राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई लगाईदिए टीका र जमरा

काठमाडौँ,२६ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माले टीका र जमरा लगाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शितल निवासमा बडा दशैंको टीकाको दिन नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएका हुन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयले प्रधानमन्त्री ओली सहित उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारी लगायतले राष्ट्रपतिको हातबाट टीका तथा जमरा ग्रहण गरेको जनाएको छ ।