्रपति चुनाव यही नोभेम्बर ५ मा हुँदैछ । यसपाली वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ ।

दुवै जना जोशका साथ चुनावी प्रचारप्रसार र ‍र्यालीमा व्यस्त छन् । यसैबिच, लोकप्रिय अमेरिकी अभिनेता लियोनार्डाे डिक्याप्रियोले कमला ह्यारिसलाई समर्थन गरेका छन् । उनले कमला ह्यारिसलाई भोट दिन चाहेको कारण पनि स्पष्ट पारेका छन् ।

लियोनार्डाेले दिनेछन् कमला ह्यारिसलाई भोट 

यसपटक कमला ह्यारिस अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन् । योसँगै डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका छन् । अभिनेता लियोनार्डाेले चुनावमा कमला ह्यारिसलाई भोट दिने बताएका छन् ।

यसका लागि उनले कमला ह्यारिसको जलवायु परिवर्तन र वातावरण संरक्षणप्रतिको संवेदनशीलतालाई कारण बताए ।

‘साहसी कदम चाल्न आवश्यक’

अभिनेताले इष्टाग्राममा आफ्नो एउटा भिडियो अपलोड गरेका छन । उनले हेलेन र मिल्टन आँधीका कारण हालै भएको विनाशलाई उल्लेख गरेका छन् । डिक्याप्रियोले भने, ‘जलवायु परिवर्तनले पृथ्वीलाई ध्वस्त पार्दै हाम्रो अर्थतन्त्रलाई चौपट पारिरहेको छ । हामीले हाम्रो अर्थतन्त्र, हाम्रो ग्रह र आफैँलाई बचाउन  साहसी कदम चाल्न आवश्यक छ । त्यसैले म कमला ह्यारिसलाई भोट गर्दैछु ।’

ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको पछाडि तथ्य र विज्ञानलाई अस्वीकार गरेको पोष्टमा उनले बताएको छन् । आफूहरू अब पछाडि हट्ने जोखिम  लिन नसक्ने भएकोले ह्यारिसलाई भोट दिन लागेको  पनि उनले बताए ।

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै !

काठमाडौँ : वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय भएको बताए । उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतिहरु महसुस गरिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतिहरु महसुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति व्यहोरिरहेको बताए । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको बताए । शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

शेयर बजारमा लगानीबारे नेपाल धितोपत्र बोर्डद्धारा सचेतना प्रदान

नवलपरासी, १० कात्तिक । विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् ।

नेप्से ब्रोकर सनी सक्युरिटिज लिमिटेडसँगको सहकार्यमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा शेयर बजारमा सुरक्षित लगानी गर्न कसरी गर्ने भन्नेबारे शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक विनोद पौडेलले बजारको अनियन्त्रित गतिविधिलाई बोर्डले नियन्त्रण गर्ने बताए । उनले व्यवसायको प्रवद्र्धन र लगानीकर्ताको हित संरक्षण गर्नु आफूहरूको दायित्व भएको बताए । “लगानीकर्ताको हित संरक्षण गर्दै बजारमा पुँजी वृद्धि गर्ने हाम्रो उद्देश्य हो”, उनले भने, “लगानीकर्ताले शेयर लगानी गर्दा बुझेर तथा गहन अध्ययन गरेर लगानी गर्दा ठगिने सम्भावना रहँदैन ।”

कुनै व्यक्तिले ठगी गरिरहेको भए नेपाल धितोपत्र बोर्डमा उजुरी गर्न आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए । ब्रोकरहरूले समेत आफ्नो दायित्व निर्वाह नगरेको गुनासो आउने गरेको भन्दै शेयर खरिद बिक्रीको रकम तत्काल भुक्तानी गर्न उनले निर्देशन दिए । “शेयर बिक्री गर्ने व्यक्तिलाई ब्रोकरले शेयर बेचेको चार दिनभित्र पैसा भुक्तानी गर्नुपर्छ”, उनले भने “यदि कसैले भुक्तानी गरेको छैन भने हामीकहाँ जुनसुकै माध्यमबाट उजुरी दिनुभयो भने हामी तत्काल कारबाही गर्छौं ।”

शेयर खरिदकर्ताले समेत आफूले खरिद गरेको शेयरको भुक्तानी भोलिपल्ट नै तिर्नुसमेत उनले आग्रह गरे । बजार बुझेर लगानी गर्दा लगानी डुब्ने सम्भावना नहुने भन्दै अरुको उक्साहटमा नलाग्न समेत पौडेलले आग्रह गरे ।

कार्यक्रममा स्रोतव्यक्ति एवं स्टक मार्केटका विद्यावारिधि शोधकर्ता कुलचन्द्र पण्डितले शेयर बजारमा मुनाफा आर्जन गर्न लामो समयसम्म पर्खनुपर्ने अवस्था रहेको बताए । अधिकांश लगानीकर्ता चाँडै कमाउने भनेर शेयर बजारमा आउने गरेका भन्दै पाँच वर्षको अध्ययन गर्दा तीन प्रतिशत लगानीकर्ताले मात्रै कमाउने गरेको पण्डितले बताए । “पाँच वर्षसम्म शेयर बजारमा टिकेका व्यक्तिमध्ये तीन प्रतिशतले कमाउँछन्, आठ प्रतिशत बराबरीमा रहन्छन् तर ८९ प्रतिशत लगानीकर्ताले गुमाउँछन्”, उनले भने, “लगानी गर्न लागेको कम्पनीको बारेमा अध्ययन गरेर लगानी नगर्दा धेरैले गुमाउनुपर्ने अवस्था छ ।”

शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उनले बताए । नेपालको शेयर बजार हल्लाका कारण घटबढ हुने गरेको भन्दै यस देशको राजनीति स्थिर भएको अवस्थामा लगानी डुब्ने सम्भावना कम हुने बताए । शेयर बजारमा लगानी गरेपछि निरन्तर किनबेच गरिरहेको अवस्थामा मात्रै कमाउन सकिने भन्दै लागनीकर्ताहरूमा अनुशासन हुनुपर्ने पण्डितको भनाइ छ ।

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.24 134.84
EUR  (European Euro) 1 145.28 145.93
GBP  (UK Pound Sterling) 1 174.24 175.02
CHF  (Swiss Franc) 1 154.77 155.46
AUD  (Australian Dollar) 1 88.99 89.39
CAD  (Canadian Dollar) 1 96.92 97.35
SGD  (Singapore Dollar) 1 101.65 102.11
JPY  (Japanese Yen) 10 8.84 8.88
CNY  (Chinese Yuan) 1 18.84 18.93
SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
QAR  (Qatari Riyal) 1 36.82 36.98
THB  (Thai Baht) 1 3.98 3.99
AED  (UAE Dirham) 1 36.55 36.71
MYR  (Malaysian Ringgit) 1 30.93 31.07
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 12.69 12.75
DKK  (Danish Kroner) 1 19.47 19.56
HKD  (Hong Kong Dollar) 1 17.28 17.35
KWD  (Kuwaity Dinar) 1 438.25 440.21
BHD  (Bahrain Dinar) 1 356.05 357.64

नेपाल प्रिमियर लिगमा सहभागी हुन २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ ।

त्यसमा २० जना खेलाडीको मुल्यसहित सूची उपलब्ध गराइएको छ । फ्रेन्चाइजले यो सूचीभन्दा बाहिरका विदेशी खेलाडीहरु पनि आवद्ध गर्न सक्छन् । एनपीएलमा हरेक फ्रेन्चाइजले ४/४ जना विदेशी खेलाडी आबद्ध गर्नेछन् । यसको मतलब प्रतियोगितामा ३२ जना विदेशी खेलाडीको सहभागिता रहने छ ।

अफगानिस्तानका १०, बंगलादेशका ५, क्यानडाका तीन, इङ्ल्यान्डका ५४, भारतका १५, अमेरिकाका ८, आयरल्यान्डका ९, नामिबियाका तीन, मलेसियाका एक, नेदरल्यान्ड्सका ४, न्युजिल्यान्डका ८, ओमानका ७, पाकिस्तानका ४०, स्कटल्यान्डका ८, दक्षिण अफ्रिकाका ८, श्रीलंकाका ६, यूएईका २७, युगान्डाका एक जना, वेस्ट इन्डिजका १५ जना र जिम्बावेका ८ जना खेलाडीको नाम फ्रेन्चाइजहरुलाई उपलब्ध गराइएको छ ।

सम्बन्धित खेलाडिहरुले देखाएको रुचीका आधारमा उनीहरुको नाम फ्रेन्चाइजलाई उपलब्ध गराइएको बुझिएको छ । प्रतियोगिताका लागि भारतीय खेलाडीहरुले ३ करोड रुपैयाँसम्म माग गरेका छन् । सुरेश रैना र शिखर धवनले ३÷३ करोड भारतीय रुपैयाँ दिए प्रतियोगिता खेल्ने जानकारी गराएका छन् ।

एनपीएलमा फ्रेन्चाइजले नेपाली खेलाडीलाई २ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । मार्की खेलाडिको हकमा २०÷२० लाख रुपैयाँ दिइएको छ । एनपीएल आगामी मंसिर १६ देखि सुरु हुँदैछ । प्रतियोगिताका लागि फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका अनि इङ्ल्यान्डका खेलाडीहरु आबद्ध भइसकेका छन् । प्रतियोगितामा हरेक फ्रेन्चाइजसँग १२ नेपाली र ४ विदेशीसहित १६ सदस्यीय टीम हुने छ ।

पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण

नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।

उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उनका अनुसार पूर्व मुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए ।

मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले उनीहरूले अरविन्द केजरीवालविरुद्ध नक्कली मुद्दा दायर गरे, उनलाई गिरफ्तार गरे, उनको इन्सुलिन रोकेर उनको हत्या गर्ने षड्यन्त्र गरे । जब अदालतले उनलाई रिहा गर्‍यो । अब भाजपाले आफ्ना गुण्डाहरूलाई प्रयोग गरेर आक्रमण गरिरहेको छ ।’

उनले भाजपाले केजरीवालमाथि गरेको आक्रमणको बदलाले जनताले चुनावी परिणाममार्फत् लिने बताएकी छन् ।

आगामी वर्ष दिल्लीमा विधानसभाको चुनाव छ । तर चुनावको मिति नजिकिन नपाउँदै दिल्लीको राजनीति गर्माएको छ । चुनावलाई नै लक्षित गर्दै आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका पूर्व मुख्यमन्त्री केजरीवालले शुक्रबार विकासपुरीमा पदयात्रा गरेका थिए ।

सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताएका हुन् ।

उनले यस प्रकारको हल्लाका पछाडी कुनै तर्क र अर्थ नभएको बताए । उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रहसमेत गरे ।

‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन’, उनले भने, ‘त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडी बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताए ।

सोचे जस्तो छैन अमेरिका

नविन ओझा । 

अमेरिका मायावी देश हो । अमेरिका त्यस्तो मुलुक हो, जसले विश्वका जुनसुकै देशका मान्छेलाई आफूतिर तानीरहेको हुन्छ । जहाँ जाने ईच्छा विश्वका जुनसुकै मुलुकका नागरिकले गर्छन । अमेरिका जानकै लागि मान्छेहरु मरिहत्ते गर्छन । नेपालकै पनि लाखौले वर्षेनी डिभी भर्छन । ती मध्ये मुस्किलले केही हजारलाई डिभी पर्छ । डिभी परेकाहरु पनि सबै जान पाउदैनन । अमेरिका आउन पाउनेहरुको भुईमा खुट्टा रहदैन, खुशीले । आउन नपाउनेहरु निराश हुन्छन । दुःखी हुन्छन ।

पर्ला, नपर्ला एकचोटी भरी त हेरौ भनेर साथीहरुसंगै मैले पनि डिभी भरेको थिए । जुलाई २००९ मा डिभी पर्नेमा मेरो नाम निस्कियो । म निकै खुशी भए । झण्डै वर्ष दिन लामो सबै प्रकृया पुरा भएपछि २०१० डिसेम्बर १४ मा अमेरिका जाने निश्चित भयो । एकातिर देशसंगै साथीभाई र घर छोड्नु पर्दा नमिठो पीडा थियो । अर्कोतिर विश्वकै महाशक्ति अमेरिकालाई लिएर धेरै कौतुहलता थिए ।

नेपालका तुलनामा सस्तो र छोटो यात्रा हुने भएकोले मैले अमेरिका जान दिल्लीको बाटो रोजे । तर दिल्ली अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपालीहरुमाथि हुने दुब्र्यबहार भोग्दा सस्तोका लागि दिल्ली जानु भन्दा महंगो भएपनि आफ्नै मुलुकबाट उड्नुपर्छ भन्ने चेतना ढिलोगरी आयो, ममा ।

नेपालीहरुको भीसामाथि अनावश्यक शंका गर्ने, सक्कली होईन कि भनेर केरकार गर्ने भारतीय अध्यागमनका कर्मचारीको व्यवहार निकै आपत्तीजनक थियो । तर त्यहाँ बोल्नु वा बिबाद गर्नुको कुनै अर्थ थिएन ।

अध्यागमनको सबै चेकजाँच पार गरेपछि राति एक बजे हामी चढेको जहाज अमेरिकाका लागि उड्यो । १७ घण्टा आकाशमा बिताएपछि जहाज अमेरिका अवतरण भयो । त्यहाँ पुग्दा बिहानको ५ बजेको थियो ।

सिनेमा र तस्वीरहरुमा देखेको अमेरिकामा पाईला टेक्न पाउदा म निकै रोमाञ्चित भएको थिए । बिमानस्थलमा आफन्तहरु लिन आएका थिए । उनीहरुसित १५ दिन न्यू जर्सी राज्यमा बसे ।

त्यसपछिका तीन महिना रुमा गिरीले मलाई खाने बस्ने प्रबन्ध मिलाईन । गिरीले मलाई स्पोन्सर गरेकी थिईन । डिभी परेकालाई अमेरिकामा बस्नेहरुले स्पोन्सर गर्नुपर्छ । अनि मात्र अमेरिकी दूतावासले भीसा दिन्छ । स्पोन्सर गर्नेले डिभी परेर अमेरिका पुग्नेहरुलाई त्यतिबेला सम्म खाने बस्ने व्यबस्था गर्ने प्रतिबद्धता गरेका हुन्छन, जतिसम्म उसले जागीर पाउदैन ।

डिभी परेकाहरुलाई अमेरिकाले जागीर दिन्छ भन्ने धेरैमा भ्रम हुन्छ । जुन ममा पनि थियो । जागीर नपाएसम्म खाने बस्ने व्यबस्था अमेरिका सरकारले गर्छ भन्ने अर्को भ्रम पनि छ, डिभी पर्नेहरुमा । तर त्यस्तो केही पनि व्यबस्था राज्यले गर्दैन । जागीर आफैले खोज्नुपर्छ । र खाने वस्ने व्यवस्था पनि आफैले गर्नुपर्छ ।

माईती नेपालको जागीर छाडेर डिभी परेर अमेरिका हानिएको मैले झण्डै दुई महिना जागीरको खोजीमा बिताए । जागीर खोज्दै म न्यूयोर्क पुगे । त्यहाँ एउटा भारतीय मूलका व्यक्तिको डिपार्टमेन्टल स्टोरमा क्यासिएरको काम थाले । अमेरिकामा त्यतिबेला एक घण्टाको न्यूनतम ज्याला साढे सात डलर थियो । मैले पनि त्यति नै डलर पाउथे । दैनिक ८ घण्टा र हप्तामा ५ दिन काम गर्नुपथ्र्यो। अमेरिकामा दुई दिन बिदा हुन्छ ।

म बिदाको समय घुम्ने भन्दा पनि राम्रो जागीरको खोजीमा बिताउथे । अमेरिकामा नेपालीहरु नेपालीबाटै ठगिन्छन । नेपालीहरु म्यानपावर कम्पनी चलाएर दलाली गर्छन । राम्रो जागीर लगाई दिने भन्दै बेरोजगार नेपालीहरुबाट पनि पैसा लिन्छन र सम्बन्धित कम्पनीसंग पनि लिन्छन । एक व्यक्तिलाई रोजगारी दिलाए वापत उनीहरुले कम्पनीसंग दुई सय डलर लिन्छन ।

डिपार्टमेन्टल स्टोरमा काम शुरु गर्दा मलाई त्यसको मालिकले म्यानेजर बनाउने आश्वासन दिएका थिए । त्यहाँ काम गर्दा गर्दै वाईन कम्पनीमा जागीरका लागि अन्तर्वार्ता दिए । म छानिए । मैले डिर्पार्टमेण्टल स्टोर छोडे । वाईन कम्पनीमा काम शुरु गरे । त्यहाँ मैले काम शुरु गर्दा प्रतिघण्टाको १२ डलर थियो । पछि बढेर १४ डलर पुग्यो ।

सबैतिरको अनुभव संगालेपछि गाडी चलाउन थाले । अहिले आफ्नै काममा व्यस्त छु । मासिक आम्दानी पनि आफूले काममा दिने समयले निर्धारण गर्छ ।

अमेरिका आउने नेपालीहरु भाषाका कारण समस्यामा पर्छन । नेपालीहरुलाई शुरुवाती दिनमा अंग्रेजी बुझ्न अप्ठ्यारो हुन्छ । भाषाकै कारण जागीर खान समस्या हुन्छ । अमेरिकामा जानुभन्दा पहिले त्यहाँको भाषा सिकेर आउदा सहज हुन्छ । नत्र भने शुरुका दिनमा सास्ती खेप्नुपर्छ ।

अमेरिका धेरैको सपनाको देश हो । अमेरिका आउन नेपालीहरु मरिहत्ते गर्छन । एसएलसी पास गरेदेखि नै अमेरिका आउने ध्याउन्नमा हुन्छन, युवाहरु । तर अमेरिका सोचे जस्तो छैन । अमेरिकामा पदको होईन कामको सम्मान छ । जस्तो सुकै धनी र सम्पन्न भएपनि अमेरिकामा काम गर्नैपर्छ । मिहिनेत गर्नैपर्छ ।

नेपालमा जस्तो तास खेलेर बस्ने, क्यारेम खेलेर समय बिताउनेहरु अमेरिकामा भेटिदैन । यस्ता अनावश्यक कुरामा समय खर्चिने यहाँ कसैलाई फुर्सद हुदैन । न्यूयोर्क विश्वकै भीड हुने राजधानीहरुमा पर्छ । तर बाटोमा हिडिरहेका कसैले कसैलाई छुदैनन । यदि कसैले कसैलाई अन्जानमा छोयो भनेपनि उस्ले तत्काल माफी माग्छ । हल्ला गरेर कसैले कसैलाई डिस्टर्ब गर्दैनन । न त कसैले कसैको चियोचर्चा गर्छन । सबै आआफ्नै काममा व्यस्त हुन्छ । कतिसम्म संगै काम गर्ने एउटा साथीले अर्काको तलव सोध्दैन । उसलाई अर्काले कति पाउछ भन्ने कुरासंग मतलव हुदैन । तर एकले अर्कालाई सम्मान गर्छन ।

यी र यस्तै कारण पनि अमेरिका विश्वकै महाशक्ति बनेको रहेछ भन्ने मलाई लाग्यो । समयको कुशल व्यबस्थापन गर्न जानेका छन्, अमेरिकनहरुले । समयको व्यबस्थापन र प्रत्येक सेकेण्डको सदुपयोगले अमेरिका अमेरिका बनेको हो । काम कम र गफ बढि गर्ने बानीका कारण नेपालीहरु र नेपालको विकास नभएको हो भन्ने निष्कर्षमा पुगेको थिए, म अमेरिका बसाईको केही समयमै ।

अमेरिकामा सबै भेग, भूगोल, समुदाय र जातका मान्छे छन् । अझ विश्वका सबै देशका मान्छे छन् । अमेरिकामा ५० राज्य छन् । यहाँ कसैले जातीय राज्य मागेर झगडा गरिरहेका छैनन । न त एकल जातीय राज्यका लागि अमेरिकामा आन्दोलन गर्ने नै भेटिन्छन । जसले जति काम गर्छ, त्यति पारिश्रमिक पाउछ । जसले जति पढेको छ, त्यही अनुसारहरुको अवसरहरु पाउछ । सबैलाई अवसरहरु समान छन् । कालो भएका कारण कसैलाई बढि अधिकार छैनन न त गोरो भएकाले म ठूलो भन्ने दम्भ पाल्छ । जनजाती वा आदिवासी भएको भन्दै कसैले अग्राधिकार मागेका छैनन । अमेरिकामा मान्छे कामले ठूलो हुन्छ । मान्छेहरुका लागि सबैभन्दा महत्वपूर्ण समय हुन्छ । त्यही समयलाई पछ्याउदै अमेरिका अघि बढेको छ । समयको गति नबुझ्दा नेपाल पछि परेको छ । समयको गति बुझ्दा अमेरिका कति हो कति अघि बढेको छ ।

न्यूयोर्क विश्वकै महङ्गो शहर हो । खानपिन र बस्नका लागि न्यूयोर्क महङ्गो छ । यद्दपि अन्य राज्यभन्दा न्यूयोर्कमा सुबिधा र अवसर भने बढि छन् । त्यसैले नै होला, न्यूयोर्कमा बसेको मान्छे हतपती अन्य राज्यमा बसाई सराई गरेर जान रुचाउदैन । यद्दपि पछिल्ला केही वर्षयता भने टेक्सस बसाई सराई गरेर जानेको संख्या बढेको छ ।

शहरका तुलनामा गाँउहरुमा बसाई र खानपिन सस्तो छ । यहाँको गाँउ नेपालका शहरभन्दा पनि व्यबस्थित, विकसित र सफा सुग्घर छन् । घरमा पेण्ट गर्नुपरेपनि घरबेटीले आफ्नो मर्जीले पेण्ट गर्न पाउदैन । न त आफ्नो मर्जीले घरहरु तोडफोर्ड गर्न र पसलहरु खोल्न पाउछन । त्यसका लागि स्थानीय प्रशासनसंग अुनमती लिनुपर्छ । कलकारखाना र उद्योग धन्दाका लागि निश्चित क्षेत्र छुट्याएको हुन्छ । त्यहाँ बाहेक अन्यत्र कलकारखाना खोल्न पाईदैन ।

अमेरिका कानूनले चलेको छ । यहाँ बिधिको शासन छ । कानून नमान्ने वा कानून बिपरित काम गर्नेहरु पहुँच वा शक्तिका भरमा नेपालमा जस्तो यहाँ छुट पाउदैनन । कानूनले यहाँ कसैलाई सानो ठूलो भन्दैन । कानूनका नजरमा सबै समान छन् । अमेरिकाको यो महत्वपूर्ण बिशेषता हो । काम नगरी खाने, धम्क्याएर र तर्साएर अरुबाट पैसा असुल्ने नेपालका जस्ता राजनीतिक दलका युवा संगठनहरु यहाँ छैनन । जसले काम गर्दैन । अमेरिकामा त्यसको सम्मान छैन । त्यसैले पनि अमेरिकामा कोही खाली बस्दैनन ।

नेपालबाट अमेरिका जानेहरु र जान खोज्नेहरु सोच्छन—अमेरिकामा डलर रुखमा फलेको हुन्छ । त्यही डलर टिप्न अमेरिका जानुपर्छ । तर अमेरिका जानेहरुले के बिर्सन हुदैन—अमेरिकामा संघर्ष गर्नेहरुले मात्र सफलता हात पार्छन । डलर कमाउछन । सीप, क्षमता र शिक्षा हुनेहरुले मात्र अमेरिकामा राम्रो अवसर पाउछन ।

अमेरिकाको दिनचर्या र जीवनशैलीको प्रभाव नेपालीहरुमा पनि परेको छ । टिनएजरहरु यहाँको जीवनशैलीबाट बढि प्रभावित भएका छन् । पढ्न आएका कतिपय नेपालीहरु युवाहरु बिग्रिएका छन् । कुलतको शिकार भएका छन् । अमेरिकन संस्कृतिको प्रभावमा परेर आफ्नो जिन्दगी बर्बाद गरिरहेका छन् । आफ्ना कलिला छोराछोरीको अमेरिमामा अध्ययन भीसा लागेकोमा खुशी हुने अभिभावकहरुले अध्ययनका क्रममा अमेरिका आएका सन्तानले खेपेको दुःख र खाएको हण्डरको भेउसम्म पनि पाउदैनन । उनीहरुले थाह पाउदासम्म यता सन्तानहरु काम नलाग्ने गरी बिग्रिसकेका छन् । किनकी नेपालमा जति सुकै धन सम्पत्ती भएपनि अमेरिकाको विश्वविद्यालयको खर्च धान्न सक्ने हैसियत सबै अभिभावकको हुदैन । काम गरेर अध्ययन गर्न सक्ने अवस्था सबै विद्यार्थीहरुको हुदैन । आर्थिक अभावमा विद्यार्थीहरु गलत संगतमा पर्ने जोखिम निकै छ । अमेरिकामा कोही कसैलाई बिना स्वार्थ सहयोग गर्दैनन । सहयोग गर्नेहरुबाट छोरी मान्छेहरु प्रताडित र यौन दुब्र्यबहारको शिकार भईरहेका हुन्छन । यो पनि होईन कि, सबैले त्यस्तो गर्छन ।

अध्ययन, अवसर र जागीरको खोजीमा वर्षेनी अमेरिकामा नेपालीहरुको संख्या बढ्दो छ । यहाँ आउने नेपालीहरु बिरलै नेपाल फर्किने गरेका छन् । पछिल्ला केही वर्षयता अमेरिकामा आफ्नो संस्कृति र परम्परा जोगाउन नेपालीहरु अग्रसर भएका छन्। नेपालमा मनाईने सबै चाडपर्वहरु नेपालीहरुले यहाँ मनाउने गरेका छन् । यद्दपि समय अभाव र बिदा नपाईने भएकोले चाडपर्वमा आएर गएको थाहै हुदैन । चाडपर्वहरुमा घरको याद आउछ । घरपरिवार, आफन्त र साथीभाईहरुको सम्झनाले यस्तो समयमा बढि सताउछ । अमेरिकामा बस्ने नेपालीहरुले संयुक्त रुपमा दशै तिहार र चाड पर्व मनाउने गरेका कारण भने दशै तिहार निरस र खल्लो हुन पाउदैनन । सबै नेपालीहरु आफूलाई पायक पर्ने ठाँउमा जम्मा हुन्छन, यस्तो समयमा । नेपालीहरुले नाचगान, खानपिन र रमाईलो गरेर दशैतिहार जस्ता महत्वपूर्ण चाडहरु भव्यताका साथ मनाउछन ।

विश्वका बिभिन्न देशबाट वर्षेनी लाखौ व्यक्ति अमेरिका आउछन । नेपालबाट पनि वर्षेनी हजारौको संख्यामा नेपालीहरु अमेरिका पुग्छन । तर सबैको जिन्दगी सहज छैन । सबैले राम्रो जागीर पाउने कुराको ग्यारेण्टी हुदैन । भाषा नबुझ्दा नेपालीहरुले सबैभन्दा बढि कठिनाई झेल्नु परिरहेको छ । त्यसैले अमेरिका आउनुभन्दा पहिले अंग्रेजी भाषाको राम्रो ज्ञान र त्यसमा दख्खल हुन आवश्यक छ । अन्यथा अमेरिकामा काम मिल्न गाह्रो हुन्छ । जागीर मिले पनि काम गर्न भाषाकै कारण अप्ठ्यारो हुन्छ ।

प्रदेश स्काउट परिषदको बैठक सम्पन्न

कैलाली । नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेश स्काउट परिषदको पहिलो बैठक सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयको सभाहलमा नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद–५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषदको प्रथम बैठक सम्पन्न भएको हो ।

सामाजिक विकास मन्त्री तथा स्काउट प्रदेश प्रमुख मेघराज खड्काको अध्यक्षतामा तथा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको हो ।

प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव श्री झपट ढुङ्गाना, निजि सचिव महेन्द्र साउँद, नेपाली सेनाका सेनानी (मेजर) विपेन आचार्य, सशस्त्र प्रहरीबल एसपी दलबहादुर पाण्डे, नेपाल प्रहरीका एसपी राजिव बहादुर बस्नेत, शिक्षक महासंघ प्रतिनिधि मोहित सिंह भण्डारी र निर्वाचित सबै परिषद सदस्यको उपस्थिति रहेको थियो ।

बैठकले कार्यकारी परिषद गठन गरी बार्षिक कार्यक्रम बजेट तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रम सञ्चालन प्रदेश अधिकृत हेमराज जोशीले गर्नु भएको थियोे ।

सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य : सत्तागठबन्धन

सत्तारूढ गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको छ। शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश भएको प्रस्ट्याएको हो।

अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा जनताको सुशासन र विकासको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरूपमा हुने कुनै पनि अवाञ्छित गतिविधिहरू उचित नहुने गठबन्धनका सात दलका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ।

‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन। लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश नै हो । त्योभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरीत हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।

कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?

कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको छ । बिहीबार राति सँगै सुतेका उनीहरु शुक्रवार सद्दे रहेनन् । मध्यरातमा उनीहरुको बीभत्स हत्या गरियो ।

उनीहरू दुबै नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा मदिरासहितको नास्ता पसल चलाउँदै आएका बयाडक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि साथमा थिए । बुवासँग आफू रहँदासम्म केही नभएको तर, भोलीपल्ट एकै पटक बुवा आमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।

घटनाको खबर आए लगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशी नेतृदत्तको टोली घटनास्थल पुगेको थियो । त्यो भन्दा पहिले स्थानीय प्रहरी टोलीले घटनास्थलमा सोधपुछ गरेको थियो । तर, कोही कसैले घटनाबारे आफूले जानकारी पाएको बताएनन् ।

‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। एक्कासि घटना भएको देखिन्छ ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।’

कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रक्ताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बढेको थियो । श्रीमान् श्रीमतीको शवको दुरी करिब ४ मिनेट रहेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए।

प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनी आक्रमणकारीसँग केही बेर प्रतिवाद गरेको देखिन्छ ।

प्रहरीले हत्या भएको आशङ्का गरेपनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद गरेको छैन । ‘हामीले आक्रमण पछि हतियार फाल्न सक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौँ तर, कहि कतै हतियार भेटिएको छैन ’ प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन ।’

तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरीले आफै शङ्कास्पद क्षेत्रहरूका खोजी बढाएको छ । भारत भाग्न सक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच बलियो पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसीले घटनाको अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य चाँडै सार्वजनिक हुने बताएका छन् ।

‘हामीले सबै ढंगले घटनाको अनुसन्धान गरिरहेका छौँ ’ उनले भने, ‘अहिलेसम्म ठोस केहि पत्ता लागेको छैन । तर, पत्ता लागिहाल्छ । हामीले नेपाल भारत नाकामा पनि चेकजाँच कडा परेका छौँ ।’

दम्पतीले बिहीबार मात्रै बैङ्कबाट पैसा निकालेका थिए। प्रहरीका अनुसार हिजै उनले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो तर, उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।
‘बैङ्कबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन। २ लाख ४३ हजार रुपैयाँ घरमै भेटिएको छ ’ प्रहरी स्रोतले भन्यो ‘पैसाको लागि नभए पनि रिसिबिका कारण हत्या गरिएको हुनसक्छ ।’

अहिले प्रहरीले उनको विगतमा भएका विवाद र ती विवादले हुनसक्ने घटनालाई लिएर पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको अनुसन्धानका लागि डिएसपी उमेश जोशीको कमान्डमा प्रहरी टोली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली र अनुसन्धानको छुट्टै टोली खटिएको छ ।

दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएको छ । स्थानीयले घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन् ।
‘गाउँमा सुरक्षा निकायको पहुँच छैन हामीले पटक पटक प्रहरी चौकी स्थापनाको माग गर्दा पनि सकैले त्यो सुनेनन् ’ पूर्व गाउँपालिका अध्यक्ष मदनसेन बडायकले भने ‘प्रहरी चौकी भएको भए यस्तो घटना हामीले देख्नु पर्ने थिएन ।’

मृतकका आफन्त तारा रानाले बीभत्स ढंगले हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरिन् । ‘यस्तो घटना कसैलाई नघटोस् हामीलाई न्याय चाहिन्छ । दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ’ उनले भनिन् ।

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै

काठमाडौं– काठमाडौंमा गैर आवासीय नेपाली संघले कार्तिक ११ र १२ गते एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रूपान्तरण र एकताःश्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो । कन्क्लेभमा ७ वटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ ।

कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैर आवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव लगायतका विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।

त्यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा लगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुने छ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए  ।

उनले नेपालमा जुनसुकै विपद् पर्दा संघले साथ र सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए  । संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको जिकिर गरे  ।

उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।

उनले एक वर्ष अघिसम्म १ खर्बभन्दा बढी गैर आवासीय नेपालीको लगानी नेपालमा रहेको र अहिले लगानीको थप वातावरण हुँदै गएकाले थप लगानी बढ्ने उल्लेख गरे  ।

त्यस्तै ग्लोबल कन्क्लेभका क्रममा १० अर्बको एनआरएन डेभलप्मेन्ट फन्डको सञ्चालनका लागि भइरहेको तयारीबारे सरकारका प्रतिनिधिसँग पनि छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : अमेरिकी उपराष्ट्रपति ह्यारिस

पेन्सिलभेनिया, अमेरिका, ९ कात्तिक । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन् ।

जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताएकी छिन्।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा पहिलो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

कमला ह्यारिसले अमेरिकी जनताले उनीहरूले सामना गर्ने चुनौतिको सामना गर्न सक्षम राष्ट्रपति चाहेको बताएकी छिन् । उनले प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई जनताको मौलिक स्वतन्त्रता खोसेको आरोप समेत लगाएकी छिन् ।

त्यसैगरी, मतदानमा लैङ्गिक अन्तरको मुद्दामा सोधिएको प्रश्नको जवाफमा ह्यारिसले भनिन्, “म तपाईंसँग इमानदार हुनुपर्दछ, पुरुष र महिला दुबैले हाम्रो लोकतान्त्रिक भविष्यको बारेमा समान मात्रामा आफ्नो चिन्ता व्यक्त गरिरहेको मैले देखिरहेको छु, उनीहरू देशले सामना गर्ने चुनौतिको सामना गर्न सक्षम राष्ट्रपति चाहन्छन् । त्यसैले, मैले वास्तवमा त्यस्तो असमानता देख्दिनँ, र म सबै अमेरिकीहरूले चाहेको राष्ट्रपति बन्न चाहन्छु ।”

उनले सीमा मुद्दाबारे कुरा गर्दै अमेरिकी सीमा सुरक्षाको सुनिश्चितता आफ्नो सर्वोच्च प्राथमिकताको विषय रहेको बताइन् ।

कमला ह्यारिसले बिहीबार (स्थानीय समय) जर्जियामा पहिलो पटक पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामासँग चुनावी प्रचार गर्ने अपेक्षा गरिएको छ ।

अभियान अधिकारीहरूका अनुसार ह्यारिस शनिबार पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग मिशिगनमा उपस्थित हुने तयारी गरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले जुलाईमा ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेको थियो । रासस

आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु : आरजु

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै कमी रहेको बताएकी छन् । यद्यपि प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि तोकिएको सबै काम गर्न सकेको उनले बताइन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले मन्त्रालयमा आउँँदा कामको ‘ओभर लोड’ खेलेको सुनाइन् । त्यसका बाबजुद कर्मचारीले निकै मिहिनत गरेको भन्दै उनले भनिन्, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोत साधन चाहिं कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो ।’

इकोनोमिक्स डेप्लोमेसीका लागि छुट्टै डिभिजन समेत नभएको उनले सुनाइन् । मन्त्री राणाले भनिन्, अर्को चाहीँ विदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई जति सेवा दिनुपर्ने थियो, त्यो दिन सक्ने जनशक्ति र अनलाइन टेक्नोलोजीहरु अभाव रहेछ । धेरै कुराको कमी भएको पाएँ ।’

वर्षौंदेखि ओएनएम नभएको तर कस्तो संरचना चाहिन्छ भन्ने अध्ययन नगरी चलेको पाएको उनले सुनाइन् । आफ्नो १०० दिनमा ओएनएम (संगठन तथा व्यवस्थापन) गर्न सफल भएको भन्दै परराष्ट्रमन्त्री राणाले भनिन्, प्रधानमन्त्री, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री अर्कै पार्टीको हुनुहुन्छ । तर उहाँहरु र म मिलेर यतिका वर्षसम्म पास नभएको ओएनएम पास गर्न सफल भयौं ।’

अगाडि भनिन्, दुई पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने मौका पाएको छु । मैले आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु ।’ दुई ठूलो दलको सरकार भएकाले एलडिसी, एशिएन कोअपरेशन डाइलग, विमस्टेक जस्ता फोरममा दूरदर्शी हिसावले प्रस्तुत हुनसकिन्छ भन्ने लागेको समेत उनले सुनाइन् ।

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

बेरुत (लेबनान), ९ कात्तिक । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो ।

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हमलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो । सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनहरूसमेत ढलेको जनाएइको छ ।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ ।

एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।

केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले , विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ ।

सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको छ ।

पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ । रासस

एनआरएन विवाद : शर्माको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं – गैरआवासीय नेपालीहरूको संस्था विवादमा आरके शर्मा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । शर्माका तर्फबाट कात्तिक ८ गते दायर नयाँ रिटमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।

शर्मा समूहले एनआरएनएको अर्को समूहले परराष्ट्र मन्त्रालयले एकता महाधिवेशन गर्न पत्र पठाएको अवस्थामा साधारणसभा लगायतका गतिविधि गर्न लागेको र उक्त कार्य अवैधानिक हुने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको हो ।

शर्मा समूहले यसअघि सर्वोच्चले बद्री केसी समूहलाई काम गर्ने अधिकार नदिएको तर उनीहरुले त्यस विपरीत गतिविधि सञ्चालन गर्न खोजेकाले रोक्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

बेलायती राजा चार्ल्सले स्वीकारे उपनिवेशवाद

बेलायत- बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् ।

तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने नगरीकन, विगतका पाठलाई भविष्यका सही निर्णयका लागि मार्गदर्शक बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरे ।

समोआमा भएको राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठक (चोगम) मा पहिलोपटक राजा चार्ल्सले सहभागीता जनाउँदै ५६ राष्ट्रमण्डल राष्ट्रका नेताहरूसँग सम्बोधन गरेका थिए ।

सम्बोधनमा उनले जलवायु संकट, विकास चुनौतीहरू, र महारानी एलिजाबेथलाई सम्झना गर्दै ऐतिहासिक अन्यायका पाटाहरूलाई स्वीकार गर्ने उल्लेख गरे ।
चोगममा सामेल भएका कतिपय अफ्रिकी र क्यारेबियन नेताहरूले ब्रिटेन र अन्य युरोपेली शक्तिहरूले विगतको दास प्रथाको लागि वित्तीय मुआब्जा दिनुपर्ने माग गरे ।

बहामासका प्रधानमन्त्री फिलिप डेभिसले विगतका अत्याचारहरूको सम्बोधनको माग गर्दै भने, “यो समय गम्भीर वार्ताको हो । न्यायको यो संघर्ष अझै समाप्त भएको छैन ।”

विवादको सन्दर्भमा ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले भने वित्तीय मुआब्जाको सट्टा, गैर–वित्तीय क्षतिपूर्तिको सम्भावना खुला रहेको संकेत दिएका छन् । यस अन्तर्गत वित्तीय संस्थाहरूको पुनर्रचना र ऋण राहतको प्रस्ताव पनि सामेल हुन सक्नेछ ।

संगठनका पूर्व महासचिव पेट्रिसिया स्कटल्यान्डले उद्घाटन भाषणमा उपनिवेशवादको इतिहासलाई स्वीकार गर्दै राष्ट्रमण्डलका राष्ट्रहरूले आपसी समानतामा रहेको भनेका थिए ।

सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सका प्रधानमन्त्री राल्फ गोंसाल्भेसले भने, ब्रिटिश उपनिवेशवादले स्वदेशी समुदाय र अफ्रिकी दासहरूको जीवनमा गहिरो प्रभाव पुर्याएको भन्दै, दास प्रथाको अन्त्यपछि उनीहरूलाई कुनै पनि प्रकारको राहत नदिइएकोमा ध्यानाकर्षण गरे ।

राजा चार्ल्सले आफ्नो सम्बोधनमा राष्ट्रमण्डलका वर्तमान चुनौतीहरू, विशेषगरी जलवायु संकट र विकास समस्याहरूलाई पनि उठाउँदै असमानताहरूले राष्ट्रहरूबीच विभाजन र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिए ।

यस शिखर सम्मेलनले ब्रिटेनको विगतको उपनिवेशवाद र दास प्रथाको विरासतलाई न्यायपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा बल दिएको छ ।

 

नेपाली कामदार इजरायल पठाउने प्रक्रिया रोकियो

काठमाडौँ– नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ। इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायलमा शान्तिपूर्ण अवस्था बन्नासाथ पठाउने गरी तत्कालका लागि पठाउन रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत पछिल्लो घटनाक्रमको अवस्था बुझ्न तेल–अभिभस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ।

दूतावासबाट इजरायलको अवस्थाका बारेमा जानकारी आएपछि मात्र प्रक्रिया अघि बढाइने उनले बताए। ‘इजरायल युद्धको त्रास बढ्दै गएपछि त्यहाँको अवस्थामा सुधार नआएसम्म कामदार पठाउन रोक लगाइएको हो। अहिले त्यहाँ कार्यरत कामदारको अवस्था बुझ्ने काम भइरहेको छ’ उनले भने। इजरायलको सुरक्षा अवस्थाको विश्लेषण नगरी सरकारले युद्धग्रस्त क्षेत्रमा कामदार नपठाउने उनको भनाइ छ।

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुने विषयमा जानकारी गराएको छ।

दूतावासले श्रम स्वीकृति लिएका कामदारका हकमा तीन महिनाभित्रको मेडिकल गर्ने आग्रह गरेको छ। इजरायलको केयर गिभरको रोजगारीका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन्। उनीहरूको अर्को सूचना जारी नभएसम्म प्रक्रिया रोकिएको विभाग महानिर्देशक क्षेत्रीले जनाए। इजरायल साउनमा ३९, भदौमा ३२ र असोजमा ३९ नेपालीले इजरायल जान व्यक्तिगत र पुनः श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा छ।

प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको थियो। सोहीक्रममा बेपत्ता भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। इजरायल अघिल्लो वर्षदेखि प्यालेस्टाइनसँगको लडाइँ चलिरहेको छ। निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरू त्रसित अवस्थामा छन्।

खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्।

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड बढीको कृषियन्त्र जोडेका छन् भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका छन्। वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक रु ३० लाख बराबरको उत्पादन गरिरहेको बताए।

उनले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको बताए। ‘अहिलेसम्म खेतीबाट आएको आम्दानीले एक करोड बढीका कृषियन्त्र खरिद गरेको छु’, उनले भने, ‘ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र १० लाखमा ड्रोन ल्याएकोे छु।’ उनले ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको बताए।

भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उनको भनाइ छ। ‘दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ’, वडायकले भने, ‘२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु।’ उनले भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको बताए।

ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ। ‘ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ,’ उनले भने, ‘ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो अर्को किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन।’ उनले पछिल्लो समय विषादी छर्किँदा किसानको स्वास्थ्यमा समस्या हुने गरेको उल्लेख गर्दै ड्रोन प्रविधिले किसानको स्वास्थ्यमा हुने समस्यासमेत नहुने बताए।

ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गरे। उनले खेतीमा परिवारका सदस्यले समेत सघाउने गरेको बताए। ‘मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्’, वडायकले भने, ‘उनीहरूले पनि मलाई प्राविधिक कुरामा सघाउछन्, त्यसले पनि मलाई खेतीमा सजिलो भएको छ’, उनले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताए।

‘अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ’, उनले भने, ‘परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ।’ उनले खेतीको सिजनका बेला ३०/४० जनालाई रोजगारीसमेत दिने गरेको बताए। ‘सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु’, वडायकले भने, ‘प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ।’ उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए।

‘अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन’, वडायकले भने, ‘स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपर्दैन।’ उनले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताए। वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति भएकका छन्। त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन्। पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ।

परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ। काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ। अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग–कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन्। किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ।

गैरआवासीय नेपाली संघको विवाद फेरि चर्कियो, दुर्घटना रोक्न एकता महाधिवेशनको दबाब

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधानका लागि एकताको महाधिवेशन हुनुपर्नेमा अभियन्ताहरुले जोड दिएका छन् । एनआरएनएमा आरके शर्मा र बद्री केसी दुई पक्षबीच विवाद भइरहेको छ । केसी एमाले समर्थक हुन भने शर्मा माओवादी समर्थक ।

सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खोलेपछि शर्माले सर्वोच्चमा नयाँ रिट दर्ता गराएका छन् । सो रिट दर्तापछि विवाद थप पेचिलो बन्दै गएको छ । यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ । संघको वार्षिक साधारणसभा तथा ‘एनआरएनए डे’को विशेष समारोह काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने तयारी भएपछि शर्मा समूहले त्यसलाई रोक्न माग समेत गरेको छ ।

तर एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार एकता महाधिवेशन गर्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनएको एकता महाधिवेशनको निर्देशनसहित पत्र पठाएपछि, महतोले यसलाई संघको दीर्घकालीन हितका लागि सकारात्मक अवसरका रूपमा व्याख्या गर्दै सबै पक्षलाई यसमा सहभागी हुन आह्वान गरेका हुन् ।

महतोले एनआरएनएलाई संस्था मात्र नभई विदेशमा रहेका नेपालीहरूको अभियानका रूपमा चित्रण गरे । उनले भने, ‘एनआरएनए भनेको विदेशमा सिकेको सीप र कमाएको पुँजी नेपालमा ल्याएर देशलाई समृद्ध बनाउन खोज्ने अभियान हो ।’ उनले संघमा देखिएको विवाद र मतभेदलाई सामान्य ठहर गर्दै थपे, ‘केही मानिसहरूको व्यक्तिगत स्वार्थका कारण संघमा अप्ठ्यारो पर्न गएको छ, तर यो ८० लाख नेपालीको साझा संगठन हो, जसको मनमा नेपाललाई समृद्ध बनाउने उद्देश्य मात्र छ ।’

महतोका अनुसार, १००–२०० जना व्यक्तिहरूले संघलाई विभाजन गर्न खोजे पनि बाँकी सबै नेपालीहरू एकताको पक्षमा रहेका छन् र संघलाई अघि बढाउन मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन गर्न निर्देशन दिएकाले यसलाई संघलाई पुनः एकताबद्ध बनाउने महत्त्वपूर्ण अवसरको रूपमा महतोले व्याख्या गरे । ‘अदालतले एकताको महाधिवेशन गर्न भनिसकेपछि सबैलाई सजिलो भएको छ, र यो अवसरलाई सदुपयोग गर्दै संघलाई मिलाएर अघि बढ्नुपर्छ,’ महतोले भने । उनले अहिलेका सबै विवादहरूलाई पर सारेर एकता महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे ।

महतोले परराष्ट्र मन्त्रालयले दिएको निर्देशनलाई सर्वोपरि ठहर गर्दै यसै आधारमा एकता महाधिवेशन गर्नुपर्ने बताए । उनले भनाइमा जोड्दै भने, ‘अहिले कुनै पनि सभाहरू गरेर मनमुटाब बढाउनुहुँदैन, हामी सबैले परराष्ट्रको निर्देशनअनुसार अघि बढ्नुपर्छ ।’ महतोका अनुसार, अदालतले एकताको महाधिवेशनको मिति तोकिसकेको छ, र अब सबैले शेष घलेको नेतृत्वमा उच्चस्तरीय समितिको मार्गदर्शनमा महाधिवेशनको तयारी गर्नुपर्छ ।

महतोले अदालतको फैसलालाई आ–आफ्नो किसिमले व्याख्या गरेर समाधान खोज्न नहुने उल्लेख गरे । ‘अदालतले एकताको मार्ग देखाइदिएको छ, त्यसैले हामी सबैले मिलेर अघि बढ्नुपर्छ । जब हामी एक भएर अघि बढ्छौं, अदालतका सबै मुद्दाहरू आफैं समाधान हुन्छन् ।’

त्यस्तै, पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएको एकता महाधिवेशनलाई अपरिहार्य ठहर गरे । परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनए एकता महाधिवेशन गर्ने प्रस्तावसहित पूर्वअध्यक्ष शेष घलेलाई पठाएको पत्रलाई उनले सकारात्मक कदमका रूपमा स्वागत गर्दै संघको एकताबद्ध भविष्यतर्फ अघि बढ्नुपर्ने बताए ।

आचार्यले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै गैरआवासीय नेपाली संघलाई एकताबद्ध बनाउन एकता महाधिवेशन अपरिहार्य भएको बताए ।  उनी भन्छन्, ‘हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन। अबचाहिँ सच्चिएर अघि बढ्नुपर्छ ।’

एनआरएनएलाई अघि बढाउन सबै नेताहरू र सदस्यहरूले आफ्नो अडान र व्यक्तिगत स्वार्थलाई छाडेर संघको बृहत्तर हितका लागि एकताको महाधिवेशनमा सहभागी हुनुपर्ने कुरामा आचार्यले जोड दिए । उनले एनआरएनएमा साधारणसभा गर्ने पक्षमा रहेका बद्री केसी र उनका समर्थकहरूले पनि आफ्नो अडान र घमन्डलाई छाडेर संघको हितमा एकताको लागि अघि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेसनिकट आचार्यले भने, ‘उहाँहरूको विचार होलान् तर संघलाई एकताबद्ध बनाएर अघि बढाउन सकिएको छैन। त्यस कारण उहाँहरूले आफ्नो अडानलाई छाड्नुपर्छ ।’ उनले संघका लागि सबैले उदार हृदयले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

परराष्ट्र मन्त्रालयको पत्रपछि घले नेतृत्वमा एकता महाधिवेशन हुने संकेत देखिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औं बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो, जसको नेतृत्वमा शेष घले रहेका छन् । यसबारे संस्थापक अध्यक्ष सहितका अभियन्ताहरुसँग पनि छलफल भइसकेको जानकारी आचार्यले दिएका छन् ।

आचार्यका अनुसार, एनआरएनएलाई एकताबद्ध नगरेसम्म संघको हितमा काम गर्न नसकिने र नेपालको विकास र समृद्धिमा समेत यसको नकारात्मक असर पर्नेछ । उनले भने, ‘एनआरएनए एकता नभएसम्म यो संस्थाको हित हुन सक्दैन र नेपालको समृद्धिमा साझेदार बन्ने कुरामा पनि ठूलो आघात पर्न सक्छ ।’

आचार्यले संघलाई चलायमान राख्न र देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थलाई छाड्न सबैलाई आह्वान पनि गरे । उनले एनआरएनएको एकता महाधिवेशन आगामी ६ महिनाभित्रै हुने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतले वैधानिकता नदिएको एनआरएनएको १०औं महाधिवेशनबाट चयन भएका तीन अध्यक्षमध्येका एक, आचार्यले अब संघलाई कानूनी र वैधानिक रूपमा अगाडि बढाउन एकताको महाधिवेशन गर्नुपर्ने बताए ।

तर मन्त्री आरजु राणा देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेको विषयलाई लिएर बद्री केसी समूह असन्तुष्ट छ । केसीले ६ महिनाअघि सर्वोच्च अदालतले गरेको पहिलो फैसलालाई आधार बनाएर परराष्ट्र मन्त्रालयद्वारा संघको सचिवालयमा पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि पनि परराष्ट्र मन्त्रालयले पटक पटक संघको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पत्राचार गरे पनि अहिलेसम्म कुनै पनि पत्रको औचित्य सावित नभएको उनले बताए । केसीले गैरआवासी नेपाली संघको शनिवार हुने वार्षिक साधारणसभा र ’एनआरएनए डे’ विशेष समारोहलाई अवरोध गर्ने मनसायका साथ पत्र आएको हुनसक्ने आशंका गरे ।

कञ्चनपुरमा दम्पतीको हत्या

कैलाली । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ।

जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए।

धारिलो हतियारको प्रहारबाट उनीहरूको हत्या भएको उनले बताए । यस विषयमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पुग्दै छ ।

लालझाडी १ का वडाध्यक्ष प्यारेलाल रानाले राति दम्पतीको हत्या भएको बताए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !

बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे  छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४०  पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन  भएपछि अनुसन्धान  प्रक्रिया अघि बढेको हो ।

गत वैशाख ३ गते प्रहरीले सहकारीको रकम ठगी गर्ने  २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बिहीबार पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी सहित १२  जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि पक्राउ पुर्जी  जारी भएको छ ।

यस अघि २८ जना मध्ये  ८ जना पक्राउ परेका छन् । जसमा  २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन्।  जीवी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार रहेका छन् ।

सहकारीको रकम ठगी प्रकरणमा  पूर्व गृहमन्त्री लामिछाने र  पूर्व डिआइजी जोशी पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलनको आरोपमा जिल्ला अदालत कास्कीको आदेशमा थुनामा रहेका छन् ।  लामिछाने र जोशीसहित बिहीबार पक्राउ पुर्जी जारी हुनेमा  रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीवी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ , रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी रहेका छन् ।

दाना चक्रवात ओडिशामा बज्रियो, नेपालमा कस्तो असर पर्ला ?

९ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना छैन ।

‘दाना चक्रवातले उछुट्याएको बादलले गर्दा कोशी प्रदेशमा चाहिँ सामान्य प्रभाव देखिन्छ । तर अन्त खासै छैन । मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा हुँदैन,’ उनले भने ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि दाना चक्रवातको सिधा असर नेपालमा नपर्ने बताए । तर पूर्वी तराईमा शुक्रबारदेखि बादल लाग्ने र हावा चल्ने सम्भावना रहेको उनले बताए । साथै मध्यपहाडी क्षेत्रमा वर्षाको पनि सम्भावना रहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविद गोविन्द झाले बताए ।

मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

१६ वर्षीया बालिकासँग चिनियाँ नागरिकको विवाह, ८ जना पक्राउ

गत असोज ३० गते बुधबार अपरान्ह सुनसरी प्रहरीमा कसैले फोनमार्फत् एउटा सूचना दियो।

‘चतरास्थित औलिया बाबाको मन्दिरमा एक जना बालिकाको चिनियाँ नागरिकसित बिहे भइरहेको छ’, सूचनादाताले यसो भनेपछि सुनसरी प्रहरीको टोली मन्दिरतिर दौडियो।

प्रहरी टोली त्यहाँ पुग्दा विवाहको सबै विधि पूरा भइसकेको थियो।

अभिभावकको सहमतिमै धनकुटाकी १६ वर्षीया नेपाली बालिकाको सिउँदोमा चिनियाँ नागरिकले सिन्दुर हालिसकेका थिए।

चीनको हुबेल निवासी ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसित ती बालिकाको विवाह भएको थियो। मन्दिरमा प्रहरी पुग्दा बेहुला–बेहुली विवाहको औपचारिक पोशाकमै थिए।

प्रहरीले त्यहाँबाट बेहुलासहितका ८ जनालाई नियन्त्रणमा लियो। जसमध्ये तीन जना चिनियाँ नागरिक छन्।

चिनियाँ नागरिकले नेपाली बालिकासित विवाह गरिरहेको खबर पाएपछि आफूले सुरूमै ‘मानव तस्करी’ पो हो कि भन्ने अनुमान गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।

‘तर अहिलेसम्मको अनुसन्धानले यो घटना ह्युमन ट्राफिकिङ होइन भन्नेमा हामी प्रष्ट भयौं’, एसपी तिम्सिनाले भने ‘तर उमेर नपुगेकी बालिकालाई विवाह गराएका कारण बालविवाहको कसुरमा उनीहरूलाई पक्राउ गरेर कारबाही र अनुसन्धान अघि बढाइएको छ।’

तिम्सिनाका अनुसार विवाह भएकी बालिकाको गाउँकै एक जना महिलाले यसअघि नै चिनियाँ नागरिकसित विवाह गरेको र सोही परिवारको कुराकानीको आधारमा ती बालिकाको चिनियाँ नागरिकसँग विवाह भएको पाइएको हो।

‘उनका ती गाउँले भिनाजु (चिनियाँ नागरिक) परिवार र छोराछोरीसहित विवाहमा उपस्थित रहेछन्, विवाहचाहिँ गरिखाने हिसाबमै गरेको देखिन्छ’, तिम्सिनाले भने ‘तर उमेर नपुगेकी बालिकासित बिहे गरेका कारण संलग्नहरुलाई नियन्त्रणमा लिएको हो।’

उनले नेपालीसँग चिनियाँहरूले विवाह गर्नुको कारण पनि खोजिरहेको बताएका छन्।

प्रहरीले बालिकाका बाबुसहित बेहुला, उदयपुर बेलका ९ का वर्षीय दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोक रोशीकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा राखेको छ।

विद्युत् महसुल विवादः विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो ।

तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो ।

विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीहरूले जनाएका छन् ।

श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल, सेमिफाइनलमा भारतसँग भेट पक्का

साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकामाथि सानदार जित हात पारेसँगै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकाविरुद्ध ६–० गोलअन्तरको जित हात पारेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

समूह ए बाट भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह बी बाट नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र भुटानको समान ७–७ अंक भए पनि गोलअन्तरमा अगाडि रहँदै नेपाल समूह विजेता बनेको हो । समूह विजेता बन्न श्रीलंकामाथि नेपाललाई कम्तीमा ६ गोलअन्तरको जित आवश्यक थियो । जुन उसले इन्जुरी समयमा गरेको गोलबाट पूरा गरेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा भयो । खेलको सातौँ मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । सविताले सावित्रा भण्डारी साम्बाले उपलब्ध गराएको पासमा गोल गरेकी हुन् ।

त्यसपछि खेलको ११औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो  ।

खेलको १३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै घरेलु टिम नेपाललाई ३–० को अग्रता दिलाएकी हुन् । त्यसपछि खेलको ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली ।  कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा  मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशील बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए ।
बिहीबार साँझ ६ः२०मा भएको दुर्घटनामा गम्भीर घाइते भएका बिकको धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकामा चुनाव अघि तीन करोड मतदाताले गरे मतदान

न्यूयोर्क, ८ कात्तिक ।

अमेरिकामा राष्ट्रपतिको निर्बाचन अगावै तीन करोड मतदाताले मतदान गरेका छन् ।

नोभेम्बर ५ मंगलकार दिन राष्ट्रपतिको निर्बाचन मिति तय भएपनि बिहीवारसम्म बिभिन्न राज्यमा तीन करोड मतदाताले मतदान गरिसकेका छन् ।

अमेरिकामा मतदाताहरुको सुबिधाका लागि मतदान तोकिएको समयभन्दा पहिले पनि मतदान गर्न व्यवस्था गरिएको छ ।

राष्ट्रपति पदमा डेमोक्र्याट पार्टीका कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भईरहेको छ ।

 

खोज्नुहोस