मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,२ असोज ।
जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले दिएको जानकारी अनुसार विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा अनुसार प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रसाईसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको छ ।
प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।