टेक्ससमा द्वन्द्व पत्रकारिताका एक दशक पुस्तकको विमर्श, पत्रकारहरूले गरे द्वन्द्वको स्मरण

टेक्सस,

नेपाली अमेरिकी पत्रकार सङ्घ (नेजा)को आयोजनामा अमेरिकाको टेक्ससमा आइतबार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्वका १० वर्ष पुस्तकमाथि छलफल गरिएको छ ।

सुदूर पश्चिम समाज टेक्सासको सहकार्यमा द्वन्द्व पत्रकारिताका १० वर्षमाथि गरिएको पुस्तक विमर्श कार्यक्रममा बोल्दै पत्रकार सञ्जय घिमिरेले उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्वका १० वर्षको ऐना भएको बताए ।

‘जसले द्वन्द्व भोगे, यो पुस्तकले उनीहरूलाई त्यो नमिठो विगत स्मरण गराउनेछ’ उनले थपे, ‘अहिलेको पुस्ता, जसले द्वन्द्व भोगेन, उनीहरूलाई पनि त्यो समयको अनुभूति गराउनेछ । ’

घिमिरेले नेपाली पत्रकारले द्वन्द्वका कठिन घडीमा आफ्नो ज्यान जोखिममा राखेर भए पनि नागरिकको सुसूचित र बाँच्न पाउने अधिकारको सुरक्षाको लागि अविचलित भएर कलम चलाएको बताए ।

‘द्वन्द्वमा कति पत्रकारहरू मारिए, बेपत्ता पारिए ? प्रेस स्वतन्त्रता उल्लङ्घनका कति घट्नाहरु भए ? त्यसको नालीबेली र तथ्याङ्क मात्र यो पुस्तकमा समेटिएका छैनन्’ पत्रकार घिमिरेले भने, ‘यो पुस्तक द्वन्द्व त्यो समयको साक्षी हो । जसको अध्ययन गरेर भावी पुस्ताले द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको समय महसुस गर्नेछ ।

पुस्तकमाथि समीक्षा गर्दै पत्रकार गोपाल गड्तौलाले उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक नेपाली पत्रकारहरूले भोगेको समयको अनुभवको दस्ताबेज भएको बताए ।

‘यो पुस्तक उपाध्यायले लेखे पनि हामी सबै यो पुस्तकका पात्र हौँ ’ उनले भने, ‘यो पुस्तक हामी सबै पत्रकारहरूको अनुभव, सङ्घर्ष, पीडा र भोगाइको सँगालो हो ।’

उनले नेपाली पत्रकारहरूले द्वन्द्वका १० वर्षमा राज्य र माओवादी पक्षबाट भोगेका पीडा, प्रताडना, दबाब र हस्तक्षेप बिर्सिन नसकिने खालका भएको स्मरण गरे ।

नेजाका अध्यक्ष सुरज भण्डारी, नेजाका पूर्व अध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकास राज न्यौपाने, पत्रकार गोपाल गड्तौला लगायतका पत्रकारहरूले उपाध्यायद्वारा लिखित पुस्तकमा आम पत्रकारहरूका अनुभव समेटिएको बताए । उनीहरुको साझा धारणा थियो, यो हामी सबैको साझा अनुभवको दस्ताबेज हो ।

पुस्तक विमर्शसँगै कार्यक्रममा पत्रकार र समाजका विषयमा चर्चा गरिएको थियो । पत्रकारिता समाजकै अभिन्न अङ्ग भएकाले समाजको हितमा पत्रकारिता गर्न पत्रकारहरुसंग वक्ताहरूले आग्रह गरे ।

नेजाका सदस्य तथा शिक्षाविद् नेपाली ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले पत्रकारहरूले समाजलाई दिग्भ्रमित र विखण्डन गर्ने खालको सूचना सम्प्रेषण गर्न नहुने सुझाए ।

सामाजिक सद्भाव र समाजका सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरूसँग बलायरले आग्रह गरे ।

लेखक तथा पत्रकार उपाध्यायले द्वन्द्वका १० वर्षमा नेपाली पत्रकारहरूले नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको भूमिका अहिलेको पुस्ताले बिर्सिएको बताए ।

द्वन्द्व अवधिमा माओवादी र राज्य पक्षबाट अपहरण तथा बेपत्ता पारिएकाहरूका बारेमा पत्रकारहरूले समयमै सूचना सम्प्रेषण गरेका कारण थुप्रै सर्वसाधारणको ज्यान जोगिएको उपाध्यायले अनुभव सुनाए ।

‘यो पुस्तक द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको द्वन्द्वको दस्ताबेज मात्र होइन, यसमा मेरा युद्ध रिपोर्टिङका निजी अनुभव पनि छन् । जो आम पत्रकारहरूका अनुभव हुन् ’ उपाध्यायले भने ‘त्योसँगै नेपाल पत्रकार महासंघले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाका साथै लोकतन्त्रका लागि निर्वाह गरेको भूमिकाको पनि यसमा चर्चा गरेको छु । ’

नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले पत्रकारिता निष्पक्ष हुनु पर्नेमा जोड दिए । उनले कसैप्रति आग्रह नराखेर निष्पक्ष ढंगले सूचना सम्प्रेषण गर्न पत्रकारहरूसँग आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले द्वन्द्वमा नागरिकको जीवन रक्षाका लागि राज्य र माओवादी पक्षलाई खबरदारी गरेको नेपाली पत्रकारिताले शान्ति प्रक्रिया, गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

शिक्षाविद् बलायर र युनाइटेड नेप्लिज एसोसिसयनका अध्यक्ष भक्तबहादुर भण्डारीले पत्रकारितासँगै सामाजिक अभियन्ताका रुपमा सुदूर पश्चिममा कोभिडलगायतका विपत्तिमा नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

राजधानी दैनिकका पूर्व सम्पादक वरिष्ठ पत्रकार विनय देवकोटाले सहकर्मीका रुपमा पत्रकार दीर्घराज उपाध्यायको रिपोर्टिङदेखि पत्रकार महासङ्घ कैलालीको नेतृत्वमा रहँदा पत्रकारहरूको जीवन रक्षाका लागि निर्वाह गरेको भूमिका सराहनीय भएको बताए ।

उनले उपाध्यायले पुस्तकमा द्वन्द्वको समयमा युद्ध क्षेत्र र मोफसलमा नेपाली पत्रकारहरूले भोगेका अनुभव र उनीहरुको सङ्घर्षको सजीव चित्रण गरेको बताए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्षद्धय नेत्र पाण्डे र भानु खरेल, नेपाली समाज टेक्ससका प्रवक्ता किरण पौडेल, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डे, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजु नेपाल, सामाजिक अभियन्ता राम सी पोखरेल, सामाजिक अभियन्ता बाल जोशी, ब्लड डोनर्स अफ एसोसियसनका उपाध्यक्ष  शिव काफ्ले, सामाजिक अभियन्ता प्रभात दीक्षित, अर्जुन फुयाललगायतले पत्रकारिता क्षेत्रसँग जोडिएका जनताका अपेक्षाका बारेमा चर्चा गरे । यसै गरी, कार्यक्रममा पत्रकारहरू रामचन्द्र भट्ट, मनोज जोशी, लेखनाथ गौतम, ओम आचार्य, सन्देश उप्रेती, हरि सुवेदी, प्रकाश श्रेष्ठ, सुदीप सिवाकोटी, गुन्जन भण्डारीले समुदायले पत्रकारिताको मर्म, भूमिका र आवश्यकताबोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष समेत रहेका नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीले समुदाय र पत्रकारिताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै पत्रकारिता क्षेत्रको विकासमा समेत समाज भूमिका जरुरी रहेको बताउनुभयो । नेजाका  महासचिव बाबुराम दाहालले सञ्चालन गरेको कार्यक्रममा नेजाका मध्य क्षेत्र संयोजक शङ्कर थापाले स्वागत मन्तव्य राख्दै पत्रकार उपाध्यायका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहकार्य गरेको संस्था सुदूर पश्चिम समाज टेक्ससका अध्यक्ष गगन केसीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सुदूरपश्चिम लोक सेवा आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले भने – अझै प्रभावकारी काम गर्नुहोला

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ ।

आयोग अध्यक्ष यज्ञराज  बोहरा, सदस्यहरू लक्ष्मण बहादुर खड्का र भागरथी रानासहितको टोलीले प्रदेश प्रमुख  मियाँलाई आर्थिक वर्ष २०८०\०८१ चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश अन्य सरकारी सेवा प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको साङ्गठनिक संस्थाको सेवाको पलमा उपयुक्त उम्मेदवार छनौट गरि सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ,र सेवामुखी बनाउने आयोगको उद्देश्य रहेको अध्यक्ष बोहराले प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए।

May be an image of 2 people, dais and text

आयोगले वर्षभरि गरेको काम कारबाही समेटेर तयार पारिएको प्रतिवेदनमा जम्मा ९ परिच्छेद र १९२ पृष्ठ रहेको छ ।

आयोगले आर्थिक वर्ष २०८०\०८१ मा पदपूर्तिका लागि विज्ञापन हुने प्रदेश निजामती सेवा तथा प्रदेश स्थानीय सेवाहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यपालिका पारित भई सार्वजनिक गरिसकेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । २० पदहरूको विज्ञापन प्रकाशन गरिएको, लिखित परीक्षामा सहभागिता भएको विषय, अन्तर्वार्तामा छनोट भएकाहरूको संख्या, ती मध्ये बढुवामा सिफारिस भएका र नियुक्त भएका कर्मचारीहरूको विवरण पनि प्रतिवेदनमा रहेको छ ।

May be an image of 4 people, dais and text

प्रदेशका २१ स्थानीय तहमा अनुगमन निरीक्षण गरेको, सुदूरपश्चिम प्रदेश सरकारको अनुरोधमा सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) विधेयक र स्थानीय तहका सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० उपर राय परामर्श लिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

May be an image of 6 people, dais and text

कार्यसम्पादनका क्रममा देखिएका समस्या र चुनौतीहरू तथा आगामी कार्यदिशा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए ।  प्रदेश प्रमुख मियाँले लोकसेवा आयोगलाई अझै प्रभावकारी ढंगले काम गर्न पनि सुझाव दिएका थिए ।

May be an image of 1 person, dais and text

उक्त कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव वेदप्रसाद भण्डारी उपसचिव हिरालाल चौधरी र अन्य कर्मचारी तथा प्रदेश प्रमुख कार्यालयका  सचिव नवराज ढुङ्गाना , प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो।

टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौँ- टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो ।

क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको  लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए । नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।

बाढी पहिरोबाट ११२ जनाको मृत्यु, ६८ बेपत्ता

काठमाडौँ- भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ११२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।  शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।  उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।

सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले पार्टीको १०० दिने विशेष अभियान सफल पार्न ३२ प्रदेशसभामा ४३ जना प्रतिनिधि खटाएको छ ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पदाधिकारीको असोज १० गते बसेको बैठकले सो निर्णय गरेको हो ।

अभियान सफल पार्नका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सुदूरपश्चिम प्रदेश कार्यसमितिका ४३ जनालाई खटाईएको पार्टी प्रवक्ता सुरतबहादुर रावत डोटेली कान्छाले बताए ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।

पौष १६ गते भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले पनि सो अभियान सुरु गरेको हो । नेपाली कांग्रेस सुदूरपश्चिमका पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिएका छन्।

१०० दिने विशेष अभियान सफलतापूर्वक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिएका छन् ।

c1c2c3

जसले भेलमा बगिरहेकालाई बचाए

काठमाडौँ — ललितपुर महानगरपालिका–२५ स्थित सुगम बस्तीमा बस्दै आएका चणिकलाल तामाङ पेसाले पेन्टर हुन् । काभ्रे, तिमाल घर भएका उनी निरन्तर वर्षाका कारण शनिबार काममा गएका थिएनन् । बिहीबारदेखिको वर्षाले नख्खु खोलामा बाढी आएपछि स्थानीय नदी आसपास पुगेका थिए । उनी पनि बाढी हेर्न त्यसतर्फ निस्केका थिए ।

नख्खु खोला किनारमा हिँडिरहेका उनले दुई जना मान्छे बगिरहेको देखे । ती व्यक्तिले गुहार लगाएपछि चणिकलालले हेरिरहन मात्र सकेनन् । केही नसोची तुरुन्तै खोलामा हाम फाले । ६ वर्षीया बालिका मेघना साह र उनका काका राज साहको उद्धार गरे । ‘त्यतिबेला मनमा केही आएन । जसरी भए पनि बाहिर निकाल्नुपर्छ भन्ने लाग्यो अनि खोलामा हाम फालें,’ उनले भने ।

किनारमा ल्याएपछि उनलाई अरूले पनि सहयोग गरे । पानीबाट बाहिर निकाल्दा बालिकालाई होस थिएन । पेट थिचे, बाढीमा डुब्दा खाएको पानी निस्किएपछि उनी होसमा आइन् । ‘बालिकाको काकालाई पनि राम्ररी होस थिएन । स्वर नि सानो आइरहेको थियो,’ उनले सुनाए, ‘बालिकाका बुवा चाहिँ अलिक अगाडि नै बगेर तल पुगेछन् । उनी पौडेर बाहिर निस्किए ।’

ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान पाँच जना बगेका थिए । सरकारले उद्धार गर्न नसक्दा बाढीमा बगेका उनीहरूमध्ये २ जनालाई चणिकलालले बचाएका हुन् । बालिकाका बुवा राजु साह भने आफैं पौडेर बाँच्न सफल भए । उनका भाइ राजका ४ वर्षीय छोरा सेतु र आफन्त नन्दु साह भने बाढीमा बगेर बेपत्ता भएका छन् । रौतहट घर भएका उनीहरू सुगम बस्तीमा बस्दै आएका थिए ।

‘हाम्रो बस्ती नजिकै टहरा छ । हामी पनि बाढीले केकस्तो क्षति गर्‍यो भनेर बाहिर हेर्न र सहयोग गर्न निस्केका थियौं,’ सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘एउटा टहरामाथि एक परिवार सहयोग माग्दै बसेका थिए । हेर्दाहेर्दै बाढीले टहरा बगायो । दुई जनालाई चणिकलालले बचाए र एक जना आफैं पौडिएर बचे ।’

राजमार्गमा व्यापक क्षति, राजधानी–मोफसलको सम्पर्क टुट्यो

१२ असोज, काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ ।

खासगरी राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको उनले जानकारी दिए ।

यसमध्ये पनि आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ । महानिर्देशक पोखरेल भन्छन्, ‘दुई दिनमा सडक र पुलले ठूलो क्षति बेहोर्नु परेको छ, देशभरबाट हामी यो विवरण संकलन गर्दैछौं ।’

कुन कुन स्थानमा अवरुद्ध छ राजमार्ग ?

सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ ।

कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ ।

पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध रहेको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।

महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।

सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ ।

१० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।

पहिलो प्राथमिकता सडक खुलाउने

काठमाडौं उपत्यकालाई बाहिरका जिल्लाहरुसँग जोड्ने सबै नाका शनिबार साँझसम्म बन्द छन् । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले बिहानैदेखि यो सडक खण्ड बन्द छ ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग समेत अवरुद्ध छ । सडक विभागका अनुसार वीपी राजमार्गको मात्र करीव २ सय मिटर सडक बाढीले बगाएको छ । यस राजमार्गको नेपालथोक–धुलिखेल खण्डको नेपालथोक नजिक रोशी खोलाले ६० मिटर सडक पुरै बगाएको छ ।

अरनिको राजमार्ग समेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् । हेटौंडाबाट काठमाडौं आउने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

महानिर्देशक पोखरेल विभागको पहिलो प्राथमिकता बन्द रहेका सडक खुलाउनु रहेको बताउँछन् । ‘पानी परिरहेको बेला पहिलो ध्यान मानवीय उद्धार र राहतमा भयो, अबको प्राथमिकता सडक खुलाउन हुनेछ,’ उनले भने, ‘कतिपय स्थानमा अस्थायी पुलहरु पनि बनाउनु पर्ने देखिएको छ, त्यसमा पनि काम गछौं । अबको प्राथमिकता सडक सूचारु गराउनु हुनेछ ।’

नागढुंगा सुरुङबाट गराइयो यात्रु र सवारी पास

शनिबार बिहान नागढुंगा सुरुङ नजिकबाट सयौं यात्रु पैदल यात्रा गरी काठमाडौं छिरेका थिए । पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो गएको छ । नारायणगढ–मुग्लिन–नागढुंङ्गा सडक आज राति पनि बन्द गरिएको छ ।

शनिबार दर्जनौं सवारी साधन र यात्रुलाई नागढुंगा सुरुङबाट काठमाडौं भित्राइएको महानिर्देशक पोखरेलले जानकारी दिए । ‘जो यात्रु सडकमा फस्नु भएको थियो, उहाँहरुलाई सुरुङ प्रयोग गरी काठमाडौं भित्राइयो,’ उनले भने ।

२०/२५ वटा कुखुरा बोकेका गाडी समेत सुरुङ मार्गमार्फत काठमाडौं भित्राइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यो सडक खण्डमा आज राती देखि बिहान ५ बजेसम्म सवारी चल्ने छैनन् ।

नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन रास्वाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा जोखिमपूर्ण अवस्थामा रहेको नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन निर्देशन दिएको छ । अविरल वर्षा कारण देशभर व्याप्त विपद्को परिस्थितिमा रास्वाको संयुक्त बैठकले देशमा आपत परेको बेला आफ्नो लागि युनिफर्म खोजी गर्ने नभई आफुलाई जिम्मेवार नागरिकको रूपमा उद्धार कार्यमा लागी पर्न निर्देशन दिएको हो ।

यस्तै उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिई, सम्बनिधत सुरक्षा निकायसँग समन्वय गरेर आफुले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न, सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन तथा आफुले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्ने तर अनावश्यक प्रचारबाजी नगर्न निर्देशन दिइएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार उद्धार कार्यको नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न नगराउन, जोखिममा परेकाको उद्धारमा सहयोग गर्न र सरकार तथा प्रभावित क्षेत्रमा रहेकाबीच समन्वय गर्न केन्द्र र प्रदेशस्तरमा कल सेन्टर तथा नियमित रूपमा उपलब्ध महत्वपूर्ण सूचना सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

झ्याप्ले खोलामा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएका छन् ।

अन्तरिक्षबाटै सुनिता र बुचद्वारा पत्रकार सम्मेलन

काठमाडौँ – अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्।

मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू ८ दिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन्।

अन्तरिक्ष यात्री सुनिताले भनिन्,’जब बुच र म यो उडानको तयारी गरिरहेका थियौँ, हामीले परीक्षण उडानको बारेमा कुरा गर्यौं। हामीलाई थाहा थियो कि यो ८ दिनको लागि निर्धारित छ, हामीलाई थाहा थियो कि त्यहाँ केही चीजहरू छन् जसले हामीलाई धेरै लामो समयसम्म यहाँ राख्न सक्छ।’

उनले थपिन्,’हामीले स्टारलाइनरका लागि मात्र होइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि पनि धेरै वर्षदेखि तालिम लिइरहेका छौँ। हामी दुवैजना पहिले पनि यहाँ आएका छौँ, त्यसैले हामीसँग केही अनुभव छ।’

सुनिता विलियम्स र बुच विल्मोर यस वर्षको जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको लागि परीक्षण अभियानमा प्रस्थान गरेका थिए। त्यतिबेला उनले केही दिनमै स्वदेश फर्कने आशा गरेका थिए। तर यो यात्रा उनको योजना अनुसार हुन सकेन। यो नियमित रूपमा प्रयोग गर्नु अघि नयाँ अन्तरिक्ष यानले कसरी प्रदर्शन गर्छ भनेर हेर्नको लागि यो एक परीक्षण थियो।

तर, जसरी अगाडि बढ्दै गयो, केही समस्याहरू देखा पर्न थाले। यसको प्रोपल्सन प्रणालीमा चुहावट र केही थ्रस्टरहरू पनि बन्द हुन थाले। तर, उनीहरु सकुशल अन्तरिक्ष स्टेसन पुगेका थिए। अब उनीहरु आउँदो फेब्रुअरीमा मात्र पृथ्वीमा फर्किने नासाले जानकारी दिएको छ।

आईफोन १६ सिरिजको मूल्य कति ?

न्यूयोर्क,

आईफोन १६ सिरिजको पहिलो लहरको खुला बिक्री शुरु भईसकेको छ । तर यसको मूल्य विश्व बजारमा भने फरक फरक छ ।

यस वर्षको आईफोन १६ सिरिजमा आईफोन १६ र आईफोन १६ प्लस गरी दुई बेस (आधार) मोडेलहरू उपलब्ध छन् भने आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी दुई फ्ल्यागशिपहरू समावेश गरिएका छन्।

पहिलो चरणमा नयाँ आईफोनहरू अष्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, जापान, मलेसिया, मेक्सिको, दक्षिण कोरिया, टर्की, युएई, बेलायत र अमेरिका लगायत ५८ देशमा उपलब्ध गरेको एप्पल कम्पनीले सेप्टेम्बर २७ तारिखदेखि थप २१ देशहरूमा उपलब्ध गराएको छ ।

 

आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मनसुनी विपद्‍मा मृत्यु हुने ७६ जना पुगे, ७२ जना बेपत्ता

काठमाडौँ : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ।

अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्। अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यकामा यसवर्षकै सर्वाधिक वर्षा, कति पर्‍यो पानी?

काठमाडौँ- काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए। यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए। यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि राससलाई जानकारी दिए।

उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००।५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।

कोशीको टापुमा फसेका ३४ जनाको अझै भएन उद्धार

विराटनगर । अविरल वर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै छ । नदीको जलसतह बढेसँगै वराहक्षेत्र ६ र ९ नम्बर वडामा पर्ने कोशी टप्पु क्षेत्रमा (चिलिया टापु) फसेका ३४ जना सर्वसाधारणको उद्धार हुन सकेन । वराहक्षेत्र ६ मा २२ जना र ९ मा १२ जना फसेका छन् ।

वराहक्षेत्र ६ ठाकुरीवारीस्थित कोशीको चिलिया टापुमा भैँसी पालन गरी बस्ने गरेका उनीहरू त्यही अलपत्र परेका हुन् । उनीहरूको उद्धारको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट १० जनाको टोली र सशस्त्र प्रहरी बल चतराबाट ७ जनाको टोली खटेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीनवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले दिउँसो नै घटनास्थलमा पुगेर उद्धारको प्रयास गरेको थियो । तर, उनीहरूलाई डुङ्गा र बोटबाट त्यहाँ पुगेर उद्धार गर्न नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि असफल बनेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार त्यहाँ ३४ जना बसेका छन् । उनीहरू बसेको स्थानमा पनि पानीको सतह बढिरहेको छ । ‘अहिलेसम्म उहाँहरू सुरक्षित नै हुनुहुन्छ । तर जोखिममा हुनुहुन्छ,’ तिवारीले भने । दिनभर उनीहरूको उद्धारको लागि केन्द्र सरकारसँग समन्वय भइरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको थियो । यद्यपि मौसमको खराबी देखाउँदै हेलिकप्टर त्यस क्षेत्रमा आउनै सकेन ।

डाक्टर विद्याप्रसाद पन्त ५ हजार अमेरिकी डलरसहित ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ बाट सम्मानित

धनगढी : कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ पाएका छन् ।

 एसियाली मुलुकहरूमा यो अवार्ड पाउनेमा उनी पहिलो व्यक्ति हुन । आँखा विशेषज्ञ मध्ये ५ हजार अमेरिकी डलर राशिको पुरस्कार उक्त पुरस्कार पाउने पन्त पहिलो एसियाली व्यक्ति हुन ।
डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार डाक्टर पन्तलाई उक्त पुरस्कार प्रदान गरेको हो । डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले हरेक वर्ष उक्त पुरस्कार आँखाको क्षेत्रमा विश्वव्यापी रुपमा उत्कृष्ट कार्य गर्ने विशेषज्ञलाई यो पुरस्कार दिदै आएको छ ।

गेटा आँखा अस्पतालका संस्थापक अलवर्ट कोलस्टडका सहायकबाट सन १९८४ बाट आँखा उपचारको क्षेत्रमा प्रवेश गरेका डाक्टर विद्या प्रसाद पन्तका नाममा विश्वमा एकै दिनमा सबैभन्दा बढी आँखाको शल्यक्रिया गर्ने र एसियाली मुलुकमा सबैभन्दा बढी शल्यक्रिया गर्ने रेकर्डहरू बनेका छन् ।

कैलालीको गेटा आँखा अस्पतालमा उनले २४ घण्टामा ३१२ जनाको शल्यक्रिया गरेको विश्व रेकर्ड रहेको छ । एसियाली मुलुकमा २ लाख भन्दा बढी मानिसहरूको आँखाको शल्यक्रिया गरेको रेकर्ड पनि डाक्टर विद्या प्रसाद पन्तको नाममा छ ।
गेटा आँखा अस्पतालको निर्देशकबाट राजीनामा दिएपछि डाक्टर पन्त म्यानमार सहित एसिया र दक्षिण एसियाका अविकिसीत र विकासशील मुलुकहरूमा आँखा उपचारको क्षेत्रमा खटिएका छन् ।

अनवरत रुपमा ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा कार्यरत रहेका ७० वर्षीय डाक्टर पन्तले आँखा उपचारको क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले उनलाई ५ हजार डलरको ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ दिएको हो ।

अविरल वर्षाले बाढीमा परि १४ जनाको मृत्यु, ९८ जना भन्दाबढी व्यक्ति बेपत्ता

देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण आएको बाढी पहिरोले जनधनको धेरै नै क्षति भएको छ ।

प्रारम्भिक विवरण अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने कैयौँ बेपत्ता भएका छन् । वर्षाले ९८ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ । वर्षासँगैको बाढीले इलाममा एक जनाको ज्यान गएको छ ।

भक्तपुरको पलासेँ र आशापुरीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी राशनीकुमारी श्रेष्ठले जानकारी दिए। यस्तै धादिङको मलेखु खोला नजिकै ढुंगाको ओत लागेर बसेका दुई जनालाई पहिरोले पुर्दा बेपत्ता भएका छन् । खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।

यस्तै काभ्रेमा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेमबहादुर बाइवाको मृत्यु भएको छ । यस्तै झापाको जमुना खोलाले बगाउँदा एक जना र दार्चुलामा महाकाली नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

काभ्रेमा पहिरोले घर पुर्दा २ जनाको मृत्यु

काभ्रे । काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति  तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

वर्षा र पहिरोले मुख्य राजमार्ग अवरुद्ध, सकेसम्म यात्रा नगर्न र सावधानी अपनाउन आग्रह

लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन् ।काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ । चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ ।

बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा पनि सडक अवरुद्ध भएको छ । लगातार पानी परेका कारण पहिरो खसेको ठाउँमा सडक खुलाउन समय लाग्ने र अरू ठाउँमा पनि पहिरो खस्ने सम्भावना भएकाले सकेसम्म यात्रामा ननिस्कन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

अविरल वर्षाका कारण आन्तरिक उडान बन्द

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ ।

 वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए । उनले भने, ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन।’

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् ।

अन्तर्राष्ट्रिय तर्फ शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । एयर अरेबिया पनि ल्यान्ड गर्ने क्रममा रहेको शेर्पाले बताए ।

खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द

काठमाडौँ — खराब मौसमका कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको हो । ‘अहिले ७ बजेदेखि भोलि बिहानसम्मलाई आन्तरिक उडान नगर्ने निर्णय भएको छ,’ सहप्रवक्ता भुलले भने,‘शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने छन् ।’

शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका थिए । काठमाडौंसहित देशभरका आन्तरिक विमानस्थलमा दैनिक ३ सय हाराहारी दुईतर्फी उडान हुनेमा शुक्रबार ७५ प्रतिशत उडान कटौती भएको प्रारम्भिक अनुमान छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले अधिकांश वायुसेवाले उडान कटौती गरेको जानकारी इमेलबाट पठाउने गरेकाले अहिले तथ्यांक संकलन भइरहेको जनाएको छ । नेपालमा ७ वटा वायुसेवाले दैनिक आन्तरिक रुटमा उडान गर्छन् ।

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा हो : मन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा सांस्कृतिक विविधता रहेको बताएका छन्।

नेपाली संस्कृति संरक्षण तथा प्रवर्धनका लागि ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीनदिने कार्यक्रम ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उनले सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परागत वेषभूषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्त्व रहेको बताए।

‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुने यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु गर्वको विषय भएको मन्त्री भण्डारीको भनाइ थियो।

‘ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश महत्त्व पनि उत्तिकै छ, एकातर्फ आजको विश्वव्यापीकरणका कारण पूरै विश्व एउटै छानामुनि अवस्थित छ। अर्कोतर्फ नेपालको सन्दर्भमा हाम्रा सांस्कृतिक पहिरनका पहिचान धमिलिदै गएको पनि भान भइरहेको छ’, उनले भने।

यिनको महत्त्व आजका पिढीमाझ अन्ताराष्ट्रियस्तरमै प्रवर्धन गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ। मन्त्री भण्डारीले भने, ‘हाम्रा सांस्कृतिक पहिरन एवं गरगहना मात्र सुन्दर सामान नभएर एक समृद्ध सांस्कृतिक सम्पदाका जीवित अवतारका रूपमा रहेका छन्। यिनको संरक्षण र प्रवर्धन गर्नु हाम्रो कर्तव्य हो। यस प्रकारको कार्यक्रमबाट पुर्खाहरूको विरासतलाई सम्मान पुग्नुका साथै आगामी पुस्ताका लागिसमेत जीवन्त सांस्कृतिक विरासत सुनिश्चित गर्न सकिन्छ।’

यो कार्यक्रमले परम्परागत कालीगढ तथा पहिरन बनाउने सीप प्रवर्धन, युवा पुस्तामा सांस्कृतिक पहिचान र समृद्धिबारे अवगत तथा महत्त्वबोध, परम्परागत पेशालाई व्यवसायीकरण गर्न प्रेरणाका साथै स्थानीय व्यापारको प्रवर्धन, नेपालको मौलिकतालाई विदेशी नागरिक माझ पहिचान गराउँदै विश्वसामु नेपालको विविधता पहिचानमा थप टेवा पुग्ने मन्त्री भण्डारीले बताए।

 

आज राति नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी चलाउन रोक

११ असोज, चितवन । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ ।

गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।

उपत्यकाका नदीले सतर्कता तह पार गरे, सावधानी अपनाउन अनुरोध

काठमाडौं– काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।

महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाकालीमा खसेर एक मजदुर बेपत्ता

झुलाघाटस्थित  महाकालीमा खसेर एक नेपाली मजदुर बेपत्ता भएका छन्। भारतको पिथौरागढमा मजदुरी गर्दै आएका बैतडी पुरचौडी नगरपालिका- ५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी शुक्रबार ११ बजेतिर महाकालीमा खसेका हुन्।

झुलाघाट बजारको मौराभिरनजिक सडकछेउतिर हिँडिरहेका धामी चिप्लिएर महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता धामीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। धामीका आफन्तका अनुसार उनले मदिरा सेवन गरेका थिए ।

हेलेन आँधीले अमेरिकामा विनाश, ३ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा हेलेन आँधीले विनाश मच्चाएको छ। हेलेनलाई ‘धेरै खतरनाक’ चक्रवातको श्रेणीमा समावेश गरिएको छ।

अमेरिकाको नेसनल हरिकेन सेन्टरका अनुसार हेलेन आँधीको समयमा २२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

बिहीबार राति फ्लोरिडाको ताम्पामा हेलेन आँधीका कारण एक जनाको मृत्यु भएको छ। यस क्रममा पास्को काउन्टीमा ६५ जनाको उद्धार गरिएको छ।

जब हेलेन आँधी फ्लोरिडाबाट जर्जिया पुग्यो, तब १७७ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो।

जर्जियाको ह्विलर काउन्टीमा यो आँधीका कारण दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आँधी फ्लोरिडाको भित्री भागतर्फ सर्दै गर्दा हावाको गति ४८ किलोमिटर प्रतिघण्टामा झरेको छ।

नेसनल हरिकेन सेन्टरले यो आँधी अहिले कमजोर भए पनि यसले खतरनाक अवस्था सिर्जना गर्न सक्ने जनाएको छ।

हुरिकेन सेन्टरले यस आँधीका कारण अमेरिकाको एपलाचियन पर्वतको दक्षिणी भागमा धेरै पहिरो जाने सम्भावना रहेको चेतावनी दिएको छ।

हेलेन आँधीका कारण ६ देखि १२ इन्च र केही क्षेत्रमा २० इन्चसम्म वर्षा हुने सम्भावना रहेको सेन्टरले जनाएको छ।

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मुलुकको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा देखापरेका समस्यालाई सरकारले समाधान गर्ने प्रतिवद्धता जनाएका हुन्। नेपालको अर्थतन्त्रलाई सुधार गर्न समेत पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

उनले मुलुकलाई सन्तुलित रुपमा अघि बढाउनका लागि पर्यटन क्षेत्रबाट दिनसक्ने योगदानलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए। मुलुकमा अस्थीरता देखिएपछि स्थीरता दिनका लागि वर्तमान सरकार गठन गर्नुपरेकाले जनताका लागि सशक्तरुपमा काम गर्ने उनले बताए।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई सुदृढ गर्नका लागि नागरिक उड्ययनको क्षेत्रलाई विश्वसनीय बनाउनुपर्ने भएकाले यसमा ध्यान केन्द्रीत गरेको बताए । आफू पदमा रहँदा काम गर्न नसके कुर्सी छाड्ने भन्दै उनले अन्य निकायका प्रमुखले पनि काम गर्न नसके सहज रुपमा बाटो खाली गर्न सुझाव दिए । मन्त्री पाण्डेले तीनै तहका सरकार र निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरि काम अघि बढेको धारणा राखे।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

मानवता इतिहासकै कठिन मोडमा : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै सबैभन्दा कठिन मोडमा रहेकाले मानव हितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री राणाले बिहीबार सम्पन्न एसिली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरुका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन्।

हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिन प्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिनेक्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ,’उनले भनिन्,’ मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारहरू समेत भत्किँदै छन् । बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनास सुरू भएको त होइन भन्ने त्रास देखिँदैछ ।’

यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा.राणाको भनाइ थियो। त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’को आवश्यक रहेको उनले बताइन्। यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोगको बढाउन मन्त्री डा. राणाले आग्रह गरिन्।

उनले भनिन्,’एकातर्फ यो प्राकृतिक बिपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मावन सृजित हिंसा र द्वन्द्वको शिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा र द्वन्द्वले सिंगो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरु र मानिसहरुबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजीटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।’

यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति,अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महशुस भइरहेको उनको भनाइ छ। मन्त्री डा. राणाले एसियाली देशहरुले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबैखाले समस्याको सामना गर्ने भन्ने बारेमा सोच्नुपर्नेमा पनि जोड दिइन्।

उनले भनिन् ,’हामी एसियालीहरूको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एशिया र विश्वका चुनौतीहरूको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचिन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र विश्वकै  समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।’

उनले एसिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एसियाले भूमिका निर्वाह गर्न सक्ने बताइन्। त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा. राणाले राष्ट्रसङ्घीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गरेकी थिइन्।

त्यस क्रममा उनले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पुर्याउने अन्तिम तयारी गरिरहेको जानकारी पनि दिइन्। नेपालको संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उहाँले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताइन्।

मन्त्री डा.राणाले भनिन्,’हुनत वर्तमान विश्वमा शान्ति स्थापनाको काम जटिल बन्दै गएको छ,तर पनि हामीले आन्तरिक रुपमा गरेको शान्ति स्थापनाको काम विश्वका लागि पनि उदाहरण बन्न सक्दछ । किनभने हामीले समयमै यो जटिल कामलाई सम्पन्न गर्न सकेका छौँ ।’

मन्त्री डा. राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्,महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्ने सुझाव पनि त्यस बैठकमा दिएकी थिइन्। उनले नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै सकारात्मक सोच र व्यवहार तथा सांस्कृतिक मूल्य मान्यताहरूको सम्मान र पालनाबाट नै शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न सकिन्छ भनेर सबै लाग्नुपर्ने बताइन्।

साथै बिहीबार नै परराष्ट्रमन्त्री डा. राणाले अतिकम विकसित देश (एलडिसी) का विदेशमन्त्रीहरूको वार्षिक बैठकको अध्यक्षता पनि गरेकी थिइनु । नेपाल हाल एलडिसीको अध्यक्ष छ । न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गर्दै उनले एलडिसी देशहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयोजनार्थ थप र अतिरिक्त सहयोगको खाँचो औँल्याइन्।

खोज्नुहोस