बैंकिङ कसुरसम्बन्धी कानुनमाथि अर्थसमितिमा छलफल

काठमाडौं- सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आइतबार बस्ने बैठकमा बैंकिङ कसुर र सजायसम्बन्धी कानुनमा छलफल हुने भएको छ।
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ।