लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

१० कात्तिक, काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।
लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।