अध्यागमन विभागको महानिर्देशकमा रिजाल

काठमाडौं, ८ कात्तिक ।
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाएको छ।
अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएपछि गृह मन्त्रालयले बुधवार उनको स्थानमा रिजाललाई पठाएको हो । रिजालले आज (बिहीवार)देखि कार्यभार सम्हाल्ने छन् ।
यसअघि श्रम मन्त्रालयको प्रवक्ता रहेका रिजालको नयाँ सरकार गठन भएपछि गृह मन्त्रालय सरुवा भएको थियो । काठमाण्डौं, कैलाली सहित आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको अनुभव सम्महालेका रिजाल गृह मन्त्रालयका अनुभवी र सिनियर सहसचिव हुन् ।