महिला लिग : भायोलाको ह्याट्रिकमा वालिङको तेस्रो जित

काठमाडौं,३१ भदौ।

महिला लिगअन्तर्गत भायोला नामुद्धुको ह्याट्रिकमा वालिङ नगरपालिकाले सुदुरपश्चिम प्रदेशमाथि ५–१ को जित हात पारेको  छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा युगान्डाकी फर्वाड नामुद्धुले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पूरा गरेकी हुन् । उनले खेलको १८औं, ४२ औं र ४५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

पहिलो हाफको ४० मिनेटसम्म १ गोलमात्रै खाएको सुदुरले २ मिनेटमा ३ गोल खायो । पहिलो हाफमा४ मिनेट थप गर्दा अतिरिक्त समयको दोस्रो मिनेटमा नै पुन गोल खाँदै पहिलो हाफमा वालिङले४–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा भने वालिङका लागि सुस्मा तामाङले खेलको ५० औं मिनेटमा गोल गर्दै वालिङलाई ५–० को अग्रतामा पुर्‍याइन् ।

जवाफमा सुदुरपश्चिमकी रितिका कार्कीले खेलको ६२ औं मिनेटमा वालिङको. पोष्टमा किपरलाई वान वाई वानमा विट गर्दै गोल गरिन् ।

वालिङले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ । भने सुदुरले १ खेल पनि जित्न सकेको छैन ।

‘जादुयी नम्बर’ चल्न छाडेपछि प्रचण्डले धम्की दिए – एमाले नेता ज्ञवाली

महेन्द्रनगर(कञ्चनपुर),३१ भदौ ।

नेकपा (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता बिक्षिप्त जस्तै बनेको बताएका छन् ।

केन्द्रीय स्कुल विभागको आयोजनामा सोमबार देखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर जिल्ला स्तरिय प्रशिक्षकरप्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले ‘जादुयी नम्बर’ को बलमा माओवादीले कहिले कसैलाई, कहिले कसैलाई खेलाए पनि अब त्यो नम्बर खोटो भइसकेको बताए ।

‘माओवादीको खोटो सिक्का अब चल्न छाडिसक्यो,’ स्कुल विभाग प्रमुख समेत रहेका उनले भने, ‘त्यसैले प्रचण्डले घरी बंगलादेश बनाउछु, घरी श्रीलंका बनाउछु भन्दै धम्की दिइरहेका छन् । हिजो त्यत्रो सेना हुँदा त सकेनन् ।’

ज्ञवालीले माओवादी र काठमाडौंका मेयर बालेन शाहहरुको अराजकता तथा राजतन्त्रका पक्षधर र संविधान बिरोधीहरुको घेराबन्दी तोडेर २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न कार्यकर्ताहरुलाई आब्हन गरे ।

‘पपुलिष्ट’ हरुले समाजमा अनेक भ्रमहरु सुजना गरिरहेका छन्, सकारात्मक भन्दा पनि नकारात्मक कुराको चर्चा गरी यी सबै काम पूराना पार्टीहरुले गरिरहेको अफवाह फैलाइएको छ,’ उनले कार्यकर्ताहरुलाई भने, ‘त्यस्ता भ्रमहरु चिर्दै, राम्रो कामको प्रचार गर्नुस् ।’

अस्थिरता फैलाउनेहरुको दोकान बन्द भइसकेको र देश बनाउने जिम्मेवारी एमालेको काधमा आएको ज्ञवालीले बताए । उनले मिसन ०८४ सफल पार्न अहिले देखि जनता माझ जान आब्हन गर्दै आगामी निर्वाचनबाट पार्टी निर्णायक राष्ट्रिय शक्ति हुने दाबी गरे ।

तीन दिने जिल्ला स्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रममा उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख ज्ञवालीले ‘महाधिवेशनद्वारा पारित नीति, कार्यक्रम र कार्यदिशा’ बारे प्रशिक्षण दिए । केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोईरालाले ‘प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप र शैली’ विषयमा प्रशिक्षण दिएका छन् ।

मंगलबार एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र बिहीबार एमाले पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावल तथा निरुदेवी पाल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको र प्रशिक्षणपछि नेताहरुलाई वडा तथा नगर स्तरिय प्रशिक्षण कार्यक्रममा पठाइने कार्ययोजना रहेको स्कुल विभाग सुदूरपश्चिमको संयोजन गरिरहेका पोलिटब्युरो सदस्य रावलले जानकारी दिए । कार्यक्रममा १ सय ३९ जनाको सहभागिता छ । प्रशिक्षणले जिल्ला कमिटी सदस्यलाई दायित्वबोध गराउने छ ।

नायग्रा फल्समा भिज्न लालायित मान्छेहरु

यात्रा संस्मरण ।
नायग्रा फल्समा भिज्न लालायित मान्छेहरुको भीड देख्दा लाग्थ्यो, मान्छेहरु किन यति धेरै लालायित हुन्छन, त्यहाँ पुग्न ।
नायग्रा फल्समा भिज्नुको बेग्लै हुदो रहेछ, त्यो अनुभूति नायग्रा फल्समा भिज्दा मात्र प्राप्त हुने रहेछ । संसारकै ठूलो झरना, जहाँ पुग्न र भिज्न मान्छेहरु किन यतिधेरै उत्साही हुन्छन् ? आफू त्यहाँ पुगेपछि त्यसको अनुभूति भयो ।

मान्छेहरु पानी परेपछि भिजिने डरले ओत लाग्ने ठाँउको खोजी गर्छन । तर नायग्रा फल्समा भने भिज्नकै लागि टिकट काट्छन । क्रुज चढ्छन । र, झरनाको पानी खस्ने ठाँउनजिकै पुगेर त्यसका बाछिटाहरुसंग रमाउछन् । र, उन्मुक्त भएर भिज्छन् ।

पानीबाट जोगिन प्लाष्टिकको बर्साती लगाएका मान्छेहरुलाई क्रुजमा नायग्रा फल्सको मुन्तिर पुग्दा यस्तो लाग्छ, किन लगाईरहनु यो वर्षाती ? फेरि कहाँ मिल्छ, नायग्रा फल्समा भिज्न ? त्यसैले मान्छेहरु त्यो वर्षातीबाट बाहिर निस्किन्छन, र भिज्छन् उन्मुक्त भएर । न मोवाईल भिज्ने चिन्ता । न कपडाको चिन्ता ? एउटा अवस्था यस्तो आउदो रहेछ, जतिबेला मान्छेहरु सबै चिन्ता र भयबाट मुक्त हुन्छन । नायग्रा फल्सको मुन्तिर पुग्दा यस्तै अनुभूति भयो ।

तस्विरमा देखेको नायग्रा फल्सलाई अनेकौ कौतुहलता र जिज्ञासा थिए, म भित्र ? कस्तो होला नायग्रा फल्स ? कसरी खस्छ होला त्यहाँ पानी ? त्यो कृत्रिम होला कि प्राकृतिक ?

अमेरिकामा बग्ने नायग्रा नदी न्यूयोर्क र क्यानडाको ओन्टारियो राज्यको सीमानामा १६७ फिट उचाईबाट खस्छ । त्यही स्थान नै नायग्रा फल्स हो । नायग्रा नदी यसरी त्यहाँ तीन ठाउँबाट खस्छ । र, दुई देशको सीमानामा फेरि नदी भएर बग्छ ।

संसारभरीबाट दुई करोड भन्दा बढि पर्यटकहरु नायग्रा फल्स अवलोकन गर्ने गरेको तथ्यांक छ । अमेरिका र क्यानडा दुबै देश भएर नायग्रा फल्सको अवलोकन गर्न सकिन्छ । दुबै देशतिर नायग्रा फल्सको मुन्तिरसम्म पर्यटकहरुलाई क्रुज मार्फत लैजाने व्यवस्था छ । फरक यति छ, अमेरिकाबाट त्यहाँ जानेहरु निलो बर्सातीमा हुन्छन । क्यानडाबाट जानेहरु रातो वर्सातीमा हुन्छन । उनीहरु कुन देशको बाटो भएर नायग्रा फल्स अवलोकन गर्न आएका हुन्, त्यही निलो र रातो बर्साती हेरेर छुट्याउन सकिन्छ । दुबै देशतिर हेलिकोप्टरबाट पनि नायग्रा फल्स अवलोकन गर्ने सुबिधा छ । हिउँदमा भने नायग्रा फल्स जमेर ठप्प हुन्छ ।

अमेरिका र क्यानडा पुग्ने विदेशी पर्यटकहरु नायग्रा फल्स अवलोकन गर्न छुटाउदैनन । न्यूयोर्क पुगेर नायग्रा फल्स पुगेन भने त अमेरिकाको भ्रमण नै अधुरो जस्तो हुने रहेछ, मैले त्यो अवसर गुमाउन चाहेन । र त साथीहरुसंगै न्यूयोर्कबाट झण्डै साढे चार घण्टा गाडीको यात्रा तय गरेर पनि नायग्रा फल्स अवलोकन गरे । प्रिय साथीहरु नविन ओझा, राम बहादुर देउवा, गणेश बिष्ट र राईभान महरासंग गाडीको यात्रा र त्यसमाथि नायग्रा फल्सको रोमाञ्चकारी भ्रमण अवस्मरणीय त हुने नै भयो ।

गौरामय बन्दै अमेरिका

न्यूयोर्क(अमेरिका), ३१ भदौ ।

‘यो मन त मेरो नेपाली हो’ प्रवासमा बस्नेहरुले सबैभन्दा उच्चारण गर्ने नारा मात्र होईन यो । व्यबहारमा पनि प्रवासी नेपालीहरुको मनमा नेपाल झल्किन्छ । र त, उनीहरु आफ्नो भाषा,संस्कृति र परम्परा भनेपछि हुरुक्क हुन्छन् । शिरमा ढाकाटोपी, शरीरमा दौरा शुरुवाल र हातमा नेपाली झण्डा । जुनसुकै जाती, भूगोल, सम्प्रदायका भएपनि उनीहरुले मनाउने हरेक मौलिक पर्वमा पाईने यो समानता हो ।

र, प्रवासमा बस्ने नेपालीहरुको अर्को, विशेषता हो, फरक जाती र सम्प्रदायका पर्व र परम्पराहरुमा सहभागी हुनु ।

पछिल्लो साता अमेरिका गौरामय भयो । अमेरिकाका ती राज्यहरु, जहाँ सुदूर पश्चिमेलीहरुको उल्लेख्य उपस्थिति छ, त्यहाँ गौरा धुमधामसंग मनाईयो । टेक्सस, कनेक्टिकट, विस्कन्सिन, लस एञ्जल्स, भर्जिनिया लगायतका राज्यहरु गौरामय भए ।

त्यहीक्रममा अमेरिकाको न्यूयोर्कमा पनि गौरा पर्व सुदूर पश्चिमेलीहरुले धुमधामसंग मनाए । बिरुणा भिजाए । गौरा भित्र्याए । धुमधामसंग गौराको पूजा गरे ।

सोहीक्रममा सुदूर पश्चिम समाज न्यूयोर्कले औपचारिक रुपमा समेत गौरा कार्यक्रम आयोजना गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रण बहादुर रावलले प्रवासमा रहे पनि नेपालीहरुमा मातृभूमि र आफ्नो भाषा, संस्कृति र परम्पराप्रतिको माया अटुट रहेको बताए ।

उनले प्रवासमा गौरा पर्वको संरक्षण, सम्बद्र्धन र जगेर्नाका लागि न्यूयोर्कसंगै अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम समाज र त्यहाँका अगुवाहरुले निर्बाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

गौराका अवसरमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुन पाउदा आफूलाई नेपालमै रहेको महशुस भएको रावलले सुनाए ।

उनले भाषा, संस्कृति र परम्परा मानव जातीको पहिचान र अस्तित्वसंग जोडिएको चर्चा गर्दै त्यसको जगेर्ना अपरिहार्य भएको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सुदूरपश्चिमेलीहरुले प्रवासमा रहेपनि गौरा, बिशुँ, ओल्के जस्ता मौलिक परम्परा, पर्व र संस्कृति जगेर्नाका लागि सामूहिक रुपमा प्रयत्न गरिरहेको बताए ।

गौरा कार्यक्रममा पूर्व अध्यक्षहरु ममता जोशी, गणेश बिष्ट, राम बहादुर देउवा, पूर्व बोर्ड सदस्यहरु, वर्तमान र विगतका सल्लाहकारका साथै सुदूर पश्चिम घर भई न्यूयोर्कमा बस्दै गएका समाजका सदस्य तथा शुभेच्छुकहरुको सक्रिय सहभागिता र सहयोग रहेको थियो ।

समाजका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा गौरा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष बिष्टले कार्यक्रमका प्रमुख अतिथि डा. रावल, बिशिष्ट अतिथि बिष्ट लगायत गौरा कार्यक्रम सफल पार्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिए ।

उनले गौरा पर्व सुदूर पश्चिमवासीको पहिचानसंग जोडिएकोले यसको जगेर्नाका लागि समाजले हरेक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

कार्यक्रममा गौराको महत्व र प्रवासमा त्यसको सान्दर्भिकताका बारेमा प्रकाश पारेका सुदूर पश्चिम समाज न्यूयोर्कका उपाध्यक्ष तथा कला तथा सांस्कृतिक संयोजक रैभान महराले दाहिना दमाहु बजाएर सबैलाई मन्त्रमुग्ध बनाए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नविन ओझाले गौरा कार्यक्रमको व्यवस्थापन र समन्वय र संयोजन गरेका थिए भने कोषाध्यक्ष भीम खत्रीले कोषको व्यवस्थापकीय जिम्मेवारी निर्बाह गरेका थिए । संस्थाकी सदस्य लक्ष्मी पन्तले अतिथिलाई स्वागत तथा सत्कार गरेकी थिईन ।

संस्थाका सदस्य टेक साउद, डम्बर खत्री, सविन चन्द, गणेश खड्का, चक्र रावलले खाद्य व्यवस्थापनको जिम्मेवारी निर्बाह गरेका थिए ।

गौरा पूजामा पंडित सिद्धराज भट्टले गौरा पूजाको संयोजन गरेका थिए ।

समाजका महासचिव तथा गौरा कार्यक्रम संयोजक हरिदत्त जोशीले कार्यक्रम संचालन गरेका थिए भने सचिव गणेश बिष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

देउवामाथि माओवादीको त्यो आक्रमण

नेपाली कांग्रेस भर्खरै विभाजन भएको थियो । विभाजित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । उनी संगठन विस्तारका लागि देशव्यापी दौडाहामा थिए ।
२०५९ भदौ ७ गते कञ्चनपुरमा आमसभा थियो । देउवा आमसभा सकेर साँझ धनगढी पुगे । भोलिपल्ट भदौ ८ गते बिहान कार्यकर्ताहरूसँग भेटघाट गरे । खाना खाए । र, अपराह्न ४ बजे नेपालगञ्ज पुग्ने योजना सहित दिउँसो एक बजे धनगढीबाट निस्किए ।

राजा ज्ञानेन्द्रले सत्ताच्युत गरेका देउवालाई सरकारले गाडी दिएको थिएन । उनको सुरक्षाको प्रबन्ध पनि गतिलो थिएन । देउवा आफ्नै टोयोटा ल्याण्डक्रुजर गाडीमा सवार थिए । गाडीमा उनीसँगै चालक र दुई जना अंगरक्षक थिए ।

देउवाको गाडीलाई प्रहरीले स्कर्टिङ गरिरहेको थियो । सडक विभागको त्यो अगुवा पिकअप गाडीमा सात जना प्रहरी थिए । त्यो गाडी पनि मुश्किलले मिलेको थियो । प्रमुख जिल्ला अधिकारीले त्यसअघि पछाडि त्रिपाल भएको गाडी पठाएका थिए । देउवाका अंगरक्षक प्रहरी नायव निरीक्षक (सई) रामजी कटुवालले त्यो गाडी फिर्ता गर्न लगाएर सडक विभागको गाडी मगाएका थिए । त्यही गाडीमा प्रहरी थियो ।

धनगढीबाट हिंडेको ४५ मिनेटपछि देउवा चढेको गाडी पहलवानपुरको आमखैया पुग्यो । बाटोमा माओवादी जनमुक्ति सेनाका ७/८ जना लडाकु कम्ब्याट डे«समा थिए । उनीहरू गाडी रोक्ने उद्देश्यले सडकमा उभिएका थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पहलवानपुर र मसुरियाको बीचमा पर्ने आमखैयाको त्यो भूगोल सडकमा गुड्ने गाडीमाथि आक्रमण गर्न सहज थियो । दुवैतिर डाँडा थिए । त्यसमाथि जंगल । बीचमा बाटो । देउवाका अंगरक्षक कटुवाललाई डाँडाको दुवैतिर जंगलमा माओवादी लडाकुहरू पहिलेदेखि नै आक्रमणको तयारीमा बसेको अनुमान गर्न गाह्रो भएन ।

उनले डाँडामा त्रिपटमा एलएमजी तयारी अवस्थामा राखेको देखिहाले । गाडीको गति प्रतिघण्टा १०० किमिभन्दा बढी थियो । त्यसलगत्तै गाडीको गति थप बढाउन चालकलाई भने । गाडी रोक्ने प्रयास सफल नभएपछि माओवादीहरूले सडकको दुवैतिरको डाँडाबाट एकसाथ एलएमजीले फायर खोले । गोली लागेर प्रहरीको गाडीका पछाडिका दुवै पांग्रा पञ्चर भए । रिङका भरमा प्रहरीको गाडी अघि बढ्यो । त्यसपछि उनीहरूले देउवा चढेको गाडीमा अन्धाधुन्ध आक्रमण गरे । देउवा चढेको गाडीमा तीन वटा गोली लागे ।

एउटा गोली अगाडिको बोनटमा । एउटा पछाडिको दायाँतिरको बत्तीमा । तेस्रो गोली बायाँ भागको अगाडिको टायरको माथिल्लो भागमा । सबै गोली गाडीको मेटलमा लागेर झरे । गाडीमा खासै क्षति भने भएन । गाडीमा गोली लागेको आवाज आइरहेको थियो । देउवाले गाडीमा ढुंगाले आक्रमण गरेको हो कि भनेर कटुवाललाई सोधे ।

अगाडिको गाडीमा रहेका प्रहरीले सुतेर फायर खोले । अन्धाधुन्ध फायर गर्दै प्रहरीको गाडी अघि बढ्यो । माथिबाट माओवादीको आक्रमण जारी थियो ।

दिउँसो करीब पौने दुई बजे प्रहरीको गाडी आइपुग्यो । एउटा टोलीले बाटोमा गाडीलाई रोक्न खोज्यो । तर गाडी रोकिएन । त्यसपछि भने डाँडामा रहेका माओवादी लडाकुहरूले एलएमजीले फायर खोले । माओवादीले प्रहार गरेको गोली लागेर अगाडि रहेको गाडीका पछाडिका दुवै पांग्रामा क्षति पुग्यो

माओवादी आक्रमणबाट जोगाउन सई कटुवालले देउवाको सिट पछाडि सारे । एकातिरबाट कटुवालले र अर्कोतिर अर्का अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) बाबुकाजी खड्काले देउवाको बडी कभर गरे ।

घटनास्थल, आक्रमणको पूर्व तयारी र त्यहाँ तैनाथ माओवादी लडाकुहरूको उपस्थिति र आक्रमणको प्रकृति हेर्दा माओवादीले मार्ने नियतले देउवामाथि आक्रमण गरेका थिए । उहाँ (देउवा) लाई जोगाएर हामी त्यहाँबाट निस्किन सफल भयौं- कटुवालले त्यो घटना सम्झिंदै भने, उहाँलाई हामीले यसरी कभर गरेका थियौं कि हामीलाई छेडेर मात्र गोली उहाँलाई छुन सक्थ्यो ।

गोली लागेर पांग्रा क्षत-विक्षत भएपछि प्रहरीको गाडीको गति कम भयो । त्यसलाई पछाडि छाडेर देउवाको गाडी अघि बढ्यो । त्यस्तै अवस्थामा प्रहरीको गाडी पनि आमखैयाबाट निस्कियो । प्रहरीको गाडीलाई पछाडि छोडेर देउवाको गाडी अगाडि बढ्यो । जंगल पार गरेपछि देउवा चढेको गाडी रोकियो । केहीबेरमै प्रहरीको गाडी आइपुग्यो । प्रहरीको गाडी अघि बढ्न सक्ने अवस्थामा थिएन ।

चालकले जसोतसो गाडी त्यहाँ पुर्‍याएर सबै प्रहरीलाई जोगाएका थिए । सई कटुवालले त्यो गाडीमा रहेका सात जना प्रहरीलाई देउवाको गाडीमा चढाए । र, चालक प्रेमले गाडी हुँइक्याएर सुख्खडस्थित सुरक्षाफौजको बेसक्याम्पभित्र पुर्‍याए । त्यहाँ पुग्दा करीब अढाइ बजेको थियो । देउवाको गाडी सुख्खड पुग्दा उता माओवादीले सडकमा छोडेर आएको प्रहरीको गाडीमा आगजनी गरे ।

सशस्त्र प्रहरीमा कार्यरत प्रेम खत्री देउवाको गाडी चालक थिए । अनुभवी खड्काले आक्रमणका बीच संयमता गुमाएनन् । सुझबुझ तरिकाले गाडीलाई नियन्त्रणमा लिंदै सुरक्षित रूपमा सुख्खड पुर्‍याए-कटुवालले भने, बल्ल हामी सबै जोगियौं ।

धन्न केही भएन– कटुवाल भन्छन्, त्यति ठूलो आक्रमण हुँदा पनि देउवा आत्तिएका थिएनन् । सई कटुवालसँग प्रहरीको वाकीटाकी सेट त थियो तर जंगलमा सेटले काम गरेन । जस कारण कटुवालले माओवादी आक्रमणको जानकारी माथिल्लो तहलाई दिन सकेनन् ।

सुख्खडबाट सई कटुवालले प्रमुख जिल्ला अधिकारीलाई देउवामाथि माओवादीले आक्रमण गरेको जानकारी दिए ।

त्यसपछि कटुवालले देउवा सुरक्षित रहेको जानकारी दिन घरमा सम्पर्क गरे । देउवा पत्नी डा. आरजू राणा पर्वतको कार्यक्रममा रहेकोले सम्पर्क हुन सकेन । उनले देउवाका साला भूषण राणालाई घटनाको जानकारी दिए । साँझ ७ बजेपछि पत्नी आरजूसँग देउवाको कुरा भयो ।

युद्धविरामको समय थियो । त्यसमाथि देउवालाई राजा ज्ञानेन्द्रद्वारा सत्ताच्युत गरिएको थियो । सत्तामा नभएको अवस्थामा माओवादीले आक्रमण गर्छन् भन्ने रत्तिभर आशंका थिएन । त्यस कारण सामान्य सुरक्षा प्रबन्धमै देउवा धनगढीबाट नेपालगञ्जका लागि हिंडेका थिए । राजाको प्रत्यक्ष शासन थियो । पूर्व प्रधानमन्त्री देउवाको सुरक्षामा सरकार कति हदसम्म उदासीन थियो भने उनलाई चढ्न सरकारी गाडीसम्म उपलब्ध गराएको थिएन । त्यस कारण देउवाले काठमाडौंबाट आफ्नै टोयोटाको ल्याण्डक्रुजर मगाएका थिए ।

देउवा राति सुख्खडमा बस्न तयार थिएनन् । उनले सई कटुवाललाई राति नेपालगञ्ज बास बस्ने सुनाए । तर कटुवालले माओवादीले फेरि आक्रमण गर्दैनन् भन्ने ग्यारेण्टी नभएकोले ढुक्क भएर नेपालगञ्ज जान सक्ने अवस्था नरहेको बताए ।

देउवा आक्रमणको खबर डढेलो झैं फैलिइसकेको थियो । प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा घटनाको जानकारी गराए । मध्यपश्चिम प्रहरी प्रमुख (डीआईजी) हेमबहादुर गुरुङ थिए । सई कटुवालले हेलिकप्टरका लागि गुरुङसँग आग्रह गरे । तर सरकार सेनाको हेलिकप्टर पठाउन तयार थिएन । निजी हेलिकप्टर सुरक्षाको जोखिमका कारण उड्न तयार नभएको भन्दै डीआईजी गुरुङले हेलिकप्टर आउन नसक्ने जानकारी दिए ।

नेपाली सेनाका प्रमुख प्रज्ज्वलशमशेर जबराले फोन गरेर आक्रमण र सुरक्षा अवस्थाका बारेमा जानकारी लिए । र, लगत्तै सुख्खडमा एन्टी माइन भेहिकल पठाउन लगाए । देउवा त्यही भेहिकलमा नेपालगञ्ज जान तयार भए । तर त्यसमा प्रहरीको टीम अट्दैनथ्यो । देउवा सुख्खडमा बस्ने मूडमै थिएनन् । त्यहाँबाट मूभ हुन चाहन्थे । तर कटुवालले तत्काल मूभ हुनु राम्रो नहुने सुझाए ।

देउवाले भोलिपल्ट दाङको तुलसीपुरमा आयोजना हुने नेपाली कांग्रेस (प्रजातान्त्रिक) को आमसभालाई सम्बोधन गर्ने तय थियो । त्यहाँ नजाने हो भने डराएर देउवा आएनन् भन्ने सन्देश जाने र कार्यकर्ता निराश हुने उनको चिन्ता थियो ।

देउवामाथि आक्रमण नियोजित थिएन । त्यो भूलवश भएको घटना थियो-केसीले सुनाए, त्यही कारण साँझ सुदूरपश्चिम ब्युरो इञ्चार्ज पोष्टबहादुर बोगटीले भूलवश देउवामाथि आक्रमण भएको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागे

त्यो रात देउवा सुख्खडमै बास बसे । उनको सुरक्षाका लागि त्यहाँ थप सुरक्षाफौज तैनाथ गरियो । भोलिपल्ट बिहान रक्षा सचिवले हेलिकप्टर पठाए । त्यही हेलिकप्टरमा देउवा नेपालगञ्ज गए । नेपालगञ्जमा खाना खाएर देउवा हेलिकप्टरमै दाङको तुलसीपुर पुगे । र, त्यहाँ पार्टीको आमसभालाई सम्बोधन गरेर काठमाडौं फर्किए ।

देउवाभन्दा केही पछाडि अर्को गाडीमा प्रजातान्त्रिकका विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरी लगायतका सिनियर नेताहरू थिए । देउवामाथि आक्रमण भएको जानकारी पाएपछि उनीहरू वनबेहडास्थित सशस्त्र प्रहरीको बडिमालिका गणमै रोकिए । र, त्यो रात उनीहरू त्यहीं बास बसे । भोलिपल्ट उनीहरू पनि नेपालगञ्ज हुँदै तुलसीपुर पुगे ।

साँझ माओवादीका सुदूरपश्चिम इञ्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ले विज्ञप्ति जारी गर्दै देउवामाथि आक्रमण गर्ने कुनै योजना र निर्णय नभएको र भूलवश देउवामाथि आक्रमण भएको भन्दै क्षमा मागे ।

‘प्रहरी निशानामा थियो, भूलवश देउवा परे’

युद्धविरामको समय थियो । त्यही बेला घर आएका चार जना माओवादी कार्यकर्ताहरू मसुरियाको बढैपुरमा प्रहरीको आक्रमणमा मारिए । उक्त घटनापछि माओवादी प्रहरीसँग क्रूद्ध थियो । उसले योजना बनायो, ‘हत्याको बदला हत्या’ । प्रहरीलाई त्यसरी नै मार्ने, जसरी आफ्ना साथीहरूलाई प्रहरीले मार्‍यो ।

प्रहरीको बाटो ढुकेर केही दिनदेखि माओवादी जनमुक्ति सेनाको बटालियन मसुरिया, पहलवानपुर क्षेत्र आसपासमा थियो । बटालियन कमाण्डर थिए, विजय केसी । उनको टीमले प्रहरीको टोली अत्तरियाबाट पूर्वतर्फ आइरहेको सूचना पायो । प्रहरीलाई आक्रमण गर्ने योजना पहिलेदेखि बनाइरहेको माओवादीले आक्रमणका लागि स्थान रोज्यो, पहलवानपुरको आमखैया जंगल ।

मसुरियाबाट पहलवानपुर नपुग्दै बाटोमा पथ्र्यो, आमखैया । बाटोको दुवैतर्फ डाँडा थिए । डाँडाबाट सडकमा गुडिरहेको गाडीमाथि आक्रमण गर्न सजिलो हुने माओवादीले आकलन गरे । र, दुवैतर्फको डाँडामा आक्रमणको तयारी गरेर माओवादी लडाकुहरू प्रहरीको गाडी कुरिरहे ।

दिउँसो करीब पौने दुई बजे प्रहरीको गाडी आइपुग्यो । एउटा टोलीले बाटोमा गाडीलाई रोक्न खोज्यो । तर गाडी रोकिएन । त्यसपछि भने डाँडामा रहेका माओवादी लडाकुहरूले एलएमजीले फायर खोले । माओवादीले प्रहार गरेको गोली लागेर अगाडि रहेको गाडीका पछाडिका दुवै पांग्रामा क्षति पुग्यो । चालकले नियन्त्रण नगुमाई गाडीलाई हुँइक्याए । त्यसपछि उनीहरूले पछाडिको गाडी आक्रमण गरे । पछाडिको गाडी यति तीव्र गतिमा हुँइकियो कि, गोली छलेर गाडी अघि बढ्यो । तर तीन वटा गोली भने गाडीमा लागे । गाडीको मेटलमा लागेका ती गोलीले क्षति पुर्‍याउन भने सकेन ।

प्रहरीलाई एम्बुसमा पार्न गरिएको पूर्व तयारी सफल नभएकोमा माओवादी लडाकुहरू खिन्न थिए । उनीहरू आफ्ना साथीहरूको हत्याको बदला लिन त्यहाँ प्रहरीलाई ढुकेर बसेका थिए ।

जब साँझ पर्‍यो सबैतिर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि कैलालीको आमखैयामा माओवादीद्वारा आक्रमण गरिएको समाचार आयो । तब भने हामी झस्कियौं, आक्रमणमा संलग्न कमाण्डर केसीले भने, हामीले प्रहरीलाई आक्रमण गर्ने योजना बनाएका थियौं । तर भूलवश पूर्व प्रधानमन्त्री देउवा चढेको गाडीमाथि आक्रमण गरेछौं ।

हाम्रो इन्टेलिजेन्सले हामीलाई प्रहरी आइरहेको सूचना दिएको थियो, त्यही सूचनाका आधारमा हामी आमखैयामा आक्रमणका लागि तयारी अवस्थामा बसेका थियौं, केसीले भने, जब प्रहरीको गाडी आयो तब हामीले डाँडाबाट एलएमजीले आक्रमण गर्‍यौं । गोलीले गाडीमा क्षति पुगे पनि चालकले नियन्त्रण नगुमाई गाडी हुँइक्याएर लगे । र, मानवीय क्षति हुन पाएन ।

हामीलाई प्रहरीले पूर्व प्रधानमन्त्रीको गाडी स्कर्टिङ गरिरहेको थाहै भएन । हाम्रो सूचना संयन्त्रको भरपर्दा त्यो घटना हुनगयो । न त देउवामाथि हाम्रो आक्रमण थियो; न माओवादी पार्टीको त्यस्तो योजना र निर्णय नै थियो ।

हाम्रो आक्रमणमा देउवा परेको कुरा हामीले पछि मात्र थाहा पायौं । धन्न उनलाई केही भएन, रकेट लञ्चर राख्ने उपर्युक्त स्थान नभेट्टाएका कारण एलएमजीले आक्रमण गरेका थियौं, केसीले भने, रकेट लञ्चरले आक्रमण गरेको भए गाडीमा रहेका कोही पनि जोगिंदैनथे ।

देउवामाथि आक्रमण नियोजित थिएन । त्यो भूलवश भएको घटना थियो-केसीले सुनाए, त्यही कारण साँझ सुदूरपश्चिम ब्युरो इञ्चार्ज पोष्टबहादुर बोगटीले भूलवश देउवामाथि आक्रमण भएको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागे ।

(पत्रकार उपाध्यायको पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ बाट)

पहाड, जीवन र सपनाका रंगहरु

ण्डै दुई दशकपछि यस पटक पुर्ख्यौली थलो डोटीको सायल गाउँपालिका जाने अवसर जु¥यो । त्यो समय, माओवादी द्धन्द चरमोत्कर्षमा थियो । रिपोर्टिङको क्रममा सिलगढीबाट हिडेर शुरु भएको पैदल यात्रा खिरसैन, साझघाट, साना गाउँ, काँडामाण्डौ, गैरा गाउँ, बगलेक, डौड, तोलनी, छपाली, गिरीचौका, लामिखाल हुदै गोपघाटमा पुगेर टुंगिएको थियो । त्यतिबेला माओवादीको जगजगी थियो । धेरैले त हाम्रो हुलिया हेरेर माओवादी भएको अनुमान गर्थे । सेनाको डरले कतिपय ठाउँमा बास दिन गाह्रो मान्थे । कही सहर्ष बास दिन्थे । यो २० वर्षमा चार पटक खप्तड टेके । तर सायल जाने साईत जुरेन । आँखा उपचार केन्द्र उद्घाटन गर्ने अवसर पारेर यो पटक सायल पुगे ।

यो दुई दशकको अबधिमा मुलुकमा धेरै उथुलपुथुल भयो । माओवादी शान्ति प्रकृयामा आयो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भयो । संबिधान सभाको निर्बाचन मार्फत मुलुकले नयाँ संबिधान पायो । सरकारहरु कति बने । बने ।

तर सायलले के पायो ? मुलुकमा व्यवस्था परिवर्तन त भयो । सायलको अवस्था परिवर्तन भएन । डोटीको अति दुर्गम सायल, जहाँ शिक्षा र स्वास्थ्यको अवस्था अझै नाजुक छ । गरीवी, भोकमरी र बेरोजगारीको समस्या उस्तै छ । विकासका नाममा डाँडाहरुमा हचुवाका भरमा ट्रयाक खोलिएका छन् । २० वर्षअघि सायल पैदल पुगेको थिए । यस पटक गाडीमा पुगे ।

पहाडमा बाटो गयो । गाडी गए । तर पहाड गएका गाडीहरु दुःखहरु लिएर फर्किने भए ? दुःख जति तराई झथ्र्यो । त्यस्तो हुन् सकेन । हो, पहाडका आफ्नै दुःख छन्, पीडा छन् । अभावमा बाँचेको छ, पहाड । पहाड आफूभन्दा अग्ला दुःखहरु बोकेर बाँचेको छ, आदिम युगदेखि । सायद अनन्तकालसम्म यी दुःखका भारी बिसाउने कुनै ठाँउ छैन । अभाव र पीडाकाबीच पनि उसले आफूभित्र हुर्किन दिएको छैन, निराशा ।

एक समय थियो, पहाड कोदोमा आत्मनिर्भर थियो । कामका लागि खाद्यान्न कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय दातृ निकायले पहाडमा बाटो खन्न लगाए । र, बाटो खन्नेहरुलाई चामल बाँडे ।

कोदो खानेहरुलाई चामलको स्वादले छोयो । र, पहाडमा कोदो फल्ने पाखाहरु बाँझा हुन थाले । बाटोसंगै चामल आयो । आलु आयो । प्याज आयो । र, मोवाईलहरु आए । पहाडमा तास र रक्सीको अम्मल पहिल्यैदेखि थियो । मोवाईलको अम्मलले सबैलाई उछिन्यो । हो, पहाड मोवाईलमा व्यस्त हुदैछ, अचेल ।

एक समय कोदोले पहाडको भोकमरी टाथ्र्यो । पहाडमा त्यही कोदो अचेल औषधीका लागि पाईदैन । हो, सन २०२३ लाई संयुक्त राष्ट्र संघले कोदो वर्षका रुपमा मनाईरहदा पहाड भने कोदो बिहीन छ । चामल जव मान्छेको प्रतिष्ठासंग जोडियो, तव बहुगुणी र स्वास्थ्यका लागि अत्यन्त लाभप्रद मानिने कोदो हराउदै गयो । पहाडलाई कोदो बिहीन बनाएर संयुक्त राष्ट्र संघ कोदो वर्ष मनाईरहेको छ ।

सुदूर पहाडमा घामसंगै अस्ताउछ, मोवाईलको नेटवर्क । सायल अपवाद हुने कुरै भएन । हुस्सु र तुवालो लागे नेटवर्कले साँझ पर्खिदैन । जीवन झै छन्, बाटाहरु । घुमाउरा । अनि अप्ठ्यारा । घरपिच्छै मुग्लान पसेका प्रियजनहरु किस्तामा आउछन्, दशैं मनाउन । हो, पहाडमा दशैं प्रत्येक वर्ष आउछ । तर खुशी प्रत्येक वर्ष आउदैन ।

विद्यालय होईन, मुग्लान पस्ने हतारोमा छन्, विद्यार्थीहरु । गाडीहरु सामान लिएर आउछन्, र, युवाहरु बोकेर फर्किन्छन । यो पहाडको नियति हो ।

भैसी पालन कार्यक्रम लिएर गाँउ पुगेका पशु सेवा कार्यालयका हाकिमलाई एक बृद्धले बिन्ति गरेछन्, हाम्रा छोराछोरी पनि तपाई जस्तै हाकिम हुने कार्यक्रम ल्याईदिनुहोस । बाजे बराजुका पाला देखि गर्दै आएको यो भैसी पालनले त केही भएन ।

सायलको सिरानमा खप्तड छ । जहाँ उन्मुक्त भएर झरिरहने मनमोहक भेल्छडो (झरना) छ । आलु र सायली गाडका माछाको स्वाद नै बेग्लै । बहुमूल्य जडिबुटीको भण्डार जसको पाँखामा छ, त्यही सायल औषधी नपाएर छटपटिएको छ । बगिरहने सायली गाडको पानी न सिंचाईमा प्रयोग हुन सकेको छ । न त जलविद्युत आयोजनामा ।

जुन जडिबुटी युक्त पानी पिएर खप्तड बाबा एक सय १६ वर्ष बाँचे । त्यो पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पाए, डलर भित्रिने ठूलो स्रोत हुन्थ्यो । हो, खाँचो छ त, यसको ब्राण्डिङ र मार्केटिङको । अमेरिकाको भर्जिनियामा झै रंग पर्ने रुखहरु यही छन्, जहाँ मौसमसंगै पातहरुले रंग फेर्छन ।

बसाईखोलामा गाडी चढेर बसाई सर्ने तर्खरमा थिए, हुलका हुल मान्छेहरु । उज्यालोसंगै गाउँ छोड्नेको लर्को थियो । आँखामा आँशु । र, एकहोरो हात हल्लाएर विदाई गरिरहेका आफन्तहरु । यो हरेक दिन देखिने नमिठो दृष्य हो ।

मुग्लान जान हतारोमा रहेकाहरुका निधार राता अक्षताले भरिएका छन् । तर उनीहरुका सपना कहिल्यै रंगीन भएनन ।  सायली गाडले खेत बगायो ।  तर बगाएर लगेन दुःख र अभावहरु ।  र त दुःखहरु सायली गाडभन्दा जोरले सुसेली हाल्छन ।

एक छाक पेटभरी खान नपाएका उनीहरुलाई, सरकारले सबै कुरा स्टक छ भनेर फलाकिरहेको रेडियो फुटाउन मन लाग्छ । जिन्दगी भर नसकिने दुःख बाहेक केही स्टक भएन, जोसंग । शासकका वरीपरी रहेका केही भारदारहरुले महशुस गर्न पाएको सुखी नेपाली समृद्ध नेपालको सपनाले गिज्याउछ, बिजोर चप्पलमा जिन्दगीको बाटो काटेको सुदूर सायलको भुई मान्छेलाई । त्यो बाटो र दुःख उस्तै छ, कहिले नसकिने । कहिले नटुंगिने ।

कल्पना चावलाहरु अन्तरिक्षमा पुगिसके । पहाडमा अझै महिला सशक्तिकरणका लागि भैसी पालन कार्यक्रम चलिरहेको छ । एउटा भैसी पाल्दा पाल्दै त्यसैको स्याहारमा महिलाहरुको जीवन बित्छ । सरकारसंग मिठा नारा छन् । तर पहाडको जीवन बदल्ने कार्यक्रम छैनन । नीति छैन । र, सोच छैन ।

पंक्तिकारले दुई दशकपछि टेकेको गाउँमा फेरिएको देखिने केही कुराहरु थिए । बुवाको त्यो जन्मथलो । एक समय थियो, जहाँ वस्तीभरी मान्छे हुन्थे । घरमा चहलपहल हुन्थ्यो । यस पटक सिंगो गाँउमा पाँच जना थिए । अरुले उहिल्यै थाँत थलो छोडिसके । बस्, छन्, त देउताका थानहरु । र, ताला लगाएका घरहरु । मक्किएका दलिनहरु । बाँझा खेतहरु । सुनसान छन्, वस्तीहरु । कुकुरहरु एकस्वरले भुकिरहने त्यो आवाज राति सुनिदैन । न त मान्छेहरु बोलेको सुनिन्छ । टाढा टाढासम्म सुनिने मान्छेहरु सुनिदैनन अचेल । मान्छे नभएपछि हुने यही हो ।

३२ वर्ष भयो, देशमा प्रजातन्त्र आएको । र, गणतन्त्र पनि १५ वर्षको युवा भईसक्यो । तर सायल गाउँपालिकाको कार्यालयबाट झिंग्राना जोड्ने सात किमी खण्डको ट्रयाक अझै सडक भईसकेको छैन । वर्षायाममा सडकमा गाडी होईन, भेल बग्छ । स्थानीयहरु सुनाउदै थिए, नेताहरु चुनाव जितेपछि फर्किदैनन । एकै पटक अर्को चुनावमा आउछन् ।

जसलाई गाली गर्छन, उसैलाई भोट हालेर पटक पटक जिताएर पठाउने जनता । रवी लामिछाने र दुर्गा प्रसाईको बहस चलेको छ, पहाडमा । बालेनले के लेखे ?  सुदूर सायलमा बिहानै चिया गफमा त्यसमाथि चर्चा हुन थाल्छ । उदेक लाग्छ, बहस गर्नेहरु जव पार्टीको कुरा आउछ, तव दाजुभाई नभनी भिड्न तयार हुन्छन ।

शहरबाट आएको थाह पाएपछि केहीले सोधे । यो देशमा के फेरि राजा आउछन् त साँच्चै ? पाका मान्छेको बालसुलभ जिज्ञासा । दुर्गा प्रसाईले लघुवीत्तको ऋण मिनाहा गराउछन् ? २०८४ मा बालेन र रवि मिलेर चुनाव लड्छन् कि आपसमै भिड्छन ? आफ्ना समस्या थाँती राखेर राष्ट्रिय राजनीतिमा कति बिघ्न चासो हो, मान्छेहरुको ?

पहिरो गए झै देखिने डाँडाहरु । डाँडाभरी जेरी झै घुमाईएका ट्रयाक । मासिदै गएका हरिया बन । र, सुक्दै गएका पानीका मुहानहरु । प्रकृतिमाथि मनलाग्दी चलेका डोजरहरु । काकाकुल पहाड । रमिते सरकारहरु ।

वस्तीहरु उराठ छन् । छिमेकी छैनन । मर्दा पहाडमा काँध थाप्ने मान्छे छैनन । हो, पहाडमा मर्दा पर्दा चाहिने आफन्त छैनन । तराई झर्ने आर्थिक हैसियत नभएकाहरु पहाड कुरेर बसेका छन् । अरु त उहिल्यै झरिसके । पहाड, जसले सबैथोक दियो । जसले जीवन दियो । सपना दियो । र, सपनाहरुमा रंग भरिदियो । त्यो पहाडसंग न यतिबेला जीवन छ । न सपना । र, न ती सपनामा रंगहरु । पलायनको अन्त्यहीन श्रृंखला रोक्न नसके कुनै दिन पहाड कुर्ने ढुंगामाटो र चौतारो मात्र हुनेछ । उत्पादन, अवसर र सुबिधा, यी पहाडका आवश्यकता हुन् । आफ्नै सुबिधामा रुमलिरहेका शासकहरुलाई पहाडका आवश्यकताले कहिले छोला ?

दीपायल एयरपोर्ट भएर मौवा हुदै सायल छुने सडक कालोपत्रे हुन थालेछ । सडक कालोपत्रे गरेको हो कि, गिट्टी छर्केको हो ? चालक बिष्णु थापा सुनाउदै थिए, यस्तोमा गाडी चलाउन त गाह्रो छ, मोटरसाईकलको हालत के होला ?

दीपायल–सायल २८ किमी सडक । ६५० रुपैया भाडा । महिन्द्राको बलेरो गाडी । गाडीभित्र चालककै काखमा बस्न पुग्ने यात्रुको भीड । गाडीको छतमा कसरी अडिएका होलान मान्छेहरु ? झुण्डिएर यात्रा गर्नेहरु उस्तै । मानौ, लडाईमा जान हतारोमा छन्, उनीहरु । यस्तो लाग्छ, उनीहरु जीवनको होईन, मृत्युको यात्रा गरिरहेका छन्, हरपल । कहाँनिर टुंगिने हुन्, जीवनहरु र ती जीवनसंगै सपनाहरु । पहाडले बाँचेको जीवन यही हो । जहाँ सपनाहरुको कुनै रंग छैन । जीवनहरुको कुनै मूल्य छैन ।

राज्यसंग सायलका जनताका धेरै अपेक्षा छैनन । न त धेरै माग नै । बस्, सायली गाडमा पक्की पुल, सायल–झिक्राना जोड्ने सडकको स्तरोन्नती, भेल्छडा जोड्ने सडक बनाई दिए सायलका जनता कृतज्ञ हुने थिए, नेता, सरकार र राज्यसंग ।

पहाडमा औषधी छैन । चिकित्सक छैनन । भाग्यले बाँचेकाहरुको भूगोल हो, पहाड । यो कथा केवल सायलको मात्र होईन । यो त पुरै पहाडको कथा हो । त्यो पहाड, जसको कुनै सरकार छैन । देश छैन । र, छैन भाग्य बिधाता । नेता र नियति दुबैले ठगे पहाडलाई ।

यद्दपि त्यो पहाड, जहाँ अझै जीवित छ, हार्दिकता, आत्मियता र अपनत्व । जहाँ बनावटी छैनन, हाँसो र सम्बन्धहरु । संसारका जतिसुकै बिकसित देशहरुमा पुगे पनि, त्यहाँको हावा, पानी र माटोमा त्यो सुवास कहाँ ? त्यो मिठास कहाँ ? त्यो आत्मीयता कहाँ ? पहाड, जहाँ चिसो पनि आफ्नो लाग्छ । जहाँको घामले स्पर्श गर्दा शरीरमा फैलिन्छ, स्फूर्ती अनि अनौठो उर्जा ।

सायल अथाह संभावनाको भण्डार हो । जहाँ उर्जा, पर्यटन, कृषिको प्रचुर संभावना छ । जहाँ राज्यको ध्यान जान भने आवश्यक छ । सायलबाट फर्किर्दै गर्दा आफैलाई प्रश्न गरे, दीपायलसंग नजोडिएको सायल कहिले काठमाण्डौंसंग जोडिएला ? कहिले फेरिएला पहाड, यहाँको जीवन र  सपनाका रंगहरु ?

उमा देवी वादी : संघर्षकी पर्याय

तिहास सुत्नेहरुको लेखिदैन । न त थाक्नेहरुको लेखिन्छ । उ कुन कुलमा जन्मियो ? कुन जातमा जन्मियो ? त्यसले कुनै अर्थ राख्दैन । हो, ईतिहास संघर्ष गर्नेहरुको लेखिन्छ । जो गरिवी, अभाव, पीडा, तनाव र शोषणका बीच पनि दरो भएर उभिईरहन सक्यो । ईतिहास त्यसैको लेखियो । त्यसैको लेखिन्छ ।

अभाव, पीडा र शोषण बिरुद्धको लामो र अविराम संघर्षले ईतिहास रच्ने तिनै मध्येकी एक हुन्, उमा देवी वादी ।
त्यही अविचलित संघर्षले उनी वादी समुदायको नायक मात्र भईनन । विश्वकै प्रतिष्ठित समाचार संस्था वीवीसीले छनौट गरेका संसारका १०० प्रभावशाली र प्रेरणादायी महिलाको सूचिमा १० औं स्थानमा पर्न सफल भईन ।

२०१८ सालमा सल्यानमा जन्मिएकी उमा परिवारकी माहिली सन्तान थिईन । उनीभन्दा अघि एक दाई थिए । उनीपछि पाँच बहिनी । उनकी आमा बिष्ट (मालिक) को घरमा जादै थिइन । बाटैमा आमाले उनलाई जन्म दिईन ।

वादी समुदाय घुमन्ते जाती । ठूला बडाको घरमा बिहा, ब्रतबन्ध तथा खुशीको कामकाजमा नाचगाँन गर्ने जाती । त्यही नाचगान गरे वाफत प्राप्त हुने अन्न र पैसाले वादी समुदायको जिविका चल्थ्यो । एकै ठाउमा बसेर जिविका नचल्ने हुदा उमाका बुवा आमा ६ महिना तराई झर्थे ।

उनी ६ महिनाकी हुदा परिवारसंगै पहाडबाट तराई झरिन । दुःखको पहाड उनीसंगै तराई झ¥यो । वर्षात, बाढी र झरीमा ओत लाग्ने ठाउ नपाएपछि दुःखको त्यो पहाड अझै अग्लो हुन्थ्यो ।

सल्यानका ठकुरी कैलालीको महादेवली र धनगढीमा बसोबास गर्थे । उनका बुुवा आमा नाचगानका लागि सत्ती हुदै महादेवली र त्यहाँबाट धनगढीसम्म पुग्थे । जहाँ बुवाआमा जान्थे । पछिपछि उनी हुन्थिन । बुवाआमा एक ठाउमा केही दिन बस्थे । र त्यति नै दिन उनी छेउको स्कुल जान्थिन । धनगढी सत्ती जोड्ने अहिलेको हुलाकी सडकसंग जोडिएका नपढेको कमै स्कुल छन् । तर कुनै पनि स्कुलमा उनले धेरै समय पढ्न पाईनन ।

उनका बुवा चाहन्थे, छोरी अक्षर चिन्नेसम्म होस । रुपैया चिन्ने भए पुग्यो । उनका बुवा भित्र एउटा डर थियो । छोरीलाई धेरै पढाउनु हुन्न । धेरै पढे, भाग्छे । उनी अक्षर चिन्ने भईन । त्यो संगै पढाईमा पनि बिराम लाग्यो ।

छोरी जन्मिदा दुःखी हुने समाजमा वादी समुदाय यस्तो थियो, जहाँ छोरी जन्मिदा खुशियाली छाउथ्यो । नाचगान हुन्थ्यो । ऋण खोजेर भएपनि सुत्केरीलाई एक छाक कुखुराको झोल खुवाईन्थ्यो । उमा त्यही समुदायमा जन्मिएकी थिईन ।

छोरी हुर्किदै गर्दा परिवारमा अझै खुशी छाउथ्यो । कारण, परिवारमा कमाउने एक जना थपिदै थियो ।  बुवा आमा नै शारिरिक र मानसिक रुपमा तयार नहुदै कलिलो उमेरमै छोरीलाई पैसाकै निम्ति पुरुषसंग सुत्न बाध्य तुल्याउथे । प्रतिवाद गर्नु परिवारको चाहनाको बर्खिलाप हुन्थ्यो । यसरी कलिला मुनाहरु हरेक दिन गरीवी र बाध्यताका नाममा सिकार भईरहन्थे ।


उनीहरुको सपनाको कुनै मूल्य थिएन । उनीहरुको भावनाको कुनै मूल्य थिएन । बस्, ग्राहक उनीहरुको शरीरको मूल्य दिन्थे । त्यही मूल्य असुल गरेर ग्राहक आफ्नो बाटो लाग्यो । र उनीहरु अर्को ग्राहकको बाटो कुर्थे । मानौ, उनीहरुको शरीर पसल थियो । बस्,पसल । उनीहरु सामान । यद्दपि म बेचिदैन भन्नसक्ने वा भन्ने अवस्था उनीहरुको थिएन । किनकी आफैलाई बेचेर प्राप्त हुने आम्दानीबाट उनीहरु खुशी हुन्थे कि हुन्थेनन, थाह छैन, तर त्यसैले एक छाक पेट भर्थे, जिविका चलाउथे । यसरी केही पैसाका खातिर हरदिन बेचिनु उनीहरुको दिनचर्या थियो । दिनमा जति पटक बेचियो, त्यति नै आम्दानी हुन्थ्यो । त्यसैले को कति पटक बेचिने एक किसिमको प्रतिस्पर्धा झै हुन्थ्यो, उनीहरुबीच ।

यही वादी चेलीहरुको नियती थियो । यही नै जिन्दगी । ग्राहकलाई यौन सुख दिएर परिवारको जीविका चलाउने बाध्यताकै अर्को नाम जिन्दगी थियो । जहाँ सुखको ईन्द्रेणी सपनाको आकाशमा कहिल्यै खुलेर देखिएन ।

प्रेम, बिहा र घरजम जस्ता शब्दहरु बादी चेलीहरुको सपनाभित्र अट्दैन थिए । शरीर थाकेपनि । गलित भएपनि । जतिसुकै पीडामा भएपनि । केही पैसाका लागि मुस्कुराएर पुरुषसंग सुत्नु उनीहरुको नियति थियो । यही नै नित्यकर्म । र यही नै जिन्दगी ।

कस्ले भन्यो सपनाको रंग हुदैन ? हुन्छ । तर त्यो रंग पनि सम्पन्नता र समृद्धिले निर्धारण गर्ने रहेछ । उनीहरुको सपनाको रङ निष्पट कालो थियो । सपना त्यो हो, जो बाँचिरहेको जिन्दगी भन्दा उचो हुन्छ । जसको प्राप्ती सहज हुदैन । कतिपय मान्छेहरु सपनाको त्यही उचाई मुन्तिर थिचिएका हुन्छन । एक चोटी लडे पछि त्यो उचाई हेर्ने दुस्साहस गर्दैनन । तर कतिपय दुस्साहसी हुन्छन्, जो एक चोटी थचारिएर निराश हुदैनन । हार्दैनन । र थाक्दैनन पनि । हो, नथाक्ने, नहार्ने अनि निराश नहुनेहरु नै त्यो सपनाको उचाईमाथि बिजय पाउछन् । उमा पनि दुस्साहसी थिईन ।

सल्यानबाट उनका बुवाआमासंगै वादी समुदायका अरु केही परिवार पनि कैलाली झरेका थिए । कसैको पनि स्थायी ठेगाना थिएन । उनीहरु पहाडबाट झरेपछि सत्तीमा बस्न थाले । स्थानीयले त्यहाँबाट लखेटेर कर्णाली नदी किनार पु¥याए । वर्षामा उर्लेर आउने कर्णालीले उनीहरुलाई त्यहाँबाट पनि लखेट्थ्यो । ओभानोको खोजीमा सत्तीको स्कुलमा पुग्थे । त्यहाँ ओत लागेका अरुले राहत पाउथे, तर वादी समुदाय भने राहतबाट पनि बञ्चित हुन्थ्यो । यसरी कहिले उनीहरुलाई बाढीले लखेट्थ्यो । कहिले कथित उपल्लो जातीले ।

नारायणपुरका एक जना दयालु प्रधान थिए,मगर जातीका । जसले २९ सालतिर वादी समुदायलाई प्रति कठ्ठा दुई सय रुपैया लिएर बस्न दिए । एक कठ्ठा जोड्ने भाग्यमानी हुन्थ्यो । धेरैले मुस्किलले पाँच धुर जोडेका थिए । त्यही पाँच धुरले बादी समुदायको एउटा स्थायी ठेगाना बन्यो । बादी समुदाय बसोबास गर्ने त्यही वस्ती बिष्णुकान्तिपुरका रुपमा चिनिन थाल्यो ।

त्यो समय सत्ती निकै चर्चामा थियो । पहिलो, व्यापारले । सत्ती त्यतिबेला कैलालीको महत्वपूर्ण व्यापारिक केन्द्र थियो । दोस्रो, विष्णु कान्तिपुरीका कारण सत्ती चर्चामा थियो । जहाँ वादी समुदायको बसोबास थियो । कानुनतः देहव्यापार दण्डनीय थियो । बिष्णु कान्तिपुरमा भने देहव्यापार हुने कुरा ‘ओपेन सेक्रेट’ थियो ।

सत्तीको नाम पनि थियो । वदनाम पनि थियो । जे भएपनि सत्ती चर्चामा थियो । त्यही बदनाम वस्तीमा हुर्किएकी उमा भित्र बिष्णु कान्तिपुरलाई बदनामीबाट बाहिर निकाल्ने अठोट पनि हुर्किदै थियो । उनी बिष्णुकान्तिपुरको मुहार फेर्न चाहन्थिन । उनी बादी महिलाप्रति समाजले हेर्ने दृष्टिकोण फेर्न चाहिन्थिन । कलिलो उमेरमै देह व्यापारमा संलग्न बादी चेलीहरुले कुमारी आमा भएकै कारण भोग्नु परिरहेको पीडा अन्त्य गर्न चाहिन्थन ।

वादी चेलीहरुका निजी सपना हुन्थेनन । र भोको पेटमा ठूला सपना देख्नु अपराध जस्तै । बस, एक छाक पेटभरी खान पाए पुग्यो । एक छाक खानाका लागि काखे बालकलाई बाहिर राखेर कसैको प्यास मेट्न कोठा भित्र पस्नुपर्ने । न चाहेरै हास्नु पर्ने । पीडामा पनि रुन नपाईने । दुःखमा पनि हास्नै पर्ने ।

बिष्णु कान्तिपुर छेउमै कर्णाली निरन्तर बगिरह्यो । कर्णाली आफू मात्र बगिरह्यो । तर बगाएन वादी चेलीहरुका पीडा र बाध्यता । कर्णाली जस्तै निर्बाध बग्ने । पवित्रताको परीक्षा दिनु नपर्ने । अपमानित पनि हुनु नपर्ने । यस्ता असंख्य चाहनाहरु उनीभित्र पनि मौलाएका थिए ।

न्यायका लागि प्रहरी कहाँ जादा त्यहाँ न्याय पाउनुको साटो उल्टै प्रताडित हुनुपथ्र्यो । प्रहरीले उल्टै प्रश्न गर्थे, आजको रात यही बिताउ, कति रुपैया लिन्छस ?

वादी समुदायका चेलीमाथि हेरिने समाजको दृष्टिकोण नकारात्मक थियो । कथित उपल्लो जातीहरुलाई उनीहरुको योवन चल्थ्यो । यौन चल्थ्यो । तर उनीहरुको पानी चल्दैनथ्यो । राति सुटुक्क विष्णुकान्तिपुर पसेर यौन प्यास मेट्नेहरु घर फर्किदा साधु भईसकेका हुन्थे । तिनै साधुबाट जन्मिएका थुप्रै सन्तानले कहिल्यै बुवाको नाम पाएनन । आमाले पनि उसको बुवा फलानो हो भनेर चिनाउने दुस्साहस कहिल्यै गर्न सकेनन । एक छाक गासका लागि आफ्नो यौवन सुम्पने उनीहरु भने बद्नाम भईरहे । तर पैसाले यौवन किन्ने मालिकहरुको सधै नाम भईरह्यो ।

छोराले मेरो बुवा खोई भनेर प्रश्न गर्दा निरुत्तर हुनुपर्ने बाध्यता बोकेका तमाम आमाहरुमा सगर्व छोराको बुवा चिनाउने साहस भर्न चाहन्थिन । र बुवाको पहिचान नभएकै कारण अनागरिक भईरहेका सन्ततीहरुलाई देशको जिम्मेवार नागरिक बनाउन चाहन्थिन । पढाई पुरा गर्न पनि नागरिकता चाहिने । नागरिकताका लागि बुवा चाहिने । र बुवाको नागरिकता चाहिने । उमा भने बुवा बिना नै बादी महिलाका सन्तानलाई नागरिकता दिलाउन चाहन्थिन । र देह व्यापारमा संलग्न भएका कारण यौन रोगको शिकार भईरहेका वादी महिलाहरुलाई सम्पूर्ण रोगको उपचार राज्यबाट निशुल्क हुने व्यवस्था गराउन चाहन्थिन । र आर्थिक अभाव र बाध्यताका नाममा चेलीहरुलाई देह व्यापारमा संलग्न गराउने बादी अभिभावकहरुलाई बिकल्प सहित त्यहाँबाट बाहिर निकाल्न चाहन्थिन । रोजगारको ग्यारेण्टी, गाँसवास र आवासको व्यवस्था राज्यबाट भए देह व्यापार गर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास थियो ।

समय भन्दा क्रुर केही छैन । र समय भन्दा बलवान पनि केही छैन । समयको फेर समातेर जसले तर्नसक्यो, कर्णालीको भंगालो, त्यसको जिन्दगी पार भयो । तर्न नसक्नेहरु कि समयको नदीमा बगे । कि भुमरीमा बिलाए । कि नदी किनारमा पुर्पुरोमा हात राखेर भाग्य र भगवानलाई सरापीरहे । उमा भने अपवाद थिईन ।

उनी भाग्यमा विश्वास त गर्थिन । तर आफ्नो भाग्य आफै बनाउन सकिने विश्वास अझ बलियो थियो, उनीभित्र । हो,उनी बादी बालिकाहरुको भाग्य बदल्न चाहन्थिन । बादी महिलाको भाग्य बदल्न चाहन्थिन । र समग्र बादी समुदायको भाग्य बदल्न चाहन्थिन । र त्यसका लागि कसैले न नेतृत्व गर्नैपथ्र्यो । कसैले न कसैले कोसिस गर्नै पथ्र्यो । कसैले न कसैले जोखिम उठाउनै पथ्र्यो । कसैले न कसैले साहस गर्नैपथ्र्यो । हो, उनले त्यो कोसिस गरिन । जोखिम मोलिन । नेतृत्व गरिन समग्र बादी समुदायको । र उनकै नेतृत्वमा बादी समुदायको हकहीत र अधिकार प्राप्तीका लागि शुरु भएको संघर्षले सफलता प्राप्त ग¥यो ।
त्यही संघर्ष र सफलताले उनलाई संसारकै प्रभावशाली र प्रेरणादायी सय महिलाको सूचिमा पा¥यो ।

प्रेमलालसंगको प्रेम र बिबाह
वारी सत्ती । पारी बर्दियाको दौलतपुर । बीचमा निरन्तर बगिरहने कर्णाली । कर्णालीको किनारमा सत्ती । त्यही सत्ती किनारमा बिष्णुकान्तिपुरी । र त्यही विष्णु कान्तिपुरीमा हुर्किईन उमादेवी ।

सत्ती घाटको डुंगाको ठेक्का दौलतपुरका प्रेमलाल भट्टले पाएका थिए । उमादेवी दौलतपुर आउजाउ गरिरहन्थिन । र त्यही क्रममा उमा र प्रेमलालबीच भेट भईरहन्थ्यो । प्रेमलाल कहिले डुंगाको भाडा कम लिन्थे । कहिले भाडा नै लिन्थेनन । उमाका नजरमा प्रेमलाल पुरुष थिए । कथित उपल्लो जातका पुरुष । प्रेमलाल डुंगाका ठेकेदार थिए । बस्, ठेकेदार मात्र । तर विस्तारै प्रेमलाल उनलाई अरु पुरुषभन्दा फरक लाग्न थाले । राम्रो लाग्न थाले । उनको बोली र व्यवहारले छुन थाल्यो ।

कर्णाली नदीमा भएको त्यो भेट कतिबेला प्रेममा परिणत भयो । उनलै थाहै पाईनन । कर्णाली त तरिन । तर उनको मन भने प्रेमलालको प्रेमको भुमरीमा परिसकेको थियो, कहिल्यै ननिस्कने गरी ।

कर्णाली तर्दा तर्दै उनको जिन्दगीको डुंगाले नयाँ यात्रा तय गरिसकेको थियो । उनको जिन्दगीले असल माझी पायो, प्रेमलाल । जो उनको सहारा बने । भरोसा बने । हिम्मत बने । जसको अटुट साथ, विश्वास र मायाले उनी आफू मात्र विष्णु कान्तिपुरबाट निस्किईनन । उनले आफ्नो सिंगो वादी समुदाय र वादी चेलीहरुलाई त्यो बदनाम समय, बाटो र बिष्णुकान्तिपुरबाट बाहिर निकालिन ।
र त्यसका लागि उनले गरेका हरेक संघर्षमा प्रेमलाल उनीसंगै चट्टान झै उभिए । उमा सम्झिन्छन्, म सारी खोलेर सिंह दरवारको गेटमा चढ्दै गर्दा उनी मेरो सारी बटुलिरहेका थिए । म कसरी बिर्सन सक्छु, त्यो पल ?
उहाँ बिना म अधुरो छु । मेरो परिचय अधुरो छ,उनी सुनाउछिन्, उहाँको साथ नभएको भए सायद बादी आन्दोलन पनि अधुरो हुने थियो ।

शासकहरुका लागि ताजमहल प्रेमको प्रतिक हुन सक्छ । उमा र प्रेमलालको प्रेमले प्रेमको परिभाषा मात्र परिवर्तन गरेन । प्रेमको प्रतिक ताजमहल मात्र हुदैन भनेर देर्खाईदिए ।

प्रेमलालले उमादेवीसंगको प्रेममा घर छोडे । परिवार छोडे । उमादेवीसंग बिहा गरेपछि प्रेमलालका लागि उनका घरका ढोका सधैका लागि बन्द भए । प्रेमलाल दौलतपुरको धन दौलत छोडेर उनीसंगै सत्ती बस्न थाले । कथित उपल्लो जातका व्यक्तिले हाम्रो गुरुलाई बिगार्ने भनेर उमादेवीलाई गाली गरे ।

पैसासंग साटिने शरीर र सम्बन्धमा प्रेम खोज्नुको के अर्थ ? जहाँ प्रेम हुन्छ, त्यहाँ न यौवन प्यारो हुन्छ, न त शरीर । बस्, मान्छे प्रिय हुन्छ । त्यो मान्छेको हाँसो प्यारो । बोली प्यारो हुन्छ । र संसारमा त्यो भन्दा प्रिय पनि कोही हुदैन । सुन्दर पनि कोही लाग्दैन । उमा बैशमा बिछट्टै राम्री थिए भन्दिनन । भन्छिन्, म राम्री होईन । उहाँको मलाई हेर्ने नजर राम्रो थियो ।

सुन्दरताको परिभाषा यदि उसको बर्ण हेरेर गरिने हो भने कालो जति के कुरुप हुन त ? पक्कै होईन । सुन्दरता त मान्छेको हेराईमा निर्भर छ । सोचमा निर्भर पर्छ । दृष्टिकोणमा निर्भर पर्छ ।

मन प¥यो भने काली पनि बिछट्टै राम्री लाग्छे । मन परेन भने अति गोरीमा पनि खोट भेट्छ मान्छे । आँखाले गर्ने मूल्यांकन र दिमागले दिने परिभाषा भन्दा फरक हुन्छ, प्रेम । चोखो माया गर्नेले, न बर्ण हेर्छ । न रुप । न बिगत । न भविश्यका बारेमा चिन्ता गर्छ । प्रेमलाल र उमाले पनि भविश्यको चिन्ता गरेनन ।

उनीहरुको प्रेममा समर्पण थियो । विश्वास थियो । र थियो, अथाह भरोसा । प्र्रेम त्यही हो, जसको हात समातेर ढुक्कसंग हिड्न सकियोस, गर्न सकियोस जसमाथि आफूलाई भन्दा बढि विश्वास । जसको छातीमा अडेस लगाएर निर्धक्क सुत्न सकियोस । र जोसंग बिना संकोच साट्न सकिउन, मनका हरेक कुरा । जसले छोडी जाने मनमा डर नहोस । हो, यही हो प्रेम ।

प्रेमको परिभाषा के हो ? केलाई प्रेम भन्ने ? प्रेम त्यो होईन, जो कुनै चिजको प्राप्तिमा टुंगियोस । यो त अविछिन्न छ, जसको कुनै सीमा छैन । कुनै सिमान्त बिन्दु छैन । अव त पुग्यो । भयो । कसैले भन्छ भने त्यो प्रेम होईन ।

र रुप वा यौवन हेरेर हुने आकर्षण वा सम्मोहन पनि त प्रेम हुन सक्दैन । र यो लेनदेनको विषय पनि होईन । तिमी मलाई यो देउ । म तिमीलाई त्यस वाफत त्यो दिन्छु भन्ने हुदैन, प्रेममा । र यो किनेर पाईने चिज पनि त होईन । यो कतिबेला कोसंग बस्छ, थाह हुदैन । न उमेरको हद हुन्छ । न त जातभातको सीमारेखा । र यो गर्छु भनेर हुने चिज पनि होईन ।  भाषा, धर्म र भूगोलको सीमामा बाधिने कुरै भएन ।

घृणाले ठडिएको बर्लिनको पर्खाल प्रेमले भत्कायो । हो, जातभातले ठड्याएको बिभेदको पर्खाललाई उमा र प्रेमलालको प्रेमले भत्कायो ।

प्रेमलालसंग भागी बिहा हुदा उनी २१ वर्षकी थिईन । अहिले ५४ वर्षकी भईन । उनीहरुको माया उस्तै छ, प्रगाढ । उनीहरुका आफ्ना सन्तान छैनन । छोरा नजन्मिएपछि अर्को बिबाह गर्ने पितृसत्तात्मक सोच भएको समाजमा उनीहरुको माया भने सन्तान नहुदा पनि कम भएन । उमादेवीका बहिनीका छोराछोरीलाई नै सन्तान सरह व्यवहार गरे । पढाए । अहिले बहिनीका छोराछोरीहरु जागीरे भईसकेका छन् ।

बादी समुदायको हकहीत र अधिकारका लागि उनले गरेको संघर्ष जति उत्प्रेरणादायी छ । उनको प्रेम पनि त्यत्तिकै उदाहरणीय छ ।

४८ दिने आन्दोलन
२०४७ सालमा मुलुकमा प्रजातन्त्र आयो । ६२÷६३ को जनआन्दोलनको बलमा पुनस्र्थापित संसदले राजतन्त्र फाल्यो । गणतन्त्र स्थापना भयो । व्यवस्था र शासक परिवर्तन हुदा पनि फेरिएन बिष्णुकान्तिपुरी ।

वादी समुदायको अवस्था फेरिएन । यही कुराले उमादेवी उद्देलित भईन । कलिलो उमेरमा  बच्चा जन्माएकी वादी चेलीलाई हुर्किदै गरेको छोराले प्रश्न गथ्र्यो, मेरो बाबा खोई ? स्कुलमा भर्ना गर्दा शिक्षकले सोध्थे, बुवाको नाम के हो ?

नागरिकताका लागि प्रशासनमा लाईन लाग्दा सोधिने प्रश्न थियो, बुवा खोई ? बुवाको नागरिकता खोई ? कुमारी आमाबाट जन्मिएको छोरोले कहाँबाट ल्याओस बुवाको नागरिकता ?  मेरो बुवा को हो ? भनेर छोराले प्रश्न गर्दा नाजवाफ हुनुपर्ने बाध्यता थियो, वादी महिलाहरुको ।

वादीका छोराछोरीहरुले दिनहु भोगिरहेको यही पीडाले उमादेवीलाई पोल्थ्यो । १० वर्षे माओवादी बिद्रोह बिस्तृत शान्ति सम्झौता मार्फत टुंगिदै गर्दा बिष्णुकान्तिपुरमा बिद्रोहको दियो सल्किदै थियो ।

उनले जिल्लामा बसेर वादी समुदायको माग पुरा नहुने ठानिन । र सिंह दरवारलाई नै घच्घच्याउने अठोट सहित २०६४ असार महिना राजधानी काठमाण्डौं लागिन ।

वादी समुदायको हकहीत, अधिकार र पुनस्र्थापनाका लागि उनले सरकार समक्ष २६ वटा माग राखेकी थिईन । बादी समुदायको पुनस्र्थापना, निशुल्क औषधी उपचार, आमाको नामबाट जन्मदर्ता, नागरिकता र बिबाह दर्ता, यौन शोषणमा परेका वादी महिलाहरुलाई आत्म सम्मान सहितको स्वरोजगार र स्थायी बसोबासको ग्यारेण्टी गर्नुपर्ने उनको माग थियो ।

तर उनका माग सुनुवाइका लागि सरकार गम्भीर देखिएन । अन्तत उनले सिंह दरवारको गेटमा अर्धनग्न प्रदर्शन गरिन । सञ्चारमाध्यममा उनको आन्दोलनले महत्व पायो । त्यसपछि मात्र सरकारको ध्यानाकर्षण भयो । र सरकारले उनलाई वार्ताका लागि बोलायो । गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री थिए । उनी प्रधानमन्त्री कोईरालालाई भेट्न बालुवाटार पुगिन । उनी डराउदै त्यहाँ पुगेकी थिईन । कही भित्र लगेर थुन्ने त होईन, उनको मनमा डर थियो ।

त्यहाँ पुग्दासम्म विश्वास लागिरहेको थिएन, कि सरकारले माग पुरा गर्नेछ । प्रधानमन्त्री कोईरालाले वादी समुदायका माग पुरा गर्ने बाचा गरे । वादी संघर्ष समितिसंग सरकारको दुई बूँदे सहमती भयो । पहिलो थियो, बादी समुदायका बच्चाहरुको भरण पोषण सहितको उच्च शिक्षाको ग्यारेण्टी गर्ने । र दोस्रो थियो, वादी समुदायको निशुल्क औषधी उपचार सहित पुनस्र्थापना गर्ने ।
सरकारसंगको सहमतीपछि ४८ औं दिनमा आन्दोलन टुंगियो । र उनका मुख्य माग पुरा भए ।

जनता आवास कार्यक्रम शुरु भयो । वादी परिवारले पक्की घरमा बस्न पाए । यद्दपि जग्गा भएकालाई मात्र घर दिने व्यवस्था भएकोले जग्गा नभएका कतिपय परिवार यो सुबिधाबाट बञ्चित भए । बादीका सन्तानहरुले निशुल्क पढ्न पाउन थाले । आमाको नामबाट नागरिकता पाउने व्यवस्था शुरु भयो । यो सबै उमादेवी वादीको संघर्षबाट प्राप्त सफलता हो ।

विष्णु कान्तिपुरको नाम फेरिएर सूर्यपुर भएको छ । तर उनी यतिबाट सन्तुष्ट छैनन, भन्छिन्, वस्तीको नाम फेरिएर मात्र हुदैन । बादी समुदायको समग्र जीवन परिवर्तन नभएसम्म मेरो संघर्ष जारी रहने छ ।

सिएसजीको अध्यक्षदेखि सांसदसम्म
२०५५ सालमा बादीहरुको हकहीत र अधिकार प्राप्तीका लागि समुदाय सहयोग समिति(सिएसजी) स्थापना भयो । जसको संस्थापक अध्यक्ष थिए, लाल बहादुर नेपाली ।

२०६० सालमा नयाँ नेतृत्व चयनका लागि संस्थाको साधारण सभा हुदै थियो । उमादेवीले संस्थाको नेतृत्व गर्ने ईच्छा जताईन । उमेरले कान्छा, लालबहादुरलाई उनी भाई भन्थिन । उनले आफूलाई अध्यक्ष छाडिदिन भाईलाई आग्रह गरिन । जसको सवाल उसकै नेतृत्व हुनुपर्छ भन्ने उमादेवीको  भनाई थियो । तर नेपालीले अध्यक्ष पद नछाड्ने निधो गरे । किनकी सिएसजीमा अधिकांश सदस्य नेपालीले बनाएका थिए ।

उमादेवीले अध्यक्षमा उम्मेदवारी दिईन । चुनाव भयो । नतिजा उमादेवीका पक्षमा आयो । भारी मतले उमादेवीले जितिन । चुनावमा हारजित भएपनि पछि दुबै जना मिलेर संस्था चलाए । बादीको हकहीतका लागि मिलेर संघर्ष गरे । सरकारले गठन गरेको वादी विकास समितिमा नेपाली सदस्य छन् ।

सिएसजी उनले नेतृत्व गरेको पहिलो संस्था थियो । उनी अनपढ थिईन । तर संघर्ष र अनुभवले खारिएकी उमादेवीको प्रगतीका लागि शिक्षा बाधक भएन । उनी काँग्रेसको राजनीतिमा सक्रिय हुदै गईन ।

२०७४ मा सम्पन्न प्रदेश सभाको निर्बाचनमा काँग्रेसले उनलाई समानुपातिक सूचिमा राख्यो । र चुनावपछि प्रदेश सभाको सांसद बनायो । सुदूर पश्चिम प्रदेशमा सांसद रहेकी उनी बादी समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् । नेपालमा ७२ जिल्लामा छरिएर रहेको बादी समुदायको कुल जनसंख्या करीव ६० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

उमादेवीको संघर्ष र सफलताको कथा बादी महिलाहरुका लागि मात्र नभएर हरेक जाती र बर्गका लागि प्रेरणादायी छ ।
उनी सपना बिहिन थिईन । उनको संघर्ष र सफलताको कथा भने धेरैको सपना बनेको छ । बादी समुदायका चेलीहरु भन्छन्, उमादेवी जस्तै बन्ने सपना छ ।

उनले जीवनमा कति पैसा कमाईन । थाह छैन । यही हो, उनले कमाएको सम्पत्ती ।

टीकापुरबाट न्यौपानेले फैलाएको सिद्धार्थ साम्राज्य

के कमाउने ? नाम वा सम्पत्ती ? धेरैको रेडिमेड जवाफ हुन्छ– सम्पत्ती ।  यो कुरामा लक्ष्मण न्यौपाने अपवाद छन् ।

सम्पत्ती एउटै पुस्तामा सकिन सक्छ, उनी भन्छन्, राम्रो काम गरे नाम पुस्तौ पुस्ता रहन्छ ।

हो पनि, छोरा छोरी असल भए सम्पत्ती चाहिदैन । खराव भए जति सम्पत्ती पनि काम लाग्दैन । उनी यही सोचबाट अभिप्रेरित  छन् ।

कसलाई थाह छ, उनको ऋण कति छ ? उनले कति कमाए ? कति सम्पत्ती जोडे ? त्यसको लेखाजोखा उनैले गरेका छैनन । तर हस्पिटालिटी व्यवसायमा छुट्टै छाप छ, उनको । र त, आज होटल व्यवसायमा सिद्धार्थ एउटा ब्राण्ड बनेको छ । जसको नामै काफि छ । तर यो सामान्य मिहिनेतबाट स्थापित भएको ब्राण्ड भने होईन ।

गुल्मीमा जन्मिएका ५१ वर्षिय न्यौपानेले अढाई दशक लामो संघर्षबाट यो उपलब्धी हासिल गरेका हुन् । छ भाई, सात बहिनीमा उनी माहिला थिए । आर्थिक अवस्था कमजोर भएका बुवाआमाका लागि उनी बोझ होईन, सहयोगी बन्न चाहन्थे । बाल्यकाल गुल्मीमै पढे । अलि बुझ्ने भएपछि उनी कामको खोजीमा भारत पुगे । त्यहाँ थोरै पढे । धेरै परेर उनी खारिए । रेष्टुरेण्टमा काम गरे । होटलमा काम गरे । उनी हेड सेफसम्म बने । होटलको काम छोडेर उनी साडी कम्पनीमा काम गर्न थाले । उनी गार्डन बरेली सिल्क मिल कम्पनीमा काम गर्दा गर्दै म्यानेजर भए । उनको मनले भन्यो, अव फर्केर आफ्नै देशमा पसिना बगाउनु पर्छ । र, राजस्थान, मुम्बई र सुरतमा एक दशकभन्दा बढि समय विताएका न्यौपाने आकर्षक पारिश्रमिक छोडेर नेपाल फर्किए ।

सुरतबाट सोझै गुल्मी फर्किए । ठूल्दाई बिष्णु न्यौपाने होटल चलाउथे । केही समय दाईसंगै काम गरे ।  तर त्यहाँ अल्झिरहन उनको मनले मानेन । उनी आफ्नै केही व्यवसाय गर्न चाहन्थे । तर उनीसंग धेरै पैसा थिएन । र, कहाँ व्यवसाय गर्ने ? कस्तो व्यवसाय गर्ने ? उनले कुनै निर्णय लिन सकेका थिएन । त्यहीबीच उनी व्यवसायको संभाव्यता अध्ययनका लागि घुम्न निस्किए । देशका बिभिन्न भाग घुमे । अन्तिममा कैलालीको टीकापुर पुगे ।

उनी थोरै लगानीमा व्यवसाय गर्न चाहन्थे । र, त्यहाँ व्यवसाय गर्ने उनको सोच थियो । जहाँ उनलाई चिन्ने मान्छे कोही नहुन । अझ गुल्मीका मान्छे त कोही नहुन । उनले चाहेको त्यस्तो ठाँउ टीकापुर थियो । जहाँ एक उनकी पत्नीका सानु बुवा थिए । र, अर्को उनको साथीका भिनाजु नारायण ज्ञवाली थिए, जो नेपाल बैंकको म्यानेजर थिए ।

टीकापुरमै कामधन्दा गर्ने सोच बनाए । र, बजारमा खाली जमिन भाडामा लिए । । बास र त्रिपालले टहरा बनाए । र, चाउमिन पसल शुरु गरे । उनले खाना र खाजाका परिकार बनाउन जानेका थिए । हातमा सीप थियो । र, साथ दिने उनकी पत्नी थिईन । चाउमिनसंगै मःम बनाउन थाले । उनको चाउमिन पसल केही समयमै चम्कियो । उनीसंगै शुरुवाती दिनमा सहयोगीका रुपमा जोडिए, बाबुराम चौधरी । जो आज पनि उनीसंगै छन् ।

कसले के भन्छ ? उनलाई त्यसले असर गरेन ? उनी आफै चाउमिन बनाउथे । वेटर पनि आफै थिए । भाडा पनि आफै माझ्थे । उनलाई काम गर्न कहिल्यै संकोच भएन । उनको चाउमिन पसलमा भीड लाग्न थालेपछि दाईलाई बोलाए । पसल शुरु गरेको केही समयमै उनी प्रतिदिन ४० किलो भन्दा बढि चाउमिन बेच्न थालिसकेका थिए । स्थानीयले उनको मःम पनि त्यत्तिकै मन  पराए ।

उनी छाप्रोबाट २०५५ सालमा घरमा सरे । चार हजार चार सय रुपैया मासिक भाडा तिरेर हिमाल होटल सञ्चालन गरे । उनका साथीले आफ्नो भिनाजु ज्ञवालीलाई सम्बोधन गरेर पत्र पठाएका थिए । ज्ञवालीले उनलाई होटल सञ्चालनका लागि सहयोग गरे ।

त्यसको एक वर्षपछि अर्को घर भाडामा लिए । र, सिद्धार्थ गेष्ट हाउस शुरु गरे । जसको मासिक भाडा सात हजार पाँच सय रुपैया थियो । उनी कहिल्यै थाकेनन । न त उनले बिश्राम नै गरे । न त उनी कुनै घट्नाबाट बिचलित भएर भागे । एक पटक उधारो उठाउन गएका भाई कुटिए । पैसा माग्न जादा कुटिएका भाईको न्यायका लागि उनले एक जना अग्रजसंग आग्रह गरे । अग्रजले सुझ्याए–कुटाई सहनु । तर नबिर्सिनु ।

उनी टीकापुरका लागि बाहिरका मान्छे थिए । उनी न्यायका लागि कही गएनन । चुपचाप कर्म गरिरहे । त्यो घट्नाले उनीभित्र ईख जन्माईदियो । उनले अझ बढि मिहिनेत गरे । त्यही ईखले टीकापुरमा केही फरक काम गर्नुपर्छ भन्ने उनीभित्र अठोट जगायो । त्यही अठोटले उनलाई टीकापुरकै ठूलो होटलको मालिक बन्ने सपना जगायो ।

उनले १६ लाखमा जमिन लिए । कतिपयले भने अव लक्ष्मण न्यौपाने डुब्छ । तर उनी अरुले गर्ने टिप्पणी र आलोचनाबाट बिचलित भएनन । उनले बस्,कर्म गरिरहे । कसले के भन्छन्, त्यसको वास्ता कहिल्यै गरेनन ।असफल हुने छुट उनलाई थिएन । भाग्न उनले सिकेकै थिएनन । समुन्द्र पार गर्न पौडिदै गर्दा मध्य भागमा पुगेर मान्छे थाके के गर्छ ? आशावादी मान्छे अगाडि बढ्छ । र, समुन्द्र पार गर्छ । निराशावादी मान्छे, मर्नुअघि नै हरेश खान्छ, र मृत्यु रोज्छ । तर उनी आशावादी थिए । त्यही आशाले उनीभित्रको हिम्मत टुट्न दिएन । र, उनी समुन्द्र पार गर्न सफल भए ।

२०६३ सालमा उनले टीकापुरमा सिद्धार्थ होटल सञ्चालनमा ल्याए । उनी त्यतिमै रोकिनेवाला थिएनन । त्यहीबीच नेपालगञ्ज पुगेका उनले २०५७ मा सिद्धार्थ सिद्धार्थ कटेज सञ्चालनमा ल्याए । २०६३ मा नेपालगञ्जमै सिद्धार्थ गेष्ट हाउस सञ्चालनमा ल्याएका न्यौपानेले २०६५ मा कारकादोमा सिद्धार्थ होटल सञ्चालनमा ल्याए । टीकापुरबाट शुरु गरेको होटल व्यवसायलाई उनले नेपालगञ्ज हुदै काठमाण्डौंसम्म फैलाए । काठमाण्डौंको सुन्धारामा उनले अर्को होटल सञ्चालनमा ल्याए । सेवामा उनी अब्बल थिए । खानामा उनले कहिल्यै गुनासो गर्ने मौका दिएनन । पाहुनासंग गरिने व्यवहार घरको जस्तै । अतिथिलाई त्यति भए के चाहियो ? अतिथि सत्कारबाट उनले नाम कमाए । र, नेपालमा होटल व्यवसायमा सिद्धार्थ एउटा ब्राण्ड बन्यो ।

अढाई दशकको अबधिमा न्यौपानले सिद्धार्थ होटल देशका बिभिन्न भागमा फैलाएका छन् । काठमाण्डौंमा मात्र उनका नौ वटा रेष्टुरेण्ट र होटल सञ्चालनमा छन् । कोभिडपछि होटल व्यवसाय थला प¥यो । त्यसपछि देशकै अर्थतन्त्र धराशायी हुदै गयो । तर उनको सोच र आत्मविश्वास भने अटल रह्यो । र त, यो कठिन घडिमा पनि उनी डगमगाएका छैनन । व्यवसायीलाई व्याज तिर्न समस्या छ । तर उनी नयाँ वर्षको अवसर पारेर आज (बैशाख १ गते) भैरहवामा साढे दुई अर्व रुपैया लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउदै छन् । यो उनको नेतृत्वमा सञ्चालन आउन लागेको पहिलो पाँच तारे होटल हो । र, यो वर्ष त्यो सहित चार वटा होटल सञ्चालनमा ल्याउदै छन् । यस वर्ष उनले सञ्चालन गर्ने होटल तथा रेष्टुरेण्टको संख्या ३२ पुग्दैछ । लमही र बिराटनगरमा पनि यसै महिनादेखि होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । सौराहामा यसै वर्ष अर्को होटल सञ्चालनमा ल्याउदै छन् । पोखरा र धनगढी अव उनको प्राथमिकतामा छ, भन्छन्, पोखरा र धनगढीमा होटल सञ्चालनमा ल्याएपछि देश बाहिर अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवसाय विस्तार गर्ने सोचमा छु ।

 उनको कुशल नेतृत्वमा सिद्धार्थ बिजनस ग्रुप हस्पिटालिटी बिजनसमा देशकै सबैभन्दा ठूलो ग्रुप बनेको छ । ५० हजार रुपैयाबाट शुरु गरेको होटल व्यवसायमा यतिबेला अर्बौ रुपैया लगानी पुगिसकेको छ । एक जना कामदारबाट शुरु गरेको होटल व्यवसायमा यतिबेला एक हजार भन्दा बढिलाई रोजगारी दिएका छन् । त्यतिमात्र होईन, उनले कर्मचारीलाई समेत मालिक बनाउने अभियान थाले । होटल व्यवसायमा यस्तो उदाहरणीय कार्य गर्ने उनी अपवाद हुन् ।  उनले एक्लै शुरु गरेको होटल व्यवसायमा २०५७ सालतिर ज्वाईलाई जोडे । परिवारका सदस्यहरु त्योबीचमा उनीसंग जोडिईसकेका थिए । २०६१ सालमा साथीभाईलाई जोडे । र, २०६३ पछि उनले होटलका कर्मचारीहरुलाई पनि शेयर दिए । यस्तो अनुकरणीय कार्य गर्ने बिरलै व्यवसायीहरु छन् । यतिबेला उनको नेतृत्वमा सिद्धार्थ ग्रुपमा ८० जना जोडिएका छन् ।

होटल व्यवसायसंगै उनले गुल्मी र पाल्पामा कफि खेती शुरु गरेका छन् । होटल सेटअप र टे«डिङमा पनि हात हालेका उनको ट्राभल एजेन्सी पनि छ । आईटी र मोवाईल कम्पनीमा समेत उनको लगानी छ । उनी टीकापुर भनेपछि हुरुक्क हुन्छन । त्यो कर्मथलो, जसले उनलाई नाम दियो, पहिचान दियो । कसरी बिर्सन सक्छन् ? र त कुनै कार्यक्रम हुदा उनी टीकापुर पुगिहाल्छन । टीकापुर साहित्य महोत्सवमा उनलाई निमन्त्रणा गरियो । उनी अत्यन्त व्यस्त थिए । तर उनी सबै काम र व्यस्तताका बीच टीकापुर पुगे । त्यहाँ स्थानीय बासिन्दासंग आफ्नो संघर्षको कथा साटे । आरोह, अवरोह सुनाए ।

उनी दार्शनिक होईनन । तर अनुभव र संघर्षले खारिएका उनका कुराहरु दर्शन जस्ता लाग्छन । बेलाबखत उनलाई कलेजले बोलाउछ । विद्यार्थीहरु माझ आफ्ना अनुभव बाड्छन ।

आधा दुःखको कारण अपेक्षा हो । उनी भन्छन्, कसैसंग अपेक्षा नगर । त्यसले मान्छेलाई दुःखी बनाउछ ।
तपाई सयौँ राम्रा कामहरु गर्नुहोस । तर मान्छेहरु एउटा गल्तीको खोजीमा हुन्छन । र, त्यही गल्तीलाई समातेर लखेट्छन । उनी भन्छन्, त्यसैले गल्ती नगर्नुहोस । र, कसैलाई त्यो मौका नै नदिनुहोस । यो उनको सबैलाई सुझाव हो ।

उनी व्यवसायमा जति प्रतिबद्ध र इमान्दार छन् । आफ्नो दैनिकीमा त्यत्तिकै अनुशासित छन् । समयमा सुत्छन । समयमा उठ्छन । राति ढिलोमा १० बजेसम्म सुतिसक्छन । बिहान चार बजे उठ्छन । नित्यकर्म गर्छन । योगा गर्छन ।

घर पुगेपछि राति हतपती कसैको फोन उठाउदैनन । व्यवसाय र घरलाई अलग राख्छन । मान्छेहरु कार्यालय वा व्यवसायको तनाव घरमा लैजान्छन । र, त्यही तनावका कारण सुत्न सक्दैनन । उनी भने व्यवसायको तनाव घर लग्दैनन ।

अझ बियोगान्त र दुःखान्त अन्त्य भएका फिल्म उनी हेर्दैनन । फिल्म हेरेपछि खुशी मिलोस, भन्छन्, किन दुःखी हुने फिल्म हेर्नु ? सामान्य झै लाग्ने यी कुराहरु जीवनका लागि अत्यन्त उपयोगी नियमहरु हुन् ।

५० हजार रुपैयाबाट व्यवसाय शुरु गरेका न्यौपानेको स्वामित्वमा हाल ३२ वटा होटल र आधा दर्जनभन्दा बढि व्यवसायिक प्रतिष्ठान रहेका छन् । मान्छे किन असफल हुन्छ ? धैर्यताको कमि –उनले सटिक जवाफ दिए । सफलताका लागि के कुरा आवश्यक छ ? धैर्यता, लगनशिलता र ईमान्दारिता– उनले सफलताका तीन सुत्र सुनाए ।

अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मी भन्छन्- अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण गराउँछु

काठमाडौं- अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन्।

संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि विश्वसनीयता बन्ने र समृद्धिको ढोका खुल्ने बताए।

अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ क्यानेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सागरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं। यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’

राजदूत भएर गए यसमा आफूले पहल गर्ने उनले बताए। नेपालको संसद र अमेरिकी कंग्रेसको बीचमा पनि सम्बध बढाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि काम गर्ने बताए।

भारतीय समकक्षीसँग नेपालमा सिधा हवाई रुट दिन पर्यटनमन्त्री पाण्डेको आग्रह

काठमाडौं- भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन्। भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गरेका हुन्।

भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका हुन् ।

उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिनन शहरबाटट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिएका थिए ।

यसैबीच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गरेका हुन् । सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशबीचको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिएका थिए।

भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जन सहित पुन नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।

यसै गरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) दुईपक्षीय,म क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्ला बेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा शुरु गरेका नीतिगत सुधार लगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराएका थिए।

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन

विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्।

१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले सरकारसँगको सहमतिपछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन्।

विराटनगर महानगरपालिका- ६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको खर्च अभावमा ७ दिन विराट नर्सिङहोम बस्न बाध्य थिए। उनलाई कार्कीकै पहलमा अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएको थियो। बुधबार राति सरकारसँगको सहमतिपछि उनै शिशुको हातबाट उनले जुस पिएका हुन्। कार्कीले मंगलबारबाट अनशन सुरु गरेका थिए।

कार्कीले उठाएका ९ बुँदे माग पूरा गर्न सरकार तयार भएको सन्देश लिएर आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी अनशनस्थल पुगेका थिए। मन्त्री अधिकारीले पूर्वमुख्यमन्त्री कार्कीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए।

पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए। प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार वार्ता भएको थियो।

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै आमरण अनशन सुरु गरेका थिए।

यातायात समिति नवीकरण नगर्ने मन्त्रिपरिषदको निर्णय सर्वोच्चले गर्‍यो बदर

काठमाडौं- सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको निर्णय बदर गरेको छ ।

२० भदौ २०७५ मा कोशी बस व्यवसायी संघ तथा पूर्वाञ्चल यातायात व्यवसायी संघले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने तत्कालीन मन्त्रिपरिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।

४ वैशाख २०७५ को मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ संस्थाको दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो ।
सर्वोच्चको यो फैसलासँगै यातायात समितिहरु नवीकरण गर्न बाटो खुलेको छ, त्यस्तै समितिको नाममा रहेका सम्पत्तिहरु पनि उनीहरुकै हुने भएको छ ।

२० चैत २०८० मा भएको सो फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ । अदालतले संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई अस्तित्वमा रहेका यातायात समितिहरुको नवीकरण गर्ने वा नगर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने भन्दै यसमा मन्त्रिपरिषदले निर्णय गर्नु कानुन विपरीत हुने ठहर गरेको हो ।

मन्त्रिपरिषदको निर्णयको आधारमा गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेतको बैठकले ३१ असार २०७५ मा यातायात व्यवसायीहरुको संघ संस्था दर्ताको प्रमाणपत्र नवीकरण नगर्ने, दर्ता खारेज गर्ने र सो संस्थाको सम्पत्ति जफत गर्ने लगायतका निर्णय गरेको थियो । सोसँग सम्बन्धित परिपत्र समेतका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले नवीकरण रोकेका थिए ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सो निर्णयसहित त्यसका आधारमा भएका सबै काम कारवाही कानुनसम्मत नदेखिएकोले उक्त निर्णयहरू र सो निर्णय कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।

‘…निवेदक संस्थाको दर्ता प्रमाणपत्र कानुन बमोजिम नवीकरण गरी सम्पत्ति जफत गर्ने निर्णय भएको निवेदक समेतको सम्पत्तिको रोक्का फुकुवा गर्नू भनी विपक्षीहरूको नाममा परमादेश समेत जारी हुने ठहर्छ’, फैसलामा भनिएको छ ।

अदालतले संस्था दर्ता ऐन २०३४ को दफा १४ मा संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्ने व्यवस्था छ ।

अदालतले ऐनले तोकेका विधि प्रक्रिया विना कसैलाई पनि कुनै कारवाही गर्न नमिल्ने व्याख्या पनि गरेको छ । कानुनले प्रष्ट रूपमा नियमन अधिकारी तोकेको अवस्थामा सो नियमन अधिकारीबाहेकका अन्य कसैले गर्ने कार्य कानुनी शासन अनुकुल नहुने र त्यस्तो कार्यले वैधानिकता प्राप्त गर्न नसक्ने फैसलामा उल्लेख छ ।

‘नेपाल सरकारले सिन्डिकेटमा कारबाही गर्ने हो भने पनि सम्बन्धित ऐन बमोजिम नै काम गर्नुपर्दछ’, फैसलामा भनिएको छ, ‘कानुनले तोकेको कार्यविधि पूरा गरी स्थापना भएको संगठित संस्थालाई कानूनमा निर्धारित विधि र प्रक्रिया अबलम्बन गरी कानूनबमोजिम मात्र खारेज वा विघटन गर्न मिल्ने र सम्पत्ति जफत गर्ने हुन्छ ।’

नेपाल सरकारलाई संस्थालाई निर्देशन दिन सक्ने अधिकार भए पनि त्यसभित्र संस्थाको नवीकरण गर्न इन्कार गर्ने वा खारेजी वा विघटन गर्ने सम्पत्ति जफत गर्ने अधिकार समेत निहित रहेको भनी अनुमान गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

कुनै व्यक्ति वा संस्थाको विरूद्ध कुनै निर्णय गर्दा त्यस्तो व्यक्ति वा संस्थालाई आफ्नो कुरा भन्ने अवसर दिनुपर्नेमा सुनुवाइको मौकासमेत नदिई यातायात समितिहरु नवीकरण नगरिएको अदालतको ठहर छ ।

यसरी भएको निर्णय प्रकृतिक न्यायको सिद्धान्त विपरीत हुने भन्दै सरकारले गरेको निर्णयको आधारमा यातायात समितिहरुको चल अचल सम्पत्ति नेपाल सरकारमा सर्ने वा निवेदकको सम्पत्ति जफत गर्ने वा निवेदकको बैंक खाता रोक्का गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्न नसक्ने फैसलामा उल्लेख छ ।

‘सिण्डिकेट गरी व्यवसाय गरेको देखिएमा कारवाहीका अन्य व्यबस्थासमेत रहेको सन्दर्भमा निवेदक व्यवसायी संघलाई सुनुवाइको मौका समेत नदिई भएको अधिकारक्षेत्रविहिन रूपमा भएको विवादको निर्णय कानुनसम्मत देखिए’, फैसलामा उल्लेख छ ।

अर्घाखाँचीको शीतगंगामा जिप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते

दाङ- अर्घाखाँची शीतगंगा नगरपालिका-१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए। घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको उनले बताए।

जिप सड देखि ७० मिटर तल खसेको छ। जिप चालक चुराबहादुर खत्री घाइते भएका छन्। उनलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीको ब्रेक फेल भएर दुर्घटना हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंसहितका ५ जिल्लाका सीडीओको सरुवा, को-कहाँ?

काठमाडौं- गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।

काठमाडौंका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ। यसअघि आचार्य कारागार व्यवस्था विभागको महानिर्देशक थिए।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाएर पठाइएको छ।

यसअघि थापा अध्यागमन कार्यालय भैरहवाको प्रमुख अध्यागमन अधिकृत थिए भने शर्मा र आचार्य गृह मन्त्रालयमै थिए।

उपसचिव सुवेदीलाई प्युठानको सीडीओ बनाएर पठाएपछि प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा तानिएको छ।

गृह मन्त्रालयले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ। अर्याल इलाका प्रशासन कार्यालय चन्द्रौटामा कार्यरत थिए। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको छ।

तीन सातादेखि सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँची सीडीओविहीन थिए।

यसैगरी अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई गृह मन्त्रालयमै सरुवा गरिएको छ। तर उनको जिम्मेवारी तोकिन बाँकी छ।

 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ५३ हजार ३ रुपैयाँ

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कोशीका मुख्यमन्त्री कार्कीले प्रहरीले घर पुर्‍यायो, फेरि सुरु गरे अनसन

काठमाडौं- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन्।

मंगलबार निषेधित क्षेत्रमा अनसन बसेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरमा पुर्‍याइदिएपनि कार्की राति नै फर्किएर पुनः अनसनमा बसेका हुन्।

अहिले उनी विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन्।

आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवन नजिकै अनसन बसेका थिए।

प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले उनलाई त्यहाँ नबस्न भनेको थियो।

त्यसका बाबजुद पनि कार्कीले अनसन जारी राखेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाउने प्रयास गर्दा कार्यकर्ताहरूले रोक्ने प्रयत्न गरेका थिए।

त्यसक्रममा प्रहरीले लाठीचार्ज नै गरेको कार्कीका कार्यकर्ताहरूले बताएका थिए। प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका-२ स्थित उनको घर पुर्‍याइदिएको थियो। तर मंगलबार राति नै फर्किएर उनले अनसन थालेका हुन्।

इन्द्रजात्राका लागि बसन्तपुर क्षेत्रमा तयारी गरिँदै

काठमाडौं- काठमाडौंको बसन्तपुर क्षेत्रमा इन्द्रजात्राको तयारी तीव्र गतिमा अगाडि बढेको छ। इन्द्रध्वजा फहराउने लिंगो भक्तपुरबाट बसन्तपुर पुर्‍याइसकिएको छ।

रथ तान्‍ने बाटोको खाल्डोहरू पुर्ने काम भइसकेको छ। केही ठाउँहरूमा भइरहेको छ। ८ दिनसम्म मनाइने जात्राका लागि गद्दी बैठक सजाउनेदेखि रथ निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

नुहाउँदै गरेकी श्रीमतीको हँसियाले हानेर हत्या, छोरीहरू घाइते

बारा– बाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् ।

राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ वर्षीय बिमल बस्नेतले आफ्नै ३५ वर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसिँयाँ प्रहार गरी हत्या गरेका हुन्।

बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत लागेकाे थियो। उनको आक्रमणबाट १७ वर्षकी जेठी छोरीको हात आधाभन्दा बढी काटेको र कान्छी छोरी १५ वर्षीय जमुना राई समेत घाइते भएकी छन्।​

उनीहरु दुवैलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी वीरगन्ज मेडिकल कलेज पठाइएको सामुदायिक अस्पताल निजगढका डाक्टर सरोज कुमार कुश्वाहाले बताए।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान विमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसिँयालगायतका सामाग्री बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको उनको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको छ।

उपसभामुख विवादका बीच संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं- सत्तापक्षका सांसदहरुले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

उपसभामुखले पदको दुरुपयोग गर्दै असम्बन्धित व्यक्तिहरुलाई अमेरिका लैजानका लागि रकम संकलन गर्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र पठाएको विषयका कारण सत्तापक्षका दलहरुले उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन थालेका हुन्।

बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सम्बन्धी छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।

बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ। उनी पहिलो नम्बरमा रहेका छन् ।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट अवकाशमा जाने भएकोले सो भन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था अनुरुप आजै सिफारिस हुने जनाइएको छ ।

ईपीजी प्रतिवेदन बुझ्‍न भारतलाई फुर्सद नै नभएको हो?

काठमाडौं- ईपीजीले २०७५ असार १५ र १६ मा काठमाडौंमा नवौं बैठक गरी साझा प्रतिवेदन तयार पार्‍यो । त्यतिबेला प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णयसमेत भएको थियो। तर, प्रतिवेदन तयार भइसकेको ६ वर्ष बितिसक्दासमेत भारतीय पक्षले प्रतिवेदन बुझ्‍न मानिरहेको छैन।

यसअघि निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारतबाट फर्किएपछि भारतीय पक्षसँग ईपीजी प्रतवेदन बुझ्‍ने सन्दर्भमा पनि कुराकानी भएको बताएका थिए। त्सपछि भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु राणाले पनि ईपीजीका विषयमा सामान्य छलफल भएको बताएकी हुन् । उनले भनिन्, ‘ईपीजीको प्रतिवेदन दुवै देशले बनाएको हो। उचित समयमा प्रतिवेदनमा आवश्यक कारबाही हुने कुरामा आशावादी छौं। भारत भ्रमणमा हामीले पनि कुरा उठाएनौं, उताबाट पनि उठेन।’

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेको बेला नेपाल भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकन गर्नेबारे सुझाव दिन ईपीजी गठन भएको थियो। यो प्रतिवेदन बुझ्ने बारे लामो समयदेखि कुरा उठ्दै आएको छ। यस विषयमा शनिबार सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले भारतीय प्रधानमन्त्रीको फुर्सद नभएका कारण प्रतिवेदन बुझ्‍न ढिलाई भएको टिप्पणी गरे।

‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरु फुर्सदमा नै देखिन्छन् । म पनि यहाँ पुस्तक विमोचन गरेर हिंडेको छु । ईपीजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र ! हामीहरुले चाहिं बुझ्न नभ्याएको होइन । तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन’, उनले भने।

test

ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेकोसमेत बताए। ‘…हामी बनाउने नै मान्छे, उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ। म पनि छानिएर आएको छु। दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं। त्यो अगाडि बढ्ला’, प्रधानमन्त्री ओलीले भने।
नेपाल र भारत दुई देशबीचका समस्या समाधान गरी सरकारलाई सिफारिस गर्न दुवै देशका ४–४ जना रहेको प्रबुद्ध व्यक्ति समूह गठन भएको थियो। उक्त समितिले प्रतिवेदन तयार पारिसकेको छ। प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन्।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धि गर्ने काम गर्न नहुने पनि बताए।‘एउटा हाम्रो स्वार्थ र स्वार्थी कामहरु ढाकछोप गर्नका लागि हामी भूराजनीति भन्ने शब्दको आड लिन्छौं । अर्को चाहिं हाम्रो कायरपना, लुतेपना, आफ्ना कुरा भन्न नसक्ने, भूराजनीति भनेर बस्ने’, उनले भने, ‘यो भूराजनीति हाम्रा निम्ति कुनै कमजोरीको विषय बन्नुहुँदैन।’

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार रहिसकेका र ईपीजीका सदस्यसमेत रहेका एमाले परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईले माहोल बिगार्ने गरी यस विषयलाई उठाउन नहुने तर्क गरे। उनले भने, ‘ईपीजी प्रतिवेदन सामान्य विषय हो। ईपीजी प्रतिवेदन भारतले बुझ्‍न चाहेको छैन र बुझ्नुपर्छ भन्यौं भने माहोल बिग्रन्छ, मेरो भारतसँग सम्बन्ध बिग्रन्छ र म प्रधानमन्त्री वा फलानो पदमा रहिरहन्छु कि रहन्न भन्ने डर पालिरहेका, प्रधानमन्त्री पद नै त्यो आधार बनाएर बनेकाहरूका लागि त्यस्तो विषय बन्‍न सक्छ।’

सन् २०१६ मा लामो अभ्यासबाट बनाइएको प्रबुद्ध व्यक्तिहरूको समूहले आफ्नो टीओआरमा बसेर दुई वर्ष काम गरेर सर्वसम्मत प्रतिवेदन तयार गरेको पनि डा. भट्टराईले बताए। नेपाल-भारत सम्बन्ध बहुआयामिक र व्यापक भएकोले त्यसलाई अगाडि बढाउने क्रममा कतिपय सुल्झाउनुपर्ने समस्या रहेको पनि उनले जानकारी दिए।

सन् १९५० को सन्धि, जलस्रोत, पारवहन, लगानी लगायत विषयमाथि खुलस्त छलफल गर्ने एउटा प्लेटफर्म बनाएर कुराकानी गरौं। हिजो विभिन्न चरणमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्री, दुइटा राजदूतको तहमा विभिन्न मेकानिज्महरू बनाएर काम गर्दा खासै सार्थक नभएका कारण ईपीजी गठन गरिएको पनि उनले बताएका छन् ।

४० करोड भन्दामाथिका भ्रष्टाचारमा ठूला दलको सहमति !

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ४० करोड रुपैयाँ भन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको बताएका छन्।

शनिबार अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले ठूला भ्रष्टाचारका घटनामा कांग्रेस, एमाले, माओवादीलगायत दलको कुनै न कुनै खालको संलग्नता हुने बताएका हुन्।

‘…४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ। त्यहाँ कांग्रेस पनि हुन्छ। माओवादी पनि हुन्छ। एमाले पनि हुन्छ। मेरै पार्टी पनि होला। त्यो नभइकन अगाडि बढ्दै बढ्दैन। ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्। राजनीति पनि सक्छन्’, उनले भने।

अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको भन्दै भूसालले पार्टीहरुले त्यस्ता मान्छे उत्पादन नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने बताए।

उनले भने, ‘कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन्। भ्रष्टहरु पालित, पोषित हुँदैनन्। तिनीहरु संरक्षित हुँदैनन्, नेता बन्दैनन्।’

महासचिव भूसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको जिकिर गरे। समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको उनको आरोप छ।

‘चुच्चे रेल आउँछ। काठमाडौंमा दुई वर्षमा आउँछ। अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरु सँग, के सँग भाष्य बिगारिदिनुभयो उहाँले। प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो’ महासचिव भूसालले भने।

आजको विनिमय दर : अमेरिकी डलर १३४ रुपैयाँ २० पैसा, युरो १४८ रुपैयाँ ८४ पैसा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ।

युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १७ र बिक्रीदर १०३ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

युईएफए नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल

काठमाडौं– युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ। गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो।

जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच र काई हाभर्टजले एक–एक गोल गरेका थिए।

खेलको २७औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, ५८औँ मिनेटमा मुसियालाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए। यसैगरी ६६औँ मिनेटमा विर्ट्ज, ७७औँ मिनेटमा पाभ्लोभिच र ८१औँ मिनेटमा हाभर्टजले गोल गर्दै जर्मनीलाई ५–० गोलको जित दिलाए।

यो जितसँगै समूह सी को जर्मनी पहिलो खेलबाट तीन अंक जाड्दै तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको पनि तीन अंक नै छ। हंगेरी र बोस्निया एन्ड हर्जगोभिना अंक बिहीन छन्। बोस्नियालाई नेदरल्याण्ड्सले हराएको थियो।

पहिरोमा पुरिएर श्रीमान–श्रीमती बेपत्ता, एकजनाको उद्धार

जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा पुरिएर बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने बेपत्ता भएका छन्।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको खोजी भइरहेको बताइएको छ।

चलाउनेकी छोरी ११ वर्षीया सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए।

बाटोको असुविधाले ओझेलमा तनहुँको ‘गलेखामकोट’, जहाँ थियो मगरराज्य

तनहुँ- गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ। व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ। यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ।

सदरमुकामबाट नजिकै रहेर पनि बाटोको असुविधाले गलेखामकोट ओझेलमा परेको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि गलेखामकोट पुगिन्छ।

आधाजसो पक्की र आधी कच्ची सडक हुँदै पुगिने गलेखामकोट सडक असुविधाकै कारण पर्यटकको रोजाइमा परेको छैन। गलेखामकोट आउने पर्यटकको व्यवस्थापनमा खटिएकी स्थानीय चिजामाया श्रेष्ठ गलेखामकोटसम्म पुग्न बाटोघाटोको असुविधा रहेको बताउँछिन्।

गलेखामकोटमा एकपटकमा २०–२५ जनासम्मले रात बिताउन सक्ने व्यवस्था मिलाइएको छ। व्यास–२ का सुदीप गफ्फारले ऐतिहासिक महत्व बोकेको ठाउँ ओझेलमा परेको बताए। उनले भने, ‘गलेखामकोटको प्रचारप्रसार आवश्यक छ। सँगसँगै यहाँसम्म पुग्न सडक स्तरोन्नति गर्नुपर्छ।’ यसको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाइ छ।

कुनै बेला मगर राजाले राज्य गरेको गलेखामकोटको प्रवर्द्धनका लागि स्थानीयवासी जुटेका छन्। गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘धार्मिक तथा पर्यटकीय हिसाबले यसको अत्यधिक सम्भावना छ, यसको विकासका लागि हामी जुटेका छौँ।’

गलेखामकोटबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको थप्रेक, व्यास नगरपालिकाको कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ। यहाँ १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको छ। यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँका बेला विशेष पूजाआजा गरिने स्थानीय मनिता गुरुङले बताइन्।

सप्‍तर्षिको पूजा गर्न टेकुको ऋषेश्वरमा भक्तजनको घुइँचो

काठमाडौं- काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्‍तर्षिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको छ।

नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, वशिष्‍ठ, जमदग्नि, गौतम र विश्वामित्र ऋषिको पूजा गर्ने प्रचलन छ। सप्‍तर्षिको पूजा गर्नाले मनोकांंक्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ।

काठमाडौं महानगरपालिका-१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो। भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन्।महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ।

महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गर्नुका साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिए।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ। रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई सहयोग गरेका छ्न्। प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ। मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ। मन्दिर परिसरमा भक्तजनले आ–आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन्।

बैंकिङ कसुरसम्बन्धी कानुनमाथि अर्थसमितिमा छलफल

काठमाडौं- सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आइतबार बस्‍ने बैठकमा बैंकिङ कसुर र सजायसम्बन्धी कानुनमा छलफल हुने भएको छ।

सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ।

अनसन बस्दै निर्वतमान मुख्यमन्त्री कार्की, १० वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचारको माग

विराटनगर- आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दाेहाेर्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने अडान पुनः राखेका हुन्।

`जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य गरिरहेका छन्। म मेरो अडानमा प्रतिबद्ध छु। मैले संसदमा अनसन बस्छु भनेको कुराबाट पछि हटेको छुइन र हट्दिन पनि,´ कार्कीले भनेका छन्, `जनताको मतको ऋण तिर्न म मृत्युमा जान पनि तयार छु। र कात्रो लिएर बस्छु। बस आज आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउँदै छु,´ कार्कीले यसअघि संसदमा बोल्दै अनसनको घोषणा गरेका थिए।

खोज्नुहोस