आज बडादशैँको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा

द एभरेष्ट पोष्ट
१८ असोज २०८१ १:३०
आज बडादशैँको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा

काठमाडौं– बडादशैँको दोस्रो दिन आज असोज १८ गते शुक्रवार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैँ अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

बडादशैँको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्ति पीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकाभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस