बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलको क्षतिपूर्ति वाफत सय करोड दिने सम्झौता

न्यूयोर्क, ८ कार्तिक ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको फ्रान्सिस स्कट की ब्रिजको क्षतिपूर्ति बाफत जहाज कम्पनीले सय मिलियन डलर दिने सम्झौता भएको छ ।
अमेरिकी न्याय विभागले जहाज सञ्चालक ग्रेस ओशन प्राइभेट लिमिटेड र सिंगापुरका प्रबन्धक सिनर्जी मरिन समूह दुवैलाई जहाजको ठक्करबाट भत्किएको फ्रान्सिस स्कट की पुलको मुनीको फोहोर हटाउन र शहरको बन्दरगाह पुनः खोल्न लागेको १० करोड डलर दिन आग्रह गरेको थियो । सरकारले आग्रह गरेको एक महिनापछि बिहीवार यो सम्झौता भएको हो । सरकारले पानी मुनीको फोहोर हटाउन र बन्दरगाह खोल्न १० करोड खर्च गरेको थियो ।
६ जनाको ज्यान गएको उक्त घट्नापछि बाल्टिमोरको बन्दरगाहबाट व्यावसायिक ढुवानी बन्द भएको थियो । मृतकका परिवाजनले क्षतीपूर्ति र न्यायका लागि जहाज कम्पनीका बिरुद्ध कानुनी लडाई लड्ने घोषणा गरेका थिए ।