इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

द एभरेष्ट पोष्ट
२ कार्तिक २०८१ २:१९
इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

काठमाडौं- हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाको सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा सिनवार मारिएका हुन् ।

सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन् । इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवारको मृत्यु भएको हो ।

सिनवारले सन् २०१७ देखि हमासको सैन्य समूहको नेतृत्व गरिरहेका थिए । गत वर्षको ७ अक्टोबरमा इजरायलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा सिनवार रहेको बेलायत, अमेरिका र इजरायलले जनाएका छन् ।

७ अक्टोबरको हमलामा इजरायलमा झण्डै १२ सय जना मारिनुका साथै २ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाइएको थियो । गाजामा हमास विरुद्धको युद्धमा याह्या सिनवारको हत्या इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो ।

सिनवारको मृत्यु हमासको लागि भने गम्भीर धक्का लागेको छ । उनी योजनाबद्ध विशेष सैन्य कारवाहीमा मारिएका नभई दक्षिणी गाजाको रफाहमा इजरायली सेनासँगको अपर्झटको भिडन्तमा मारिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस