पूर्वराजाबाट मनिषा कोइराला सहित कलाकारले लगाए टीका र जमरा

काठमाडौं,२६ असोज।
पूर्व राजा ज्ञानेन्द्रका हातबाट अभिनेत्री मनिषा कोइराला लगायतका कलाकारहरुले दशैंको टीका र जमरा ग्रहण गरेका छन् ।
अभिनेत्री कोईराला सहित ज्वाइँ साब’की अभिनेत्री नीति शाह, मिस नेपाल आस्माकुमारी केसी सहितका कलाकारहरुले शीतल निवासमा आयोजित समारोहमा पूर्वराजा शाहका हातबाट टीका र जमरा ग्रहण गरेका हुन् । राजतन्त्र समर्थक अभिनेत्री कोईराला र शाहले यसअघि पनि पूर्व राजाका हातबाट टीका र जमरा ग्रहण गरेकी थिईन ।
दशैंको अवसरमा शीतल निवासमा आयोजित समारोहमा पूर्व राजा शाहले बिभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरु सहित सर्वसाधारणलाई टीका लगाए ।